२०८३ श्रावण ११

एमाले निकट अनेरास्ववियुका अध्यक्ष थपलियाको राजीनामा

काठमाडौँ  । नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन थपलियाले राजीनामा दिएका छन् ।

थपलियाले विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न नसकेको उल्लेख गर्दै विद्यार्थी राजनीति असफल रहेको महशुस गरेर अनेरास्ववियुको केन्द्रीय समितिको अध्यक्षबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले भनेका छन्- 
हिजो विद्यार्थी राजनीतिको शिर ढलेको दिन ! विद्यार्थीहरूको हक, अधिकार र भविष्यको संरक्षक, पथ प्रदर्शक विद्यार्थी संगठनहरुले आज स्कूले पोशाकमा रहेको विद्यार्थीको प्राण रक्षा समेत गर्न सकेन । तसर्थ, समग्र हाम्रो पुस्ताले गरेको विद्यार्थी राजनीति असफल रहेको महशुस गर्दै अखिल केन्द्रीय समितिको अध्यक्ष बाट राजीनामा दिएको छु । जनताको सेवामा निरन्तर लाग्ने छु । यतिवेला सरकारले जनताको भावना विपरित आन्दोलनलाई दवाउन खोजिरहेको प्रज्ञाभुती भएको छ।यसको नतिजा भयाभह हुनेछ । मेरो जिवनको सवैभन्दा कालोदिन !

Read More

पोखरा महानगरको कार्यालयमा आगजनी

पोखरा । जेनजी आन्दोलनमा सहभागी युवाहरुले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी र तोडफोड गरेका छन् ।

महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गर्दै आगजनी र तोडफोड गरेका हुन् । महानगरको कम्पाउण्डभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ भने सवारीसाधन तोडफोड गरिएको छ । अहिले महानगर क्षेत्र तनावपूर्ण बनेको छ ।

Read More

प्रधानमन्त्री ओलीको बालकोटस्थित निवासमा आगजनी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवासमा आगलागी भएको छ ।

जेनजी आन्दोलनमा सहभागी युवाहरुले बलकोटस्थित ओलीको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन् ।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।

Read More

गगन र विश्वप्रकाश भन्छन्: एमालेसँगको सहमतिको औचित्य सकियो, सभापतिले मन्त्री फिर्ता नबोलाए कदम चाल्छौं

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेकपा एमालेसँग भएको ७ बुँदे सहमतिको औचित्य समाप्त भएको घोषणा गरेका छन्।

मंगलबार विज्ञप्ति जारी गर्दै महामन्त्रीद्वयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट राजीनामा दिन आग्रह गर्दै पार्टी सभापति देउवालाई सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउन आग्रह गरेका छन् ।

उनीहरुले सभापति देउवाले यो आग्रह नमाने अन्य प्रक्रियाबाट कदम चालेर निर्णय लिन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

उनीहरुले जेनजी पुस्ताका न्यायोचित माग पुरा गर्न जोड गरिरहेको बताउदै आन्दोलनका कार्यक्रमलाई संयम र शान्तिपूर्ण बनाउन आग्रह गरेका छन् ।

Read More

गगन थापा निवासमा आगजनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ । 

जेनजी आन्दोलनमा सहभागी युवाहरुले रातोपुलस्थित थापाको निवासमा पुगेर तोडफोड र आगजनी गरेका हुन् ।

जेनजी आन्दोलनको दोस्रो दिन आज शिर्ष नेताहरुको निवास तोडफोड र आगजनी गरिएको छ । अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।

Read More

भारतको प्रतिक्रिया: घटनालाई नजिकबाट नियालिरहेका छौं, संवादमार्फत सम्बोधन होस्

काठमाडौँ । भारतले नेपालमा जारी जेनजीको आन्दोलन बारे प्रतिक्रिया दिदै घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएको छ ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै घनिष्ठ मित्र र छिमेकीको रुपमा सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम र संवाद मार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा राखेको बताएको छ । 

साथै भारतले सोमबारको आन्दोलनमा धेरै युवाहरुको ज्यान गएकोमा दुःख व्यक्त गर्दै मृतकका परिवारको साथमा रहेको बताएको छ । 

भारतीय विदेश मन्त्रालयको विज्ञप्ति:
हामी हिजोदेखि नेपालमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं र धेरै युवाहरुको ज्यान गएकोमा अत्यन्तै दुःखी छौं । हाम्रो विचार र प्रार्थना मृतकका परिवारहरुको साथमा छ । हामी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गछौं ।

घनिष्ठ मित्र र छिमेकीको रुपमा हामी सम्बन्धित सबैले संयम अपनाउने र शान्तिपूर्ण माध्यम र संवाद मार्फत कुनै पनि विषयलाई सम्बोधन गर्ने कुराको आशा गर्दछौं ।

हामीले काठमाडौँ र नेपालका अन्य धेरै शहरहरुमा अधिकारीहरुले लगाउनु भएको कफ्र्युलाई पनि ध्यानमा राखेका छौं । नेपालमा रहनुभएका भारतीय नागरिकहरुलाई सावधानी अपनाउन र नेपाली अधिकारीहरुले जारी गर्नुभएका कदम र निर्देशनहरु पालना गर्न सल्लाह दिन्छौं ।

Read More

धनगढीस्थित परराष्ट्रमन्त्री आरजु राणाको घरमा आगजनी

कैलाली । कैलालीको धनगढीस्थित परराष्टमन्त्री डा. आरजु राणा देउवाको घरमा आगजनी भएको छ ।

प्रदर्शनकारीहरूले परराष्ट्रमन्त्री आरजुको घरमा आगजनी गरेका हुन् ।

धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडि पुनःनिर्माण भइरहेको मन्त्री आरजुको घरमा प्रदर्शनकारीहरूले आगजनी गरिदिएका हुन् ।

Read More

काँग्रेस र एमालेका केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस पार्टी कार्यालयमा पनि आगजनी गरिएको छ ।

प्रदर्शनकारीले ललितपुरको सानेपास्थित काँग्रेस पार्टी कार्यालयमा आगजनी गरेका हुन् । यस अघि ललितपुरको च्यासलस्थित एमालेको पार्टी कार्यालयमा आगजनी गरेका थिए ।

जेनजी आन्दोलनको दोस्रो दिन उग्र बनेको छ भने राजनितीक दलका नेताका घरहरु प्रदर्शनकारीको निशानामा परेका छन् ।

अहिलेसम्म राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निवास, प्रधानमन्त्री केपी शर्मा ओलीको भक्तपुरको बालकोटस्थित निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवास, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास, कैयौं मन्त्री र सांसदका घरहरुमा तोडफोड र आगजनी गरिएको छ ।

Read More

राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आगजनी

काठमाडौँ । जेनजी प्रदर्शनकारीले राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

काठमाडौँको बोहोराटार स्थित राष्ट्रपति पौडेलको निजी निवासमा आगजनी भएको हो ।

Read More

च्यासलस्थित एमाले पार्टी कार्यालयमा आगजनी

काठमाडौँ । जेनजी प्रदर्शनकारीले नेकपा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेका छन्।

ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा प्रदर्शनकारीले मंगलबार आगजनी र तोडफोड गरेका हुन्।

सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि युवाहरूको समूह मंगलबार दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका हुन्।

युवाहरूले पार्टी कार्यालय र शीर्ष नेताका घरलाई निशाना बनाउन थालेका छन्।

Read More