काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज निष्कृय भएको छ ।
डा. भट्टराईको सचिवालयले केही प्राविधिक समस्या देखिएको जानकारी दिदै पेज पुनःप्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी दिएको छ ।
काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आधिकारिक फेसबुक पेज निष्कृय भएको छ ।
डा. भट्टराईको सचिवालयले केही प्राविधिक समस्या देखिएको जानकारी दिदै पेज पुनःप्राप्त (रिकभर) गर्ने प्रयास जारी रहेको जानकारी दिएको छ ।
काठमाडौँ । इरानमा इन्टरनेट सेवा लगभग पूर्ण रूपमा अवरुद्ध भएको अवस्था लगातार ५८औँ दिन पनि कायम रहेको छ । इन्टरनेट निगरानी संस्था नेटब्लक्सका अनुसार देशभर नेटवर्क अवरोध नवौँ सातामा पुगेको छ र १ हजार ३६८ घण्टा नाघिसकेको छ ।
जानकारीअनुसार जनवरीको सुरुआतमा पुनः सुरु भएका सरकारविरोधी प्रदर्शनपछि इन्टरनेटमाथि नियन्त्रण कडा बनाइएको थियो । त्यसपछि फेब्रुअरी अन्त्यतिर इरानमाथि अमेरिका–इजरायल युद्ध सुरु भएपछि प्रतिबन्ध अझ कडा पारिएको बताइएको छ ।
इन्टरनेटमा निर्भर हजारौँ मानिसको दैनिक कामकाज प्रभावित भएको छ । विशेषगरी अनलाइन व्यवसाय, सञ्चार र सेवा क्षेत्रमा ठूलो समस्या देखिएको छ ।
विशेषज्ञहरूका अनुसार लामो समयसम्म इन्टरनेट बन्द हुँदा आर्थिक गतिविधिमा गम्भीर असर पर्नुका साथै सर्वसाधारणको जीवन पनि प्रभावित हुने गर्छ ।
काठमाडौँ । सन् २०२२ को चर्चित लागूऔषध प्रकरणमा अभिनेत्री श्रद्धा कपूर र नोरा फतेहीलाई राहत मिल्ने भएको छ । मुम्बई प्रहरीले उनीहरूविरुद्ध कुनै प्रमाण नभेटेपछि नाम हटाउने तयारी गरेको हो ।
सामाजिक सञ्जाल व्यक्तित्व ओर्हान अवत्रमानी, अभिनेता सिद्धान्त कपूर र नेता जीशान सिद्दिकीलाई पनि पूरक आरोपपत्रमा सफाइ दिइने बताइएको छ ।
यो प्रकरण अगस्ट २०२२ मा सुरु भएको थियो । मुम्बई प्रहरीको अपराध शाखा र लागूऔषध नियन्त्रण टोलीले मोहम्मद सलीम मोहम्मद सुहेल शेखलाई पक्राउ गरेको थियो । त्यसक्रममा १ लाख १९ हजार बराबरको मेफेड्रोन बरामद गरिएको थियो । सोधपुछका क्रममा शेखले विभिन्न चर्चित व्यक्तिहरू सहभागी हुने पार्टीमा लागूऔषध आपूर्ति गरेको दाबी गरेका थिए । त्यसपछि अनुसन्धानमा धेरै सार्वजनिक व्यक्तित्वहरूको नाम जोडिएको थियो ।
सन् २०२५ मा श्रद्धा कपूर र नोरा फतेहीसहित केही व्यक्तिसँग लागूऔषध नियन्त्रण टोलीले बयान लिएको थियो । तर अनुसन्धानका क्रममा उनीहरूलाई लागूऔषध सञ्जालसँग जोड्ने कुनै ठोस प्रमाण फेला नपरेको बताइएको छ ।
प्रहरीले प्रारम्भिक आरोपपत्र तीन जनाविरुद्ध दायर गरिसकेको छ भने अब थप पक्राउ परेका दुई अभियुक्त र फरार आरोपितविरुद्ध पूरक आरोपपत्र दायर गर्ने तयारी गरेको छ ।
यस घटनापछि फिल्म क्षेत्रका चर्चित नामहरू जोडिएकाले ठूलो चर्चा भएको थियो । तर प्रमाण अभावमा कलाकारहरूको नाम हटाइने भएपछि प्रकरणमा स्पष्टता आएको छ ।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।
सोमबार दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको सचिव दिनेश थापामगरले जानकारी दिएका छन् ।
बैठकले यसअघि स्पष्टीकरण सोधिएका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का बारे निर्णय गर्नसक्ने बताइएको छ ।
काठमाडौँ । बलिवुड अभिनेत्री शनाया कपूरले ‘आँखों की गुस्ताखियाँ’ पछि यस वर्ष अर्को फरक भूमिकामा पनि दर्शकको प्रशंसा बटुलेकी छन् । निर्देशक बेजोय नाम्बियारको फिल्म ‘तू या मैं’मा आदर्श गौरवसँग अभिनय गर्दै उनले प्रभावशाली उपस्थिति देखाएकी हुन् ।
फिल्ममा शनायाले प्रभावशाली पात्र अव्नीको भूमिका निर्वाह गरेकी छन् । उनको पर्दा उपस्थिती, अभिनयको विविधता र आदर्श गौरवसँगको केमेस्ट्रीलाई दर्शकले निकै रुचाएका छन् ।
फिल्मको एक संवाद ‘तू यदि हो गई क्या, बच्ची ?’ सामाजिक सञ्जालमा विशेष चर्चामा आएको छ । यो संवाद छोटो समयमै दर्शकमाझ लोकप्रिय बनेर विभिन्न मीम, रिल्स र इन्टरनेट चर्चाको हिस्सा बनेको छ ।
सिनेमाघर प्रदर्शनपछि केही दिनअघि ‘तू या मैं’ नेटफ्लिक्समा सार्वजनिक भएको थियो । त्यसपछि पनि फिल्मको लोकप्रियता निरन्तर बढिरहेको छ । भारतमा यो फिल्म पहिलो स्थानसम्म पुगेको छ भने विभिन्न अन्तर्राष्ट्रिय बजारमा पनि शीर्ष सूचीमा परेको छ । शनायाका दृश्यहरू सामाजिक सञ्जालमा व्यापक रूपमा साझा भइरहेका छन् । दुई हप्तापछि पनि यो फिल्म १२ देशमा शीर्ष १० भित्र रहन सफल भएको छ ।
विशेषगरी शनाया कपूरले रोजेका फरक–फरक कथावस्तुका कारण उनको यात्रा थप चर्चामा आएको छ । ‘आँखों की गुस्ताखियाँ’को रोमान्टिक भूमिकादेखि ‘तू या मैं’को आधुनिक र फरक शैलीसम्म उनले सुरक्षित बाटोभन्दा नयाँ प्रयोग रोजेको विश्लेषण गरिएको छ ।
काठमाडौं । सरकारले शनिबार काठमाडौंका विभिन्न क्षेत्र: थापाथली, गैरीगाउँ र सिनामंगल बाट सुकुमबासी बस्ती हटाएको छ। हटाइएका परिवारहरूलाई कीर्तिपुरलगायत स्थानमा अस्थायी रूपमा व्यवस्थापन गरिएको सरकारी अधिकारीहरूले जनाएका छन्।
सरकारले वास्तविक सुकुमबासी पहिचानका लागि भूमि सुधार तथा सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाको संयुक्त टोली परिचालन गरेको छ। उक्त टोलीले प्रभावित व्यक्तिहरूको व्यक्तिगत विवरण, पारिवारिक अवस्था तथा उनीहरूसँग रहेका सामानको अभिलेखीकरण गरिरहेको छ।
सम्पर्कमा आएका सुकुमबासीहरूलाई कीर्तिपुरस्थित सुन्दरीघाटमा रहेको राधास्वामी सत्संग आश्रममा स्थानान्तरण गरिएको छ। आश्रममा बसोबास गरिरहेका उनीहरूका लागि काठमाडौं महानगरपालिकाले प्याकेटमा खाना उपलब्ध गराउँदै आएको छ।
यद्यपि, अस्थायी व्यवस्थापनमा रहेका सुकुमबासीहरूले प्रदान गरिएको खाद्य सामग्रीप्रति असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार उपलब्ध गराइएको एक प्याकेट खाना पर्याप्त नभएको भन्दै दैनिक जीवनयापनमा कठिनाइ भइरहेको गुनासो गरेका छन्।
काठमाडौँ । इरानसँग ३८ दिनसम्म चलेको युद्धमा अमेरिकाले आफ्ना धेरै महत्त्वपूर्ण र महँगा क्षेप्यास्त्र प्रयोग गरेपछि हतियार भण्डार तीव्र रूपमा घटेको बताइएको छ । चीनजस्ता ठूला देशसँग सम्भावित युद्धका लागि सुरक्षित राखिएका केही क्षेप्यास्त्र पनि यही युद्धमा प्रयोग गरिएको जनाइएको छ ।
रिपोर्टअनुसार अमेरिकाले युद्धमा करिब ११०० लामो दूरीका स्टेल्थ क्षेप्यास्त्र प्रयोग गरेको थियो। यी क्षेप्यास्त्र विशेष रूपमा चीनविरुद्ध प्रयोगका लागि तयार गरिएको मानिन्छ ।
यसका साथै १००० भन्दा बढी टमाहक क्षेप्यास्त्र, १२०० भन्दा बढी प्याट्रियट अवरोधक क्षेप्यास्त्र र १००० भन्दा बढी अन्य आक्रमणकारी क्षेप्यास्त्र प्रहार गरिएको थियो। यो युद्धमा कुल २८ अर्बदेखि ३५ अर्ब डलरसम्म खर्च भएको अनुमान छ । अर्थात् प्रतिदिन करिब १ अर्ब डलर खर्च भएको देखिन्छ ।
अमेरिकी रक्षा मन्त्रालयका अनुसार १३ हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरिएको थियो । तर एउटै लक्ष्यमा पटक–पटक आक्रमण भएकाले वास्तविक प्रयोग भएका हतियारको संख्या अझ धेरै रहेको अधिकारीहरूले बताएका छन्।
विशेषगरी लामो दूरीका क्षेप्यास्त्र र टमाहकको भण्डार तीव्र रूपमा घटेको छ। एक अध्ययनअनुसार अहिले अमेरिकासँग करिब ३ हजार टमाहक क्षेप्यास्त्र मात्र बाँकी रहेको बताइएको छ ।
प्याट्रियट अवरोधक क्षेप्यास्त्र पनि तीव्र रूपमा सकिएको छ । एउटा यस्तो क्षेप्यास्त्रको मूल्य करिब ४० लाख डलर पर्छ । सन् २०२५ मा ६०० वटा उत्पादन भए पनि युद्धमा १२०० भन्दा बढी प्रयोग भएको जनाइएको छ ।
ह्वाइट हाउसले भने हतियार सकिएको दाबी अस्वीकार गरेको छ । प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकासँग विश्वकै सबैभन्दा शक्तिशाली सेना रहेको र पर्याप्त हतियार मौज्दातमा रहेको बताएकी छन् । हतियार अभावका कारण अमेरिकाले एशिया र युरोपबाट पनि आफ्ना सैन्य स्रोत मध्यपूर्व पठाउनुपरेको जनाइएको छ। यसले त्यहाँ तैनाथ सेनाको तयारीमा असर परेको बताइएको छ ।
अब अमेरिकासामु सबैभन्दा ठूलो चुनौती हतियारको भण्डार पुनः भरिने रहेको विश्लेषकहरूले बताएका छन्। रक्षा विज्ञहरूका अनुसार पुरानै स्तरमा भण्डार पुर्याउन धेरै वर्ष लाग्न सक्छ ।
काठमाडौँ । सुकुम्बासी बस्तीमा रहेका घरपालुवा जनावरहरूलाई स्नेहा केयर, क्याट लगायतका संस्थाहरुले खाना खुवाउने, संरक्षण गर्ने तथा बिरामी भएका घरपालुवा जनावरहरूको उपचार गर्ने कार्य गर्दै आएको छ ।
साथै, घाइते तथा बेवारिसे जनावरहरूको उद्धार, हेरचाह र आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने कामसमेत गरिरहेको छ ।






काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयको विद्युतीय सरकारी खरिद प्रणालीमा अनधिकृत पहुँच पुर्याई ठेक्काका विवरण हेरफेर गरेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।
साइबर ब्यूरोका अनुसार ईन्कोन प्रालिका शेयरधनी स्वदेश पोखरेल र कल्पवृक्ष बिल्डर्स प्रालिका सञ्चालक प्रकाश ढुंगानालाई पक्राउ गरिएको हो ।
उनीहरूले ई-गभर्मेन्ट प्रोक्योरमेन्ट प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरी विभिन्न ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै कागजात परिवर्तन गरेको आरोप लागेको छ । यस विषयमा परेको उजुरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । हाल संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि यही प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेसहित १० जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी गरिएको छ । कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ ।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन स्थगित गरेको थियो । यससँगै बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गर्न वार्ता टोली पनि गठन गरेको छ । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेका छन् ।