२०८३ जेष्ठ १४

कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक नगर्ने कञ्चनपुर–३ का वडा सभापतिहरूको निर्णय

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्र कञ्चनपुर–३ का वडा सभापतिहरूले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक नगर्ने निर्णय गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बैठकमा सहभागी २० वडाका सभापतिहरूले अद्यावधिकको काम नगर्ने बताएका हुन् ।

क्षेत्रीय सभापति केशव चन्दका अनुसार भीमदत्त नगरपालिकाका १९ वटा वडा र वेदकोट नगरपालिकाको एक वडाका सभापतिहरूले सदस्यता अद्यावधिक प्रक्रिया बहिष्कार गर्ने निर्णय गरेका हुन्।