२०८३ भाद्र २९

टक्सार पिखुवा खोला जलविद्युतको आइपिओ बाँडफाँड

काठमाडौं । टक्सार पिखुवा खोला जलविद्युत् कम्पनी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ। बुधबार बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो ।  

कम्पनीले २३ वैशाखदेखि २८ वैशाखसम्म सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ। यसमध्ये ३५ दशमलव २६ प्रतिशत अर्थात् ४२ लाख ३० हजार ६६८ कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने योजना थियो। त्यसअनुसार १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर आयोजना प्रभावित भोजपुरका स्थानीयका लागि छुट्याइएको थियो । बाँकी २५.२६ प्रतिशत अर्थात् ३० लाख ३० हजार ६६८ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो। सो समूहअन्तर्गत १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।

यसैगरी २ प्रतिशत अर्थात् ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी २५ लाख १५ हजार ४५५ कित्ता सेयर आज बाँडफाँट गरिएको हो।

बाँडफाँडमा कुल २७ लाख ७१ हजार २५२ योग्य आवेदनबाट ३ करोड २ लाख १२ हजार १४० कित्ताका लागि आवेदन परेको थियो । त्यसमध्ये ४३ हजार ४९ आवेदन अस्वीकृत भएका थिए। लक्की ड्रमार्फत २ लाख ५१ हजार ५४५ आवेदकले १०-१० कित्ता सेयर पाएका छन्। साथै ५ जनाले थप १–१ कित्ता पाउँदै कुल ११-११ कित्ता सेयर प्राप्त गरेका छन् । आइपिओको नतिजा सीडीएससी, मेरो सेयर तथा प्रभु क्यापिटलको माध्यमबाट हेर्न सकिनेछ ।

टक्सार पिखुवा खोला जलविद्युत् आयोजना भोजपुर जिल्लामा ८ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित परियोजना सञ्चालनका लागि स्थापना गरिएको हो।

Read More

राजकुमार हिरानीको पहिलो वेब शो ‘प्रीतम एन्ड पेड्रो’ जुलाई ३ देखि जियो हटस्टारमा प्रदर्शन हुने

काठमाडौं । बलिउडका चर्चित निर्देशक राजकुमार हिरानीको पहिलो वेब शो ‘प्रीतम एन्ड पेड्रो’ आगामी जुलाई ३ देखि जियोहटस्टारमा प्रदर्शन हुने भएको छ।

यो कथामा एउटा परित्यक्त एटीएम, समुद्र किनारमा देखिने दुई अनौठा व्यक्ति र रहस्यमय घटनाक्रमलाई आधार बनाइएको छ, जसले सुरुमै दर्शकको चासो बढाउने बताइएको छ। हिरानीले आफ्नो परिचित शैलीमा मानवीय भावना, हास्य र संवेदनशील कथावाचनलाई लामो स्वरूपको श्रृंखलामा प्रस्तुत गरेका छन् ।

यो वेब शोको निर्देशन प्रख्यात निर्देशक अविनाश अरुणले गरेका हुन् । कथाको मुख्य विवरण भने अझै गोप्य राखिएको छ।

जियोस्टारका हिन्दी र अंग्रेजी मनोरञ्जन प्रमुख अलोक जैनले यस्ता कथाहरूले दर्शकलाई न्यानोपन, हास्य र भावनासँग जोड्ने बताएका छन् । उनका अनुसार राजकुमार हिरानीजस्ता कथावाचकसँगको सहकार्य विशेष भएको र यसले नयाँ अनुभव दिनेछ ।

निर्देशक हिरानीले पनि विभिन्न स्वभावका पात्रहरू एकै कथामा भेटिएर आउने अनपेक्षित परिस्थितिबाट आफू सधैं आकर्षित हुने बताएका छन्। उनका अनुसार लामो स्वरूपले पात्रहरूको यात्रा गहिराइमा देखाउने अवसर दिएको छ।

Read More

इटाली पुगे मोदी, मेलोनीले गरिन् स्वागत

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी इटलीको भ्रमणमा रोम पुगेका छन् । मोदीलाई इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले रोम पुग्दा न्यानो स्वागत गरेकी छन् । पाँच देशको भ्रमणको अन्तिम चरणअन्तर्गत मोदी इटली पुगेका हुन् ।

मेलोनीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीसँगको तस्बिर सार्वजनिक गर्दै ‘रोममा स्वागत छ, मेरा साथी’ लेखेकी छन् । उनले रोमको ऐतिहासिक कोलोसियममा यसअघि खिचिएको दुवै नेताको अर्को तस्बिर पनि साझा गरेकी छन् ।

यसअघि रोम पुगेका प्रधानमन्त्री मोदीलाई त्यहाँको भारतीय समुदायले भव्य स्वागत गरेको थियो । होटल पुगेपछि मोदीले प्रवासी भारतीयसँग भेटघाट गरेका थिए ।

त्यसक्रममा आयोजित सांस्कृतिक कार्यक्रमको समेत उनले अवलोकन गरेका थिए । मोदीले उपस्थित व्यक्तिहरूसँग संवाद गर्नुका साथै आफ्नो चित्र बनाएर उपहार दिएका एक बालकलाई हस्ताक्षर समेत दिएका थिए ।

अर्कोतर्फ मोदीले आफ्नो इटली भ्रमणबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफू इटलीको राजधानी रोम पुगेको बताएका छन् । उनले इटलीका राष्ट्रपति सर्जियो मातेरेला र प्रधानमन्त्री जर्जिया मेलोनीसँग भेटवार्ता गर्ने तथा विभिन्न विषयमा छलफल हुने उल्लेख गरेका छन् ।

मोदीले यो भ्रमणको मुख्य उद्देश्य भारत र इटलीबीचको सहकार्यलाई अझ सुदृढ बनाउनु रहेको बताएका छन् । विशेषगरी भारत–मध्यपूर्व–युरोप आर्थिक मार्ग परियोजनाका विषयमा केन्द्रित छलफल हुने उनले जनाएका छन् । उनका अनुसार संयुक्त रणनीतिक कार्ययोजना २०२५–२०२९ को पनि समीक्षा गरिनेछ ।

प्रधानमन्त्री मोदीले संयुक्त राष्ट्रसंघअन्तर्गतको खाद्य तथा कृषि संगठनको मुख्यालयको समेत भ्रमण गर्ने कार्यक्रम रहेको बताएका छन् । उनले यस भ्रमणले बहुपक्षीय सहकार्य र विश्व खाद्य सुरक्षाप्रति भारतको प्रतिबद्धतालाई अझ मजबुत बनाउने उल्लेख गरेका छन् ।

मोदी यसअघि २०२४ को जुनमा जी ७ शिखर सम्मेलनका लागि इटाली पुगेका थिए । 

Read More

सशस्त्र प्रहरीका डीआईजी अञ्जनी पोखरेल एआईजीमा बढुवाका लागि सिफारिस

काठमाडौं । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

मंगलबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको एआईजी पदमा पोखरेलको नाम सिफारिस गरेको हो। हाल उनी सशस्त्र प्रहरी बलको बागमती प्रदेश प्रमुखका रूपमा कार्यरत छन्।

बढुवा समितिले प्रकाशित सूचनाअनुसार उक्त सिफारिस उपर चित्त नबुझेमा सम्बन्धित पक्षले सात दिनभित्र उजुरी दिन सक्ने व्यवस्था गरिएको छ।

Read More

हुम्लाको नेप्कामा भीषण बाढीपहिरो : विद्यालय, खेतीयोग्य जमिन र गोठमा ठूलो क्षति

काठमाडौं । हुम्लाको चंखेली गाउँपालिका–५ स्थित नेप्का गाउँमा गएराति आएको बाढीपहिरोले ठूलो धनजनको क्षति पुर्‍याएको छ। असिनासहित आएको अविरल वर्षापछि उत्पन्न बाढी र लेदोसहितको पहिरोले स्थानीय पूर्वाधार तथा कृषिक्षेत्रमा व्यापक असर परेको हो।

बाढीपहिरोका कारण डाँफे आधारभूत विद्यालय, खेतीयोग्य जमिन तथा स्थानीयवासीका गोठ बगाएको जनाइएको छ। साथै, पहिरोमा केही भेँडाबाख्रा पुरिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

हालसम्म मानवीय क्षतिको आधिकारिक पुष्टि भने भएको छैन। प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीका अनुसार नेप्का गाउँ अत्यन्त दुर्गम क्षेत्रमा पर्ने भएकाले घटनास्थलबाट पूर्ण विवरण आउन समय लागेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खड्काले पहिरोले गोठ पुरिएको जानकारी प्राप्त भए पनि क्षतिको यकिन विवरण अझै संकलन भइरहेको बताए। उनका अनुसार प्रहरी टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ।

चंखेली गाउँपालिका अन्तर्गत तल्लो पाली, माथिल्लो पाली, पिप्लाङ र नेप्का गरी चार गाउँ रहेका छन्। गाउँपालिकाको केन्द्र पिप्लाङबाट निकै टाढा रहेको नेप्का गाउँ पुग्न करिब पाँच घण्टा पैदल यात्रा गर्नुपर्ने भएकाले उद्धार तथा विवरण संकलन कार्य चुनौतीपूर्ण बनेको छ।

Read More

कांग्रेसले आज र भोली मधेश प्रदेशस्तरीय भेला गर्दै

काठमाडौँ । नेपाली कांग्रेसले आज र भोली मधेश प्रदेशस्तरीय भेला गर्दैछ । काँग्रेसले कांग्रेसको नीति तथा अनुसन्धान प्रतिष्ठानले सातै प्रदेशमा ‘प्रदेश र स्थानीय तह केन्द्रीत प्रदेश स्तरीय भेला अन्तरगत आज र भोली मधेश प्रदेशको बर्दिबासमा भेला गर्न लागेको हो ।   

भेलालाई कांग्रेस सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।

पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ । भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने सम्पूर्ण केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, सबै जिल्लाका सभापति, प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख–उपप्रमुख तथा गाउँपालिका अध्यक्ष–उपाध्यक्षहरूको सहभागिता रहने बताइएको छ ।

यसअघि काँग्रेसले वैशाख २६ र २७ गते धनगढी, कैलालीमा काँग्रेसले सुदूरपश्चिमस्तरीय, बैशाख २५ र २९ मा कर्णाली प्रदेशस्तरीय, बैशाख ३१ र जेठ १ गते गण्डकी प्रदेश स्तरीय र जेठ ४ र ५ गते बागमती प्रदेशस्तरीय भेला गरिसकेको छ ।

काँग्रेसले यसपछि कोशी प्रदेशमा जेठ ८ र ९ गते लौकी, सुनसरीमा भेला र लुम्बिनी प्रदेशमा जेठ १४ र १५ गते तिलोत्तमा, रुपन्देहीमा भेला गर्ने बताएको छ ।   

Read More

झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ । झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन् ।

झापाको गल्दिबारी-५ कन्चनश्री बस्ने ४४ बर्षिय गोकर्ण भण्डारीले आफ्नै कान्छी श्रीमती ३३ बर्षिय उर्मिला भण्डारीलाई टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले भण्डारीलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

चीन भ्रमणमा पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने चीन भ्रमणका लागि मंगलबार राति बेइजिङ पुगेका छन् । बेइजिङ विमानस्थलमा चिनियाँ विदेशमन्त्री वाङ यीले उनको स्वागत गरेका थिए ।

भ्रमणका क्रममा पुटिनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता मात्रै बेइजिङ भ्रमण गरेको केही दिनपछि पुटिन चीन पुगेका हुन् ।

चीनको विदेश मन्त्रालयका अनुसार पुटिन र जिनपिङबीच रूस–चीन सम्बन्ध, व्यापार, रणनीतिक सहकार्य तथा विश्वको वर्तमान अवस्थाबारे विस्तृत छलफल हुनेछ । पुटिनले चिनियाँ प्रधानमन्त्री ली छियाङसँग पनि भेट गर्न सक्ने बताइएको छ ।

चीन प्रस्थानअघि सार्वजनिक गरिएको भिडियो सन्देशमा पुटिनले रूस र चीनबीचको सम्बन्ध अहिलेसम्मकै उच्च स्तरमा पुगेको बताएका छन् । उनले दुई देशबीच विश्वास, आपसी समझदारी र समान सहकार्यको सम्बन्ध रहेको उल्लेख गरेका छन् ।

पुटिनका अनुसार दुवै देशले सार्वभौमिकता र राष्ट्रिय एकताजस्ता विषयमा एकअर्कालाई समर्थन गर्दै आएका छन् । उनले राजनीति, अर्थतन्त्र र ऊर्जासहित विभिन्न क्षेत्रमा रूस र चीनबीच सहकार्य तीव्र रूपमा विस्तार भइरहेको बताएका छन् ।

विशेषज्ञहरूले ट्रम्पपछि पुटिनको चीन भ्रमणलाई विश्व राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरेका छन् । उनीहरूका अनुसार लगातार भइरहेका उच्चस्तरीय भ्रमणले चीनले अमेरिका र रूस दुवैसँग सम्बन्ध सन्तुलित राख्ने प्रयास गरिरहेको देखाउँछ । विशेषगरी युक्रेन र इरानसँग सम्बन्धित विश्वव्यापी तनावका बीच चीनले आफ्नो भूमिका थप प्रभावशाली बनाउन खोजेको विश्लेषण गरिएको छ ।

पुटिन र जिनपिङबीच अहिलेसम्म ४० भन्दा बढी भेटवार्ता भइसकेको छ । विश्वकै बलियो राजनीतिक साझेदारीमध्ये एक मानिने उनीहरूको सम्बन्ध सन् २०१३ देखि अझ नजिकिएको हो । राष्ट्रपति बनेपछि जिनपिङ पहिलो विदेश भ्रमणका रूपमा रूस गएका थिए भने पुटिनले पनि चीनलाई आफ्ना प्राथमिक विदेश भ्रमणमा समावेश गर्दै आएका छन् ।

दुवै नेताले सार्वजनिक रूपमा एकअर्कालाई नजिकका मित्र र रणनीतिक साझेदारका रूपमा वर्णन गर्दै आएका छन् । क्रेमलिनका अनुसार उनीहरूबीच औपचारिक कूटनीतिक सम्बन्ध मात्र नभई नियमित निजी संवाद समेत हुँदै आएको छ ।

सन् २०२६ फेब्रुअरीमा भएको भिडियो बैठकमा जिनपिङले पुटिनलाई चीन भ्रमणको निम्तो दिएका थिए, जसलाई पुटिनले तत्काल स्वीकार गरेका थिए ।

रूस र चीन प्रायः ब्रिक्स, सांघाई सहयोग संगठन तथा एसिया–प्रशान्त क्षेत्रीय मञ्चहरूमा एकसाथ देखिने गरेका छन् । अमेरिका र पश्चिमा मुलुकहरूको प्रभावको विकल्पस्वरूप दुवै देशले बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा आफूलाई प्रस्तुत गर्दै आएका छन् ।

अमेरिकी प्रभावप्रतिको साझा चिन्ताका कारण पछिल्ला वर्षहरूमा चीन र रूसबीच रक्षा, विदेश नीति, कानुन व्यवस्था तथा आर्थिक विकासका विषयमा उच्चस्तरीय सहकार्य उल्लेखनीय रूपमा बढेको छ ।

युक्रेन युद्ध सुरु भएपछि दुई देशबीचको व्यापार पनि तीव्र गतिमा विस्तार भएको छ । चीनले रूसबाट तेल, कोइला र ग्यासको खरिद बढाएको छ भने रूसमा चिनियाँ गाडी, विद्युतीय सामग्री र अन्य वस्तुको निर्यात उल्लेखनीय रूपमा बढेको छ ।

आधिकारिक तथ्यांकअनुसार गत वर्ष रूस र चीनबीचको व्यापार २२८ अर्ब १० करोड अमेरिकी डलर पुगेको थियो । यसमध्ये रूसले २१ अर्ब ४९ करोड डलर व्यापार बचत हासिल गरेको थियो, जुन सन् २०२४ को तुलनामा ५५ प्रतिशत बढी हो ।

यद्यपि पश्चिमा मुलुकहरूले चीनमाथि युक्रेन युद्धका क्रममा रूसलाई आर्थिक सहयोग पुर्‍याएको आरोप लगाउँदै आएका छन् ।

पुटिन र जिनपिङबीचको भेटमा ‘पावर अफ साइबेरिया–२’ ग्यास पाइपलाइन परियोजनाबारे पनि छलफल हुने अपेक्षा गरिएको छ । रूसले लामो समयदेखि यस परियोजनालाई अघि बढाउने प्रयास गर्दै आएको छ ।

यो परियोजनाअन्तर्गत रूसको यामाल प्रायद्वीपबाट मंगोलियामार्फत उत्तरी चीनसम्म वार्षिक करिब ५० अर्ब घनमिटर प्राकृतिक ग्यास आपूर्ति गर्ने योजना रहेको छ । उक्त परिमाणको ग्यासले १५ देखि २० करोड घरधुरीको एक वर्षको आवश्यकता पूरा गर्न सक्ने अनुमान गरिएको छ ।

रूस र चीनबीच ‘पावर अफ साइबेरिया–१’ नामक अर्को ग्यास पाइपलाइन यसअघि नै सञ्चालनमा आइसकेको छ । सन् २०१९ डिसेम्बरमा सुरु भएको उक्त पाइपलाइनले रूसको पूर्वी क्षेत्रबाट चीनमा ग्यास आपूर्ति गर्दै आएको छ । नयाँ परियोजनाले भने रूसको पश्चिमी भागबाट ग्यास ल्याउनेछ ।

उता अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावले विश्व ऊर्जा बजारमा पनि असर देखिन थालेको छ । होर्मुज जलडमरूमध्य लगभग बन्द हुने अवस्था बनेपछि तेल आपूर्तिप्रति चिन्ता बढेको छ । यसले विश्वव्यापी आर्थिक मन्दीको जोखिम समेत गहिरिएको विश्लेषण गरिएको छ ।

विशेषज्ञहरूका अनुसार तेल र ग्यासको मूल्य बढ्दा रूसलाई केही आर्थिक फाइदा पुगेको छ, किनकि रूस विश्वकै ठूलो तेल तथा प्राकृतिक ग्यास भण्डार भएका देशमध्ये एक हो । तर युक्रेन युद्धका कारण रूस अहिले पनि अमेरिका र युरोपेली मुलुकहरूले लगाएका आर्थिक प्रतिबन्धको सामना गरिरहेको छ । ती प्रतिबन्धको असर रुसी अर्थतन्त्रमा निरन्तर देखिँदै आएको छ ।

Read More

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मोरङ कटहरी गाउँपालिका-६ घर भएका ३७ वर्षीय नारायण जोशी, सुर्खेत बराहाताल गाउँपालिका-२ घर भएका ४३ वर्षीय गोपाल बिक्रम राना, भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ घर भएका ३२ वर्षीय नवराज पौड्याल र मनाङ नासोँ गाउँपालिका-६ घर भएका ५८ वर्षीय ङवाङ लामा रहेका छन् । 

पक्राउ मध्ये नारायणले कतार पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ४८ लाख रूपैयाँ, गोपालले इराक पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २० लाख रूपैयाँ, नवराजले अष्ट्रेलिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र ङवाङले क्रोएसिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नारायणलाई धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ बाट आइतबार, गोपाललाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट र नवराजलाई काठमाडौं पुतलीसडकबाट सोमबार तथा ङवाङलाई काठमाडौं नागार्जुन नगरपालिका-८ बाट पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Read More

अमेरिकी सिनेटमा पारित भयो राष्ट्रपति ट्रम्पको युद्धसम्बन्धि अधिकार सिमित गर्ने प्रस्ताव

काठमाडौँ । लगातार सात पटक असफल भएपछि अन्ततः अमेरिकी सिनेटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युद्ध अधिकार सीमित गर्ने महत्वपूर्ण प्रस्ताव पारित गरेको छ । विशेषगरी इरानविरुद्ध कुनै पनि सैन्य कारबाही रोक्ने उद्देश्यसहित ल्याइएको यो प्रस्ताव ट्रम्प प्रशासनका लागि ठूलो झट्का मानिएको छ ।

सिनेटमा भएको मतदानमा प्रस्तावको पक्षमा ५० मत परेको थियो भने विपक्षमा ४७ मत परेको थियो । सबैभन्दा चासोको विषय भने ट्रम्पकै रिपब्लिकन पार्टीका चार सिनेटरले पार्टीविरुद्ध मतदान गर्दै डेमोक्रेटिक पार्टीलाई समर्थन गर्नु रह्यो ।

ट्रम्पविरुद्ध मतदान गर्ने रिपब्लिकन सिनेटरहरूमा सुसान कोलिन्स, लिसा मुर्कोव्स्की, र्यान्ड पल र बिल क्यासिडी रहेका छन् । अमेरिकी सञ्चारमाध्यम सिबिएस समाचारका अनुसार डेमोक्रेटिक पार्टीले यो प्रस्ताव पारित गराउन गरेको आठौँ प्रयास सफल भएको हो ।

डेमोक्रेटिक पार्टीका सिनेटर टिम केनले प्रस्तुत गरेको प्रस्तावको मुख्य उद्देश्य राष्ट्रपति ट्रम्पले संसदको अनुमति बिना इरानमाथि हमला गर्न नपाउने व्यवस्था गर्नु हो । प्रस्तावमा अमेरिकी संसदबाट औपचारिक रूपमा युद्ध घोषणा नभएसम्म वा सैन्य शक्ति प्रयोगका लागि विशेष अनुमति नदिइएसम्म अमेरिकी सेनालाई इरानविरुद्ध कुनै पनि शत्रुतापूर्ण गतिविधिमा संलग्न गराउन नपाइने उल्लेख गरिएको छ ।

यस प्रस्तावलाई राष्ट्रपति शक्तिमाथिको प्रत्यक्ष नियन्त्रणका रूपमा हेरिएको छ । प्रस्ताव पारित भएपछि डेमोक्रेटिक नेताहरूले खुशी व्यक्त गरेका छन् । क्यालिफोर्नियाका डेमोक्रेटिक सिनेटर एडम सिफले सामाजिक सञ्जालमार्फत सिनेटका डेमोक्रेटहरूले फेरि एकपटक ‘असंवैधानिक युद्ध’ रोक्न मतदान गराएको बताएका छन् । उनले संवैधानिक जिम्मेवारी पूरा गर्दै प्रस्तावलाई समर्थन गर्ने रिपब्लिकन सांसदलाई धन्यवाद समेत दिएका छन् । यस्तै सिनेटर बर्नी स्यान्डर्सले अमेरिकी जनता अन्तहीन युद्धमा अर्बौँ डलर खर्च गर्न नचाहेको बताएका छन् । उनले देशभित्रका गम्भीर समस्या समाधान गर्नु अहिलेको प्राथमिकता भएको उल्लेख गर्दै असंवैधानिक युद्ध तुरुन्त अन्त्य हुनुपर्ने धारणा राखेका छन् ।

यो घटनाक्रम अमेरिका र इरानबीच शान्ति सम्झौताबारे वार्ता चलिरहेका बेला भएको हो । यसअघि सोमबार ट्रम्पले आफूले इरानमाथि हुने तय गरिएको ठूलो हमला रोकेको खुलासा गरेका थिए । उनले आफ्नो सामाजिक सञ्जालमार्फत कतारका अमिर शेख तमिम बिन हमद अल थानी, साउदी अरबका युवराज मोहम्मद बिन सलमान तथा संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाहयानले हमला स्थगित गर्न विशेष आग्रह गरेको बताएका थिए । ती नेताहरूले वार्ता सकारात्मक दिशामा अघि बढिरहेको र राम्रो सम्झौता सम्भव रहेको बताएका थिए ।

खाडी मुलुकका नेताहरूको आग्रहपछि ट्रम्पले मंगलबार हुने भनिएको सैन्य हमला रोके पनि उनले शान्ति सम्झौताका लागि आफ्नो मुख्य सर्त सार्वजनिक गरेका छन् । ट्रम्पले इरानसँगको कुनै पनि सम्झौतामा ‘इरानसँग परमाणु हतियार नहुने’ विषय सबैभन्दा महत्वपूर्ण हुने स्पष्ट पारेका छन् । उनले आफ्ना युद्ध सचिव पिट हेगसेथ र संयुक्त सैनिक प्रमुख समिति अध्यक्ष जनरल ड्यानियल केनलाई हमला रोक्न निर्देशन दिएको जानकारी समेत दिएका छन् ।

यद्यपि अमेरिका र इरानबीचको तनाव पूर्ण रूपमा समाप्त भने भएको छैन । ट्रम्पले अमेरिकी सेनालाई उच्च सतर्कतामा राखिएको बताएका छन् । यदि इरानसँग स्वीकार्य सम्झौता हुन नसके अमेरिकी सेना पूर्ण शक्तिसहित ठूलो स्तरको हमला गर्न तयार रहने चेतावनी पनि उनले दिएका छन् । उनले आवश्यक परे एकै क्षणको सूचनामा इरानविरुद्ध व्यापक सैन्य कारबाही सुरु गर्न सेना तयार अवस्थामा रहेको बताएका छन् ।

Read More