२०८३ जेष्ठ २७

विहार विधानसभा निर्वाचन: एनडीए गठबन्धनलाई दुई तिहाई बहुमत

काठमाडौँ । भारतको बिहारको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीए दुई तिहाई बहुमततर्फ अगाडी बढेको छ ।

पछिल्लो मतगणनाको अपडेट अनुसार एनडीएले २४३ सिट मध्ये १३७ सिटमा जित हासिल गरिसकेको छ । एनडीएले बहुमतका लागि आवश्यक १२२ सिटको आँकडा पार गरिसकेको छ भने अझै ६४ सिटमा अगाडी रहेको छ । पछिल्लो अपडेट अनुसार एनडीएले २४३ मध्ये २०१ सिटमा जित हासिल गर्नसक्ने देखिएको छ ।

त्यस्तै राष्ट्रिय जनता दलसहितको महागठबन्धनले अहिलेसम्म केवल २० सिटमा जित हासिल गरेको छ भने १४ सिटमा अगाडी रहेको छ । त्यस्तै अन्य एक स्थानमा अगाडी छन् भने प्रशान्त किशोर नेतृत्वको जनसुराज पार्टी कुनै सिट जित्न सकेन । त्यस्तै असाउद्धीन ओवैसीको दल एआईएमआइएमले ५ सिटमा जित हासिल गरेको छ ।   

दुई चरणमा नोभेम्बर ६ र ११ मा भएको निर्वाचनको मत गणना आज बिहान ८ बजेदेखि शुरु भएको हो । निर्वाचनपछि सार्बजनिक गरिएका एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको एनडीएलाई बहुमत आउने संकेत गरेपनि चुनावको नतिजा एनडीएको पक्षमा त्यो भन्दा राम्रो आएको छ । १३ एजेन्सीहरूको सर्वेक्षणले एनडीएलाई १५४ सिटको जितको भविष्यवाणी गरेका थिए । 

गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए । यसको अर्थ एनडीएले यस पटक लगभग २९ सिट बढी जित्ने अनुमान गरिएको छ भने महागठबन्धनले २८ सिट गुमाउने अनुमान गरिएको छ ।

राज्यमा २४३ सिटका लागि दुई चरणमा चुनाव भएको थियो । पहिलो चरणमा १२१ सिटका लागि ६५ प्रतिशत मतदाता मतदान भएको थियो भने दोस्रो चरणमा रेकर्ड ६७ प्रतिशत मत देखिएको थियो ।

Read More

धनुषाको मिथिला बिहारी-९ का वडा अध्यक्षको गोली हानी हत्या

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका-९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ ।

शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले गोली हानेर फरार भएको थियो । प्रहरीले उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ ।

मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बताएका छन् ।

यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ ।

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी थिईन ।

Read More

कालीमाटी तरकारी बजारको प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । गत भदौ २४ गतेको आन्दोलनको क्रममा कालीमाटी तरकारी बजारको प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले कालीमाटी तरकारी बजार भित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने अपराधमा संलग्न काठमाडौं महानगर- १३ टंकेश्वर बस्ने वर्ष ४३ को राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिएको छ ।

साथै श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

प्रधानमन्त्रीको उपस्थितिमा नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा भएको छ।

प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव एकनारायण अर्याल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, विभिन्न मन्त्रालयका सचिवलगायतका अधिकारीहरुको उपस्थितिमा समीक्षा बैठक बसेको थियो।

प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले समीक्षासम्बन्धी प्रस्तुतीकरण दिएका थिए । उनको प्रस्तुतिपछि सहभागी मन्त्री, सचिव तथा अन्य अधिकारीहरुले आआफ्नो टिप्पणी र सुझाव दिएक थिए ।

बैठकको अन्त्यमा प्रसधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिएकी छन् । उनले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताइन् ।

‘आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्‍न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि माननीय मन्त्रीज्यूहरू र सचिवज्यूहरू लगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुन्छ। आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु।’

Read More

एकीकृत समाजवादीको धनकुटा जिल्ला कमिटी एमाले समाहित

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटाले नेकपा (एमाले)मा पूर्ण रूपमा समाहित हुने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै बहुमत सदस्यले एमालेमा समाहित हुने निर्णय गरेको उल्लेख छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।

जिल्ला कमिटीले भनेको छ- ‘आज मिति २०८२ साल कार्तिक २८ गते शुक्रवारका दिन विघटित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी धनकुटाको बैठक बसी तत्कालीन नेकपा (माओवादी) र हाम्रो पार्टी लगायत विभिन्न राजनीतिक दलहरुका बीचमा एकता भई नयाँ पार्टी गठन भए पश्चात उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा बैठकमा गम्भिर छलफल भएको छ । छलफल पश्चात विभिन्न वस्तुगत परिस्थितिहरुलाई समेत मध्यनजर गर्दै नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटा नयाँ गठन भएको पार्टी निर्माणको पक्षमा सामेल नभई नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा पुर्ण रुपले समाहित हुने निर्णय गरिएको व्यहोरा सम्पुर्णमा जानकारीको लागि अनुरोध छ ।’

जिल्ला कमिटीले जेनजी आन्दोलन पश्चात उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थिति र विकसित राष्ट्रिय राजनीतिक घटनाक्रम, यसबाट सिर्जित चुनौतिहरु र नेपाली जनताको परिवर्तन एवम् सम्वृद्धिको आकांक्षा पुरा गर्न जिम्मेवार, शसक्त र जनउत्तरदायी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यक्ता महशुस एमालेमा समाहित हुने निर्णय गरेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा तत्कालिन एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईले हस्ताक्षर गरेका छन् ।

Read More

नेपाली कम्युनिष्ट पार्टीले पायो आयोगबाट दल दर्ताको प्रमाण पत्र

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाण पत्र पाएको छ । पार्टीको चुनाव चिन्ह तारा कायम भएको छ ।

कार्तिक १९ गते तत्कालिन माओवादी केन्द्र र एकीकृत समाजवादीसहित विभिन्न १० दल एक र अभियान एक भएर नेपाली कम्युनिष्ट पार्टीको घोषणा गरिएको थियो ।

नेपाली कम्युनिष्ट पार्टीले कार्तिक २० गतेनै आयोगमा दल दर्ताको निवेदन दिएको थियो ।

Read More

रास्वपा छोडेका सन्तोष परियारले गरे बाबुराम र जनार्दनसँग पाँच बुँदे सहमति

काठमाडौँ । रास्वपाका पुर्व प्रमुख सचेतक सन्तोष परियार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र एकतामा नगएका माओवादी केन्द्रको जनार्दन शर्मा समूहसँग पाँच बुँदे सहमति गरेका छन् ।

एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति गरेका छन् भने मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छन् ।

सहमति पत्रमा दुर्गा सोव-संयोजक, नेसपा(नयाँ शक्ति), सुदन किराँती-संयोजक , प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार- निवर्तमान प्रमुख सचेतक, राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर गरेका छन्  ।

सहमति पत्र
देशको गम्भीर अर्थ–राजनीतिक सङ्कट, भ्रष्टाचार, नातावाद, बेरोजगारी र राजनीतिक पार्टीहरूमा देखिएको व्यापक भ्रष्टीकरणका विरुद्ध भएको जेन–जी आन्दोलनको पृष्ठभूमिमा चुनौतिपूर्ण ऐतिहासिक कार्यभार पूरा गर्दै राष्ट्रिय राजनीतिको अग्रगामी निकास दिने र नेपाली राजनीतिको समग्र पुनर्संरचना गर्ने लक्ष्यका साथ नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान र प्रतिनिधि सभाका निवर्तमान सदस्य सन्तोष परियार बीच निम्न सहमति सम्पन्न भएको छ ।

१- विभिन्न कालखण्डमा नेपाली जनताले नेतृत्व गरेका सबै खाले मुक्ति आन्दोलन देखि पछिल्लो जेन–जी आन्दोलन सम्मका महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । घाइते, वेपत्ता योद्धाहरूप्रति उच्च सम्मान गर्दै उहाँहरूको सपनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

२- एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाब चिन्ह एउटै बनाउन सहमति जनाउदछौँ ।

३- मङ्सिर ७ गते वृहत् एकता घोषणा कार्यक्रम गर्न सहमत भएका छौँ ।

४- देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक, वामपन्थी र देशभक्त शक्तिहरू र विशेषगरी जेनजी पुस्तालाई बृहत् राजनीतिक पुनर्संरचनाको अभियानमा सहभागी हुन आह्वान गर्दछौँ ।

५- भ्रष्ट, अनैतिक र अहंकारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुवाहरुलाई हातेमालो गर्न अपिल गर्दछौँ ।

Read More

चलचित्र परान ले दियो नेपाली सिनेमा पुनरुत्थानको संकेत, दर्शक र कर्पोरेट हाउस दुवैको भरोसा बढ्दै

काठमाडौँ । नेपाली चलचित्र उद्योग केही वर्षयता कथावस्तु, प्रदर्शन र दर्शक विश्वसनीयताका कारण लगातार संकटमा थियो। गम्भीर लेखनको अभाव, कमजोर निर्देशन र अनावश्यक ‘एक्सन-निर्भर’ शैलीले धेरै फिल्महरू बजारमा टिक्न नसक्ने अवस्था बनायो। यही पृष्ठभूमिमा प्रदर्शनमा आएको ‘परान’ ले पछिल्ला वर्षहरूमा दुर्लभ देखिएको दर्शकको निरन्तर आकर्षण हासिल गर्दै उद्योगलाई पुनः आशावादी बनाइदिएको छ।

दर्शकको निरन्तर रुचि-बजारमा सकारात्मक सूचक
रिलिज भएको दुई हप्ताभन्दा लामो समय भइसक्दा पनि ‘परान’ का हलहरूमा दर्शकको उपस्थिति उल्लेख्य छ।
सामाजिक सञ्जालमा यसको चर्चाले फिल्मले भावनात्मक सम्पर्क स्थापना गर्न सफल भएको देखिन्छ। ग्रामीणदेखि शहरी संरचना, युवादेखि वृद्धसम्ममा प्रतिक्रिया आएका देखिन्छन्ज-सले फिल्मको वर्ग–वर्गीय पहुँच सुदृढ भएको संकेत गर्छ।

कर्पोरेट क्षेत्रको सहभागिता-विश्वासको नयाँ आयाम
पछिल्ला वर्षमा कर्पोरेट हाउसहरू नेपाली फिल्मलाई समर्थन गर्न हिच्किचाउने प्रवृत्ति थियो। तर ‘परान’ ले यो धारणा केही हदसम्म तोडेको छ।
टीभीएस मोटरसाइकलको आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालि ले कर्पोरेट शो आयोजना गर्दै आफ्ना कर्मचारी र परिवारसहित फिल्म हेर्नु कर्पोरेट क्षेत्रका लागि ब्रान्ड–कल्चर र सामाजिक सहभागितामा आधारित नयाँ मोडेल को संकेत मानिन्छ।

जगतदम्बा मोटर्सका प्रतिनिधिहरूले फिल्मले नेपाली समाजकै यथार्थ बोकेको बताउनु, उद्योगले सामाजिक सन्देशयुक्त सामग्री तर्फ मोडिन थालेको मानिएको छ।

थीम र प्रस्तुति-स्थानीय जीवनअनुभूतिको पुनर्व्याख्या
फिल्म एक बाबुको भावनात्मक यात्रालाई केन्द्रमा राख्छ, जसले जीवनको उत्तरार्धमा सन्तानसँगको दूरी, माया र सम्बन्धको संवेदनशील आयाम प्रस्तुत गर्छ।

वरिष्ठ कलाकार नीर शाह को प्रमुख भूमिका र अभिनयले फिल्मको विश्वसनीयता र प्रभावकारिता बढाएको दर्शकहरूको प्रतिक्रिया छ।

Read More

एकदिनका लागि संसद पुनस्थापना गरेर संबिधान संशोधन गरेर निर्वाचनमा जानुपर्छ: दीपकराज गिरी

काठमाडौँ । कलाकार दीपक राज गिरीले एक दिनका लागि संसद पुनस्थापना गरी संबिधान संशोधन गरेर निर्वाचनमा गए देशले दिगो शान्तिको बाटो समाउने टिप्पणी गरेका छन्  ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै कलाकार गिरीले सर्बदलीय भेला गर्दै संबिधानमा के कस्ता सुधार गर्नु पर्छ भनेर छलफल गरेर सबैलाई मान्य हुने बिन्दूमा पुगेर एकदिनलाई संसद पुनस्थापना गरी संबिधान संशोधन गरेर निर्वाचनमा गए देशले दिगो शान्तिको बाटो समाउने राय व्यक्त गरेका छन्  ।  

Read More