२०८३ श्रावण ४

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

काठमाडौँ । बीमा सम्बन्धी ऐन, २०७९ अन्तर्गतको कसूरमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौं जिल्ला अदालत, बबरमहलबाट वैशाख १४ गते पक्राउ अनुमति लिएए अध्यक्ष आशिष श्रेष्ठलाई मंगलबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ बाट पक्राउ गरिएको जनाएको छ । 

नेपाल बीमा प्राधिकरण, कुपण्डोल ललितपुरको वैशाख ८ गतेको पत्रअनुसार आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनमा निष्कर्ष तथा सुझावसहित अनुसन्धानका लागि विवरण प्राप्त भएको र उक्त प्रतिवेदनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडसमेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४० को उपदफा १ को खण्ड (छ) बमोजिम कसूर गरेको उल्लेख गरिएको ब्यूरोले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

हिमालयन लाइफले राख्यो ५ लाख ३६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना संस्थापक शेयरधनीको नाममा दर्ता ५ लाख ३६ हजार २२५ कित्ता शेयर बिक्रीमा राखेको छ।

कम्पनीका अनुसार यो बिक्री प्रक्रिया नेपाल बीमा प्राधिकरणले जारी गरेको “बीमकको संस्थापक शेयर कारोबार निर्देशिका, २०७७” अनुसार सञ्चालन हुनेछ। यस अन्तर्गत, पहिलो प्राथमिकता कम्पनीका हालका संस्थापक शेयरधनीलाई दिइएको छ।

कम्पनीले जनाएको छ, इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र कम्पनीको कानुन विभागमा लिखित प्रस्ताव पेश गर्नुपर्नेछ। यदि तोकिएको समयभित्र कुनै प्रस्ताव नआएमा, बाँकी शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइने व्यवस्था तय गरिएको छ।

हिमालयन लाइफले यस कदममार्फत संस्थापक शेयरधनीमा हिस्सेदारीको पुन:समायोजन गर्दै बजारमा थप पारदर्शिता र अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ।

Read More

बीमा बजारमा गति फर्कियो, मंसिरमा २ लाख ५९ हजारभन्दा बढी पोलिसी बिक्री

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामा निर्जीवन बीमा व्यवसायले उल्लेखनीय गति लिएको देखिएको छ। सो महिनामा मात्रै निर्जीवन बीमा कम्पनीहरूले साढे ३ अर्ब रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन गरेका छन्।

बीमा कम्पनीहरूले मंसिरमा कुल २ लाख ५९ हजार ९८ वटा बीमा पोलिसी जारी गर्दै ३ अर्ब ६४ करोड १४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका हुन्। यसले निर्जीवन बीमा बजारमा माग र गतिविधि दुवै बढ्दै गएको संकेत गरेको छ।

बीमाशुल्क संकलनको हिसाबले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी अग्रस्थानमा देखिएको छ। कम्पनीले मंसिर महिनामा मात्रै ४३ करोड ५६ लाख रुपैयाँ बीमाशुल्क उठाएको छ।

सगरमाथा लुम्बिनीपछि शिखर इन्स्योरेन्स दोस्रो स्थानमा रहँदै ४१ करोड १८ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ। त्यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ४० करोड ११ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३९ करोड ४८ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन्।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्सले पनि करिब समान स्तरमा कारोबार गर्दै क्रमशः ३१ करोड ७६ लाख र ३१ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क उठाएका छन्।

यस्तै, नेको इन्स्योरेन्सले २८ करोड ५९ लाख रुपैयाँ संकलन गर्दा यूनाइटेड अजोड इन्स्योरेन्सले २३ करोड ८४ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ।

बीमा व्यवसायीहरूका अनुसार मंसिर महिनामा सवारी, सम्पत्ति तथा अन्य विविध बीमा माग बढेकाले निर्जीवन बीमा कारोबारमा सुधार देखिएको हो। पछिल्ला महिनामा देखिएको यो वृद्धि आगामी दिनमा पनि निरन्तर रहने अपेक्षा गरिएको छ।

Read More

दि ओरिएण्टल इन्स्योरेन्सले भूकम्प-आन्दोलन प्रभावित पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग

काठमाडौं । दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भाद्र २३–२४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतकार्यमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ।

कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत यस कोषमा योगदान गरेको हो। बिहिबार कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री रामेश्वर खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

अर्थमन्त्री खनालले कम्पनीको यो योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्।

Read More

संकटमा सरकारको साथमा नेपाल लाइफ, भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाखको सहयोग

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच कम्पनिका संचालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास लाख रुपैयाँको चेक माननीय अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।

गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो ।

उक्त हस्तान्तरण समारोह समारोहमा बोल्दै यस कम्पनीका सञ्चालक समितिका अध्यक्ष संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । जेनजी प्रदर्शन र आन्दोलनको क्रममा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको र यसको पुननिर्माणमा सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए । आगामी दिनहरूमा पनि यस किसिमको सहयोग प्रदान गर्न कम्पनी तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गरे ।

नेपाल सरकारले आर्थिक सामाजिक भौतिक रूपान्तरणका लागि सञ्चालनमा ल्याउने विभिन्न कार्यक्रमहरुमा सहयोग गर्न कम्पनी तत्पर रहेको र त्यसका निम्ति पहल गर्दिनका निम्ति समेत आग्रह गरे ।

अर्थमन्त्री रामेश्वर प्रसाद खनालले नेपाल लाइफले प्रदान गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेका थिए । नेपालको पूर्वाधार विकासमा यस किसिमको सहयोग टेवा पुर्याउने र आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा रहेको बताए ।

Read More

बर्षा तथा बाढीबाट भएको भौतिक क्षतिमा ३ अर्ब ७७ करोड बीमा दाबी, एक करोड १४ लाख मात्र भुक्तानी

काठमाडौँ । गत असोज १८ गते यताको अविरल बर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्म एक करोड १४ लाख भुक्तानी भएको छ  । 

नेपाल बीमा प्राधिकरणका अनुसार हालसम्म परेका ७४४ प्रारम्भिक बीमा दाबीको कूल करिव ३ अर्ब ७७ करोड ४२ लाख दाबी रकममध्ये हालसम्ममा करिव एक करोड १४ लाख बीमितहरुलाई भुक्तानी भएको हो ।

जसमा विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक जानकारी अनुसार, निर्जीवन बीमा कम्पनीहरुबाट सम्पत्ति बीमातर्फ ४०५ वटा दाबीको दाबी रकम करिव ३ अर्ब २१ करोड ५० लाखम्रध्ये करिव ६४ लाख, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०४ वटा दाबीको करिव ४७ करोड ६६ लाखमध्ये करिव १ लाख ५४ हजार, कृषि तथा बाली बीमातर्फ २१० वटा दाबीको करिव ४ करोड १४ लाखमध्ये करिव १ लाख र मोटर बीमा (निजी) तर्फ ४० वटा दाबीको करिव २ करोड ८२ लाखमध्ये करिव रु. ४८ लाख बीमितलाई भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै मोटर बीमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिव १ करोड ८ लाख, अन्य बीमातर्फको २ वटा दाबीको करिव १२ र सामुद्रिक बीमातर्फ ३ वटा दाबीको करिव १० को बीमा दाबी भुक्तानी शुरु नभएको प्राधिकरणले जनाएको छ ।

Read More

जेनजी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको हालसम्म ४ अर्ब २ करोड बीमा दाबी भुक्तानी

काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको ४ अर्ब २ करोड दाबी भुक्तानी भएको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूमा परेको कूल ३ हजार २५५ वटा बीमाको करिव २३ अर्ब ४३ करोड ४१ लाख दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिव ४ अर्ब २ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी भएको हो ।

प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, कम्पनीहरूबाट अग्रिम भुक्तानी समेत गरी भुक्तानी भएको कूल दाबी रकममध्ये सम्पत्ति बीमातर्फ ६९५ वटा दाबीको दाबी रकम करिव १९ अर्ब ३ करोड ४१ लाखमध्ये करिव ३ अर्ब ९ करोड ४७ लाख र मोटर बीमातर्फ २ हजार २९५ वटा दाबीको दाबी रकम करिव ३ अर्ब ४४ करोड १० लाखमध्ये करिव ८४ करोड ८५ लाख भुक्तानी भएको छ ।

यसैगरी, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ २०९ वटा दाबीको करिव ५५ करोड ४ लाख दाबी रकममध्ये करिव ६ करोड ६९ लाख, परिवहन बीमातर्फ १२ वटा दाबीको करिव १ करोड ६९ लाख दाबी रकममध्ये करिव ४८ लाख र अन्य बीमातर्फ ४४ वटा दाबीको करिव ३९ करोड १८ लाख दाबी रकममध्ये करिव ३९ लाख अग्रिम भुक्तानी समेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जानकारी दिएको छ ।

त्यस्तै पुनर्बीमा कम्पनीबाट बीमकहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख अग्रिम सहित दाबी भुक्तानी जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिव २ अर्ब ५१ करोड ७९ लाख अग्रिम भुक्तानीसहित दाबी परेको छ ।

नेपाल पुनर्बीमा कम्पनीमा परेको कूल २ हजार ८६० वटा पुनर्बीमा दाबीको दाबी रकम करिव १५ अर्ब ८१ करोड रहेको अद्यावधिक तथ्याङ्क रहेको प्राधिकरणले जनाएको छ ।

Read More

अभिकर्तालाई शक्तिकेन्द्र बनाउँदै क्रेस्ट माइक्रो लाइफ: हेटौडामा अभिमुखिकरण र सम्मान सम्पन्न

काठमाडौं । क्रेस्ट माइक्रो लाइफले हेटौडामा आफ्नो अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

नेपालकै विश्वासिलो लघु जीवन बीमा कम्पनीका रूपमा परिचित क्रेस्ट माइक्रो लाइफले अभिकर्ता सञ्जाललाई अझ सुदृढ बनाउने उद्देश्यसहित तालिम तथा सम्मान कार्यक्रम आयोजनामा सक्रियता बढाउँदै आएको छ।

फेमस तास हाउस रेस्टुरेन्ट, हेटौडामा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी. र बजार प्रमुख दिनेश खड्काको विशेष उपस्थितिमा अभिकर्ताहरूलाई आवश्यक जानकारी, मार्गदर्शन तथा प्रोत्साहन प्रदान गरिएको थियो। क्षेत्रीय प्रमुख अजय फुयलले सञ्चालन गरेको कार्यक्रममा हेटौडा तथा वरपरका क्षेत्रबाट उल्लेखनीय संख्यामा अभिकर्ताहरू सहभागी भएका थिए।

कार्यक्रमका दौरान उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। सम्मान ग्रहणपछि अभिकर्ताहरूले व्यक्तिगत संवादमार्फत आफ्नो अनुभव र सुझाव साझा गर्दै कार्यक्रममा सहभागिताले थप ऊर्जा, प्रेरणा र पेशागत उत्साह प्राप्त भएको बताए। उनीहरूले कम्पनीका आगामी योजना तथा लक्ष्यमा सक्रिय योगदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

नायव प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.ले लघु बीमा क्षेत्र विस्तारमा अभिकर्ताको भूमिका निर्णायक रहेको उल्लेख गर्दै कम्पनी अभिकर्ता सञ्जाललाई सुदृढ बनाउन निरन्तर कार्यरत रहेको जानकारी दिए। बजार प्रमुख दिनेश खड्काले लघु बीमाको सम्भाव्यता, बजार विस्तारका रणनीति तथा अभिकर्ताहरूले तयार पार्नुपर्ने योजनाको बारेमा विस्तृत प्रस्तुति दिए।

कम्पनीले अभिकर्ता क्षमता अभिवृद्धि तथा नेटवर्क विस्तारलाई निरन्तर प्राथमिकतामा राख्ने बताउँदै भविष्यमा पनि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्ने तयारी गरेको छ।

Read More

असोज १८ पछिको बाढी पहिरोको क्षतिको ३ अर्ब २६ करोडको बीमा दाबि

काठमाडौँ । असोज १८ गतेदेखि परेको अविरल बर्षापछिको बाढी पहिरोले भएको क्षतिपछि ३ अर्ब २६ करोडको बीमा दाबिको निवेदन परेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार असोज ३० गतेसम्म बाढी पहिरोले पारेको नोक्सानीको ३ अर्ब २६ करोड ७६ लाख बराबरको बीमा दाबिको निवेदन परेको हो । जसमा सबैभन्दा बढी शिखर इन्सुरेन्समा ६० करोड ९४ लाखको बीमा दाबि परेको छ भने स्टार माइक्रो इन्सुरेन्समा सबैभन्दा कम ८ लाखको बीमा दाबि परेको छ ।

त्यसैगरी सम्पत्ति बीमामा २ अर्ब ७० करोड ६९ लाख बराबरको ३६४ बीमा दाबि छ भने इन्जिनियरिङ तथा ठेकेदार जोखिममा ४८ करोड ४ लाख बराबरको ८७ बीमा दाबिको निवेदन परेको छ  । त्यस्तै  कृषि तथा बालि बीमामा ४ करोड ३२ लाख बराबरको २०९, मोटर बीमा निजी तर्फको २ करोड ५२ लाख बराबरको ३३, मोटर बीमा सार्बजनिकको एक करोड ५ लाख बराबरको ९ बीमा दाबि तथा अन्य बीमा १२ लाख ६० हजार बराबरको २ बीमा दाबिको निवेदन परेको छ ।

Read More

हिमालयन लाइफका सीईओ मनोज कर्णको अप्रत्याशित राजीनामा

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज कुमार लाल कर्णले पदबाट राजीनामा दिएका छन्। कर्णले व्यक्तिगत कारण देखाउँदै असोज २७ गते राजीनामा दिएका हुन्।

कम्पनीका अनुसार उनको राजीनामा सोही दिन दिउँसो ४ बजे बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

Read More