२०८३ आश्विन २

मनोहरा बस्ति हटाउन ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन

काठमाडौं । भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्ती हटाउन सुरु गरेको छ । आज बिहानैदेखि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर डोजरले बस्ती हटाउन शुरु गरिएको हो ।

शनिबार साँझ भत्काउन शुरु गरिएको भएपनि स्थानीयले अवरोध गर्दा झडप भएको थियो । झडपमा केहि सुरक्षकर्मी घाइते समेत भएका थिए ।

शनिबार सरकारले काठमाडौंका थापाथली, गैरीगाउँ र शान्तिनगरका नदी किनारका सार्वजनिक र सरकारी जग्गामा बनाइएका बस्तीहरू खाली गरेको थियो । अहिलेसम्म ति बस्तीका १४४ परिवारले आफ्नो सुची दर्ता गरेको सरकारले जानकारी दिएको छ । उनीहरुको घरायसी सामानहरू रंगशाला र कीर्तिपुरको सुन्दरीघाटस्थित राधास्वामी सत्संग ब्यास नेपालमा छुट्टाछुट्टै स्थान सुरक्षित रूपमा राखिएको छ भने उनीहरुलाई विभिन्न होटलमा बसालिएको छ । सरकारले उनीहरुको विवरण भेरिफाइ गरेर छिट्टै व्यवस्थापन गर्ने बताएको छ ।

Read More

आफु सहभागी कार्यक्रममा गोली चलेको विषयमा ट्रम्पले के भने ?

काठमाडौँ । ह्वाइट हाउसका पत्रकारहरूसँग आयोजित रात्रिभोज कार्यक्रममा गोली चलेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षा व्यवस्थाबारे प्रतिक्रिया दिएका छन् ।

ट्रम्पले पत्रकार सम्मेलनमा कार्यक्रमअघि आफ्नो टोलीलाई कुनै पनि सुरक्षा खतरा सम्बन्धी सूचना नभएको बताएका छन् । पत्रकारसँग कुरा गर्दै उनले पहिलेबाट कुनै संकेत आएको थियो कि भनेर सोध्दा कुनै जानकारी नभएको बताए ।

उनले आक्रमणको उद्देश्यबारे आफूलाई थाहा नभएको बताए । तर संदिग्ध व्यक्ति निकै खतरनाक देखिएको उनको भनाइ थियो । ट्रम्पका अनुसार ती व्यक्ति करिब ५० गज दूरीबाट दौडिँदै आएका थिए, त्यसपछि सुरक्षाकर्मीले तुरुन्तै हतियार निकालेका थिए ।

अधिकारीहरूले क्यालिफोर्नियास्थित संदिग्धको अपार्टमेन्टमा पुगेर अनुसन्धान थालेका छन् । हालसम्म शनिबार रातिको आक्रमणकारीको उद्देश्यबारे प्रहरीले स्पष्ट जानकारी दिएको छैन ।

पत्रकारले ट्रम्पसँग घटनाको कारणबारे सोध्दा उनले राजनीतिक हत्याका घटनाबारे आफूले धेरै पढेको बताए । उनका अनुसार धेरै प्रभाव पार्ने व्यक्तिलाई नै निशाना बनाइने गरेको छ । उनले पूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको उदाहरण पनि दिएका थिए ।

हालका वर्षहरूमा ट्रम्पमाथि दुई पटक ज्यान मार्ने प्रयास भइसकेको छ । जुलाई २०२४ मा पेन्सिल्भेनियाको बटलरमा भएको चुनावी सभामा पनि उनीमाथि गोली चलाउने प्रयास भएको थियो । 

ट्रम्पले बटलरको घटनाको तुलनामा यसपटकको सुरक्षा व्यवस्था धेरै मजबुत रहेको बताए ।

ह्वाइट हाउसमा रिपोर्टिंग गर्ने पत्रकारहरुको एसोसियसनले आयोजना गरेको डिनरसहितको कार्यक्रममा राष्ट्रपति ट्रम्पसहित उपराष्ट्रपति जेडी भान्स, अन्य मन्त्रीहरु र उच्च पदस्थ सरकारी अधिकारीहरु उपस्थित वाशिंटनस्थित होटल हिल्टनमा बन्दुकधारी दौडिएर छिरेको सार्बजनिक भिडियोमा देखिएको छ ।

Read More

कपिलवस्तुमा रोकिराखेको ट्रकमा स्कर्पियो ठोक्किदा दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कर्पियो ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

बहादुरगन्ज–तौलिहवा हुलाकी सडक खण्डअन्तर्गत गएराति भएको उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको र तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको हो ।

कपिलवस्तु नगरपालिका–१२ पिप्ररहवामा रोकिराखिएको ट्रकमा भारतीय नम्बरको स्कार्पियो ठोक्किँदा दुर्घटना भएको थियो । 

बहादुरगञ्जबाट तौलिहवातर्फ आउँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कर्पियो साइडमा रोकिएको लु १ ख ९५४९ नम्बरको ट्रकमा ठोक्किँदा कपिलवस्तु नगरपालिका–११ का ५० वर्षीय राधेश्याम कुर्मी र शिवराज नगरपालिका–६ की ५५ वर्षीया चिन्नी कुर्मीको मृत्यु भएको छ ।दुवैको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । घाइते तीन जनाको उपचार जारी रहेको र चिन्ताजनक अवस्था नरहेको बताइएको छ ।

Read More

काँग्रेसले छान्न सकेन संसदीय दलको नेता

काठमाडौं । नेपाली काँग्रेसले संसदीय दलको नेता छान्न नसक्दा आलोचना शुरु भएको छ ।

निर्वाचन सकिएको यति लामो समयसम्म पनि संसदीय दलको नेता छान्न नसकेपछि काँग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माको आलोचना शुरु भएको हो । सभापति थापा र शर्मालाई संसदीय दलको नेता छान्न नसकेकोमा सामाजिक सञ्जाल र मिडियामा प्रश्न गर्न थालिएको छ ।

निर्वाचनको प्रक्रिया रोकेर सर्वसम्मत चयनका लागि प्रयास गरिरहेको बताइए पनि संसदीय दलको नेता चयनले नेताहरुको आपसी शक्तिसंघर्ष छताछुल्ल भएको छ ।

कांग्रेस परम्परागत रुपमै विभिन्न गुटहरुमा विभाजित पार्टी भएकोले यो नयाँ कुरा नभए पनि यसअघि यस्तै प्रवृतिविरुद्ध लडेर विशेष महाधिवेशन गरेर आएको नेतृत्व पनि उस्तै अवस्थाबाट गुज्रिदा काँग्रेस बदलिएको छैन भन्ने प्रमाणित गरिरहेको विश्लेषण गरिएको छ ।

शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्वाचन स्थगित गरेको थियो । यससँगै बैठकले सर्वसम्मत रूपमा दलको नेता चयन गर्न वार्ता टोली पनि गठन गरेको छ । कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा वार्ता टोली गठन गरेको हो। वार्ता टोलीमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे र निर्वाचन समितिका संयोजक तथा सहमहामन्त्री प्रकाश स्नेही सदस्य रहेका छन् ।

संसदीय दलको नेता चयनमा सभापति थापा र उपसभापति शर्माबीच पनि तालमेल नमिलेको देखिएको छ । थापा आफु निकट नेता मोहन आचार्यलाई संसदीय दलको नेता बनाउन चाहेको बुझिएको छ भने शर्माले भीष्मराज आङ्देम्बेलाई बनाउन चाहेको बुझिएको छ । यसमा बाधकको रुपमा नेता अर्जुननरसिंह केसी उभिएका छन् । नाताले सभापति थापाका ससुरा रहेका केसीलाई देउवा पक्षका सांसदको समर्थन रहेको बताइएको छ ।

फागुन २१ मा सम्पन्न निर्वाचनमा कांग्रेसबाट ३८ मध्ये प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० जना निर्वाचित भएका छन् । कांग्रेसमा २०६४ को निर्वाचनपछि संसदीय दलको नेता सर्वसम्मत चयन भएको छैन । निर्वाचनबाटै नेता छानिने गरेका छन् । २०७९ को निर्वाचनपछि महामन्त्री गगन थापा र शेरबहादुर देउवाबीच प्रतिस्पर्धा भएको थियो, जसमा देउवा विजयी भएका थिए । प्रमुख प्रतिपक्षी दल रहेको कांग्रेसले दलको नेता चयन गर्न नसक्दा संवैधानिक परिषद्ले पूर्णता पाउन सकेको छैन ।

Read More

वुमेन्स च्यालेन्ज ट्रफी: आज नेपालको सामना अमेरिकासँग

काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले आज अमेरिकासँग खेल्दैछ । आज यो खेल नेपाली समय अनुसार दिउसो ४: ४५ बजेदेखि शुरु हुदैछ ।

यसअघि खेलेका ४ खेलमा नेपालले २ जित र २ हार बेहोरेको छ । नेपालले अमेरिका र भानुआटुसँग हार बेहोरेको थियो भने इटाली र रुवाण्डालाई पराजित गरेको थियो । त्यस्तै अमेरिकाले खेलेका ४ खेलमा ३ खेल जितेको छ भने के खेलमा हार बेहोरेको छ । अमेरिकाले इटाली, नेपाल र भानुआटुलाई पराजित गरेको थियो भने रुवाण्डासँग पराजित भएको थियो । 

यो प्रतियोगिता खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन् । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

नेपालले अर्को खेल अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

Read More

ट्रम्पको ‘गोल्ड कार्ड’ योजना फ्लप !

काठमाडौँ । अमेरिकामा हालसम्म केवल एक जनाले मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्चित ‘गोल्ड कार्ड’ भिसा प्राप्त गरेका छन् । यो भिसाअन्तर्गत कुनै पनि विदेशीले १० लाख डलर तिरेर अमेरिकामा बस्न र काम गर्न पाउने अधिकार प्राप्त गर्न सक्छ ।

अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले संसदीय समितिको सुनुवाइमा यो जानकारी दिएका हुन् । उनले यसअघि योजना सुरु भएको केही दिनमै १ हजार ३०० आवेदन बिक्री भएको दाबी गरेका थिए, तर हालसम्म एक जनाले मात्रै भिसा पाएको खुलाएका छन् । लुटनिकका अनुसार अहिले सयौं आवेदन प्रक्रियामा रहेका छन् ।

ट्रम्पले सन् २०२५ को फेब्रुअरीमा ‘गोल्ड कार्ड’ भिसा कार्यक्रम घोषणा गरेका थिए । सुरुमा यसको शुल्क ५० लाख डलर तोकिएको थियो। पछि सेप्टेम्बरमा घटाएर १० लाख डलर बनाइएको थियो ।

ट्रम्पले यो योजना ‘अमेरिका फर्स्ट’ एजेन्डाको हिस्सा भएको बताएका थिए । उनका अनुसार भारत, चीनलगायत देशका दक्ष र प्रतिभाशाली व्यक्तिलाई अमेरिकामै रोक्न र ठूला कम्पनीलाई अमेरिका ल्याउन यो योजना ल्याइएको हो।

यो कार्डमार्फत प्राप्त हुने असीमित बसोबास अधिकारमा पासपोर्ट र मतदानको अधिकारबाहेक अमेरिकी नागरिकसरह अन्य अधिकांश सुविधा उपलब्ध हुने बताइएको छ । ट्रम्पले यो योजना विशेषगरी धनी विदेशीका लागि ल्याइएको भन्दै यसबाट उठ्ने रकम कर घटाउन र सरकारी ऋण तिर्न प्रयोग गरिने बताएका थिए । यससँगै ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’, ‘ट्रम्प प्लेटिनम कार्ड’ र ‘कर्पोरेट गोल्ड कार्ड’ नामका तीन नयाँ भिसा कार्ड पनि सार्वजनिक गरेका छन् ।

वाणिज्य सचिव लुटनिकका अनुसार यो गोल्ड कार्डले हाल प्रचलनमा रहेका ईबी- १ र ईबी- २ भिसाको स्थान लिन सक्नेछ । यी दुवै भिसा अमेरिकाको स्थायी बसोबास अर्थात् ग्रीन कार्डका लागि प्रयोग हुँदै आएका छन् ।

Read More

अमेरिका-इरान वार्ता फेरी अनिश्चित, इरानी विदेशमन्त्री स्वदेश फर्किए

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघची इस्लामाबादबाट फर्किएका छन् । 

शुक्रबार राति इस्लामावाद पुगेका अराघची अमेरिकी प्रतिनिधिमण्डलसँग प्रत्यक्ष भेट नगरी पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, सेना प्रमुख आसिम मुनीर तथा अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेर फर्किएका हुन् ।

रिपोर्टका अनुसार अराघचीले पाकिस्तानलाई इरानका सर्तहरू र अमेरिकाले राखेका मागप्रति आफ्नो आपत्ति पनि बुझाएका छन् । इरानले अमेरिकासँग प्रत्यक्ष वार्ता गर्न अस्वीकार गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेईले इरानले आफ्नो धारणा पाकिस्तानमार्फत नै अमेरिकासम्म पुर्‍याउने बताएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुशनरको पाकिस्तान भ्रमण रद्द गरेका छन् । उनीहरू इरानसँग वार्ताका लागि इस्लामाबाद जाने तयारीमा थिए । फक्स न्युजसँगको कुराकानीमा ट्रम्पले इरान वार्ता गर्न चाहन्छ भने आफैं अमेरिकासँग सम्पर्क गर्नुपर्ने बताएका छन् ।

पाकिस्तानको मध्यस्थतामा इरान र अमेरिकाबीच गत अप्रिल ११ र १२ मा इस्लामाबादमा पहिलो चरणको वार्ता भएको थियो । २१ घण्टासम्म चलेको उक्त वार्ता निष्कर्षविहीन बनेको थियो । होर्मुज जलडमरु र आणविक कार्यक्रमका विषयमा दुवै पक्षबीच सहमति हुन सकेको थिएन ।

अमेरिका होर्मुज जलडमरुबाट जहाजको आवागमन पूर्ण रूपमा खुला र सुरक्षित रहोस् भन्ने चाहन्छ, ताकि तेल आपूर्तिमा अवरोध नआओस् । तर इरान भने उक्त क्षेत्रमा आफ्नो प्रभाव कायम राख्न चाहन्छ र यसलाई वार्तामा दबाबको माध्यमका रूपमा प्रयोग गर्दै आएको छ । अमेरिकाले इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्नुपर्ने अडान राखेको छ, ताकि उसले आणविक हतियार निर्माण गर्न नसकोस् । तर इरानले आफ्नो कार्यक्रम केवल शान्तिपूर्ण प्रयोजन, विशेषगरी विद्युत उत्पादनका लागि भएको दाबी गर्दै यसलाई बन्द नगर्ने स्पष्ट पारेको छ ।

यसैबीच इरानका राष्ट्रपति मसूद पेजेश्कियनले पनि अमेरिकासँगको वार्ताबारे कडा अडान लिएका छन् । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँगको टेलिफोन संवादमा उनले अमेरिका नाकाबन्दी र दबाबको नीति कायम राख्दासम्म कुनै प्रत्यक्ष वार्ता सम्भव नरहेको बताएका छन् । उनले दबाब, धम्की वा नाकाबन्दीको छायाँमा इरानले वार्ता नगर्ने स्पष्ट पारे । पेजेश्कियनले शान्ति प्रक्रियामा सबैभन्दा ठूलो बाधा संवादको अभाव नभई अमेरिकाका शत्रुतापूर्ण कदमहरू भएको उल्लेख गर्दै अमेरिका आफ्नो दबाब र कारबाहीबाट पछि नहटेसम्म विश्वास पुनःस्थापना गर्न कठिन हुने बताएका छन् ।

Read More

ह्वाइट हाउस संवाददाता रात्रिभोज कार्यक्रममा गोली चल्यो, ट्रम्प र भान्स सुरक्षित

काठमाडौँ । अमेरिकाको ह्वाइट हाउस संवाददाता रात्रिभोज कार्यक्रमका क्रममा गोली चलेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससहित सहभागी वाशिंगटनस्थित होटल हिल्टनमा उपस्थित रहेका बेला बाहिर गोली चलेको बताइएको छ ।

घटनापछि सुरक्षाकर्मीले ट्रम्प र भान्सलाई तत्काल सुरक्षित स्थानमा लगेका थिए । आक्रमणकारीलाई सुरक्षाबलले घटनास्थलबाट पक्राउ गरिएको बताइएको छ । गोलीबारी रात्रिभोज हलमाथि रहेको लबी क्षेत्रमा भएको जनाइएको छ ।

सिक्रेट सर्भिसको निर्देशनपछि कार्यक्रममा रहेका अतिथिहरूलाई टेबलमुनि झुक्न भनिएको थियो । भारी हतियारसहितका सुरक्षाकर्मी तुरुन्तै मञ्चमा पुगेर सम्पूर्ण कार्यक्रमस्थललाई सुरक्षित बनाएका थिए ।

घटनापछि केही मानिस बाहिर निस्किएको देखिए पनि मञ्चबाट कार्यक्रम केही समयपछि पुनः सुरु हुने घोषणा गरिएको थियो । तर राष्ट्रपति ट्रम्प फेरि कार्यक्रममा सहभागी हुने वा नहुनेबारे स्पष्ट भएको छैन ।

यो ट्रम्प राष्ट्रपति बनेपछि उक्त रात्रिभोज कार्यक्रममा सहभागी भएको पहिलो अवसर थियो । उनी घटना हुनुभन्दा केही मिनेटअघि मात्र पुगेका थिए ।

Read More

प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनल आ-आफ्ना खेलमा विजयी

काठमाडौँ । इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनलले आ-आफ्ना खेल जितेका छन् ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नालीमाथि १-० को जित हासिल गरेको हो । म्यानचेस्टर सिटीको जितमा खेलको पाँचौं मिनेटमा इर्लिंग हालाण्डले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

त्यस्तै अर्को खेलमा आर्सनलले न्यूक्यासल युनाइटेडलाई १-० गोल अन्तरले पराजित गरेको थियो । खेलको नवौं मिनेटमा एबेरेची एजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

आर्सनल यो जितपछि लिगको शिर्ष स्थानमा उक्लिएको छ । ३४ खेलमा ७३ अंकसहित आर्सनल शिर्ष स्थानमा रहेको छ । त्यस्तै एक खेल कम खेलेको म्यानचेस्टर सिटीको भने ३३ खेलमा ७० अंक रहेको छ ।

Read More

कास्की प्रहरीका प्रहरी वरिष्ठ हवल्दार ५० हजार घुस रकमसहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्रहरी कार्यालय कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीलाई ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको छ ।

लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई शनिबार पक्राउ गरेको हो ।

आयोगका अनुसार विष्णु थापा क्षेत्रीले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More