२०८३ श्रावण १४

शिवम् सिमेन्ट्सको साधारण सभा सम्पन्न,लाभांश प्रस्ताव पारित

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडको आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारण सभा सम्पन्न भएको छ।

बिहीबार सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा बसेको सभाले सामान्य तथा विशेष दुवै प्रकृतिका सबै प्रस्तावहरू पारित गर्दै कम्पनीको दसौँ साधारण सभा सम्पन्न गरेको हो।

सभाले शेयरधनीलाई कुल १२.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ। यसअन्तर्गत २.५० प्रतिशत बोनस सेयर तथा १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गरिनेछ। कम्पनीले प्रस्तुत गरेको लाभांश प्रस्ताव आर्थिक स्थायित्व र सेयरधनी प्रतिको प्रतिबद्धताको रुपमा हेरिएको छ।

साधारण सभाको निर्णय अनुसार बोनस शेयर वितरणपछि कम्पनीको जारी तथा चुक्तापूँजी बढेर ५ अर्ब ३९ करोड ३२ लाख २८ हजार ७१२ रुपैयाँ पुग्नेछ। पुँजीमा भएको वृद्धि आगामी वर्षका लागि उत्पादन तथा व्यवसाय विस्तार योजनामा उपयोगी हुने अपेक्षा कम्पनीले व्यक्त गरेको छ।

Read More

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामन्य गिरावट आएको छ । सोमबार नेप्से ३.०२ अंकले घटेर २६०६. ६७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३१ कम्पनिका एक करोड एक लाख ४६ हजार ४०० कित्ता शेयर ४ अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ मा कारोबार भएको थियो । आज हाइड्रो, जीवन बीमा, उत्पादन, निर्जीव बीमा र ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

आज अपर श्यांगे हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर मुल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी सपोर्ट माइक्रोफाइनान्सको शेयर ५.१६ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी एनगाडी ग्रुप पावरको ५५ करोड ८६ लाख कारोबार भएको छ भने  सागर डिस्टिलरीको २३ करोड ९७ लाखको कारोबार भएको छ ।

Read More

रिलायन्स स्पिनिङ मिल्सको वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपिओ खुला

काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले विदेशी नेपाली कर्मचारीहरूलाई प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गरेको छ । विदेशमा बस्ने नेपाली आप्रवासीहरूको लागि आईपीओ भर्ने अवधि मङ्सिर २२ देखि कम्तिमा मङ्सिर २५ सम्म र बढीमा पुस ७ सम्म लम्ब्याउन सकिने छ ।

कम्पनीले १० माघ देखि १४ माघ, २०८० सम्म बुक-बिल्डिङ प्रक्रिया मार्फत आफ्नो प्राथमिक शेयर योग्य संस्थागत लगानीकर्ताहरूलाई जारी गरेको थियो । बाँडफाँड, जुन १५ माघमा भएको थियो ।

रिलायन्स स्पिनिङ मिल्सले आफ्नो जारी पूँजी १.९० अर्बको १०.१४ प्रतिशत अर्थात् कुल १९,२६,६०० शेयर जारी गर्ने भएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् ७,७०,६४० शेयर पहिले नै योग्य संस्थागत लगानीकर्ताहरूलाई जारी गरी बाँडफाँड गरिएको छ भने बाँकी ६० प्रतिशत अर्थात् ११,५५,९६० शेयर पछि सर्वसाधारणलाई जारी गरिनेछ ।

यस सार्वजनिक निष्कासनको कुल ११,५५,९६० इकाइमध्ये १० प्रतिशत शेयर, जम्मा १,१५,५९६ इकाइ शेयर विदेशमा काम गर्ने नेपाली नागरिकहरूका लागि जारी गरिएको छ । पछि, बाँकी १०,४०,३६४ इकाइ सर्वसाधारणलाई जारी गरिनेछ ।

ग्लोबल आइएमई क्यापिटललाई निष्कासन प्रबन्धकको रूपमा नियुक्त गरिएको छ । न्यूनतम ५० इकाइका लागि आवेदन दिन सकिन्छ, जबकि अधिकतम परिमाण २० हजार इकाईसम्म दिन सकिन्छ ।

कम्पनीको शेयर मूल्य आम लगानीकर्ताहरूको लागि प्रति शेयर ८२०.८० रुपैयाँ रहेको छ । कम्पनीले बुक-बिल्डिंग विधि मार्फत आईपीओ जारी गर्दैछ । सामान्यतया, बुक-बिल्डिंग प्रक्रिया अन्तर्गत जारी गरिएको आईपीओमा ‘कट-अफ मूल्य’ एक प्रमुख कारकको रूपमा काम गर्दछ । योग्य संस्थागत लगानीकर्ताहरूलाई प्राथमिक शेयर बाँडफाँड गर्दा, रिलायन्स स्पिनिंग मिल्सको लागि ‘कट-अफ मूल्य’ ९१२ मा तोकिएको थियो । दिशानिर्देशहरू पालना गर्दै, आम जनतालाई कम दरमा शेयरहरू उपलब्ध गराइन्छ, जस अनुसार ‘कट-अफ’ मूल्य भन्दा १० प्रतिशत कममा मुल्य निर्धारण गरिएको छ ।  सर्वोत्तम सिमेन्ट लिमिटेड पछि, यो नेपालमा बुक-बिल्डिंग विधि अन्तर्गत आईपीओ जारी गर्ने दोस्रो कम्पनी हुनेछ ।

केयर रेटिङ्स नेपाल लिमिटेडले विकासशील प्रभावहरू सहित रिलायन्स स्पिनिंग मिल्स लिमिटेड (RSML) लाई क्रेडिट निगरानी अन्तर्गत राख्न जारी राखेको छ । पर्याप्त सुरक्षा र कम क्रेडिट जोखिम जनाउने कम्पनीको रुपमा CARE-NP A- (Is) रेटिंग दिएको छ ।

जस अनुसार कम्पनीको दीर्घकालीन मूल्याङ्कन (CARE-NP A-) र छोटो अवधिको मूल्याङ्कन (CARE-NP A2+) रहेको छ ।

रिलायन्स स्पिनिङ मिल्स प्रा. लि. २०५१ सालमा कम्पनी रजिस्ट्रारमा दर्ता भएको थियो । ४,३००+ कर्मचारीहरू सहित, रिलायन्स स्पिनिङ मिल्स देशको आफ्नो प्रकारको सबैभन्दा ठूलो हो । कम्पनीले अन्तर्राष्ट्रिय स्तरको पलिएस्टर, भिस्कस र एक्रिलिक धागो उत्पादन गर्छ जुन त्यसपछि विश्वव्यापी रूपमा, मुख्यतया भारत र टर्कीमा निर्यात गरिन्छ । कम्पनीको सुनसरीको खनार र सुनसरीको दुहबीमा दुई उत्पादन एकाइहरू छन् । जुलाई २०२१ को मध्यसम्ममा कम्पनीको कुल स्थापित उत्पादन क्षमता प्रति वर्ष ४० हजार ६८० मेट्रिक टन रहेको छ ।

Read More

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ४८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य गिरावट देखिएको छ । मंगलबार नेप्से ०.५३ अंकले घटेर  २६४४. ७० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२४ कम्पनिका एक करोड ८ लाख १० हजार १०६ कित्ता शेयर ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ मा कारोबार भएको थियो । 

आज बैंक, विकास बैंक, फाइनान्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

आज सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माबिलुंग इनर्जी र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी ग्रीन भेन्चर लिमिटेडको शेयर ९.८५ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको ३१ करोड ८१ लाख कारोबार भएको छ भने माउन्टेन इनर्जीको २२ करोड ९४ लाखको कारोबार भएको छ ।

Read More

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ७१ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा सामान्य गिरावट देखिएको छ छ । सोमबार नेप्से ४.२८ अंकले घटेर  २६४५. २४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२५ कम्पनिका एक करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । 

आज सागर डिस्टिलरी र स्वस्तिक लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जी र श्रीनगर एग्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी निफ्रा ग्रीन इनर्जी डिभेन्चरको शेयर ९.५१ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी युनाइटेड मोदीको २७ करोड १० लाख कारोबार भएको छ भने हिमालयन रिइन्सुरेन्सको १५ करोड ३८ लाखको कारोबार भएको छ ।

Read More

अपर अरुण जलविद्युतको १३ अर्बको शेयर विदेशमा रहेका नेपालीलाई दिने प्रस्ताव

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ । 

आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान गरी आयोजनाको वित्तीय विश्लेषण र वित्तीय ढाँचा तयार गरिएको छ । लागतलाई हाल प्रचलित विनियमन दर प्रति अमेरिकी डलर १४१ रुपैयाँका दरले रुपान्तरण गर्दा निर्माण अवधिको व्याज बाहेक कुल लागत २ खर्ब १३ अर्ब २९ करोड रुपैयाँ रहेकोछ । 

आयोजनाको निर्माण अवधिको व्याजसहित २ खर्ब ३९ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । जसमा स्वःपूँजी (इक्विटी) ३० प्रतिशत अर्थात ७१ अर्ब ९४ करोड रहने छ । कूल लागतको ७० प्रतिशत अर्थात १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ रहने गरी वित्तीय व्यवस्थापनको प्रस्ताव गरिएको छ । आयोजनाको निर्माण अवधि ७ वर्ष रहने र त्यस अवधिको वार्षिक व्याजदर ७ प्रतिशत रहने अनुमान गरिएको छ । 

वित्तीय व्यवस्थापन प्रस्तावलाई आयोजनाको प्रवर्धक अपर अरुण हाइड्रो—इलेक्ट्रिक लिमिटेडले पारित गरी नेपाल विद्युत प्राधिकरणमा पेश गरेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङको अध्यक्षमा बिहीबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठक कम्पनीको उक्त प्रस्तावलाई अनुमोदन गरी आवश्यक निर्णयका लागि सरकार समक्ष पेश गर्ने निर्णय गरेको छ । 

मन्त्री घिसिङले आयोजनामा एनआरएन, विदेशमा रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित, देशभरका सर्वसाधारणलगायतले लगानी गर्न पाउने गरी स्वदेशी लगानीमा अपर अरुणको वित्तीय व्यवस्थापन गर्न लागिएको बताए । 

आयोजनामा लगानी हुने इक्विटीको ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सेयर साधारण शेयर निश्कासन गरी रकम सङ्कलनको प्रस्ताव गरिएको छ । संस्थापनबाट ३६ अर्ब ६९ करोड र साधारण शेयर निश्कासनबाट ३५ करोड २५ लाख रुपैयाँ लगानी हुनेछ । 

४९ प्रतिशत साधारण सेयरमध्ये १८ प्रतिशत एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई छुट्याइएको छ । त्यस्तै ७ अर्ब १९ करोड (१० प्रतिशत) आयोजना प्रभावित क्षेत्र तथा सङ्खुवासभा जिल्लाबासीलाई, १२ अर्ब ९५ करोड (१८ प्रतिशत) रुपैयाँ देशभरका सर्वसाधारणलाई, १ अर्ब ४४ करोड (२ प्रतिशत) पिछडिएको क्षेत्र र ७१ करोड ९४ लाख प्रवर्धक निकायका कर्मचारीलाई छुट्याइएको छ ।  

आयोजनाको प्रवर्धक कम्पनीमा प्राधिकरणको ४१ प्रतिशत संस्थापक शेयर अर्थात २९ अर्ब ४९ करोड रुपैयाँको लगानी रहनेछ ।  १ अर्ब ४४ करोड÷१ अर्ब ४४ करोड  (२÷२ प्रतिशत) प्राधिकरणका सहायक कम्पनी, कर्मचारी सञ्चय कोष एवम् बीमा तथा पुनर्बीमा कम्पनीको, ७१ करोड ९३ लाख लाख÷७१ करोड ९३ लाख लाख (१ प्रतिशत) नागरिक लगानी कोष, एचआइडिसिएल, प्रदेश एवम् स्थानीय सरकारको र ३५ करोड ९७ लाख÷३५ करोड ९७ लाख रुपैयाँ (०.५÷०.५ प्रतिशत) नेपाल टेलिकम तथा सामाजिक सुरक्षाको कोषको संस्थापक लगानी रहनेछ ।   

आयोजनाको निर्माणका प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो—इलेक्ट्रिक लिमिटेडल स्थापना भइसकेको छ । आयोजनाको निर्माण पूर्व चरणमा हालसम्म भएको सम्पूर्ण लगानी प्रवन्ध प्राधिकरणबाटै भइरहेको छ । आयोजना जनताको जलविद्युत कार्यक्रमा सूचिकृत भएको छ । त्यसैले कूल इक्विटीमध्ये  ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत साधारण सेयरधनी कायम गरिएको हो  । 

आयोजना सम्पन्न गर्न १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँ ऋण आवश्यक पर्ने देखिएको छ । आन्तरिक स्रोतबाट वित्तीय प्रवन्ध गर्ने र आयोजनामा सरकारबाट ऋण लगानी नहुने गरी वित्तीय व्यवस्थापन प्रस्ताव गरिएको छ । 

वित्तीय प्रवन्ध गर्न सहज हुने, लागत कम गर्ने, लगानीजोखिम न्यूनीकरण गर्न सहयोग हुने तथा विभिन्न स्रोत र क्षेत्रको आन्तरिक पूँजीको उच्चतम उपभोग हुने गरी मिश्रित लगानी प्रणाली अवलम्बन गरी आयोजनाको वित्तीय व्यवस्थापन प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताउनुभयो । 

आयोजनाको कूल ऋणको ४५ प्रतिशत सहुलितपूर्ण सहवित्तीयकरणमार्फत लगानी प्रस्ताव गरिएको छ । जसमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, एचआइडिसिएल, नेपाल टेलिकम, वीमा तथा पुनवीर्मा कम्पनीबाट कर्जा लिन सकिने प्रस्ताव छ । यसबाट ७५ अर्ब ५३ करोड रुपैयाँ लगानी हुनेछ । 

अपर अरुणमा लगानीका लागि बैंक तथा वित्तीय संस्थगाको अनिवार्य तरलता अनुपातमा गणना गर्ने गरी आयोजनामा आवश्यक ऋणको ३० प्रतिशतको हुन आउने ५० अर्ब ३६ करोड रुपैयाँ बराबरको ऊर्जा बण्ड जारी गरी रकम संकलनको प्रस्ताव गरिएको छ । त्यस्तै बैक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत ४१ अर्ब ९६ करोड रुपैयाँ सङ्कलनको प्रस्ताव गरिएको छ । 

आयोजनाको निर्माण सम्पन्न भई व्यसायिक उत्पादन सुरु भएको पहिलो वर्षमा २७ अर्ब ९० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ । ८ वर्षसम्म वार्षिक  ३ प्रतिशतको मूल्यबृिद्ध प्राप्त भएपश्चात आयोजना अवधिभर आयोजनाको आम्दानी ३४ अर्ब ५९ करोड रुपैयाँ हुनेछ । 

आयोजनाको व्यवसायिक विद्युत उत्पादन सुरु भएको वर्षको औसत पिपिए दर प्रतियुनिट ६.३ पैसा हुने अनुमान गरिएको छ । ८ वर्षसम्म वार्षिक ३ प्रतिशत मूल्यबृद्धि पाएपछि आयोजना अवधिभर पिपिए दर औसत रुपमा प्रतियुनिट ७.८ रुपैयाँ हुने प्रक्षेपण छ । 

आयोजनाबाट वार्षिक रुपमा ४ अर्ब ५३ करोड युनिट विद्युत उत्पादन हुनेछ । आयोजनाको हाल निर्माणपूर्वका काम भइरहेको छ । भौगोलिक रुपमा विकट र जटिल रहेको आयोजनाको विद्युतगृहबाट बाँधस्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच सडक निर्माण भइरहेको छ ।  

भोटखोला गाउँपालिका–४ गोलाबजार नजिक छोङराङमा प्रस्तावित विद्युतगृहबाट माथिल्लो तटीय क्षेत्रमा पर्ने सोही गाउँपालिकाको वडा नं २ चेपुवा गाउँ नजिक बाँध निर्माणस्थलसम्म पुग्ने पहुँच सडक निर्माणाधीन छ । छोङराङसम्म कोशी राजमार्ग पुगेको छ । कोशी राजमार्गलाई छोडेर आयाजनास्थलतर्फ  जान अरुण नदीमा ७० मिटर लम्बाइ भएको स्टील आर्क पुल निर्माण भइरहेको छ ।

Read More

दार्चुला पावरको आइपिओ जारी गर्ने प्रस्ताव साधारणसभाबाट पारित

काठमाडौँ । दार्चुला पावर लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरणदेखि प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने निर्णयसम्मका सबै सामान्य तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको कम्पनीले जनाएको छ ।

कम्पनी अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो र हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ । करिब ५६६ करोडको लागत अनुमान गरिएको यो आयोजना तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीले बताएको छ ।

साधारणसभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन विस्तृत छलफलपछि सर्वसम्मतिले पारित भएको छ । प्रतिवेदनमा आयोजनाको भौतिक प्रगति, आर्थिक व्यवस्थापन, सञ्चालनगत चुनौती तथा आगामी वर्षका रणनीतिक लक्ष्यहरू समेटिएका थिए ।

त्यस्तै, उक्त आर्थिक वर्षका वासलात, नाफा–नोक्सान, नगद प्रवाह विवरण लगायत सबै वित्तीय विवरणहरू पनि सभाले स्वीकृत गरेको छ। कम्पनीले वित्तीय शिस्त, लागत नियन्त्रण र आयोजना–केन्द्रित खर्च व्यवस्थापनमा देखाएको पारदर्शिताको सभामा प्रशंसा गरिएको थियो । कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरिक्षक नियुक्त गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

दार्चुला पावर लिमिटेडले आफ्ना साधारण सेयरहरूको प्रारम्भिक सार्वजनिक निष्काशन जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ । यसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरी आइपिओ निष्काशन प्रक्रियालाई अगाडि बढाइसकेको प्रबन्ध निर्देशक शास्वत चालिसेले सभामा जानकारी दिएका हुन् ।

आइपिओ अघि कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने, र त्यहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावहरू पनि सभाले अनुमोदन गरेको छ। सभामा बोल्दै कम्पनीका संचालक सञ्जीव न्यौपानेले मध्य चमेलिया जलविद्युत आयोजनाले हालसम्म उत्कृष्ट प्रगति हासिल गरेको उल्लेख गर्दै कम्पनीले अवलम्बन गरेको रणनीति र व्यवस्थापन क्षमता निकै प्रभावकारी भएको बताए । उनका अनुसार, निर्माण गति, ठेक्का व्यवस्थापन, सामग्री आपूर्ति, स्थानीय समन्वय र वित्त व्यवस्थापनको संयोजनका कारण आयोजनालाई तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य कम्पनीले सेयरधनीहरूलाई विश्वस्त गराएको छ ।

Read More

भुजुङ हाइड्रोको आइपिओ निष्कासन प्रस्ताव स्वीकृत

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले भुजुङ हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) प्रस्तावलाई स्वीकृत गरेको छ ।

स्वीकृत प्रस्ताव अनुसार, कम्पनीले सर्वसाधारणलाई कुल २० लाख कित्ता शेयर जारी गर्नेछ । शेयरहरू प्रति इकाई १०० रुपैयाँमा जारी गरिने छ ।

भुजुङ हाइड्रोले कुमारी क्यापिटल लिमिटेडलाई सार्वजनिक निष्कासनको लागि निष्कासन प्रबन्धक नियुक्त गरेको छ ।

इक्रा नेपाल लिमिटेडले भुजुङ हाइड्रोपावर लिमिटेडलाई बी प्लस जारीकर्ता मूल्याङ्कनबाट बी माइनसमा डाउनग्रेड गरेको छ । यो संशोधनले भुजुङ हाइड्रोपावर लिमिटेडको समयमै आफ्नो वित्तीय दायित्व पूरा गर्ने क्षमतासँग सम्बन्धित जोखिमको बढ्दो धारणालाई संकेत गर्दछ ।

भुजुङ हाइड्रोपावर (प्रा.) लिमिटेड २०१५ मा स्थापना भएको जलविद्युत विकास कम्पनी हो । कम्पनीले माथिल्लो मिदिम जलविद्युत परियोजना विकास गरिरहेको छ, जुन ७.५ मेगावाटको इजाजतपत्र प्राप्त क्षमताको नदी प्रवाह प्रकारको परियोजना हो । यो परियोजना नेपालको लमजुङको क्ह्लोसोथार ग्रामीण नगरपालिकामा अवस्थित छ । 

Read More

सप्तकोशी सिमेन्टको आइपिओ निष्काशन तथा बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटलसँग सम्झौता

काठमाडौं । ‘पूर्वको गौरव’ भनी परिचित सप्तकोशी सिमेन्ट लिमिटेडले सार्वजनिक प्राथमिक शेयर (आइपोओ) निष्कासन गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रवन्धकको रुपमा नियुक्त गरेको छ।

कम्पनीले रु. १०० (एक सय) दरका चुक्ता पुँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने योजना बनाएको छ । सम्झौतापत्रमा सप्तकोशी सिमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष श्रीमती मोना जालान र सिद्धार्थ केपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन् ।

सप्तकोशी सिमेन्ट लिमिटेड उच्च स्तरीय सिमेन्ट उत्पादक कम्पनी हो, जसको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ । कम्पनीले नेपाल गुणस्तरको निर्धारित मापदण्ड अनुसार पी.पी.सी. ४३ र ५३ ग्रेडको ओ.पी.सी. सिमेन्ट उत्पादन गर्दै आएको छ। नेपाल सिमेन्ट बजारमा अग्रणी भुमिका निर्वाह गर्दै आएको यस कम्पनीले सन् २०१९ देखि निरन्तर संचालन नाफा कायम राख्न सफल भएको छ।

पूर्वी नेपालमा करिब २० प्रतिशत बजार हिस्सा ओगटेको कम्पनीले अन्य क्षेत्रीय प्रतिस्पर्धीहरुसँग उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले गत वर्षको तुलनामा २७ प्रतिशत बढी विक्री लक्ष्य हासिल गरेको छ । साथै, आ.व. २०८१/८२ को नाफाबाट कम्पनीले १२ प्रतिशत बोनस शेयर पनि जारी गरेको छ ।

प्रस्तावित आइपिओबाट उठ्ने पुँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना तथा हाल सञ्चालनमा रहेको प्लान्टको क्षमता विस्तार गर्न प्रयोग गरिने बताइएको छ । यसले उत्पादन प्रक्रियामा एकीकृतता ल्याई कम्पनीको प्रतिस्पर्धात्मक क्षमता, वित्तीय प्रदर्शन र दीर्घकालीन वृद्धिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ ।

Read More

नेप्सेमा दोहोरो अंकको वृद्धि, ६ अर्ब ६६ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । विहिबार नेप्से १०.४३ अंकले बढेर २६७६.०३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३३ कम्पनिका एक करोड ४६ लाख ९३ हजार ८०७ कित्ता शेयर ६ अर्ब ६६ करोड २३ लाख ८३ हजार १४३ मा कारोबार भएको थियो ।

आज फाइनान्स, उत्पादन, माइक्रोफाइनान्स, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । 

आज सागर डिस्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी हिमस्टार उर्जाको शेयर ७.७८ प्रतिशतले घटेको छ । 

त्यस्तै आज सबै भन्दा बढी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड १७ लाखको कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको १६ करोड ३६ लाख बराबर कारोबार भएको छ ।

Read More