२०८३ आश्विन १

प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य बढ्यो

काठमाडौं । साताको कारोबारअन्तर्गत बुधबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य वृद्धि भएको छ। यस अवधिमा नेप्से १.६८ अंकले उकालो लाग्दै २६३५.३१ विन्दुमा पुगेको हो।

प्रि-ओपन सेसनमा कुल ७७ वटा स्क्रिप्सको ४६ हजार ७०८ कित्ता सेयर कारोबार भएको छ। उक्त अवधिमा ४ करोड ९७ लाख ६८ हजार ७७० रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो।

कारोबारमा सहभागी भएका कम्पनीमध्ये २९ वटा स्टक्सको सेयर मूल्य बढेको छ भने ३६ वटा स्टक्सको मूल्य घटेको छ। यस अवधिमा १० वटा स्टक्सको मूल्यमा भने कुनै परिवर्तन भएन।