२०८३ आश्विन १

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज प्रतिनिधिसभाका तीन संसदीय समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिले विभिन्न विषयमा छलफल गर्दैछन्।

अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति
बिहान ८:३० बजे बस्ने बैठकमा जलवायु परिवर्तनबारे विषय विज्ञसँग छलफल हुनेछ। साथै संयुक्त राष्ट्रसंघको महासभामा परराष्ट्र मन्त्रीको सहभागिताका विषयमा पनि छलफल गर्ने कार्यसूची छ।

राज्य व्यवस्था तथा सुशासन समिति
बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सेवा दल विधेयक अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति
बिहान ११:१५ बजे बस्ने बैठकमा जलवायु परिवर्तनका कारण नेपालमा परेको पछिल्लो प्रभाव तथा क्षतिबारे विषय विज्ञ र सरोकारवाला संस्थासँग छलफल हुनेछ। आगामी जलवायु सम्मेलन र त्यससँग सम्बन्धित अन्तर्राष्ट्रिय कूटनीतिक पहलका विषयमा समेत बैठकमा विचारविमर्श गरिनेछ।