काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुतिको पूर्वसन्ध्यामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई बजेटबारे औपचारिक जानकारी गराएका छन्।
बिहीबार शीतल निवास पुगेर अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको अनुमानसहितको बजेटका मुख्य पक्षहरू राष्ट्रपतिसमक्ष प्रस्तुत गरेका हुन्।
भेटका क्रममा उनले संसद्मा प्रस्तुत गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ तथा सार्वजनिक संस्थानहरूको वार्षिक अवस्थासम्बन्धी प्रतिवेदन पनि राष्ट्रपति पौडेललाई हस्तान्तरण गरेका थिए।
अर्थमन्त्री वाग्लेले भोलि दिउँसो ४ बजे संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट औपचारिक रूपमा प्रस्तुत गर्ने कार्यक्रम छ।




