२०८३ आश्विन १०

आजको राशिफल – Today’s Horoscope

२०८३ भदौ ३१ गते, बुधबार अर्थात् १६ सेप्टेम्बर २०२६। आज भाद्र शुक्लपक्ष पञ्चमी तिथि बिहान ८ः५७ बजेसम्म रहनेछ र त्यसपछि षष्ठी सुरु हुनेछ। विशाखा नक्षत्र साँझ ६ः३१ बजेसम्म रहनेछ भने त्यसपछि अनुराधा नक्षत्र सुरु हुनेछ। चन्द्रमा दिउँसो १२ः०२ बजेसम्म तुला राशिमा रहेर त्यसपछि वृश्चिक राशिमा प्रवेश गर्नेछन्। आजको दिन काम, आर्थिक गतिविधि, सम्बन्ध र व्यक्तिगत योजनाका हिसाबले मिश्रित प्रभाव रहने देखिन्छ। त्यसैले महत्वपूर्ण निर्णय गर्दा परिस्थितिको मूल्यांकन गर्दै अघि बढ्नु उचित हुनेछ।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

बिहानै महत्वपूर्ण काम अघि बढाउँदा लाभ मिल्न सक्छ। यात्रा तथा भेटघाटबाट उत्साह बढ्नेछ। व्यापारमा अवसर देखिए पनि दिउँसोपछि आर्थिक लाभ प्राप्त गर्न केही समय लाग्न सक्छ। विवादबाट टाढा रहनु राम्रो हुनेछ।

वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

प्रतिस्पर्धाका कारण काममा केही ढिलाइ हुन सक्छ। निरन्तर प्रयासपछि राम्रो परिणाम प्राप्त हुनेछ। दिउँसोपछि आम्दानीका अवसर बढ्नेछन्। बचत र आर्थिक योजनामा ध्यान दिनु लाभदायी हुनेछ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा

बिहानको समय कामका लागि अनुकूल रहनेछ। परिवारको सहयोगले नयाँ योजना अघि बढाउन सकिनेछ। दिउँसोपछि नयाँ काममा प्रगति हुनेछ। निरन्तर प्रयासले दीर्घकालीन लाभको आधार बन्न सक्छ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

सुरुआतमा केही अन्योल भए पनि दिन अघि बढ्दै जाँदा परिस्थिति सहज हुनेछ। अध्ययन तथा बौद्धिक काममा ध्यान जानेछ। अनुभवी व्यक्तिको सुझाव उपयोगी बन्न सक्छ। मेहनतबाट प्रतिष्ठा बढ्ने अवसर मिल्नेछ।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

छोटो समयमा उपलब्धि हासिल गर्ने अवसर मिल्न सक्छ। आवश्यक साधन जुटाउने काम अघि बढ्नेछ। दिउँसोपछि साथीभाइसँग व्यवहार गर्दा संयमता अपनाउनु राम्रो हुनेछ। योजनाबद्ध रूपमा काम गर्नुहोस्।

कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

महत्वपूर्ण काम बिहानै सुरु गर्नु लाभदायी हुनेछ। प्रभावकारी संवादबाट नयाँ अवसर मिल्न सक्छ। व्यापार तथा पेशामा प्रगतिको सम्भावना छ। रोकिएका काम अघि बढ्ने र नयाँ योजना सुरु हुने संकेत छन्।

तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रयासबाट नयाँ अवसर प्राप्त हुनेछन्। आर्थिक गतिविधिमा व्यवहारकुशलता उपयोगी हुनेछ। अध्ययनमा प्रगति हुनुका साथै नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। आजको उपलब्धिले थप उत्साह दिनेछ।

बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु

अरूको जिम्मेवारी सम्हाल्नुपरे पनि त्यसबाट भविष्यमा फाइदा लिन सकिनेछ। दिउँसोपछि सहयोग प्राप्त हुनेछ र नयाँ प्रस्ताव आउन सक्छ। पारिवारिक भेटघाट सुखद रहनेछ। खर्चमा भने सावधानी अपनाउनुहोस्।

धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

मेहनतबाट आम्दानीका नयाँ स्रोत भेटिन सक्छन्। अघिल्ला कामबाट पनि लाभ प्राप्त हुने सम्भावना छ। दिउँसोपछि खर्च बढ्न सक्छ, त्यसैले आर्थिक योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ।

मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

सामाजिक तथा व्यावसायिक क्षेत्रमा राम्रो प्रभाव बनाउन सकिनेछ। सहयोगीको साथले काम सहज हुनेछ। रोकिएको लाभ प्राप्त हुने सम्भावना छ। आकस्मिक खर्च आउन सक्ने भएकाले आर्थिक सावधानी आवश्यक छ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द

बिहानै महत्वपूर्ण काम गर्दा सकारात्मक परिणाम मिल्न सक्छ। सामाजिक जिम्मेवारी तथा नेतृत्वको अवसर प्राप्त हुन सक्छ। परोपकारी काममा रुचि बढ्नेछ। दीर्घकालीन योजना बनाउन दिन उपयोगी रहनेछ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

अपेक्षित परिणाम केही ढिलो आउन सक्छ, त्यसैले धैर्य आवश्यक हुनेछ। बिहान सामान्य आलस्य महसुस भए पनि दिउँसोपछि परिस्थिति सुधारिनेछ। नयाँ अवसर प्राप्त हुनेछन्। सामाजिक जिम्मेवारी तथा दीर्घकालीन योजनामा प्रगति हुन सक्छ।

Read More

जाजरकोटको बौलाह खोलामा बाढी, भेरी करिडोर अवरुद्ध

काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिका-१ र २ को सीमानामा रहेको बौलाह खोलामा गएराति परेको भीषण वर्षापछि आएको बाढीले व्यापक भौतिक क्षति पुर्‍याएको छ। बाढीका कारण स्थानीयवासीका घरटहरा तथा पसलहरू बगेका छन् भने यातायात सेवासमेत प्रभावित भएको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधीर कुमार खड्काका अनुसार वडा नम्बर १ बैरीताल क्षेत्रमा बसोबास तथा व्यवसाय गर्दै आएका स्थानीयको भौतिक संरचनामा बाढीले क्षति पुर्‍याएको हो। आठ जना व्यवसायीका घर तथा अस्थायी टहराहरू बाढीले बगाएको छ। बाढीबाट सत्यदेव चनाराको पानीघट्ट तथा मानबहादुर विक, बबिता महरा, कृष्ण महर, मेघराज कुमाई, नन्दे महर र बलबहादुर विकका अस्थायी टहरा, किराना पसल, कपडा पेल्ने मेसिन तथा दानासहितका टहराहरू पूर्ण रूपमा बगेका छन्।

यस्तै जनक भण्डारीको फ्रेस हाउस र त्यहाँ रहेका एक सय वटा बोइलर कुखुरा बाढीले बगाएर पूर्ण क्षति पुगेको छ भने दले कामीको किराना पसलमा हिलो र पानी पसेर आंशिक क्षति भएको छ। बाढीले छवि महरको अटो (भे १ ह २६३३) र हिरालाल घर्तीको ट्याक्टर (ग १ त ७२७८) लाई माटो तथा हिलोले पुरेको छ।

बाढीका कारण भेरी करिडोरअन्तर्गतको जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रूपमा ठप्प बनेको छ। सडक अवरुद्ध हुँदा आवतजावतमा सास्ती भएको छ। यद्यपि, समयमै सतर्कता अपनाइएकाले कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

Read More

मधेस प्रदेशमा आज चौरचन पर्वको रौनक

काठमाडौँ । मधेस प्रदेश र मिथिलाञ्चल क्षेत्रमा आज लोकसांस्कृतिक पर्व चौठ चन्द्र (चौरचन) परम्परागत श्रद्धा र हर्षोल्लासपूर्वक मनाइँदै छ। भाद्र शुक्ल चतुर्थीका अवसरमा चन्द्रमाको प्रत्यक्ष आराधना गरी मनाइने यस पर्वलाई मिथिला संस्कृतिमा भ्रातृत्व, सद्भाव र प्रकृतिपूजनको विशिष्‍ट आधार मानिन्छ।

यस दिन व्रतालु महिलाहरू दिनभर निराहार रही शुद्धताका साथ पूजाका लागि विशेष परिकारहरू तयार पार्छन्। चौरचनका लागि खिर, पुरी, ठेकुवा, भुजिया तथा विविध मिष्ठान्नका साथै माटोको नयाँ भाँडो (मटका) मा जमाइएको दही मुख्य प्रसादका रूपमा प्रयोग गरिन्छ। साँझपख घरको आँगन वा छतलाई गोबर र रातो माटोले लिपेर चामलको पिठो (पिठार) ले कलात्मक अरिपन (रेखाचित्र) बनाइन्छ।

चन्द्र अर्चन र पूजा विधि

सञ्झापख चन्द्रमाको उदय भएपछि अरिपन गरिएको स्थानमा विभिन्न ऋतुफल (केरा, स्याउ, काँक्रो, नीम्बू) र मिष्ठान्न राखी हातमा प्रसाद लिएर चन्द्रमालाई अञ्जुलीबाट अघ्र्य अर्पण गर्ने विधि छ। अघ्र्य समापन भएपछि मात्रै परिवारजन र व्रतालुहरूले सामूहिक रूपमा प्रसाद ग्रहण गर्ने परम्परा छ।

मिथिलाञ्चलमा गणेश चतुर्थीकै तिथि परे पनि गणेशपूजाभन्दा चन्द्रमाको प्रत्यक्ष अर्चनलाई बढी महत्त्व दिइन्छ। लोकविश्वासअनुसार भदौ शुक्ल चतुर्थीको चन्द्रदर्शन गर्दा कलंक वा झुटो आरोप लाग्न सक्ने भय रहने भएकाले त्यसबाट जोगिन खाली हात नभई हातमा फलफूल र पकवान राखेर दर्शन गर्ने चलन स्थापित भएको हो। आज साँझ मधेसका सहर तथा ग्रामीण क्षेत्रका प्रांगण र छतहरू लोकगीतको मधुर गुञ्जन र धार्मिक अनुष्ठानले संगीतमय बनेका छन्।

Read More

आज तीज : शिव–पार्वतीको आराधनामा रमाउँदै नेपाली महिला

काठमाडौं । हिन्दु महिलाहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हरितालिका तीज आज देशभर मनाइँदैछ। भाद्र शुक्ल तृतीयाका दिन मनाइने तीजमा महिलाहरूले व्रत बसेर भगवान् शिव र देवी पार्वतीको पूजा–आराधना गर्छन्। पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि दर्शन र पूजाका लागि भक्तजनको चहलपहल बढेको छ।

धार्मिक मान्यताअनुसार तीजको व्रतले सुख, शान्ति, सौभाग्य तथा पारिवारिक कल्याण प्राप्त हुने विश्वास गरिन्छ। विवाहित महिलाहरूले दाम्पत्य जीवन सुखी रहोस् भन्ने कामना गर्दै व्रत बस्छन् भने अविवाहित महिलाहरूले योग्य जीवनसाथीको कामनाका लागि उपासना गर्ने परम्परा छ।

पार्वतीको तपस्यासँग जोडिएको तीजको कथा

पौराणिक कथाअनुसार देवी पार्वती भगवान् शिवलाई पति बनाउन चाहन्थिन्। तर उनका पिता हिमालयले उनको इच्छाविपरीत विष्णुसँग विवाह गराउने तयारी गरेपछि पार्वतीका साथीहरूले उनलाई सुरक्षित स्थानमा लगे। त्यहाँ उनले कठोर तपस्या गर्दै शिवको आराधना गरिन् र अन्ततः शिवलाई पति रूपमा प्राप्त गरेको धार्मिक विश्वास छ।

साथीहरूले पार्वतीलाई लुकाएर राखेको प्रसंगसँग ‘हरितालिका’ नाम जोडिएको मानिन्छ। यही घटनाको स्मरणमा भाद्र शुक्ल तृतीयाका दिन तीजको व्रत बस्ने परम्परा सुरु भएको धर्मशास्त्रका जानकारहरू बताउँछन्।

तीज धार्मिक अनुष्ठानमा मात्र सीमित छैन। महिलाहरू भेला भएर गीत–संगीत तथा नृत्यमा सहभागी हुने, भेटघाट गर्ने र एकअर्कासँग शुभकामना साटासाट गर्ने भएकाले यो नेपाली समाजको महत्वपूर्ण सांस्कृतिक पर्वसमेत बनेको छ।

तीज पर्वको अवसरमा सरकारले आज महिला कर्मचारीका लागि बिदा दिएको छ।

Read More

आजको राशिफल

२०८३ भदौ २९ गते (१४ सेप्टेम्बर २०२६), सोमबार
भाद्र शुक्लपक्ष तृतीया तिथि, साँझ ७:२१ बजेपछि चतुर्थी। चित्रा नक्षत्र दिउँसो ३:२१ बजेसम्म र त्यसपछि स्वाती नक्षत्र रहनेछ। चन्द्रमा तुला राशिमा रहने भएकाले आजको दिन सम्बन्ध, सहकार्य, निर्णय क्षमता र सामाजिक गतिविधिका दृष्टिले प्रभावशाली रहनेछ। आफ्नो प्राथमिकता स्पष्ट राखेर अघि बढ्दा अवसरलाई उपलब्धिमा बदल्न सकिने दिन हो।

मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रियजन तथा साथीभाइसँगको सम्बन्ध अझ आत्मीय बन्नेछ। कामको चाप घट्नेछ र व्यवसायबाट आम्दानी बढ्ने संकेत छ। सहयोग, उपहार र नयाँ अवसर प्राप्त हुन सक्छन्। छोटो यात्रा तथा नयाँ व्यावसायिक कामका लागि समय अनुकूल छ।

वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मेहनत गर्नेहरूका लागि दिन उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा सफलता मिल्नेछ र चुनौतीलाई आत्मविश्वासका साथ पार गर्न सकिनेछ। आर्थिक लाभ हुने काम सुरु गर्न उपयुक्त समय छ। अघिल्लो प्रयासको राम्रो परिणाम प्राप्त हुन सक्छ।

मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
प्रयत्न गरेका काम सहजै अघि बढ्नेछन्। अध्ययन तथा बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि हात लाग्न सक्छ। सेवामूलक काम, कृषि तथा पशुपालनबाट लाभ हुने सम्भावना छ। स्वास्थ्य राम्रो रहनेछ र सन्तान वा सहकर्मीबाट साथ मिल्नेछ।

कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर आए पनि हतारमा निर्णय गर्दा समस्या निम्तिन सक्छ। धैर्यपूर्वक अघि बढ्दा जटिलता समाधान हुनेछन्। पुराना कमजोरी सुधार्ने मौका मिल्नेछ। कृषि तथा पशुधनबाट लाभ भए पनि आर्थिक तथा सम्झौतासम्बन्धी विषयमा सावधानी अपनाउनुहोस्।

सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थिति अनुकूल रहनेछ र निरन्तर प्रयासले लक्ष्य नजिक पुर्याउनेछ। सहयोगीहरूको साथले काम सहज बन्नेछ। व्यापार तथा लगानीबाट लाभ मिल्न सक्छ। प्रतीक्षित परिणामले उत्साह बढाउनेछ र सानो लगानीबाट समेत राम्रो प्रतिफल पाउन सकिनेछ।

कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
लगानी तथा बौद्धिक कामबाट लाभ उठाउन सकिनेछ। सुखद् समाचारले मन उत्साहित बनाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञान र सीप बढाउने अवसर मिल्नेछ। व्यवसायमा आर्थिक लाभ र सम्बन्धमा आत्मीयता बढ्ने संकेत छ।

तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
भेटघाट, मनोरञ्जन र सामाजिक गतिविधिले दिन रमाइलो बनाउनेछ। राम्रो कामका कारण प्रशंसा तथा प्रतिष्ठा बढ्न सक्छ। नयाँ कामको प्रस्ताव आउन सक्छ भने सहयोगीहरूको हौसलाले आत्मविश्वास बढाउनेछ। विगतका कमजोरी सुधार्दै नयाँ योजना बनाउन उपयुक्त समय हो।

बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ। घरायसी खर्च बढ्न सक्ने भएकाले आर्थिक व्यवस्थापनमा ध्यान दिनुहोस्। हतार वा असावधानीले नोक्सान हुन सक्छ। अनावश्यक खर्चबाट जोगिएर यात्रा वा महत्वपूर्ण काम अघि बढाउनु राम्रो हुनेछ।

धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
प्रतीक्षित परिणामले उत्साह बढाउनेछ। नयाँ आम्दानीका बाटा खुल्नुका साथै पुराना कामबाट पनि लाभ मिल्नेछ। उठ्न बाँकी रकम प्राप्त हुन सक्छ। कृषि, पशुपालन र व्यापारमा राम्रो अवसर देखिन्छ। दीर्घकालीन योजनाको सुरुवात गर्न अनुकूल समय छ।

मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
सहयोगी तथा शुभचिन्तकको साथ बढ्दा काममा सफलता मिल्नेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। नयाँ अवसर आउनुका साथै व्यवसायमा लाभको सम्भावना छ। प्रतिष्ठित व्यक्तिसँग सम्बन्ध विस्तार हुन सक्छ र सम्मान तथा आर्थिक लाभ प्राप्त हुनेछ।

कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
रोकिएका काम पुनः अघि बढ्नेछन् र मेहनतले लक्ष्य हासिल गर्न सहयोग गर्नेछ। चुनौती पार गर्दै महत्वपूर्ण कामको आधार तयार गर्न सकिनेछ। सामाजिक तथा परोपकारी कामबाट प्रशंसा मिल्नेछ। लगनशीलताले सम्मान र उपलब्धि दिलाउनेछ।

मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
पुराना समस्या दोहोरिँदा केही निराशा हुन सक्छ। गोप्य कुरा बाहिरिन नदिनुहोस् र स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्। साना काममा अल्झिँदा महत्वपूर्ण काम प्रभावित हुन सक्छ। अरूको आश्वासनमा मात्र भर नपर्नुहोस् र अनावश्यक खर्चबाट सावधान रहनुहोस्।

Read More

तादी नदीमा नेपाली सेनाले बनाएको एक्रो ब्रिजबाट सवारी सञ्चालन

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटमा तादी नदीमाथि नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज सञ्चालनमा आएको छ।

बाढीका कारण यसअघि रहेको पक्की पुल बगाएपछि उक्त क्षेत्रमा यातायात आवागमन प्रभावित भएको थियो। अस्थायी पुल निर्माण सम्पन्न भएसँगै नदी वारपार गर्ने सवारी साधनको आवतजावत पुनः सहज भएको छ।

एक्रो ब्रिज सञ्चालनमा आएपछि बाढीबाट प्रभावित स्थानीयवासी तथा यात्रुलाई आवागमनमा राहत पुगेको छ।

Read More

तीन वर्षीया बालिका हत्या प्रकरणमा मुख्य प्रतिवादीसहित १० जना रिहा

काठमाडौं। बारा जिल्लामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रतिवादी बनाइएका जीतपुरसिमरा उपमहानगरपालिका–१ का प्रोग्रेश (पुरग्रेश) चौधरीसहित १० जनालाई जिल्ला अदालत बाराले रिहा गरेको छ।

न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा र अन्य नौ जनालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो। अदालतले उनीहरूको घटनामा संलग्नता पुष्टि हुने पर्याप्त र ठोस प्रमाण नदेखिएको जनाएको छ।

साधारण तारेखमा रिहा हुनेमा चौधरीका बुबा इन्द्रजीत, आमा बबिता, पत्नी पुष्पा, दिदी ममता, सविता चौधरी, बिन्दु चौधरी, टेकबहादुर थापामगर, नवीन विक र शेष हस्मुदिन छन्। अदालतको आदेशपछि उनीहरू बिहीबार साँझ रिहा भएका हुन्।

बालिकाका बुबा मनोज चौधरीले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले उनीहरूमाथि अपहरण, शरीर बन्धक, जबर्जस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा अघि बढाएको थियो।

यही घटनामा प्रतिवादी बनाइएका दुई नाबालकलाई भने अदालतले पुर्पक्षका लागि बाल सुधारगृह पठाउने आदेश दिएको छ। बुधबारको आदेशपछि उनीहरूलाई वीरगन्जस्थित बाल सुधारगृह पठाइएको प्रहरीले जनाएको छ।

दुईमध्ये एक नाबालकले अनुसन्धानका क्रममा घटना आफूले गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ। प्रहरीले उनका बयान घटनास्थल र शवको अवस्थासँग मेल खाएको जनाएको छ।

अनुसन्धानका क्रममा ती नाबालकले घटनामा अर्का साथीको समेत संलग्नता रहेको बताएका थिए। त्यस क्रममा चिकित्सकसँगको कुराकानीको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले भिडियो बाहिरिएको विषयमा समेत अनुसन्धान थालेको छ।

प्रहरी हवल्दार कुमार विकले उक्त भिडियो सार्वजनिक गरेको खुलेपछि उनलाई नियन्त्रणमा लिएर वैयक्तिक गोपनीयतासम्बन्धी ऐन र विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

अर्का नाबालकले भने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्। अदालतले दुवैलाई मुद्दाको अन्तिम टुंगो नलागेसम्म बाल सुधारगृहमा राख्ने आदेश दिएको हो।

जीतपुरसिमरा–१ की तीन वर्षीया बालिका साउन ३१ गतेदेखि बेपत्ता भएकी थिइन्। भदौ २ गते घरनजिकै रहेको खाली घरमा उनको शव फेला परेको थियो।

घटनापछि दोषीलाई कारबाहीको माग गर्दै स्थानीयस्तरमा प्रदर्शन सुरु भएको थियो भने त्यसको प्रभाव देशका अन्य स्थानसम्म पुगेको थियो।

भदौ ६ गते मृतक बालिकाका अभिभावक र सरकारी पक्षबीच गृह मन्त्रालयमा वार्ता भएको थियो। गृहमन्त्री, कानुनमन्त्री र प्रहरी महानिरीक्षकसहितको उपस्थितिमा भएको वार्तामा तीनबुँदे सहमति भएपछि बाल

Read More

बाढी–पहिरोले बागमती र कर्णालीका विभिन्न राजमार्ग प्रभावित

काठमाडौं। लगातारको बाढी र पहिरोका कारण बागमती तथा कर्णाली प्रदेशका विभिन्न प्रमुख सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ। कतिपय सडक पूर्ण रूपमा बन्द छन् भने केही खण्डमा जोखिम हेरेर सीमित सवारी सञ्चालन भइरहेको छ।

सडकको पछिल्लो अवस्था र सवारी सञ्चालनसम्बन्धी विवरण यसप्रकार छ :

प्रदेशसडक/स्थानअवस्था
बागमतीकाभ्रे–वि.पि. राजमार्गसम्भावित बाढीको जोखिमका कारण राति ७ बजेदेखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक सवारीमा रोक। बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म अवस्था हेरेर सवारी सञ्चालन
बागमतीत्रिशुली–मैलुङ–स्याफ्रुबेँसी, रसुवाबाढीका कारण पूर्ण रूपमा अवरुद्ध
बागमतीरसुवाका अन्य प्रमुख राजमार्गअर्को सूचना नभएसम्म पूर्ण बन्द
बागमतीटोखा–छहरे, घट्टेखोला, शिवपुरी–८बाढी तथा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी रोक
बागमतीपासाङ ल्हामु सडक, बेत्रावती–१० सिमटारबाढीका कारण पूर्ण बन्द
बागमतीपृथ्वी राजमार्ग, बेनीघाट रोराङ–७ कृष्ण भिरठूलो पहिरोका कारण पूर्ण अवरुद्ध
बागमतीपृथ्वी राजमार्ग, थाक्रे–२ कमेरेभिरपहिरोका कारण पूर्ण अवरुद्ध
बागमतीजबाङखोला, धादिङ–चितवन सीमापहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन
बागमतीथाक्रे–२ बाह्रकिलोपहिरो हटाएपछि एकतर्फी यातायात सञ्चालन
बागमतीअरनिको राजमार्ग, भोटेकोशी–२ घट्टेखोलापहिरोका कारण पूर्ण अवरुद्ध
कर्णालीमुगु–गमगढी सडक, छायाँनाथ रारा–४ ताल्चापहिरोका कारण पूर्ण बन्द

बाढी र पहिरोका कारण सडकको अवस्था जुनसुकै बेला परिवर्तन हुन सक्ने भएकाले यात्रुले सम्बन्धित सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्नुपर्ने देखिएको छ।

अवरुद्ध सडक खुलाउन सडक विभाग तथा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। पहिरो पन्छाउने र सडकमा रहेका अन्य अवरोध हटाउने काम भइरहेको सम्बन्धित निकायले जनाएको छ।

विशेषगरी पहिरो तथा बाढीको जोखिम भएका सडकमा रातिको समयमा यात्रा नगर्न र सवारी सञ्चालनसम्बन्धी स्थानीय प्रशासनले जारी गरेका निर्देशन पालना गर्न यात्रु तथा चालकलाई आग्रह गरिएको छ।

Read More

भरतपुरमा विद्युतीय कारमा आगलागी, चालकको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गमा विद्युतीय कारमा आगलागी हुँदा चालकको मृत्यु भएको छ।

बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा शुक्रबार बिहान अचानक आगो लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीपछि दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। घटनामा चालकको मृत्यु भए पनि शरीर जलेका कारण हालसम्म मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

Read More

चिलिमे जलविद्युत् आयोजनाको टनेलमा खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित चिलिमे जलविद्युत् आयोजनाको टनेल क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ।

टनेलभित्र रहेका श्रमिक तथा अन्य व्यक्तिको अवस्थाबारे जानकारी लिन उद्धार टोलीले बिहानैदेखि एक्स्काभेटरको प्रयोग गरेर अवरुद्ध क्षेत्रमा जमेको लेदो, ढुंगा, माटो र कंक्रिट हटाइरहेको छ।

इन्जिनियर गोकर्ण चौधरीका अनुसार उद्धार टोली टनेलको प्रवेशद्वार नजिकसम्म पुगिसकेको छ। बाढीले थुपारेको बाक्लो लेदो र ठूलो परिमाणको भग्नावशेषका कारण टनेलभित्र प्रवेश गर्न अवरोध भइरहेको छ।

उद्धार टोलीले बाटोमा रहेका अवरोध हटाउँदै टनेलभित्र फसेका भनिएका श्रमिक तथा अन्य व्यक्तिको अवस्था पत्ता लगाउने प्रयास गरिरहेको छ। उनीहरूलाई सकुशल बाहिर निकाल्न उद्धार कार्यलाई तीव्र गतिमा अघि बढाइएको चौधरीले जानकारी दिए।

Read More