२०८३ जेष्ठ २३

बजेट: कर्मचारीको तलब बढ्यो

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर्मचारीको तलब बढाएका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले कर्मचारीको शुरु स्केलमा १० प्रतिशत तलब बृद्धि गरेको घोषणा गरेका छन् भने कार्यसम्पादनमा आधारित नयाँ पारिश्रमिकको शुरु गर्न नयाँ तलबमानको मासिक १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरेको घोषणा गरेका छन् ।  

अर्थमन्त्रीले सरदार २१ प्रतिशत वृद्धि हुने र न्युनतम तलब ४० हजारदेखि एक लाख कायम हुने बताएका छन् ।

Read More

रासायनिक मल खरिद गर्न ३२ अर्ब ४६ करोड बजेट बिनियोजन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रासायनिक मल खरिदका लागि चालु आर्थिक वर्षको विनियोजनमा वृद्धि गरी ३२ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत रासायनिक मल आपूर्ति क्यालेन्डर तयार गरी मुख्य खाद्यबाली लगाउने समयमा सहज वितरण हुने व्यवस्था मिलाइने बताएका छन् ।

Read More

बजेट: हुम्लाको हिल्सा नाकामा पशु क्वारेन्टाइन स्थापना गरिने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हुम्लाको हिल्सा नाकामा पशु क्वारेन्टाइन स्थापना गरिने घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले हुम्लाको हिल्सा नाकामा पशु क्वारेन्टाइन स्थापना गरिने घोषणा गरेका हुन् ।

त्यस्तै २ सय वर्षभन्दा पुराना मनाङ र मुस्ताङका बौद्ध गुम्बा संरक्षणमा विशेष योजना ल्याउने अर्थमन्त्री डा. वाग्लेले घोषणा गरेका छन् ।

Read More

खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खेलकुद क्षेत्रका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन् । 

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिकको बजेट सार्वजनिक गर्दै खेलकुदको पूर्वाधारको विकासलाई प्राथमिकता दिएको बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले तीन वर्षमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशाला फ्लडलाइटसहितको बनाउने घोषणा गरेका छन् भने प्रमुख ८ सहरमा ५ वर्षभित्र आधुनिक क्रिकेट रंगशाला बनाइने र खेलकुदमा आवासीय तालिमको व्यवस्था गर्ने घोषणा गरेका छन् ।

त्यस्तै अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय पदक जित्नेलाई आजीवन निशुल्क स्वास्थ्य प्रदान गर्ने घोषणा गरेका छन् । 

Read More

बजेट: महिलाका लागि ब्लूबस सेवा सञ्चालन गर्ने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ ।

बजेट भाषणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ब्लूबस सेवा संचालन गर्ने घोषणा गरेका हुन् ।

साथै अर्थमन्त्रीले काठमाडौं उपत्यकासहित देशभरका सडकलाई धुलोरहित बनाउन बजेटको व्यवस्था गरेको घोषणा गरेका छन् ।

Read More

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब  ३० करोड बजेट विनियोजन गरेको घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री वाग्लेले शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब  ३० करोड बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् । 

Read More

उर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट विनियोजन

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट विनियोजन गरेको जानकारी दिएका छन् । 

बजेट भाषणमा अर्थमन्त्री वाग्लेले उर्जा, उत्पादन प्रशारण र वितरण लाइन निर्माणका लागि ८५ अर्ब ५४ करोड बजेट विनियोजन गरेको जानकारी दिएका हुन् ।  

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

Read More

बजेट: हजार किलोमिटर सडक कालोपत्र गर्ने, द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आउँदो आर्थिक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले आउदो आर्थिक वर्षमा एक हजार किलोमिटर सडक कालोपत्र गर्ने घोषणा गर्दै २ सय सडक पुल निर्माण गरिने घोषणा गरेका छन् ।

उनले पूर्व–पश्चिम राजमार्ग चार लेनमा बिस्तार गर्ने काम ५ वर्ष भित्र सम्पन्न गरिने घोषणा गरेका छन् । त्यस्तै नारायणगढ बुटवल सडक खण्ड र कमला–कन्चनपुर खण्ड निर्माण सम्पन्न गरिने घोषणा गरेका छन् ।

अर्थमन्त्रीले अर्को दुई वर्ष भित्र ८० किलोमिटर निर्माण सकिने बताउदै सो राजमार्गका लागि ३७ अर्ब ४६ करोड विनियोजन गरिएको घोषणा गरेका छन् ।

उनले द्रूतमार्गको ४० पुल र ४ सुरुङ द्रूतमार्गका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका छन् भने हुलाकी राजमार्गलाई ४ अर्ब ६५करोड, कर्णाली राजमार्गका लागि १ अर्ब र मध्यपहाडी लोकमार्गका लागि २ अर्ब १६ करोड विनियोजन गरिएको अर्थमन्त्रीले घोषणा गरेका छन् ।

Read More

बजेट: फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा गरेका छन् । 

बजेट भाषण मार्फत अर्थमन्त्री डा. वाग्लेले  राष्ट्र बैंकको सुपरिवेक्षणमा फिनटेक मार्केटप्लेस स्थापना गर्ने घोषणा गरेका हुन् । 

त्यस्तै, उनले सूचनाप्रविधि सेवा क्षेत्र विस्तारका लागि विदेशमा लगानी खुला गर्ने प्रबन्ध गरेको बताएका छन् । उनले भनेका छन्- ‘नेपालमा बसेर विदेशी रोजगारदाताका लागि काम गर्न पाउने तथा रिमोट वर्कलाई आकर्षित गर्न स्पष्ट कानुनी प्रबन्ध मिलाउने छौँ । डिजिटल सार्वजनिक विकास पूर्वाधारमा लगानी विस्तार गर्ने छौँ ।

Read More

बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने घोषणा गरेका छन् ।

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा गर्दै यो सेन्टर देशकै पहिलो सार्वभौम सेन्टर हुने बताएका हुन् ।

उनले भनेका छन्- ‘काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्यूट सेन्टर स्थापना गर्नेछौं । हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्युट क्षमता उपलब्ध गराउनेछौं ।’

Read More