२०८३ आश्विन १०

तीन वर्षीया बालिकाको हत्या विरोधमा बारामा आन्दोलन चर्कियो

काठमाडौं। तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा बाराको जीतपुर–सिमरा उपमहानगरपालिकामा आन्दोलन चर्किएको छ। दोषीलाई कडा कारबाही र प्रहरी प्रशासनको लापरबाहीमाथि छानबिनको माग गर्दै आक्रोशित स्थानीयवासीले बिहीबार मुख्य तथा ग्रामीण सडकमा टायर बालेर यातायात ठप्प पारेका छन्।

घटनाको विरोधमा उपमहानगरभित्रका निजी तथा सामुदायिक विद्यालयहरूले शोकसभा आयोजना गर्दै पठनपाठनसमेत बन्द गरेका छन्। बालिका हराएको सूचना पाएपछि पनि प्रहरीले खोजीमा गम्भीरता नदेखाएको भन्दै आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका छन्। उनीहरूले कार्यालयका इन्चार्जमाथि कारबाहीको माग गरेका छन्।

आन्दोलनका कारण सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर र पथलैया–सिमरा सडकखण्डमा सवारीसाधन चलेका छैनन्। वीरगञ्ज–पथलैया सडकखण्डसमेत आन्दोलनका कारण प्रभावित बनेको छ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले घटनामा संलग्न आरोपित पक्राउ परिसकेको जानकारी दिएका छन्। आन्दोलनरत पक्षसँग निर्णायक वार्ताको प्रयास भइरहेको बताउँदै उनले प्रहरीको भूमिकाबारे उठेका प्रश्नमाथि छानबिन भइरहेको जानकारी दिए। प्रशासनले आन्दोलनरत पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।

Read More

डोजरले घर भत्काएपछि विस्थापित सुकुम्बासीको आत्महत्या

काठमाडौं। काठमाडौं उपत्यकाबाट विस्थापित भएका अर्का एक भूमिहीन सुकुम्बासीले आत्महत्या गरेका छन्।

करिब चार महिनाअघि सरकारले काठमाडौंको शान्तिनगर (गैरीगाउँ)स्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर घर भत्काएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका करिब ५० वर्षीय चम्बरबहादुर नेपालीले आत्महत्या गरेका हुन्।

घर भत्किएपछि सरकारले दिएको २५ हजार रुपैयाँ राहत लिएर उनी डेरामा बस्दै आएका थिए। नेपालीको परिवारमा श्रीमती र छोराछोरीसहित सात जना सदस्य थिए।

Read More

मौरिस हर्जोग पदमार्गका लागि स्मार्ट सूचना प्रणाली तयार

काठमाडौं। म्याग्दीको अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्गका पर्यटकलाई आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउन स्मार्ट सूचना प्रणाली तयार गरिएको छ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले क्युआर कोडमा आधारित प्रणाली विकास गरेको हो। क्युआर कोड स्क्यान गरेपछि पदमार्गमा रहेका होटल तथा रेस्टुरेन्ट, आश्रयस्थल, सवारी चालकका सम्पर्क नम्बर, विभिन्न गन्तव्यबीच लाग्ने अनुमानित समय र उचाइलगायतका विवरण मोबाइलबाटै हेर्न सकिने व्यवस्था गरिएको छ।

प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार यात्राका क्रममा समस्या परेमा सम्पर्क गर्नुपर्ने सम्बन्धित निकायका फोन नम्बरसमेत प्रणालीमा राखिएको छ। पर्यटकले यात्रा सुरु गर्नुअघि आवश्यक जानकारी लिन बारम्बार फोन गर्न नपरोस् र पदयात्राका क्रममा आपत्कालीन अवस्थामा सहयोग लिन सहज होस् भन्ने उद्देश्यले प्रहरीकै जनशक्तिको सीप र अनुभव प्रयोग गरेर प्रणाली तयार गरिएको उनले बताए।

प्रहरी निरीक्षक सागर तिमिल्सिनाले अन्नपूर्ण आधार शिविर जाने पदमार्गबारे जानकारी लिन फोन गर्नेको संख्या धेरै भएकाले पर्यटकले आफैँ सूचना प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको बताए। उनका अनुसार बसपार्क, होटल, प्रहरी चौकी तथा अन्य सार्वजनिक स्थानमा क्युआर कोड राखिनेछ भने सामाजिक सञ्जालमार्फत पनि यसको प्रचार गरिनेछ।

समुद्री सतहदेखि ४ हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर छोटो दूरीमा पदयात्रा गरेर पुग्न सकिने भएकाले पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बनेको छ। नारच्याङदेखि हुमखोलासम्म करिब २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म २२ किलोमिटरको आधारभूत पदमार्ग विसं २०७७ देखि सञ्चालनमा छ।

पदयात्राका क्रममा मिस्त्रीखोलाको किनार, अग्ला झरना, हिमशृङ्खला, पहाडी भूगोल, दुर्लभ वनस्पति तथा वन्यजन्तुको अवलोकन गर्न सकिन्छ। सामान्यतया दुई दिनमा आधार शिविर पुगेर तेस्रो दिन फर्कन सकिने बताइएको छ।

अन्नपूर्ण र नीलगिरि हिमालको फेदीमा रहेको आधार शिविर समथर भूभागमा अवस्थित छ। त्यहाँबाट करिब ४ हजार ५० मिटर उचाइमा रहेको पञ्चकुण्ड तालसमेत अवलोकन गर्न सकिन्छ। करिब १ लाख ७ हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको उक्त प्राकृतिक हिमताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आएको पानी जम्मा भएर बनेको हो।

अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एउटै क्षेत्रबाट अवलोकन गर्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर क्षेत्रको यो प्रमुख आकर्षणका रूपमा रहेको छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि अधिकांश भूभागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा तथा तराईका केही क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रदेशगत मौसम पूर्वानुमान

कोशी प्रदेश: दिउँसो प्रदेशका अधिकांश भूभागमा बदली रहनेछ। पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। तराईका थोरै स्थानमा समेत वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा हुरीबतास चल्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। राति पनि प्रदेशको हिमाली तथा पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहनेछ भने तराईमा सामान्यतया बदली रहनेछ।

मधेस प्रदेश: दिउँसो प्रदेशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विशेषगरी केही स्थानमा हुरीबतासको समेत सम्भावना रहेकाले सावधानी अपनाउनुपर्ने देखिन्छ। राति पनि केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्नेछ।

बागमती प्रदेश: प्रदेशका अधिकांश भूभागमा बदली रहनेछ। पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। तराई तथा अन्य भूभागमा समेत केही स्थानमा वर्षाको सम्भावना रहेको छ। राति पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

गण्डकी प्रदेश: प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ। हिमाली भूभागमा मध्यम वर्षासँगै हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ। राति पनि पहाडी क्षेत्रमा वर्षाको सम्भावना कायमै रहनेछ।

लुम्बिनी प्रदेश: दिउँसो प्रदेशका अधिकांश भूभागमा बदली रहनेछ। पहाडी क्षेत्रमा वर्षाको सम्भावना उच्च रहेकाले केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। तराईका केही स्थानमा समेत वर्षाको सम्भावना छ। राति पनि तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

कर्णाली प्रदेश: हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी क्षेत्रमा पनि वर्षा हुन सक्नेछ भने एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहनेछ।

सुदूरपश्चिम प्रदेश: प्रदेशका अधिकांश पहाडी तथा हिमाली भूभागमा बदली रहनेछ। पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ। तराईका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। राति हिमाली तथा पहाडी भूभागमा वर्षा हुने सम्भावना कायमै रहनेछ भने तराईमा सामान्यतया बदली रहनेछ।

महाशाखाका अनुसार आज राति देशका हिमाली र पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेशको तराईमा सामान्यतया बदली तथा बाँकी तराई भूभागमा आंशिक बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

मनसुन सक्रिय रहेकाले वर्षाका कारण सडक तथा यातायातमा असर पर्न सक्ने, नदी तथा खोलामा जलस्तर बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरोको जोखिम हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Read More

आजको राशिफल

२०८३ भदौ ४ गते (२० अगस्ट २०२६) बिहीवार, श्रावण शुक्लपक्ष अष्टमी तिथि परेको छ। आज विशाखा नक्षत्र रहेकोमा बिहान ११ः१३ बजेपछि अनुराधा नक्षत्र सुरु हुनेछ। चन्द्रमा वृश्चिक राशिमा रहने भएकाले आजको दिन भावनात्मक गहिराइ, आत्मविश्वास, निर्णय क्षमता र व्यवहारिक पक्षमा प्रभाव पार्ने देखिन्छ। विभिन्न राशिका जातकका लागि दिन मिश्रित रहनेछ—कसैलाई आर्थिक तथा व्यावसायिक लाभको अवसर मिल्नेछ भने कसैले खर्च, सम्बन्ध र निर्णयमा विशेष सावधानी अपनाउनुपर्नेछ। मेहनत, संयम र सही समयमा सही निर्णय लिन सके धेरै काममा सकारात्मक परिणाम प्राप्त गर्न सकिनेछ।

मेष – Aries

चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ। आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने सम्भावना छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ला। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।

वृष – Taurus

इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान पाइनेछ। एउटै कामबाट दोहोरो लाभ उठाउन सकिनेछ।

मिथुन – Gemini

का, कि, कु, घ, ङ, छ, के, को, हा

हिम्मत गर्दा जटिल कामसमेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो कामसमेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ।

कर्कट – Cancer

हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान तथा अनुयायीले साथ दिनेछन्।

सिंह – Leo

मा, मि, मु, मे, मो, टा, टि, टु, टे

परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।

कन्या – Virgo

टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। नयाँ काम प्रारम्भ गर्ने समय छ।

तुला – Libra

रा, रि, रु, रे, रो, ता, ति, तु, ते

आत्मविश्वासको कमीले पछि परिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। खर्च हुने डरले सताउला। वादविवादबाट टाढा रहनुहोला। अर्थ अभावले काममा बाधा पुग्नेछ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। काममा केही रकम खर्च भए पनि पहिलेको साख जोगाउन सकिनेछ।

बृश्चिक – Scorpio

तो, ना, नि, नु, ने, नो, या, यि, यु

पहिलेको सफलताले महत्त्वाकांक्षा बढाए पनि काम गर्न नसकिएला। हठात् निर्णय गर्दा समस्या देखिन सक्छ। खानपान र भेटघाटको अलमलले बाधा पुग्न सक्छ। तापनि प्रयत्न गर्दा दिगो काममा जग बसाउने अवसर जुट्नेछ। नयाँ कामको प्रस्ताव आए पनि आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। मिहिनेत गर्दा नाम, दाम र इनाम हात पार्न भने सकिनेछ।

धनु – Sagittarius

ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला।

मकर – Capricorn

भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि

प्रयत्न गर्दा आयस्रोत बढाउन सकिनेछ। व्यापारमा अड्किएको रकम उठ्नेछ। भविष्यका लागि केही लगानी बढाउन सकिनेछ। तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी र समय लाग्नेछ। लाभांश अरूका लागि खर्चनुपर्ला। सरसापटमा पनि रकम बाहिरिन सक्छ।

कुम्भ – Aquarius

गु, गे, गो, सा, सि, सु, से, सो, द

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

मीन – Pisces

दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। व्यवसायमा लाभ हुनेछ। भाग्योन्नतिको समय छ। रोकिएको काम बन्नेछ र नयाँ काम थालनी हुनेछ।

Read More

विद्युत् महसुलको भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

काठमाडौं । विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै उज्यालो नेपाल पार्टीले जनदबाब अभियान अघि बढाएको छ। पार्टीले मंगलबार बाराको सिमराबाट हस्ताक्षर संकलन सुरु गरेको जनाएको छ।

विद्युत् उपभोगलाई सस्तो र सहज बनाउन कर हटाउनुपर्ने पार्टीको माग छ। उज्यालो नेपालले डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखि बाँकी रहेको बक्यौता रकम तत्काल उठाउन पनि सरकारसँग माग गरेको छ।

पार्टीका अनुसार विद्युत् केवल राजस्वको स्रोत नभई उद्योग, रोजगारी र आर्थिक विकासको महत्वपूर्ण आधार भएकाले यसको उपभोग बढाउने नीति आवश्यक छ। स्वदेशी विद्युत् खपतलाई प्रोत्साहन गर्न इन्डक्सन चुलोको प्रयोग बढाउने तथा ग्यास आपूर्ति सहज बनाउनेतर्फ पनि सरकारले ध्यान दिनुपर्ने उसको भनाइ छ।

सरकारले विद्युत् खपत प्रोत्साहन गर्नुपर्नेमा उपभोक्तामाथि अतिरिक्त करको भार थपेको आरोप लगाउँदै पार्टीले हस्ताक्षरमार्फत जनमत एकत्रित गर्न खोजेको जनाएको छ।

अभियानमा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अर्जुन शर्मा, केन्द्रीय सदस्य रोशन अधिकारी, मधेस प्रदेश अध्यक्ष राम सिंह (पराग) लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

Read More

सर्पको डसाइबाट ताप्लेजुङमा किशोरीको मृत्यु

काठमाडौं। सर्पले डस्दा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङदेवाकी एक किशोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा जनता माध्यमिक विद्यालय हाङदेवामा कक्षा १२ मा अध्ययनरत युना मादेन रहेकी छन्। उनी पोष्ट मादेन र सीता इजम मादेनकी छोरी हुन्।

वडाका लक्षुमन गुरुङका अनुसार युनालाई सोमबार घरमै सर्पले डसेको थियो। उनको मंगलबार बिहान मृत्यु भएको हो।

गुरुङका अनुसार युनाको घरमा बिरालोले सर्प बोकेर ल्याएको थियो। बिरालोले सर्प बोकेको देखेपछि युनाले आत्तिएर सर्पलाई छुटाउने प्रयास गर्दा उनलाई सर्पले डसेको हुनसक्ने अनुमान गरिएको छ।

Read More

पत्रकार श्रेष्ठ थुनामुक्त

काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट मुक्त भएका वरिष्ठ पत्रकार किशोर श्रेष्ठले सत्य नहरेको र कलम नहारेको प्रतिक्रिया दिएका छन्। थुनामुक्त भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफूलाई हिरासतमा राखिएको घटनाप्रति धारणा सार्वजनिक गरेका हुन्।

श्रेष्ठले पन्छीका लागि पिँजडाभन्दा खुला आकाश प्रिय हुने उल्लेख गर्दै ढिलो भए पनि भ्रमको पर्दा च्यातिने बताएका छन्। उनले सत्य नहरेको र कलम नहारेको उल्लेख गर्दै सबैलाई बधाई तथा शुभकामना दिएका छन्।

एक युवतीको तस्बिरसहित जनआस्थामा प्रकाशित सामग्रीलाई लिएर श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयता उल्लङ्घन गरेको आरोपमा जाहेरी परेको थियो। जाहेरीपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो।

समाचार प्रकाशित गरेकै आधारमा सम्पादक वा प्रकाशकलाई थुनामा राख्नुपर्ने अवस्था नदेखिएको भन्दै सर्वोच्च अदालतले आइतबार श्रेष्ठलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको थियो।

सर्वोच्चले सामाजिक सञ्जालमा व्यक्तिले आफैँ सार्वजनिक गरेको सामग्री सञ्चारमाध्यमले पुनः प्रकाशन गरेको मात्र आधारमा त्यसलाई फौजदारी कसुरको रूप दिन र सम्पादकलाई थुनामा राख्न उचित नहुने व्याख्या गरेको छ। यद्यपि, श्रेष्ठलाई हाजिर जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन अदालतले निर्देशन दिएको छ।

श्रेणी: Politics / राजनीति
उपश्रेणी: Law & Justice / कानुन तथा न्याय

Read More

मकवानपुरमा स्कार्पिओ दुर्घटना, न्यायाधीशसहित ६ जना घाइते

काठमाडौं। मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरिखेतमा स्कार्पिओ दुर्घटना हुँदा उच्च अदालत जनकपुरका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना घाइते भएका छन्। काठमाडौंबाट हेटौँडातर्फ जाँदै गरेको प्रदेश–३–००२ झ ५१८३ नम्बरको स्कार्पिओ आज बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

प्राप्त विवरणअनुसार, न्यायाधीश डाँगीसहित चार पुरुष र दुई महिला स्कार्पिओमा सवार थिए। जुरिखेतमा पुगेपछि स्कार्पिओ सडकबाट भिरतर्फ खसेर दुर्घटनाग्रस्त भएको बताइएको छ।

दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पुर्‍याइएको छ। उनीहरूको उपचार भइरहेको जनाइएको छ। दुर्घटनाको विस्तृत कारणबारे भने थप विवरण आउन बाँकी रहेको छ।

Read More

मौसम पूर्वानुमान

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश भू–भागमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी प्रणालीको प्रभावका कारण विशेषगरी पश्चिम नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ। आज देशका अधिकांश भू–भागमा बदली रहने तथा कोशीदेखि सुदूरपश्चिमसम्मका पहाडी क्षेत्रमा केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकाले यात्रा तथा दैनिक कामकाज गर्दा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।

कोशी प्रदेश

आज दिउँसो प्रदेशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ। तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ। रातिको समयमा पनि पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुनसक्नेछ।

मधेस प्रदेश

दिउँसो प्रदेशका केही स्थानमा बदलीसँगै वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने देखिन्छ। राति प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

बागमती प्रदेश

दिउँसो प्रदेशभर सामान्यतया बदली रहनेछ। पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति पनि पहाडी भू–भागका केही स्थानमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुनसक्नेछ।

गण्डकी प्रदेश

प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा दिउँसो मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले नदी तथा खोलानाला आसपासका बासिन्दा सचेत रहनुपर्ने देखिन्छ। राति पनि पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश

दिउँसो प्रदेशका पहाडी भू–भागमा धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। राति प्रदेशका तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

कर्णाली प्रदेश

दिउँसो प्रदेशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ। हिमाली भू–भागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ। राति पनि वर्षा तथा हिमपातको सम्भावना कायम रहनेछ।

सुदूरपश्चिम प्रदेश

दिउँसो पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्नेछ। राति प्रदेशका तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपात हुनसक्नेछ।

हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

Read More