काठमाडौँ। आन्तरिक राजश्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत भदौ महिनाका विजेताको छनोट तथा घोषणा आज गर्ने भएको छ।
विभागका अनुसार भदौ महिनाका दैनिक उपहारतर्फ ३१ जना र बम्पर उपहारतर्फ २ जना गरी कुल ३३ जना विजेता चयन गरिनेछ।
रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण यसअघि भदौ १६ गतेका लागि तय गरिएको उपहार घोषणा कार्यक्रम स्थगित गरिएको थियो।
कार्यक्रमअनुसार भदौ महिनाका ३१ दैनिक विजेताले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, बम्पर उपहारतर्फ छनोट हुने दुई जनाले जनही १० लाख रुपैयाँ पाउने विभागले जनाएको छ।




