२०८३ आश्विन १

सुन र चाँदीको मूल्यमा वृद्धि

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा छापावाला सुनको भाउ प्रतितोला १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो।

बुधबार छापावाला सुन प्रतितोला ३ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार यसको मूल्य प्रतितोला ३ लाख १०० रुपैयाँ रहेको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअनुसार एक दिनको अवधिमा चाँदीको भाउ प्रतितोला ८५ रुपैयाँले बढेको हो।