२०८३ श्रावण १०

एमाले महासचिव पोखरेलको निवासमा आगजनी

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलको कोटेश्वरस्थित घरमा आगजनी भएको छ ।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनीको क्रममा एमाले महासचिव पोखरेलको निवासमा आगजनी गरिएको हो । 

अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।

ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन् । मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ ।

Read More

केपी ओलीको राजीनामा पत्र: परिस्थितिलाई ध्यानमा राख्दै राजीनामा दिएँ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै आफूले पदबाट राजीनामा दिएको ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गरेर पठाएको पत्रमा उल्लेख छ ।

‘सम्माननीय राष्ट्रपतिज्यू, संवत् २०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधानको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु’, ओलीको पत्रमा भनिएको छ ।

जेनजीको आन्दोलन नियन्त्रणबाहिर पुगेसँगै ओली राजीनामा दिन बाध्य भएका हुन् ।

Read More

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीले आफ्नो पदबाट राजीनामा दिएको उनको सचिवालयले जनाएको छ ।

Read More

राजधानी काठमाडौँको सुरक्षा व्यवस्था नियन्त्रण बाहिर

काठमाडौँ । देशको राजधानी काठमाडौँको सुरक्षा व्यवस्था नियन्त्रण बाहिर पुगेको छ ।

जेनजी आन्दोलनको दोस्रो दिन युवाहरुले राजनीतिक दलका पार्टी कार्यालय र निजी निवासमा तोडफोड र आगजनी गरिरहेका छन् । सुरक्षाको अग्रभागमा खटिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन असफल भएको छ । 

प्रहरीले अवस्था नियन्त्रणमा लिन नसकेपछि नेपाली सेनाले अवस्था आफ्नो हातमा लिने सम्भावना बढेको छ । नेपाली सेनाले ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरेको छ ।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, एमाले महासचिवको निवास लगायत कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।

Read More

प्रचण्डको खुमलटारस्थित निवासमा आगजनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । 

मंगलबार ललितपुरको खुमलटारस्थित प्रचण्डको घरमा आगजनी गरिएको हो । बिहान पुगेका प्रदर्शनकारीले शुरुमा ढुंगामुडा गरेपनि दिउसो आगजनी गरेका हुन् । प्रहरीले उक्त क्षेत्रमा गोली चलाएको स्थानीयएल बताएका छन् ।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।

ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन् । मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ ।

Read More

रास्वपाका सांसदहरुको सामुहिक राजीनामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांसदहरुले राजीनामा दिएका छन् ।

राजीनामाको घोषणा गर्दै रास्वपाले प्रधानमन्त्री, गृहमन्त्री, सञ्चारमन्त्री साथै काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बर्खास्तीका साथै हिरासतमा लिई सबै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

रास्वपाले घटनाको निष्पक्ष छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न र सर्वपक्षीय नागरिक सरकार गठनको माग गेरको छ ।

Read More

सिंहदरबारभित्र छिरे प्रदर्शनकारी, मन्त्रालयभित्र पसेर तोडफोड

काठमाडौं । जेनजीको आन्दोलनको दोस्रो दिन आज देशभर प्रदर्शनकारीको भिड सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ ।

आज उनीहरू प्रधानमन्त्री, शीर्ष नेता र मन्त्रीको घर र पार्टी कार्यालय लक्षित गरी तोडफोड र आगजनीमा उत्रिएका छन् ।

यसैक्रममा आन्दोलनकारी मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रवेश गरेका छन् । मूलगेटबाट प्रवेश गरेका उनीहरूले अहिले मन्त्रालयहरूमा छिरेर तोडफोड गरिरहेका छन् ।

Read More

भैसेपाटीस्थित निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार

काठमाडौँ । ललितपुरको भैसेपाटीस्थित सङ्घीय मन्त्री निवास र प्रदेश प्रमुख निवासबाट मन्त्रीहरुको हेलिकप्टरमा उद्धार गरिएको छ ।

नेपाली सेनाका हेलिकप्टरले मन्त्रीहरुको उद्धार गरेपछि आन्दोलनकारीले नयाँ बनेको मन्त्री निवासमा आगजनी गरेका छन् । मन्त्रीहरुको उद्धार गरेर नेपाली सेनाले आफ्नो ब्यारेकमा लागेको बताइएको छ ।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।

Read More

देशभित्रबाटै समस्याको निकास निकालियोस्: पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले जेनजी पुस्ताले गरेको आन्दोलनमा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।

पूर्वराजा शाहको संवाद सचिवालयले मंगलबार विज्ञप्ति जारी गर्दै जेनजीले देश र समाजका निम्ति केही राम्रो काम गरौँ भन्ने उद्देश्य राखेर अगाडि बढेका होनहार किशोर–किशोरी र युवा–युवतीहरूले काठमाडौँ लगायत देशका विभिन्न भागमा विरोध प्रदर्शनमार्फत पोखेको आक्रोश आम चासोको विषय रहेको प्रस्ट पारेको छ ।

‘युवा पुस्ताका जायज मागलाई सम्बोधन नगरी ज्यान लिनु र सयौँलाई घायल पार्नु अत्यन्त दुःखद् एवं निन्दनीय कार्य भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो घटना शान्ति प्रिय नेपाली समाजको मान्यता विपरीत रहेको छ ।’

घटनामा ज्यान गुमाएका होनहार आत्माप्रति पूर्वराजा तथा पूर्वराजपरिवारका सदस्यबाट हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पनि संवाद सचिवालयले जनाएको छ ।

पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणासमेत पूर्वराजाबाट राखेको विज्ञप्तिमा उल्लेख छ ।

हाल उठेको सुशासन र आर्थिक अननुशासनका कुरा ध्यानमा राखी देशभित्रबाट समस्याको समाधान निकालियोस् भन्ने चाहना पूर्वराजाले राखेको संवाद सचिवालयले प्रस्ट पारेको छ ।

Read More

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदबाट राजीनामा दिएका छन् । 

मन्त्री पौडेलले जेनजीको आन्दोलनमा १९ जनाको ज्यान गएपछि पदमा बसिरहन नैतिकताले नदिएको भन्दै राजीनामा घोषणा गरेका हुन् ।

राजीनामा दिदै उनले भनेका छन्- 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको जानकारी गराउन चाहन्छु।

हिजो भाद्र २३ गते काठमाडौँ लगायत देशै भरीका सडकमा हामीले जे देख्यौँ त्यो लोकतन्त्रमा उपयुक्त थिएन सडक र सामाजिक सञ्जालमा उर्लिएको जेन जी पुस्ताको आक्रोश भ्रष्टाचार र कुशासनविरुद्धको स्वाभाविक र जायज खबरदारी हो। उनीहरूले केवल प्रश्न सोधेका थिए। हाम्रा छोरा छोरीहरूले आफ्नो भविष्य मागेका थिए, भिडन्त होइन। उनीहरूले राज्य व्यवस्थामा सुधार खोजेका हुन्, अराजकता होइन। 

“अहिंसा लोकतन्त्रको प्राण हो” भन्ने सिद्धान्तमा अडिग रहेर राजनीतिमा होमिएको म,  हिजो आफ्नै निहत्था छोरा छोरी पुस्ताको रगत बगिरहेको दृस्यको साक्षी बन्न सकिन। जुन मन्त्रालयको शपथ नागरिकको जीवन रक्षाका लागि लिएको थिएँ त्यही पदमा बसेर राज्यले गरेको ब्यबहारको मुकदर्शक बन्न मेरो आत्माले मानेन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रूपमा मेरो कार्यकालभरि मलाई अटुट सहयोग र विश्वास प्रदान गर्नुहुने मेरो पार्टी नेपाली कांग्रेस,मलाई सफल बनाउन सल्लाह सुझाव तथा सहयोग उपलब्ध गराउनु हुने विज्ञहरु र मेरो निर्वाचन क्षेत्र काठमान्डौं पाचका जनसमुदायप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।  नागरिकको स्वास्थ्य सेवामा दिन रात नभनि समर्पित मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारी, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु।

मेरो व्यक्तिगत जीवन र नेपाली कांग्रेस पार्टीले सिकाएको सबैभन्दा ठुलो आदर्श- लोकतन्त्रको केन्द्रमा आमनागरिक हुनुपर्छ। राज्य विधि र पद्धतिले चल्नु पर्छ। विधि र पद्धतिमाथि आँच आयो भने त्यसको रक्षा गर्न जुनसुकै मुल्य चुकाउन पनि तयार हुनु पर्दछ। लोकतन्त्रमा हरेक नागरिकको आवाजको सम्मान हुनु पर्छ र असहमतिलाई बलजफ्ती फौजी शक्तिले होइन, संवादले सम्बोधन गरिनु पर्छ। यो नै मेरो राजनीतिक जीवनको सबै भन्दा ठूलो आदर्श हो। 

आजको युवा पुस्ताले सडकमा उठाएको आवाज विद्रोह होइन, सुधारको अपेक्षा हो। यो पुस्ताको ऊर्जा र चेतनालाई दमन गरेर होइन, सम्मान गरेर मात्रै देश अघि बढ्न सक्छ। उनीहरूको आवाज नसुन्नु भनेको देशको भविष्यलाई अस्वीकार गर्नु हो।

एकातिर घाइतेहरूको उपचारको व्यवस्था मिलाउनु, अर्कोतिर त्यही राज्य संयन्त्रको अंग बनिरहनु—यो नैतिक संकटमा म रही रहन सकिनँ। त्यसैले,  लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै मैले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको पदबाट राजीनामा दिएको छु ।

Read More