२०८३ आश्विन २१

मौसम पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ। हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

कोशी प्रदेश
दिउँसो पहाडी तथा तराई क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। राति पनि वर्षा र बदलीको अवस्था कायम रहनेछ।

बागमती प्रदेश
प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा दिउँसो वर्षाको सम्भावना छ। तराई क्षेत्रमा पनि केही स्थानमा पानी पर्न सक्छ। राति चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्नेछ। तराईका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

गण्डकी प्रदेश
पहाडी तथा हिमाली भूभागमा दिउँसो चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। राति पनि वर्षा र बदली जारी रहने अनुमान छ।

लुम्बिनी प्रदेश
दिउँसो प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा वर्षा हुनसक्नेछ। राति पहाडी र तराई भूभागमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनेछ।

कर्णाली प्रदेश
पहाडी तथा हिमाली क्षेत्रमा दिउँसो केही स्थानमा चट्याङसहित वर्षा हुनसक्नेछ। राति पनि बदलीसँगै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश
दिउँसो पहाडी तथा हिमाली भूभागमा वर्षाको सम्भावना रहनेछ। राति प्रदेशका विभिन्न क्षेत्रमा बदलीसँगै हल्कादेखि मध्यम वर्षा हुनसक्ने मौसम पूर्वानुमान छ।

मधेश प्रदेश
दिउँसो तराईका थोरै स्थानमा वर्षा हुनसक्नेछ। राति पनि केही क्षेत्रमा बदली रहने तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनेछ।

आज दिउँसो देशका अधिकांश भूभागमा बदली रहनेछ भने पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित वर्षा हुनसक्नेछ। राति पनि विभिन्न प्रदेशका पहाडी, हिमाली र तराई क्षेत्रमा वर्षाको सम्भावना कायमै रहनेछ।