काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि सोमबार मध्याह्न ऋद्धिसिद्धि यातायातको बसमा आगलागी भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार राहदानी विभागअगाडि गुडिरहेको बसमा आगलागी भएको हो।
बसमा आगलागी हुनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण पनि प्राप्त हुन बाँकी छ।



