२०८३ भाद्र २८

सरकारले संसदमा उठेका प्रश्नको जवाफ दिन्छ- बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले संसद राम्रोसँग चलेको प्रतिक्रिया दिएका छन् । 

बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै संसदमा विपक्षीको आवाज अलि बढी सुनिने र अहिले त्यो भइरहेको बताउदै संसद राम्रोसँग चलिरहेको प्रतिक्रिया दिएका छन् । 

उनले सरकारले संसदमा उठेका विषयको जवाफ दिने बताउदै त्यसको तयारी सरकारले गरिरहेको बताए । उनले सबै बैठकमा सबै मन्त्री बसेर त्यसको जवाफ दिन सम्भव नहुने भन्दै सिस्टमेटिक ढंगले संसदमा उठेका प्रश्नको जवाफ सरकारले दिने गरि तयारी भइरहेको जानकारी दिए  । 

साथै उनले रास्वपा महाधिवेशनको तयारीमा लागेको बताउदै पार्टीको सभापति रवि लामिछाने नै हुने बताए ।

Read More

संसदमा प्लेकार्ड देखाउने कार्य जारी रहन्छ, निलम्बित हुन तयार छौं- हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफुहरुले संसदमा प्लेकार्ड देखाउने कार्य जारी रहने बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै साम्पाङले आफ्नो विरोध जारी रहने भन्दै त्यसका लागि निलम्बन हुन समेत तयार रहेको प्रतिक्रिया दिए । उनले जनताको लागि, संसद र विधि विधानको लागि निलम्बन हुन समेत तयार रहेको बताए ।

उनले आज पनि निलम्बन गर्न भनेको तर नगरेको बताउदै सभामुख साझा हुनुपर्नेमा जोड दिए । उनले संसदीय दलको नेतालाई २ मिनेट ३ मिनेट बोल भन्ने नहुने भन्दै सभामुख दलबाट भएपनि सबैको हुनुपर्ने टिप्पणी गरे ।

साम्पाङले आफुहरुले प्रश्न गरेको र त्यसको जवाफ नपाएको बताउदै आफुहरुको विरोध जारी रहने बताए । जनताले सरकार जनताप्रति जवाफदेही छ या छैन भन्ने मुल्यांकन गर्ने बताउदै साम्पाङले आफुहरुले पाँचै बर्ष विरोध गर्ने बताए । 

दुई तिन दिन विरोध गर्दा आज संसदमा मन्त्री आएपनि प्रश्न गर्न सभामुखले नदिएको समेत आरोप लगाए ।

Read More

सरकार र अधिकारकर्मी रूबी खानबीच पाँच बुँदे सहमति, अनशन तोडियो

काठमाडौं । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान सम्बन्धी घटनाको निष्पक्ष अनुसन्धान लगायतका माग राख्दै विगत २३ दिनदेखि अनशनरत रहेकी  अधिकारकर्मी रूबी खान र सरकारका प्रतिनिधिबीच मंगलबार ५ बुँदे सहमति भएको छ । 

सहमति भएसँगै उनले आफ्नो २३औं दिनको अनशन अन्त्य गरेकी छन्र्नु । खानलाई प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले पानी खुवाएर अनशन तोडाएकी हुन् ।

बाँकेको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज (नेपालगन्ज अस्पताल) मा अनशनरत खानसँग वार्ताका लागि सरकारका तर्फबाट विशेष टोली खटाइएको थियो। 

उक्त टोलीमा प्रहरी प्रधान कार्यालयबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर, गृह मन्त्रालयका सहसचिव एव प्रवक्ता आनन्द काफ्ले र  प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहाल थिए । 

उक्त टोलीले सोमबारदेखि नै अधिकारकर्मी खानसँग निरन्तर वार्ता र सहजीकरण गरेपछि गृह मन्त्रालयका सहसचिव र खानबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपछि खानले प्रधानमन्त्री शाह र सरकारका प्रतिनिधिप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।

​सहमति अनुसार जिल्ला प्रहरी कार्यालय, बाँकेमा २०७७ चैत २० गते दर्ता भएको निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान सम्बन्धी मुद्दाका सम्बन्धमा हालसम्म भएका अनुसन्धानको अध्ययन गरी यथाशीघ्र न्यायिक प्रक्रियामा लगिनेछ। 

त्यस्तै, अनशनरत  खानले उठाएका अन्य घटनाका अनुसन्धानका सम्बन्धमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट छानबिन गराउने र त्यस क्रममा कमजोरी पाइएमा सम्बन्धित प्रहरी कर्मचारीहरूउपर प्रहरी नियमावली बमोजिम कानुनी कारबाही गर्ने प्रतिबद्धता सरकारले जनाएको छ। 

खानविरुद्ध जिल्ला प्रहरी कार्यालय, बाँकेमा दर्ता भएको ‘सार्वजनिक शान्ति विरुद्धको कसुर’ मुद्दा माथिको अनुसन्धानलाई पनि तत्काल टुङ्ग्याउन निर्देशन दिइने सहमति भएको छ । यस मुद्दामा जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख,प्रहरी उपरीक्षक लगायतका कर्मचारीहरूको भूमिकाका सम्बन्धमा प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने र कमजोरी पाइएमा कारबाही प्रक्रिया अघि बढाउने सहमति  समेत भएको छ।

​यसैगरी, निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत  खान र अन्य महिला अधिकारकर्मीहरूको सुरक्षाका लागि बाँकेस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई आवश्यक निर्देशन दिने सहमति भएको छ ।  उक्त सहमतिपत्रमा मानव अधिकार र महिला अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले रोहवरका रूपमा हस्ताक्षर गरेका छन् । 

रोहवरमा हस्ताक्षर गर्नेमा इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महत, एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक बसन्त गौतम, महिला अधिकार मञ्चका प्रवक्ता मोहम्मद शेर बागवान, अध्यक्ष मन कुमारी गुरताल र सदस्य गीता रैदास रहेका छन् ।

Read More

सत्तापक्षका सांसद निरिह देखिए- वर्षामान पुन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुनले सत्तापक्षका सांसद निरिह देखिएको आरोप लगाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकपछि संसद् भवनबाहिर प्रतिक्रिया दिदै पुनले सत्तापक्षका सांसदहरु निरीह देखिएको टिप्पणी गरेका हुन् । 

उनले भने- ‘सत्तापक्षका माननीयज्यूहरू पनि अलि निरीह जस्तो । सरकारले ल्यायो क्यारे, मान्दिने जस्तो देखिनुभयो । उहाँहरूले भोलि आफ्नो निर्वाचन क्षेत्रमा जबाफ दिनुपर्छ । यो छलफलमै भाग नलिने, सरकारमा बसेका केही कार्यकारीले ल्याइदिएपछि हुने भए यति धेरै सांसद किन चाहियो ?’

त्यस्तै पुनले सरकारको नियतमा पनि प्रश्न गरेका छन् । उनले सरकारको नियत संसद् छल्ने, ढिलो गरी बोलाउने अनि बाध्यात्मक ट्र्यापमा पार्ने जस्तो देखिएको बताए ।

उनले सरकारलाई आफ्नो गन्तव्य र वैचारिक धरातल स्पष्ट पार्न चुनौती दिदै भने- ‘हामी कम्युनिस्ट होइनौँ भन्नुभएको छ, नवउदारवादी पनि होइनौँ भन्नुभएको छ, हो के त उहाँहरू ?’

Read More

प्रतिनिधसभामा दुई विधेयक पेश

काठमाडौं । सरकारले निर्वाचनसँग सम्बन्धित दुई विधेयक प्रतिनिधसभामा प्रस्तुत गरेको छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यी विधेयकहरु प्रस्तुत गरेकी हुन् ।

जसमा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ प्रस्तुत गरिएको छ । जनसंख्याको प्रतिशतका आधारमा दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु तथा मुस्लिम जनसंख्याको आधारमा प्रतिशत कायम गर्न प्रतिनिधिसभा सदस्य निर्वाचनस्म्बधी विधेयक ल्याइएको मन्त्री गौतमले बताएकी थिइन् । 

प्रतिनिधसभाको अर्को बैठक जेठ ७ गते बिहीबार विहान ११ बजे बस्ने गरि बोलाइएको छ ।

Read More

नेप्से ३० अंकले बढ्यो, ३ अर्ब ८२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से ३०.०८ अंकले बढेर २७५४. ४८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्टेन हाइड्रोको शेयर ११.८८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १३.२६ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको १८ करोड ३५ लाखको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको १७ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

Read More

राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति अवलम्बन गर्न सरकार प्रतिबद्ध छ- मन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले आयोजना गरेको मन्त्रालयको नीति तथा कार्यक्रमसम्बन्धी छलफलमा सहभागिता जनाएका छन् ।

छलफलमा नेपालको प्रमुख परराष्ट्र नीति प्राथमिकता, राष्ट्रिय हितको प्रवर्द्धन तथा विदेशमा रहेका नेपाली नागरिकको हित र कल्याणका विषयमा केन्द्रित भएर चर्चा गरिएको थियो।

कार्यक्रममा उठाइएका विषय र सुझावमाथि प्रतिक्रिया दिँदै मन्त्री खनालले राष्ट्रिय हितलाई केन्द्रमा राखेर सिद्धान्तमा आधारित परराष्ट्र नीति अवलम्बन गर्ने सरकारको प्रतिबद्धता दोहोर्‍याएका छन् ।

उनले कूटनीतिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा सरकार अघि बढिरहेको पनि बताएका छन् ।

Read More

मोदी र मेलोनीको भेट चर्चामा: कारमा सँगै यात्रा, डिनर भेटघाटदेखि उपहारमा ‘मेलोडी’ चकलेट

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीबीच रोममा विशेष मित्रता देखिएको छ । कारमा सँगै यात्रा, डिनर भेटघाटदेखि उपहारमा टफी आदानप्रदानसम्मका दृश्य सामाजिक सञ्जालमा चर्चामा रहेका छन् ।

मेलोनीले प्रधानमन्त्री मोदीबाट प्राप्त विशेष उपहारका लागि सामाजिक सञ्जालमार्फत धन्यवाद व्यक्त गरेकी छन् । उनले मजाकिया शैलीमा मोदीले आफूलाई भारतको चर्चित टफी ‘मेलोडी’ उपहार दिएको उल्लेख गरिन् । ‘प्रधानमन्त्री मोदी मेरो लागि निकै राम्रो टफी मेलोडी लिएर आउनुभएको थियो,’ उनले लेखेकी छन् ।

प्रधानमन्त्री मोदीले डिनरका क्रममा दुवै नेताबीच विश्व राजनीति र द्विपक्षीय सम्बन्धसँग जोडिएका महत्वपूर्ण विषयमा छलफल भएको जानकारी दिएका छन् । त्यसपछि दुवैले रोमको ऐतिहासिक तथा प्रसिद्ध कोलोसियमको भ्रमणसमेत गरेका थिए ।

मोदी रोम पुगेपछि मेलोनीले सामाजिक सञ्जालमार्फत ‘मेरो साथी, रोममा स्वागत छ’ भन्दै स्वागत गरेकी थिइन् ।

दुवै नेताले भारत–इटाली सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने महत्वाकांक्षी मार्गचित्र पनि सार्वजनिक गरेका छन्। विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित संयुक्त लेखमार्फत भारत–इटाली सम्बन्धलाई ‘विशेष रणनीतिक साझेदारी’ को संज्ञा दिइएको छ ।

‘इटाली एन्ड इन्डिया : ए स्ट्राटेजिक पार्टनरशिप फर द इन्डो–मेडिटेरेनियन’ शीर्षकको संयुक्त लेखमा दुवै नेताले भारत र इटालीको सम्बन्ध निर्णायक चरणमा पुगेको उल्लेख गरेका छन् । उनीहरूले यो सम्बन्ध केवल मित्रतामा सीमित नभई स्वतन्त्रता, लोकतन्त्र र साझा भविष्यको दृष्टिकोणमा आधारित साझेदारी बनेको बताएका छन् ।

लेखमा भारत–इटाली सम्बन्धलाई इन्डो–प्रशान्त र भूमध्यसागरीय क्षेत्रलाई जोड्ने नयाँ भूराजनीतिक परिवर्तनको हिस्सा भनिएको छ । यसलाई व्यापार, ऊर्जा, प्रविधि, तथ्यांक र रणनीतिक सम्पर्कको नयाँ सञ्जालका रूपमा व्याख्या गरिएको छ ।

दुवै नेताले बदलिँदो विश्व व्यवस्थाबीच राजनीतिक समन्वय, आर्थिक एकीकरण र प्रविधिगत सहकार्यलाई थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन्। २१औँ शताब्दीमा समृद्धि र सुरक्षा नवप्रवर्तन, ऊर्जा रूपान्तरण र रणनीतिक आत्मनिर्भरतामा निर्भर रहने उनीहरूको भनाइ छ।

संयुक्त लेखमा इटालीको औद्योगिक तथा उत्पादन अनुभवलाई भारतको विशाल अर्थतन्त्र, नवप्रवर्तन प्रणाली र इन्जिनियरिङ क्षमतासँग जोड्ने योजना पनि उल्लेख गरिएको छ। दुवै देशले सन् २०२९ सम्म द्विपक्षीय व्यापार २० अर्ब युरोभन्दा माथि पुर्‍याउने लक्ष्य तय गरेका छन्। यसका लागि रक्षा, अन्तरिक्ष, स्वच्छ ऊर्जा, मेसिनरी, औषधि उत्पादन, कपडा उद्योग र पर्यटन क्षेत्रमा विशेष सहकार्य गरिने जनाइएको छ।

Read More

फिल्म ‘रोल नं १’ ले ल्यायो पुरस्कार जित्ने नयाँ अफर

काठमाडौं । चलचित्र ‘रोल नं १’ले दर्शकका लागि नयाँ स्किम ल्याएको छ । जेठ १५ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको निर्माण टिमले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्किम अघि सारेको हो । 

निर्माण टिमले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ भिडियो प्रतियोगितामार्फत नगद पुरस्कार जित्ने अफर ल्याएको हो । यो प्रतिस्पर्धाका लागि चलचित्र ‘रोल नं १’सँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडियोमार्फत सुनाउनुपर्नेछ । 

प्रतिस्पर्धामा सहभागी हुन आफ्नो परिचय दिनुपर्नेछ, जसमा आफ्नो नाम, विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ । आफ्नो वास्तविक स्कुल जीवनको कथा सुनाउनुपर्नेछ ।  

कथामा शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्व,  गरिबी वा चुनौती, स्कुलको रमाइलो सम्झना, सपना र लक्ष्य तथा संघर्ष र मेहनतलगायत विषय समेट्न सकिनेछ । 

भिडियो छोटो, मिठो र भावुक बनाउने हुनुपर्नेछ । भिडियो १–३ मिनेटभित्र सक्नुपर्नेछ । सिर्जनात्मक प्रस्तुति दिनुपर्नेछ । भिडियोमा स्पष्ट आवाज हुनुपर्नेछ । 

सबै उमेरका व्यक्ति यो प्रतिस्पर्धामा सहभागी हुन सक्नेछन् । भिडियो टिकटक, फेसबुक र इन्स्टाग्राममा राख्न सकिनेछ । प्रथम हुने विजेताले ३० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार पुरस्कार प्राप्त गर्नेछन् । 

सान्त्वना पुरस्कार २० जना सहभागीलाई ‘रोल नं १’को एकएकवटा टिकट पाउनेछन् । विजेता घोषणा जेठ २५ गते गरिनेछ ।  विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटेको बताइएको छ । जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् । चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् । निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ ।

Read More

जबरजस्ती करणी गरेको अभियोगमा बाँकेबाट दुई जना पक्राउ

काठमाडौं । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोहलपुर नगरपालिका-४ बेलनपुर बस्ने २६ वर्षीय रैबर खानलाई प्रहरीले पक्राउ गरेको छ । खानले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी बिट मदनचोकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यसैगरी बाँके, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-२ छमनिया गाउँ बस्ने २२ वर्षीय फुलसिंह थारूलाई प्रहरीले पक्राउ गरेको छ । थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई बैजनाथ गाउँपालिका-५ बनकटुवा चोकबाट पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More