२०८३ श्रावण १

राष्ट्र बैंकद्वारा एक खर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट एक खर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान गरेको छ।

केन्द्रीय बैंकले आज सूचना जारी गर्दै निक्षेप सङ्कलनका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाबाट बोलकबोल माग गरेको हो।

सूचनाअनुसार नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र बोलकबोल प्रक्रियामा सहभागी हुन सक्नेछन्।

बोलकबोल गर्दा निक्षेप गर्न चाहेको रकम र प्रस्तावित ब्याजदर (दशमलवपछिका चार अंकसम्म) उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकका अनुसार न्यूनतम १० करोड रुपैयाँ र त्यसपछि पाँच करोड रुपैयाँको गुणकमा, कुल आह्वान गरिएको एक खर्ब रुपैयाँसम्मको रकमका लागि बोलकबोल गर्न सकिनेछ।

Read More

आजदेखि पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आज (मंगलबार)देखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्न सुरु गरेको छ।

समितिका सदस्य रामेश्वर ढकालका अनुसार समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरु बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था र लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्तालाई अधिकतम एक लाख रुपैयाँसम्म बचत रकम फिर्ता गरिनेछ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले ललितपुरको जावलाखेलस्थित प्रदेश सुशासन केन्द्रको सभाहलमा आयोजित कार्यक्रममा बचत फिर्ता अभियानको शुभारम्भ गर्नेछन्। केही दिनअघि मुख्यमन्त्रीको उपस्थितिमा भएको छलफलले ती सहकारीका साना बचतकर्तालाई बचत रकम फिर्ता गर्ने निर्णय गरेको थियो।

समिति सदस्य ढकालका अनुसार असार मसान्तभित्र साना बचतकर्ताको रकम फिर्ता गर्ने लक्ष्यसहित आवश्यक तयारी पूरा गरिएको छ। बचतकर्ताको विवरण प्रमाणीकरण (भेरिफिकेसन) गर्ने प्रक्रिया सम्पन्न भइसकेको छ भने बचत फिर्ताका लागि करिब नौ करोड रुपैयाँ संकलन भइसकेको छ।

समितिले सिभिल, सुमेरु, लालीगुराँस र नेशनल नमोबुद्ध सहकारीका बचतकर्तालाई अधिकतम एक लाख रुपैयाँसम्म तथा दर्शन बचत तथा ऋण सहकारीका बचतकर्तालाई अधिकतम १० हजार रुपैयाँसम्म बचत रकम फिर्ता गर्ने योजना बनाएको छ।

यस अभियानबाट पाँचवटै सहकारीका करिब तीन हजार साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाउने समितिको विश्वास छ।

यसअघि समितिले गत जेठ २२ गते समस्याग्रस्त घोषित ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नामावली सार्वजनिक गर्दै सहकारीबाट लिएको ऋण तत्काल चुक्ता गर्न आग्रह गरेको थियो।

Read More

राष्ट्र बैंकले बजारबाट ६० अर्ब रुपैयाँ तरलता तान्दै

काठमाडौं। बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले ६० अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैंकले १९ दिन अवधिको निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम उठाउन लागेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले शुक्रबार जारी गरेको सूचनाअनुसार निक्षेप सङ्कलन उपकरणका लागि बोलकबोल आह्वान गरिएको छ। बोलकबोल प्रक्रिया अनलाइन बिडिङ सिस्टम सफ्टवेयर (ओबीएसएस) मार्फत शुक्रबार दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ।

राष्ट्र बैंकले जारी गर्ने उक्त उपकरणको साँवा तथा ब्याज आगामी असोज २३ गते भुक्तानी गरिने जनाएको छ। निक्षेपको ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ।

सूचनाअनुसार बोलकबोलमा सहभागी संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि आवेदन दिन सक्नेछन्। आवेदन रकम कुल आह्वान गरिएको रकमको सीमाभित्र ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी पेश गर्नुपर्नेछ।

निक्षेप सङ्कलन उपकरणमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै सहभागिता जनाउन पाउनेछन्।

बजारमा अत्यधिक तरलता हुँदा त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले समय–समयमा निक्षेप सङ्कलन उपकरण प्रयोग गर्दै आएको छ। यस प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट रकम संकलन गरी बजारमा रहेको तरलता सन्तुलनमा राख्ने केन्द्रीय बैंकको उद्देश्य हुन्छ।

Read More

राष्ट्र बैंकद्वारा मौद्रिक नीति समीक्षाको वार्षिक प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले मंगलबार मौद्रिक नीति कार्यान्वयनको अवस्था र उपलब्धिको मूल्याङ्कनसहित प्रतिवेदन सार्वजनिक गरेको हो ।

मौद्रिक नीतिसम्बन्धी व्यवस्था अनुसार राष्ट्र बैंकले प्रत्येक वर्ष अघिल्लो आर्थिक वर्षमा अवलम्बन तथा कार्यान्वयन गरिएका नीतिको समीक्षा गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्ने हुन्छ । सोही व्यवस्थाअनुसार चालु आर्थिक वर्षको मौद्रिक नीतिको कार्यान्वयन अवस्थाबारे समीक्षा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिवेदनमा आर्थिक वर्ष २०८२/८३ मा मुद्रास्फीतिलाई ५ प्रतिशतको सीमाभित्र कायम राख्ने लक्ष्य लिइएको उल्लेख छ । चालु आर्थिक वर्षको पहिलो १० महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति २.६६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

Read More

समस्याग्रस्त पाँच सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

काठमाडौं । बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी थालेको छ ।

समितिका अनुसार सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ, दर्शन बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, लालीगुराँस बचत तथा ऋण सहकारी र नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका साना बचतकर्तालाई रकम फिर्ता गर्ने निर्णय गरिएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा भएको छलफलपछि बचत फिर्ता प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।

समिति सदस्य रामेश्वर ढकालका अनुसार असार मसान्तभित्रै साना बचतकर्तालाई रकम उपलब्ध गराउने तयारी भइरहेको छ । उनका अनुसार असार २७ गतेदेखि मसान्तसम्म रकम फिर्ताको प्रक्रिया सञ्चालन गर्ने योजना छ भने हाल बचतकर्ताको विवरण प्रमाणीकरण गर्ने काम भइरहेको छ ।

साना बचतकर्ताको रकम फिर्ताका लागि करिब नौ करोड रुपैयाँ संकलन भइसकेको समितिले जनाएको छ । रकम लिन सम्बन्धित सहकारीका बचतकर्तालाई अनामनगरस्थित समितिको कार्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

समितिले सिभिल, सुमेरु, लालीगुराँस र नेशनल नमोबुद्ध सहकारीका बचतकर्तालाई अधिकतम एक लाख रुपैयाँसम्म तथा दर्शन बचत तथा ऋण सहकारीका बचतकर्तालाई अधिकतम १० हजार रुपैयाँसम्म फिर्ता गर्ने योजना बनाएको छ ।

यसबाट पाँच सहकारीका करिब तीन हजार साना बचतकर्ता लाभान्वित हुने समितिका सदस्य ढकालले जानकारी दिए ।यसअघि समितिले गत जेठ २२ गते समस्याग्रस्त घोषणा गरिएका ती सहकारी संस्थाका ११४ जना ठूला ऋणीको नाम सार्वजनिक गरेको थियो । समितिले सहकारीबाट लिएको ऋण तत्काल चुक्ता गर्न ऋणीहरूलाई आग्रहसमेत गरेको थियो ।

Read More

राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै, बोलकबोलका लागि आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गर्दै ‘ऋणपत्र २०८४ ‘ङ’’ का लागि अनलाइन माध्यमबाट बोलकबोल गर्न सकिने जनाएको हो ।

राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्रको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

बोलकबोलमा सहभागी हुने संस्थाले आफूले खरिद गर्न चाहेको ऋणपत्रको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ । ब्याजदर दशमलवपछिको चार अंकसम्म उल्लेख गर्न सकिने व्यवस्था गरिएको छ ।

राष्ट्र बैंकले बोलकबोलका लागि न्यूनतम पाँच करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म आवेदन दिन सकिने जनाएको छ । आवेदन रकम पाँच करोड रुपैयाँले निःशेष भाग जाने गरी पेश गर्नुपर्नेछ ।

प्राप्त बोलमध्ये सम्पूर्ण वा आंशिक रकम स्वीकार गर्ने वा अस्वीकार गर्ने अधिकार खुला बजार कारोबार सञ्चालन समितिमा रहने राष्ट्र बैंकले जनाएको छ ।

ऋणपत्र निष्कासनसम्बन्धी सर्तअनुसार तोकिएको अवधिमा प्राप्त हुने ब्याज रकम तथा परिपक्व अवधिमा साँवा रकम सम्बन्धित बैंक तथा वित्तीय संस्थाको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिने बताइएको छ ।

Read More

नेपाल राष्ट्र बैंकले आजै सार्वजनिक गर्दै मौद्रिक नीति, संरचनामा पनि परिवर्तन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । आर्थिक अनुसन्धान विभागले तयार पारेको मौद्रिक नीतिको मस्यौदा अन्तिम चरणमा पुगेपछि राष्ट्र बैंकले सार्वजनिक गर्ने तयारी गरेको हो ।

मौद्रिक नीति पारित गर्न राष्ट्र बैंकले व्यवस्थापन बैठक बोलाएको छ । विभागबाट तयार भएको मस्यौदा व्यवस्थापनबाट स्वीकृत भएपछि सञ्चालक समिति बैठकमार्फत पारित गरी सार्वजनिक गर्ने तयारी रहेको गभर्नर कार्यालयले जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले मौद्रिक नीति आजै सार्वजनिक गर्न लागिएको बताइएको छ ।

यसपटकको मौद्रिक नीतिमा संरचनागत परिवर्तनसमेत गरिने भएको छ । यसअघि समेटिँदै आएका कतिपय नियामकीय व्यवस्था अब मौद्रिक नीतिमा नराखी आवश्यकता अनुसार छुट्टै परिपत्रमार्फत जारी गर्ने तयारी गरिएको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य निर्धारण गरेको छ । उक्त लक्ष्य हासिल गर्न सहयोग पुग्ने गरी केही लचिलो मौद्रिक नीति ल्याउने तयारी भइरहेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

Read More

तुलसी बहुउद्देश्यीय सहकारीका ३७७ ऋणीको नामावली सार्वजनिक

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

समितिका अनुसार उपलब्ध ऋण विवरणका आधारमा ऋणीहरूको सूची सार्वजनिक गरिएको हो। यस क्रममा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ।

त्यस्तै, सहकारीबाट लिएको ऋण अझै बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। तोकिएको प्रक्रियाअनुसार ऋण नतिरेमा प्रचलित कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने समितिले जनाएको छ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने र बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको स्पष्ट पारेको छ।

Read More

नेपाल राष्ट्र बैंकद्वारा २५ अर्ब बराबरको एकवर्षे ऋणपत्र जारी हुँदै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २५ अर्ब बराबरको एकवर्षे “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४” जारी गर्ने भएको छ। मौद्रिक व्यवस्थापन विभागका अनुसार अनलाइन बोलकबोल प्रणालीमार्फत दिउँसो ३ः०० बजेसम्म बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बोलकबोलबाट निर्धारण हुने ब्याजदरका आधारमा ऋणपत्र निष्कासन गरिनेछ। उक्त ऋणपत्रको अवधि एक वर्ष रहनेछ भने साँवा २०८४ असार १९ गते भुक्तानी गरिनेछ। ब्याज भने अर्धवार्षिक रूपमा भुक्तानी हुने व्यवस्था गरिएको छ।

बोलकबोल प्रक्रियामा न्यूनतम रु ५ करोड र त्यसपछि रु ५ करोडको गुणकमा कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ। राष्ट्र बैंकका अनुसार यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।

जारी ऋणपत्रलाई नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। बोलकबोलबाट स्वीकृत ब्याजदरका आधारमा ऋणपत्र बाँडफाँट गरिनेछ र लगानीकर्ताको पोर्टफोलियोमा समावेश हुनेछ।

यद्यपि यसलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न नमिल्ने भए पनि वैधानिक तरलता अनुपात (SLR) तथा खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ।

Read More

बैंक सीईओको पारिश्रमिकमा राष्ट्र बैंकको कडाइ, कार्यसम्पादनसँग जोडेर नयाँ सीमा लागू

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूको उच्च पारिश्रमिकलाई लिएर उठ्दै आएको आलोचना र लगानीकर्तालाई अपेक्षित लाभ नदेखिएको गुनासोपछि नेपाल राष्ट्र बैंकले नयाँ कडाइपूर्ण व्यवस्था लागू गरेको छ।

केन्द्रीय बैंकले अब सीईओको तलब तथा सुविधा सञ्चालक समितिको स्वतन्त्र निर्णयमा मात्र आधारित नराखी संस्थाको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, सुशासन र समग्र कार्यसम्पादनसँग अनिवार्य रूपमा जोड्नुपर्ने व्यवस्था गरेको छ।

कार्यसम्पादन आधारित पारिश्रमिक

नयाँ मार्गदर्शनअनुसार सीईओको पारिश्रमिक निर्धारण गर्दा योग्यता, अनुभव, संस्थाको पुँजी प्रतिफल, नाफा, व्यवसायको आकार, सञ्चालन प्रदर्शन, जोखिम स्तर तथा संस्थाभित्र तल्लो र उच्च तहबीचको तलब अन्तरसमेत मूल्यांकन गर्नुपर्नेछ।

कार्यसम्पादनमा आधारित अतिरिक्त पारिश्रमिक अब निश्चित तलब र भत्ताको अधिकतम २० प्रतिशतसम्म मात्र सीमित गरिएको छ। तोकिएका लक्ष्य पूरा नभए यस्तो बोनस नपाइने व्यवस्था पनि स्पष्ट गरिएको छ।

पारदर्शिताका लागि स्वतन्त्र समिति अनिवार्य

सीईओको पारिश्रमिक सिफारिस गर्न स्वतन्त्र सञ्चालकको नेतृत्वमा तीन सदस्यीय समिति गठन गर्नुपर्नेछ। सञ्चालक समितिले उक्त सिफारिसका आधारमा मात्र अन्तिम निर्णय गर्न पाउनेछ, जसले प्रक्रिया बढी पारदर्शी र निष्पक्ष हुने अपेक्षा गरिएको छ।

बैंकको वर्गअनुसार पारिश्रमिक सीमा

राष्ट्र बैंकले बैंकको वर्गअनुसार अधिकतम सीमा पनि निर्धारण गरेको छ।

  • ‘क’ वर्ग वाणिज्य बैंक: कर्मचारी खर्च वा कुल सम्पत्तिको निश्चित प्रतिशतमध्ये कम हुने आधार
  • ‘ख’ वर्ग विकास बैंक: कर्मचारी खर्चको ३% वा कुल सम्पत्तिको ०.०२%
  • ‘ग’ वर्ग वित्त कम्पनी: कुल सम्पत्तिको ०.१०%
  • ‘घ’ वर्ग लघुवित्त: कुल सम्पत्तिको ०.०५%

यी सीमाले संस्थाको क्षमता र आकारभन्दा अस्वाभाविक रूपमा बढी पारिश्रमिक निर्धारण गर्ने प्रवृत्ति रोक्ने अपेक्षा गरिएको छ।

सुविधा तथा खर्चमा नियन्त्रण

नयाँ नियमअनुसार सीईओले सीमित सुविधा मात्र पाउनेछन्। एक मोबाइल र एक ल्यापटप मात्र उपलब्ध हुनेछ भने सेवा अवधिभर एक सवारी साधन, इन्धन र चालक सुविधा मात्र दिन पाइनेछ।

टेलिफोन, इन्टरनेट र अन्य प्रशासनिक खर्चका लागि पनि निश्चित तलबको अधिकतम ०.५ प्रतिशतसम्म मात्र अनुमति दिइएको छ। सीमा नाघिएमा अतिरिक्त रकम सम्बन्धित व्यक्तिबाट असुल गरिनेछ।

रिपोर्टिङ र कार्यान्वयनमा कडाइ

बैंकहरूले सीईओको सम्पूर्ण पारिश्रमिक विवरण वार्षिक प्रतिवेदनमा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्नेछ। नयाँ नियम नयाँ नियुक्तिमा तत्काल लागू हुने भए पनि पुराना सम्झौतामा केही छुट रहनेछ।

राष्ट्र बैंकका अनुसार यस व्यवस्थाले बैंकिङ क्षेत्रमा सुशासन, पारदर्शिता र जवाफदेहिता बढाउने तथा पारिश्रमिक र कार्यसम्पादनबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने लक्ष्य राखिएको छ।

Read More