२०८३ आश्विन २

आइपिएलको फाइनल आज: बैंगलुरु र गुजरात आमने सामने

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपिएल) को उपाधिका लागि आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच आज बहुप्रतीक्षित फाइनल प्रतिस्पर्धा हुँदैछ । दुवै टोली दोस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछन् ।

समूह चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै आएका दुवै टोलीमध्ये गुजरात र बेंगलुरु पहिलो क्वालिफायर्समा आमनेसामने भएका थिए । उक्त खेलमा बेंगलुरुले एकपक्षीय जित निकालेको थियो । तर उपाधि भिडन्तमा परिस्थिति फरक रहने अपेक्षा गरिएको छ । गुजरातको घरेलु मैदानमा हुने फाइनल खेलमा दुवै टोलीमाथि जितको दबाब रहनेछ ।

यसपटकको उपाधि भिडन्तमा दुई फरक खेल शैलीबीच प्रतिस्पर्धा हुनेछ । बेंगलुरुले आक्रामक र निडर खेलमार्फत प्रतियोगितामा प्रभुत्व जमाएको छ भने गुजरातले संयमित र धैर्यपूर्ण प्रदर्शनका आधारमा पाँच वर्षमा तेस्रो पटक उपाधि भिडन्तमा स्थान बनाएको हो । बेंगलुरु बलियो दाबेदार देखिए पनि गुजरातलाई कमजोर आँक्न सकिने अवस्था छैन ।

बेंगलुरुको सफलतामा विराट कोहलीको भूमिका महत्वपूर्ण रहँदै आएको छ । सुरुआती खेलहरूमा फिल साल्टसँग उनको साझेदारी प्रभावशाली थियो । तर साल्ट घाइते भएपछि वेंकटेश अय्यरले टोलीलाई मजबुत सुरुआत दिलाउँदै आएका छन् । अन्तिम प्रतिस्पर्धामा साल्ट उपलब्ध हुने वा नहुने विषय पनि चासोको केन्द्र बनेको छ ।

गुजरातका लागि शीर्षक्रमका ब्याटरहरू मुख्य आधार हुन् । शुभमन गिल र साई सुदर्शनको जोडीले यस सिजन उत्कृष्ट प्रदर्शन गरेको छ । दुवैले छनोट चरणमा कुनै पनि विकेटका लागि सबैभन्दा ठूलो साझेदारी गरेका छन् । उनीहरूको निरन्तर प्रदर्शनले गुजरातलाई उपाधिनजिक पुर्‍याएको छ । जोस बटलर पनि कुनै पनि बेला खेलको दिशा बदल्न सक्ने क्षमता भएका ब्याटर मानिन्छन् ।

बलिङतर्फ बेंगलुरुका भुवनेश्वर कुमार र जोश हेजलउडले नयाँ बलबाट लगातार प्रभाव छाडेका छन् । उनीहरूले सुरुआती ओभरमै विपक्षीलाई दबाबमा पार्ने क्षमता देखाएका छन् । गुजरातका प्रमुख ब्याटरहरूलाई रोक्न उनीहरूको भूमिका निर्णायक बन्न सक्छ ।

यता गुजरातले पनि आफ्ना तीव्र गतिका बलरहरूबाट ठूलो अपेक्षा राखेको छ । कागिसो रबाडा, प्रसिद्ध कृष्णा र मोहम्मद सिराजको उत्कृष्ट प्रदर्शन गर्न सके बेंगलुरुको आक्रामक ब्याटिङलाई नियन्त्रण गर्न सक्ने विश्वास गरिएको छ । साथै राहुल तेवतियालाई सुरुआती टोलीमै समावेश गरेर ब्याटिङलाई थप बलियो बनाउने सम्भावना पनि छ । दुवै टोली उत्कृष्ट लयमा रहेकाले यस वर्षको उपाधि भिडन्त अत्यन्त रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। क्रिकेट समर्थकहरू एक अविस्मरणीय प्रतिस्पर्धाको प्रतीक्षामा छन् ।

फाइनलको सम्भावित टोली: 

बेंगलुरु: रजत पाटीदार (कप्तान), वेंकटेश अय्यर, विराट कोहली, देवदत्त पडिक्कल, जितेश शर्मा, टिम डेभिड, क्रुनाल पाण्ड्या, भुवनेश्वर कुमार, ज्याकब डफी, जोश हेजलउड र रासिख सलाम डार ।
गुजरात: शुभमन गिल (कप्तान), साई सुदर्शन, जोस बटलर, निशान्त सिन्धु, वासिङ्टन सुन्दर, जेसन होल्डर, राहुल तेवतिया, राशिद खान, प्रसिद्ध कृष्णा, कागिसो रबाडा र मोहम्मद सिराज ।

Read More

महिला क्रिकेटतर्फ एशियन गेम्स क्वालिफायर्समा तेस्रो स्थानको लागि चीनसँग खेल्दै नेपाल

काठमाडौँ । नेपाल महिला क्रिकेटतर्फ एशियन गेम्स क्वालिफायर्समा तेस्रो स्थानका लागि आज चीनसँग खेल्दैछ ।

यो खेल बिहान सवा ७ बजेदेखि शुरु हुदैछ ।

शनिबार सम्पन्न सेमिफाइनल खेलमा नेपाल मलेसियासँग २ विकेटले पराजित भएपछि तेस्रो स्थानका लागि खेल्न लागेको हो । आजको खेलमा जित हासिल गर्ने देश जापानमा हुने एशियन गेम्समा छनौट हुने छ ।

त्यस्तै चीन थाइल्याण्डसँग सेमिफाइनलमा पराजित भएको थियो । यसअघि समुह चरणमा नेपालले चीनलाई पराजित गरेको थियो ।

त्यसैगरी फाइनलमा मलेसिया र थाइल्याण्ड खेल्दैछन् । फाइनल खेल विहान ११: ४५ बजेदेखि शरू हुने छ ।

Read More

एशियन गेम्स पुरुष क्रिकेट क्वालिफायर्सको पहिलो खेलमा आज नेपाल र चीन खेल्दै

काठमाडौँ । नेपालले आज सिंगापुरमा हुने पुरुष एशियन गेम्स क्वालिफायर्सको पहिलो खेल खेल्दैछ । नेपालले आज चीनसँग आफ्नो पहिलो खेल खेल्दैछ । यो खेल नेपाली समय अनुसार बिहान सवा ७ बजेदेखि शुरु हुदैछ । 

यस प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ (क्यान) ले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा दिपेन्द्र सिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, लोकेस बम, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ सेख, सोमपाल कामी, करण केसी र साहब आलम रहेका छन् ।

पुरुष एशियन गेम्स क्वालिफायर्समा नेपालसहित ८ देशले भाग लिदैछन् । जसमा समुह ए मा नेपाल, मलेसिया, कतार र चीन रहेका छन् भने समुह बी मा ओमान, हङकङ, बहराइन र सिंगापुर रहेका छन् । प्रतियोगितामा नेपालले आज चीनसँग, जुन २ मा कतारसँग र जुन ४ मा मलेसियासँग खेल्ने तालिका रहेको छ ।

टी-२० फर्म्याटमा खेलिने यस प्रतियोगितामा सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ । एशियन गेम्समा कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

Read More

सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर मनाइँदै

काठमाडौँ । आज सुर्तीजन्य पदार्थ विरुद्धको दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा पनि सुर्तीजन्य वस्तुहरुको प्रयोग विरुद्ध सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष मे ३१ तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यो दिवसलाई धुम्रपान विरुद्धको दिवस पनि भनिन्छ ।

दिवसका अवसरमा सुर्तीजन्य वस्तुहरुको सेवनबाट मानवीय स्वास्थ्यमा पर्ने हानी नोक्सानी बारे सचेतना जगाउने कार्यक्रमहरु गरिन्छ । स्वास्थ्य अधिकारका क्षेत्रमा काम गरिरहेका सरकारी निकाय र गैरसरकारी संघसंस्थाहरुले सूर्तीजन्य वस्तुको सेवनबाट मानव स्वास्थ्यमा पर्ने असरप्रति चेतना जगाउने खालका अन्तक्र्रिया तथा गोष्ठी कार्यक्रम आयोजना गर्दछन् ।

यस दिवसका अवसरमा सुर्तीजन्य वस्तुको खपतलाई न्यूनिकरण गर्न नीतिगत वकालतका कार्यक्रम समेत आयोजना गरिन्छन् । नीतिगत वकालतका माध्यमबाट सुर्तीजन्य वस्तुको खपतलाई न्यूनिकरण गर्नु नै यो दिवस मनाउनुको मुख्य उद्देश्य हो । 

Read More

आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि पुर्व सम्म नेपाल नजिक रहेको न्युन चापिय रेखाको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी प्रदेशको केहि स्थानहरूमा मध्यम वर्षा तथा गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको भइरहेको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल, पहाडी भू-भागमा तथा लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी  तराई भू-भागमा मुख्यतया सफा रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा  लुम्बिनी प्रदेशको तराई, कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

Read More

२०८३ जेठ १७ गते आइतबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ जेठ १७ गते आइतबार ईस २०२६ मे ३१ नेपाल सम्बत ११४६ अनालाथ्व पुन्हि, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल पुर्णिमा, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, शिव योग, बव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ०९ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५५ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर १२ मिनेटदेखि ७ बजेर ५२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष
आज तपाईंको दिन निकै सक्रिय रहनेछ। काममा नयाँ जिम्मेवारी थपिन सक्छ र त्यसलाई सम्हाल्दा तपाईंको क्षमता अरूले राम्रोसँग देख्नेछन्। रोकिएका कामहरू अघि बढ्ने सम्भावना पनि छ। आर्थिक पक्ष सामान्य रहे पनि अनावश्यक खर्चले दबाब दिन सक्छ, त्यसैले सावधानी अपनाउनु राम्रो हुन्छ। परिवारभित्र सानो खुसी वा भेटघाटले मन हल्का बनाउनेछ । 

वृष
आज धैर्य र संयमको परीक्षा हुने दिन जस्तो देखिन्छ। काममा ढिलाइ वा सानो अवरोध आउन सक्छ, तर निरन्तर प्रयासले नतिजा सकारात्मक बन्नेछ। आर्थिक अवस्था स्थिर रहनेछ तर ठूलो लगानीका निर्णय अहिले नगर्नु राम्रो हुनेछ। घरपरिवारमा सानो असमझदारी भए पनि खुलेर कुरा गर्दा समाधान हुनेछ। पुराना कामहरू विस्तारै अघि बढ्ने संकेत देखिन्छ ।

मिथुन
आज तपाईं धेरै कुरा एकैपटक सम्हाल्ने प्रयासमा रहन सक्नुहुन्छ। काममा योजना परिवर्तन वा अलमल देखिन सक्छ, तर यसले दीर्घकालीन फाइदा पनि दिन सक्छ। साथी वा सहकर्मीको सहयोग उपयोगी बन्न सक्छ। बोली र व्यवहारमा सावधानी अपनाउनु जरुरी छ, किनकि सानो गलत बुझाइले समस्या बढाउन सक्छ। दिनको अन्त्यतिर केही सहजता र राहत महसुस हुनेछ।

कर्कट
आजको दिन भावनात्मक रूपमा सन्तुलित रहनेछ। परिवारसँग बिताएको समयले मानसिक शान्ति दिनेछ। लामो समयदेखि मनमा रहेको तनाव घट्दै जानेछ। काममा तपाईंको प्रयासको कदर हुन सक्छ र सम्मान प्राप्त हुने सम्भावना छ। पुराना समस्या समाधानतर्फ अघि बढ्ने संकेत देखिन्छ। समग्रमा मन स्थिर र सन्तुष्ट रहने दिन हो।

सिंह
आज तपाईंको जिम्मेवारी बढ्नेछ र त्यससँगै चुनौती पनि आउन सक्छ। तर तपाईंको आत्मविश्वास र नेतृत्व क्षमताले परिस्थिति सम्हाल्नेछ। उच्च तहका व्यक्तिसँगको सम्पर्क लाभदायक बन्न सक्छ। काममा दबाब भए पनि परिणाम राम्रो आउने सम्भावना छ। अहंकार र जल्दाबाजीबाट टाढा रहनु आवश्यक हुनेछ। दिनको अन्त्यमा उपलब्धिको अनुभूति हुनेछ।

कन्या
आज बाहिरी काम वा छोटो यात्रा उपयोगी बन्न सक्छ। नयाँ कुरा सिक्ने अवसर मिल्नेछ र त्यसले भविष्यमा फाइदा पुर्‍याउनेछ। काममा सुधारको संकेत देखिए पनि ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। स्वास्थ्यमा हल्का थकान वा कमजोरी महसुस हुन सक्छ, त्यसैले आराममा ध्यान दिनु राम्रो हुन्छ। नयाँ योजना सुरु गर्ने सोच बलियो बन्न सक्छ।

तुला
आर्थिक पक्षमा सुधारका संकेत स्पष्ट देखिन्छन्। रोकिएका कामहरू अघि बढ्ने सम्भावना छ र नयाँ अवसर पनि प्राप्त हुन सक्छ। साथीभाइ वा सहकर्मीको सहयोगले काम सजिलो बन्नेछ। निर्णय छिटो लिनुपर्ने अवस्था आउन सक्छ तर सोचविचार आवश्यक हुनेछ। सामाजिक सम्बन्ध बलियो बन्नेछ र आत्मविश्वास बढ्नेछ।

वृश्चिक
आज कामको दबाब बढ्न सक्छ तर तपाईंको मेहनतले राम्रो परिणाम दिनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने सम्भावना छ। सम्बन्धमा विश्वास र समझदारी कायम राख्नु आवश्यक हुनेछ। मनमा नयाँ योजना वा विचारहरू आउन सक्छन् जसले भविष्यको बाटो खोल्न सक्छ। भावनामा धेरै बहकिने भन्दा व्यवहारिक निर्णय लाभदायक हुनेछ।

धनु
आज उत्साह र ऊर्जा उच्च रहनेछ। नयाँ अवसरहरू प्राप्त हुन सक्छन् र कामले राम्रो गति लिनेछ। यात्रा हुने सम्भावना पनि बलियो छ र त्यो लाभदायक बन्न सक्छ। सामाजिक क्षेत्रमा सम्मान वा पहिचान बढ्ने संकेत छन्। आत्मविश्वासले तपाईंलाई अगाडि बढ्न प्रेरित गर्नेछ।

मकर
आज केही चुनौती आउन सक्छन् तर धैर्य र योजनाबद्ध रूपमा अघि बढे समाधान भेटिनेछ। परिवारको साथले मनोबल बढाउनेछ। खर्च बढ्न सक्ने भएकाले सावधानी अपनाउनु राम्रो हुन्छ। काममा अतिरिक्त जिम्मेवारी आउन सक्छ। अन्त्यमा अनुभव, आत्मबल र बुझाइ दुवै बढ्नेछ।

कुम्भ
आज नयाँ योजना सुरु गर्न अत्यन्त अनुकूल समय देखिन्छ। साथीभाइसँग सम्बन्ध बलियो बन्नेछ र सहकार्यको राम्रो अवसर मिल्नेछ। काममा प्रगति देखिन सक्छ र तपाईंका विचारलाई मान्यता मिल्ने सम्भावना छ। पुराना रोकिएका काम अघि बढ्न सक्छन्। सकारात्मक सोचले दिनलाई सफल बनाउनेछ।

मीन
आज मिश्रित परिणाम दिने दिन हो। केही काम सहज रूपमा अघि बढ्नेछन् भने केहीमा धैर्य आवश्यक हुनेछ। परिवारको सहयोगले मानसिक शान्ति मिल्नेछ। निर्णय गर्दा हतार नगर्नु राम्रो हुन्छ। दिनको अन्त्यतिर केही सकारात्मक संकेत वा नयाँ अवसर देखिन सक्छ ।

Read More