२०८३ आश्विन २१

पोखरामा बजाज चेतक ईभीको विस्तार, प्रिमियम विद्युतीय यात्रातर्फ अर्को कदम

काठमाडौँ । नेपालमा विद्युतीय सवारी साधनप्रतिको बढ्दो आकषर्ण सँगै बजाज चेतक ईभीले आफ्नो विस्तार यात्रालाई निरन्तरता दिँदै पोखराको नयाँबजारमा आफ्नो नयाँ विशेष चेतक एक्सपेरियन्स जोन सञ्चालनमा ल्याएको छ । वैशाख ३१ गते आयोजित उद्घाटन समारोहसँगै सञ्चालनमा आएको यो नयाँ शोरुम राजधानी बाहिरका ग्राहकसम्म प्रिमियम विद्युतीय दुईपाङ्ग्रे सवारीको अनुभव पुर्याउने दिशामा अर्को महत्वपूर्ण कदमका रूपमा रहेको छ ।

उद्घाटन समारोहमा गोल्छा ग्रुपका प्रातानाधहरू तथा नेपालका लााग बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.का व्यवस्थापन टोलीको उपिस्थात रहेको थियो ।

आधुनिक ईभी प्रयोगकर्ताको बदलिँदो जीवनशैलीलाई मध्यनजर गर्दै निर्माण गरिएको पोखरा एक्सपेरियन्स जोनमा प्रविधि, सहजता तथा ग्राहक–केन्द्रित सेवाहरूलाई समेटिएको थियो । उक्त केन्द्रमा सवारी प्रदश न, टेस्ट राईड, खरिद परामर्शदेखि चेतक ईभीका लागि विशेष सेवा सुविधा समेत एउटै स्थानमा उपलब्ध गराइएको छ ।

शोरुममा आउने ग्राहकहरूले डिजटल प्रोडक्ट डिस्प्ले मार्फत सवारीका विशेषताबारे जानकारी लिन सक्नेछन् भने प्रशिक्षित ईभी विज्ञहरूमार्फत विद्युतीय सवारी, चर्जिङ समाधान तथा स्मार्टाफचर सम्बन्धी परामर्श पनि प्राप्त गन सक्नेछन् ।

चेतकको आकर्षक र परिष्कृत पहिचानलाई प्रतिाबिम्बत गर्ने गरी निर्माण गरिएको यस शोरुममा आधुनिक इन्टेरियर तथा इन्टरएिक्टभ टचपोइन्टहरू समावेश गरिएको छ, जसले ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा बोल्दै चेतक पोखराका सञ्चालक अगोष मान बुद्धाचार्यले भन्नुभयो, “पोखरामा चेतक एक्सपेरियन्स जोनको सञ्चालनसँगै हामी नेपालमा प्रिमियम विद्युतीय सवारीको पहुँच अझ विस्तार गर्ने दिशामा अक महत्वपूर्ण कदम चालिरहेका छौं । चेतक ईभी परम्परा, नवप्रवर्तन र दौनक प्रयोगको सहजताको उत्कृष्ट संयोजन हो । यो नयाँ केन्द्रमार्फत ग्राहकहरूले त्यस अनुभवलाई अझ निजकबाट महसुस र्ग सक्ने विश्वास लिएका छौं ।”

बजाज चेतकको बारेमाः
बजाज चेतक इलेक्ट्रिक दुईपाङ्ग्रे जगतमा एक अग्रगामी नाम हो, जसले आफ्नो ऐतिहासिक विरासतलाई स्थायित्व, शैली र स्माट कनेक्टिभिटीसँग जोडेकोछ । क्लासिक डिजाइन र आधुनिक कार्यक्षमताको संगम रहेको यो स्कुटर नेपाली बजारमा सबैभन्दा भरपर्दो इलेक्ट्रिक स्कुटरहरूमध्ये एकको रूपमा स्थापित छ ।

Read More

काठमाडौं महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी वडाध्यक्ष श्रेष्ठलाई

काठमाडौँ । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई दिइएको छ।

महानगरको ४९ औँ कार्यपालिका बैठकले कार्यवाहक प्रमुख सुनिता डंगोललाई कान्स फिल्म फेस्टिभलमा सहभागी हुन स्वीकृति दिएपछि उनको अनुपस्थितिमा ज्येष्ठताका आधारमा श्रेष्ठलाई जिम्मेवारी तोकिएको हो।

डंगोल आइतबार बेलुका विदेश प्रस्थान गरेपछि उनी फर्किन्जेलसम्म महानगरको कार्यकारी जिम्मेवारी श्रेष्ठले सम्हाल्नेछन्।

काठमाडौं महानगरका निर्वाचित प्रमुख बालेनले यसअघि मेयर पदबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका थिए। हाल उनी प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।

Read More

भूमिहीन रहेका ४८३ परिवारले पाए लालपुर्जा, सुकुमबासी बने जग्गाधनी

काठमाडौँ । मिथिला नगरपालिका का ४८३ भूमिहीन सुकुमबासी परिवारले अन्ततः लालपुर्जा प्राप्त गरेका छन्। वर्षौँदेखि गाउँब्लकको जग्गा भोगचलन गर्दै आएका परिवारलाई कानुनी स्वामित्वसहित लालपुर्जा वितरण गरिएको हो।

नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ का परिवारलाई विशेष कार्यक्रमबीच लालपुर्जा हस्तान्तरण गरिएको नापी कार्यालयले जनाएको छ। नापी कार्यालयको दुई नम्बर टोलीले नापजाँच, कागजात प्रमाणीकरण र कानुनी प्रक्रिया पूरा गरेपछि धनीपुर्जा वितरण गरिएको हो।

टोली प्रमुख सीयाराम साहका अनुसार लालपुर्जाका लागि ६५८ जनाले आवेदन दिएका थिए। यसअघि पनि वडा नम्बर १, ६ र ७ का केही परिवारलाई लालपुर्जा वितरण गरिसकिएको थियो।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजनन्दन मण्डलले वर्षौँदेखि भूमिहीन जीवन बिताएका परिवारलाई बधाई दिँदै बाँकी छुटेकालाई पनि छिट्टै कानुनी प्रक्रियामार्फत अधिकार दिलाउन आग्रह गरे।

नगरप्रमुख महेन्द्र महतोले लालपुर्जा पाएसँगै स्थानीयहरू “रैतीबाट मालिक बनेको” टिप्पणी गर्दै अब सबै मिलेर नगर विकासमा लाग्नुपर्ने बताए।

नापी कार्यालयका अनुसार धनुषामा रहेका ७५ गाउँब्लकमध्ये ७२ वटाको नापजाँच पूरा भइसकेको छ भने १२ गाउँब्लकमा धनीपुर्जा वितरण सम्पन्न भइसकेको छ।

Read More

पञ्जावलाई हराउदै रोयल च्यालेंजन्स बैंगलुरु आइपिएलको प्लेअफमा

काठमाडौँ । रोयल च्यालेंजन्स बैंगलुरुले जारी आइपिएलमा पञ्जाव किंग्सलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा बैंगलुरुले पञ्जावलाई २३ रनले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

बैंगलुरुले दिएको २२३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ८ विकेट गुमाउदै १९९ रन बनाएको थियो ।

पञ्जावका लागि शशांक सिंहले सर्बाधिक ५६ रन बनाए भने कूपर कोन्नोलीले ३७, मार्कस स्टोइनिसले ३७ र सुर्यांश शेडजेले ३५ रन बनाएका थिए ।

त्यस्तै बैंगलुरुका बलर रसिख सलामले ३ विकेट लिए भने भुवनेश्वर कुमारले २ विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको बैंगलुरुले वेंकटेस अय्यरको अविजित ७३, विराट कोहलीको ५८ र देवदत्त पाडिकलको ४५ रनको मद्धतले २० ओभरमा ४ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको १३ खेलमा १८ अंक भएको छ र प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ । त्यस्तै पञ्जावको भने १३ खेलमा १३ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।

Read More

प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध सात उजुरी

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्माविरुद्ध संसदीय सुनुवाइ समितिमा सात उजुरी परेका छन् । 

वैशाख २६ गते संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माविरुद्ध उजुरी आह्वान गरेकोमा ७ उजुरी परेको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । 

समितिले शर्माविरुद्ध स्पष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको थियो । उजुरी दिनेले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट खुलाउनुपर्ने पनि उल्लेख गरिएको थियो । उजुरी दिने समय सोमबारसम्म रहेको छ । प्राप्त भएका उजुरीमाथि छलफल र छानबिन गर्ने र त्यसपछि प्रस्तावित प्रधानन्यायाधीशसँग प्रत्यक्ष सुनुवाइ हुनेछ ।

 न्यायाधीश डा. शर्मालाई बैशाख २४ गते बसेको संबैधानिक परिषदले प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो ।

Read More

रूसको मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक भारतीयको मृत्यु

काठमाडौँ । रूसको मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

रूसस्थित भारतीय दूतावासले आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मस्को क्षेत्रमा भएको ड्रोन आक्रमणमा भारतीय कामदारको ज्यान गएको जनाएको हो । दूतावासका अधिकारीहरूले घटनास्थल र अस्पताल पुगेर घाइतेहरूसँग भेट गरेको पनि बताइएको छ ।

दूतावासले घाइतेहरूलाई आवश्यक सहयोग उपलब्ध गराउन कम्पनी व्यवस्थापन र स्थानीय प्रशासनसँग समन्वय भइरहेको जनाएको छ ।

यसअघि रूसी अधिकारीहरूले युक्रेनतर्फबाट मस्को क्षेत्रमा ठूलो स्तरको ड्रोन आक्रमण भएको दाबी गरेका थिए । रूसी प्रशासनका अनुसार आक्रमणमा तीन जनाको मृत्यु भएको छ ।

क्षेत्रीय गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार राजधानीको उत्तरस्थित खिम्की क्षेत्रमा एक महिलाको मृत्यु भएको छ भने पोगोरेल्की गाउँमा एक पुरुष र एक महिलाले ज्यान गुमाएका छन् । मस्कोका मेयर सर्गेई सोब्यानिनले शहरको तेल प्रशोधन केन्द्रमा भएको आक्रमणमा १२ जना घाइते भएको बताएका छन् ।

रूसी सेनाले ५५६ वटा ड्रोन खसालिएको दाबी गरेको छ । यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने युक्रेनका शहरमाथि रूसले गरिरहेको घातक आक्रमणको जवाफस्वरूप यी कारबाही ‘पूर्ण रूपमा जायज’ रहेको बताएका छन् ।

Read More

हत्या गरेको अभियोगमा महोत्तरीका समि अहमद पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-३ थानकोट खरीबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका-३ खरिबोट बस्ने महोत्तरी घर भएका ३८ वर्षीय समि अहमदलाई प्रहरीले पक्राउ गरेको छ । 

समिले घरायसी विवादको क्रममा धारिलो हतियार चक्कु प्रहार गर्दा जाकिर गम्भीर घाइते भएका भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका जाकिरको मेडपोइन्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

अनावश्यकरुपमा व्यवसायी तर्साउने कदमको महासंघले प्रतिवाद गर्छ- अध्यक्ष पराजुली

काठमाडौँ । नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआईसी) ले सकारले हालै कार्यान्वयनमा ल्याएको एमआरपी(म्याक्सिमम रिटेल प्राइस) सम्बन्धी व्यवस्था सकारात्मक भएको बताएको छ । काठमाडौंमा महासंघले आयोजना गरेको कार्यक्रममा व्यवसायीमाथिको धरपकड गलत भएको जनाएको छ ।

महासंघको चौथो वार्षिक साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको पदवहाली पछि आयोजित पत्रकार सम्मेलनमो बोल्दै अध्यक्ष खिमनारायण पराजुलीले व्यवसायीमाथिको धरपकडप्रति रोश व्यक्त गरेका छन् । ‘सरकारका सकारात्मक कामप्रति समर्थन र गलत कार्यप्रति हाम्रो खबर्दारी रहने छ, तर अनावश्यक व्यवसायीलाई आतंकित तुल्याउनु राम्रो विषय हैन’, पराजुलीले भने ।  

अध्यक्ष पराजुलीले बजार व्यवस्थापनको नाममा व्यवसायीलाई अनावश्यक दबाब सिर्जना हुने अवस्था आउन नदिन सरकारसँग आग्रह गर्दै भने- ‘गैर कानुनीरुपमा भएका गतिविधिमा नियन्तरण गर्नु जायज भए पनि अनावश्यकरुपमा व्यवसायी तर्साउने कदमको महासंघले प्रतिवाद गर्नेछ ।’

पराजुलीले बजारमा मूल्य पारदर्शिता कायम गर्ने तथा अनियमितता नियन्त्रण गर्ने उद्देश्यले ल्याइएको व्यवस्था स्वागतयोग्य भएपनि कार्यान्वयनलाई व्यवहारिक, सहज तथा व्यवसायमैत्री बनाउन आवश्यक रहेको बताएको छ ।

बजार संरचना, साना तथा मझौला व्यवसायीहरूको अवस्था, उत्पादन तथा वितरण प्रणाली, भन्सार तथा कर प्रक्रियाका व्यावहारिक पक्षहरूलाई मध्यनजर गर्दै एमआरपी प्रणाली चरणबद्ध रूपमा न्यून बिजकलाई निर्मूल गरी व्यवसायीमैत्री वातावरण बनाएर मात्र सम्भव रहेको बताए ।

उनले एमआरपी कार्यान्वयनलाई प्रभावकारी बनाउन उद्योगी, व्यवसायीसँग परामर्श र समन्वय, साना व्यवसायीका लागि सहजीकरण र अभिमुखिकरण, कर तथा बिलिङ प्रणालीलाई सरल र स्पष्ट बनाउने व्यवस्था, डिजिटल मूल्य प्रणाली तथा ‘क्यूआर–बारकोड’ प्रणालीको विकास, स्वादेशी उद्योग तथा उत्पादनलाई सहुलियत दिनुपर्नेलगायतका सुझाव समेत दिएको छ । साथै, एमआरपी सम्बन्धी नीति कार्यान्वयनका क्रममा देखिने व्यावहारिक समस्या समाधान गर्न सरकार र नीजि क्षेत्र तथा उपभोक्ताबीच निरन्तर संवाद र सहकार्य हुनुपर्नेमा जोड दिएको छ ।

त्यसैगरी शैक्षिक परामर्श फर्ममा सरकारले छापा मारेको विषयमा पनि महासंघले धारणा सार्वजनिक गरेको छ । अध्यक्ष पराजुलीले अवैध रूपमा संचालनमा रहेका व्यवसायी फर्महरूलाई तत्काल कÞानूनी प्रक्रिया पूरा गर्न दवाव दिने नभए नियमअनुसार कारवाही गर्नुको विकल्प नभएको बताए ।

पत्रकार सम्मेलनमा नवनिर्वाचित महासंघका महासचिव सूर्य थापा(बिक्रम)ले ‘राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकीकरण तथा व्यापार विविधीकरण’ को नारा बोकेर स्थापना भएको महासंघले साना तथा मझौला उद्योगी–व्यवसायीहरूको हक, हित र अधिकारका पक्षमा निरन्तर रूपमा आवाज उठाउने बताए ।

महासंघको राष्ट्रिय अधिवेशनले पराजुलीको अध्यक्षतामा ९९ केन्द्रीय समिति निर्वाचित गरेको छ, जसमा ७ जना पछि थपिनेछन् ।

Read More

अमेरिकी हमला हुनसक्ने भन्दै क्यूबामा गुरिल्ला युद्धको तयारी

काठमाडौँ । अमेरिकी खुफिया संस्था सीआईएका प्रमुख जोन र्याटक्लिफको हवाना भ्रमणपछि क्युवा र अमेरिकाबीच तनाव बढ्न सक्ने आशंका तीव्र बनेको छ । 

यसैबीच क्युवा सरकारले सम्भावित सैन्य टकरावलाई ध्यानमा राख्दै देशभर युद्धस्तरको तयारी थालेको छ । सीएनएनको रिपोर्टअनुसार क्युवामा नागरिकलाई गुरिल्ला युद्धको प्रशिक्षण दिइँदैछ र आपतकालीन अवस्थाका लागि तयार रहन भनिएको छ । राजधानी हवानासहित विभिन्न सरकारी भवनहरूलाई सम्भावित आक्रमणको अवस्थामा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।

क्युवा सरकारले लामो समयदेखि अमेरिकाको आर्थिक दबाब र तेल नाकाबन्दीको सामना गर्दै आएको छ । पछिल्ला महिनाहरूमा विद्युत् कटौती, इन्धन अभाव र अत्यावश्यक वस्तुको कमीले जनजीवन थप प्रभावित बनेको छ ।

सरकारी सञ्चारमाध्यममा नागरिकहरू सैन्य अभ्यासमा सहभागी भएको दृश्य सार्वजनिक गरिएको छ । रिपोर्टअनुसार पूर्व राष्ट्रपति फिदेल कास्त्रोले अघि सारेको ‘सम्पूर्ण जनताको लडाइँ’ रणनीतिअनुसार गुरिल्ला युद्ध प्रशिक्षण भइरहेको छ । केही भिडियोमा पुराना सोभियत हतियार प्रयोग गरेर अभ्यास गरिएको देखिएको छ भने एउटा दृश्यमा एन्टी-एयरक्राफ्ट गनलाई गोरुले तानेको पनि देखाइएको छ ।

आधुनिक हतियार अभाव भए पनि क्युवाले लामो समयसम्म प्रतिरोध गर्न सक्ने क्षमता देखाइसकेको विश्लेषण गरिएको छ । प्राकृतिक विपद्‌को समयमा समेत देशले ठूलो जनसमूह परिचालन गर्न सक्ने क्षमता प्रदर्शन गरेको थियो ।

यसैबीच सीआईएका प्रमुख जोन र्याटक्लिफ यसै साता हवाना पुगेका थिए । क्युवा सरकारले सीआईएलाई लामो समयदेखि शत्रु मान्दै आएको छ । १९६० को दशकमा फिदेल कास्त्रोलाई लक्षित गर्दै विस्फोटक सिगारदेखि विषाक्त स्कुबा सूटसम्मका योजनाहरू बनेको इतिहास समेत उल्लेख गरिन्छ । र्याटक्लिफको भ्रमणलाई दबाबमूलक कूटनीतिक प्रयासका रूपमा व्याख्या गरिएको छ ।

उता जनवरीदेखि अमेरिकाले भेनेजुएलाबाट क्युवामा हुने तेल आपूर्ति लगभग रोकिदिएको छ । अन्य देशलाई पनि क्युवालाई तेल नदिन चेतावनी दिइएको बताइएको छ । हालै अमेरिकी कोस्ट गार्डले कोलम्बियाबाट क्युवातर्फ जाँदै गरेको तेल ट्याङ्कर समेत रोकेको थियो ।

यसको प्रत्यक्ष असर क्युवामा देखिएको छ । जनवरी ९ पछि ठूलो मात्रामा तेल आपूर्ति नआएको र कालोबजारमा पेट्रोलको मूल्य करिब ३५ अमेरिकी डलर प्रतिग्यालन पुगेको बताइएको छ । देशमा दैनिक विद्युत् कटौती भइरहेको छ । अस्पतालमा शल्यक्रिया स्थगित भइरहेका छन्, औषधि अभाव बढेको छ र खाद्य संकट गहिरिँदै गएको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवालाई व्यापारिक र लगानीको दृष्टिले पनि हेर्ने धारणा व्यक्त गरेका छन् । उनले क्युवालाई ‘असफल देश’ भन्दै त्यहाँ पैसा र स्रोतको अभाव रहेको टिप्पणी गरेका छन् ।

ट्रम्पले क्युवाको भौगोलिक अवस्थाबारे दिएको केही टिप्पणीले गलत बुझाइ देखिएको पनि विश्लेषकहरूले बताएका छन् । उनले क्युवा आँधी प्रभावित क्षेत्र होइन भन्ने संकेत गरे पनि वास्तविकतामा क्युवा बारम्बार हुरिकेनबाट प्रभावित हुने देश हो ।

क्युवा–अमेरिका सम्बन्धको ऐतिहासिक पृष्ठभूमिमा १८९८ को स्पेन–अमेरिका युद्धपछि क्युवा स्पेनबाट स्वतन्त्र भए पनि अमेरिकी प्रभाव लामो समयसम्म रह्यो । १९५९ मा फिदेल कास्त्रोले क्रान्तिमार्फत सत्ता कब्जा गरेपछि अमेरिका–क्युवा सम्बन्ध झनै बिग्रिएको थियो ।

त्यसपछि अमेरिकाले आर्थिक प्रतिबन्ध लगायो र व्यापार तथा तेल आपूर्ति रोकियो । सोभियत संघसँग नजिकिएपछि शीतयुद्धकालमा दुई देशबीचको दूरी अझ बढ्यो ।

झण्डै ५५ वर्षसम्म कुनै अमेरिकी राष्ट्रपति क्युवा नगएको अवस्था २०१५ मा बराक ओबामाको भ्रमणपछि तोडिएको थियो । रिपोर्टहरूका अनुसार फिदेल कास्त्रोलाई लक्षित गर्दै ६० वर्षमा ६०० भन्दा बढी असफल हत्या प्रयास भएका थिए । विषाक्त सिगार, विषाक्त पेयदेखि विभिन्न योजना बनाइए पनि कुनै सफल भएनन् । कास्त्रोको २०१६ मा ९० वर्षको उमेरमा निधन भएको थियो ।

Read More

नयाँ किर्तिमान बनाएका कामिरिता र लाक्पालाई प्रधानमन्त्री बालेनले दिए बधाई

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सगरमाथा आरोहणमा नयाँ किर्तिमान बनाएकोमा कामिरिता शेर्पा र लाक्पा शेर्पालाई बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले दुवै आरोहीलाई बधाई दिदै उनीहरूले फेरि विश्वलाई नेपालको क्षमता, साहस र धैर्यको परिचय दिएको बताएका हुन् ।

विश्वविख्यात आरोही कामीरिता शेर्पाले आज बिहान १० बजेर १२ मिनेटमा ३२औँ पटक सगरमाथाको सफल आरोहण गर्दै आफ्नै विश्व कीर्तिमान पुनः कायम गरेका छन् । त्यस्तै ‘माउन्टेन क्विन’ भनेर चिनिने लाक्पा शेर्पाले बिहान ९ बजेर ३० मिनेटमा ११औँ पटक सगरमाथा आरोहण गर्दै महिला आरोहीमध्ये सबैभन्दा धेरै पटक शिखर चुम्ने विश्व कीर्तिमान बनाएकी छन् ।

प्रधानमन्त्री शाहले दुबै आरोहीको उपलब्धिलाई ऐतिहासिक भन्दै बधाई दिएका छन् । उनले यस्तो सफलता निरन्तरको साहस, अनुशासन र समर्पणबाट मात्र सम्भव हुने बताएका छन् ।

उनले शेर्पा समुदायको योगदानलाई पनि विशेष रूपमा स्मरण गर्दै उनीहरूलाई हिमाली पर्यटनको मेरुदण्डका रूपमा वर्णन गरेका छन् । प्रधानमन्त्रीका अनुसार शेर्पाहरूको ज्ञान, श्रम र साहस बिना नेपालको पर्वतारोहण इतिहास अधुरो रहनेछ ।

यो उपलब्धिले नेपालको पर्वतीय पर्यटनलाई थप विश्वसनीय र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।

Read More