२०८३ श्रावण १४

नेप्सेमा सामान्य वृद्धि, ४ अर्ब ७४ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से ७.७३ अंकले बढेर २७९६.४३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५१ कम्पनिका एक करोड ९ लाख २८ हजार ६१७ कित्ता शेयर ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार १२७ मा कारोबार भएको थियो । 

आज हाइड्रो, लगानी, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, कर्पोरेट विकास बैंक, पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोको शेयर शेयरमामा सकरात्मक सर्किट लागेको छ ।  त्यस्तै आज सिटी होटलको शेयर १४.९९ प्रतिशतले बढेको छ ।

त्यसैगरी आज सबैभन्दा बढी निफ्रा ग्रिन इनर्जी डिभेन्चारको शेयर १४.०१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको ३० करोड ७४ लाख र अन्खु खोला हाइड्रोको २६ करोड १८ लाख बराबरको कारोबार भएको छ ।

Read More

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौँ । सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सोसम्बन्धी जानकारी दिएका हुन् । 

त्यसैगरी आजको बैठकले भन्सार नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ भने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी प्रमुख आईजीमा नियुक्त गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

Read More

काँग्रेसले थापालाई प्रमुख सचेतक र राईलाई सचेतक बनाउदै

काठमाडौं । नेपाली कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता सर्वसम्मत चयन गर्ने तयारी गरेका बेला प्रमुख सचेतक र सचेतक बारे पनि निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा प्रतिनिधि सभाको प्रमुख सचेतक बासना थापालाई बनाउने निर्णय भएको छ भने सचेतक निश्कल राईलाई बनाउने निर्णय भएको हो । अब आजै बस्ने संसदीय दलको बैठकले नेता चयन गरेपछि थापा प्रमुख सचेतक र राई सचेतक चयन हुने भएका छन् ।

Read More

बलिवुड फिल्म गोलमाल- ५ शुटिंग जारी, मोटरसाइकल विशेष हुने

काठमाडौँ । बलिवुड अभिनेता अजय देवगनको बहुप्रतीक्षित चलचित्र गोलमाल- ५ लाई लिएर दर्शकमाझ उत्साह अझ बढेको छ । उनले चलचित्रको छायांकनस्थलबाट नयाँ झलक सार्वजनिक गरेपछि यसको चर्चा थप चुलिएको हो ।

अजयले सामाजिक सञ्जालमार्फत चलचित्रको छायांकनकोको भिडियो सार्वजनिक गर्दै चलचित्रका मुख्य कलाकारहरू र यस श्रृंखलाको चर्चित पाँच सिटे मोटरसाइकल देखाइएको छ, जुन यस चलचित्रको विशेष मानिएको छ ।

ऊटीमा भइरहेको छायांकनका क्रममा बनाइएको उक्त भिडियोले पुरानो टोलीलाई फेरि एकसाथ देखाएपछि दर्शकहरूमा उत्साह थपिएको छ । भिडियोमा पुरानो चलचित्रको चर्चित धुन पनि राखिएको छ, जसले दर्शकलाई अघिल्ला भागहरूको सम्झना गराएको छ ।

अजयले भिडियोसँगै यसपटक सवारी ठूलो हुने र मनोरञ्जन त्योभन्दा पनि धेरै हुने सन्देश दिएका छन्। यसले नयाँ भाग अझ ठूलो स्तरमा आउने संकेत दिएको मानिएको छ ।

यसअघि निर्देशक रोहित शेट्टीले मार्च १४ मा आफ्नो जन्मदिनको अवसरमा चलचित्रको पाँचौँ भागको औपचारिक घोषणा गरेका थिए। उनले सार्वजनिक गरेको झलकमार्फत छायांकन सुरु भएको जानकारी दिएका थिए।

उक्त झलकमा अरशद वारसी, तुषार कपूर, श्रेयस तलपडे र कुणाल खेमुको उपस्थिती पुष्टि गरिएको थियो। पहिलो चलचित्रमा रहेका शर्मन जोशीको पनि पुनरागमन भएको छ । साथै अक्षय कुमारको नयाँ अवतारले पनि दर्शकको ध्यान तानेको छ ।

सन् २००६ मा सुरु भएको यो हिन्दी चलचित्र क्षेत्रको सफल हास्य श्रृंखलामध्ये एक मानिन्छ। पारिवारिक मनोरञ्जन, हास्य र कलाकारहरूको उत्कृष्ट तालमेलका कारण यसका सबै भागले राम्रो दर्शक समर्थन पाएका छन् ।

अहिले ऊटीमा छायांकन जारी रहेकाले यस चलचित्रप्रति दर्शकको प्रतीक्षा अझ बढ्दै गएको छ ।

Read More

त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन- मन्त्री पोखरेल

काठमाडौँ । त्रिवि क्रिकेट मैदानको संरचना नभत्किने सरकारले स्पष्ट गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले त्रिवि क्रिकेट मैदानको संरचना नभत्किने स्पष्ट गरेका हुन् । 

उनले लिग एग्रिमेन्ट फेरी हुने बताउदै नभ्त्किने बताएका छन् । उनले भनेका छन्- ‘आज बिहान मेरो त्रिविको उपकुलपतिसहितका पदाधिकारीसँग बैठक बसेको थियो । खाली गराउने उद्देश्य होइन, लिज सकिएकाले नयाँ एग्रिमेन्ट हुन्छ । त्यसमा कुनै समस्या छैन ।’

यसअघि त्रिवि प्रशासनले ३५ दिनभित्र क्रिकेट मैदानका संरचना हटाउन सूचना निकाले पछि यस विषयमा चासो बढेको छ ।

Read More

सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि राय सुझाव दिन आग्रह

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय निजामती सेवा विधेयकको प्रारम्भिक मस्यौदामाथि राय, सुझाव र पृष्ठपोषण दिन सबै सरोकारवाला निकाय, राष्ट्रसेवक कर्मचारी तथा आम नागरिकलाई आग्रह गरेको छ ।

मन्त्रालयले सङ्घीय शासन प्रणालीलाई थप सुदृढ र संस्थागत बनाउन तयार पारिरहेको उक्त विधेयकको प्रारम्भिक मस्यौदा वैशाख ११ गते आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार मस्यौदा सार्वजनिक भएयता हालसम्म तीन हजार पाँच सयभन्दा बढी राय, सुझाव तथा पृष्ठपोषण प्राप्त भइसकेका छन् । साथै विभिन्न सामाजिक सञ्जालमा व्यक्त भएका सुझाव र प्रतिक्रियासमेत सङ्कलन तथा विश्लेषण भइरहेको छ ।

विधेयकलाई अझ प्रभावकारी बनाउन प्राप्त सुझावहरूलाई व्यवस्थित रूपमा सङ्कलन, अध्ययन र विश्लेषण गर्न प्रशासन सुधार महाशाखा प्रमुखको संयोजकत्वमा कार्यसमूह गठन गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सार्वजनिक गरिएको मस्यौदा प्रारम्भिक चरणको भएकाले यसमा सुधारका धेरै क्षेत्र रहेको स्वीकार गर्दै अन्तिम रूप दिनुअघि सरोकारवालाबाट प्राप्त सुझावलाई उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने स्पष्ट गरेको छ ।

Read More

इरानको होर्मुज खोल्ने र आणविक वार्ता पछि गर्ने प्रस्ताव

काठमाडौँ । इरानले होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने र युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकासमक्ष नयाँ प्रस्ताव राखेको छ । उक्त प्रस्तावमा आणविक विषयमा हुने वार्ता भने पछि मात्रै गर्ने उल्लेख गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

एक अमेरिकी अधिकारी र यस विषयसँग सम्बन्धित दुई स्रोतका अनुसार इरानले तत्कालको संकट समाधानलाई पहिलो प्राथमिकता दिएको छ। पहिले युद्ध अन्त्य गर्ने, होर्मुज जलडमरूमध्य खुला गर्ने र त्यसपछि मात्रै आणविक कार्यक्रमबारे छलफल अघि बढाउने रणनीति अपनाइएको बताइएको छ।

वासिङ्टन र तेहरानबीच कूटनीतिक प्रयास केही समयदेखि सुस्त बनेका छन्। इस्लामाबादमा हालै भएको वार्ताबाट पनि कुनै ठोस निष्कर्ष ननिस्किएको जनाइएको छ ।

इरानभित्र पनि आणविक मुद्दामा कति लचकता देखाउने भन्ने विषयमा मतभेद रहेको बताइएको छ। नयाँ प्रस्तावले ती मतभेदलाई केही समयका लागि पन्छाएर तत्कालको युद्ध र तनाव कम गर्न जोड दिएको छ।

यो समाचार सार्वजनिक भएसँगै विश्वका धितोपत्र बजारमा सकारात्मक प्रभाव देखिएको छ। विशेषगरी एसियाली चिप निर्माण कम्पनीहरूको हिस्सामा उल्लेख्य वृद्धि भएको छ । ताइवान अर्धचालक निर्माण कम्पनीको हिस्सा करिब ६ प्रतिशतले बढेर नयाँ कीर्तिमानी स्तरमा पुगेको छ । एसियाली प्रविधि कम्पनीहरूको सूचक पनि उच्चतम बिन्दुमा पुगेको बताइएको छ।

भारतमा सेन्सेक्स करिब ५०० अङ्कले बढेर ७७ हजार २०० को आसपास कारोबार गरिरहेको छ भने निफ्टी पनि १५० अङ्कले बढेर २४ हजार ५० को स्तरमा पुगेको छ । विश्लेषकहरूका अनुसार शान्ति वार्ता पुनः सुरु हुने सम्भावना बढेपछि बजारमा देखिएको डर कम भएको छ र त्यसकै प्रभावस्वरूप विश्व बजारमा उत्साह देखिएको हो।

Read More

सुकुम्वासी वस्तिका विद्यार्थीको सुरक्षा र समन्वयबारे ६ बुँदे सर्कुलर

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुम्वासी बस्ती स्थानान्तरण हुँदा मर्कामा परेका विद्यार्थीहरूको सुरक्षा र सहजिकरणबारे ६ बुँदे सर्कुलर जारी गरेका छन् । 

मन्त्रीको निर्देशन पछि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित वस्ति स्थानान्तरण हुँदा त्यहाँ विद्यार्थीको परीक्षा व्यवस्थापन, प्रभावित वस्तिमै रहेका विद्यालय समायोजन तथा समन्वयलाई प्रभावकारी बनाउन विभिन्न निर्देशन तथा अनुरोध जारी गरेको हो ।

केन्द्रले सुकुम्वासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण सबै स्थानीय तहलाई अनुरोध गरेको छ । खासगरी आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न गराउन अनुरोध गरेको छ।

सुकुम्वासी वस्तिका विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित अन्य कुनै गुनासो, समस्या या सुझाव भए पनि केन्द्रमा पठाउन स्थानीय तहहरूलाई मन्त्रालयले अनुरोध गरेको छ ।

सरकारले जोखिमयुक्त तथा सार्वजनिक जग्गामा रहेका अव्यवस्थित वस्तीहरूको व्यवस्थापन, संरक्षण तथा आवश्यकतानुसार स्थानान्तरण गर्ने विषयलाई थप प्राथमिकतामा राखी कार्यप्रारम्भ गरेको र बस्तीका विद्यार्थीहरू विद्यालय पहुँच नियमित उपस्थिति, शैक्षिक सामग्री सुरक्षित वातावरण लगायतका आधारभूत सुविधाबाट वञ्चित हुनसक्ने संभावनलाई मध्यनजर गर्दै विद्यार्थीहरूको पठनपाठन कार्य नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्न जारी गरिएको निर्देशन: 

१. विद्यार्थी स्थानान्तरण सहजीकरणः प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयहरूमा स्थानान्तरण गर्न आवश्यक समन्वय गरी सहज वातावरण सिर्जना गर्ने ।

२. प्रगति विवरण पेश गर्नेः विद्यार्थी स्थानान्तरण, समायोजन तथा शिक्षण सिकाइको निरन्तरता सम्वन्धी कार्यहरूको प्रगति विवरण यस केन्द्रमा पठाउने व्यवस्था मिलाउने ।

३. कक्षा १२ का परीक्षार्थीका लागि सहजीकरणः कक्षा १२ का परीक्षार्थीहरूलाई तोकिएको परीक्षा केन्द्रसम्म सुरक्षित रूपमा आउन जान आवश्यक यातायात तथा अन्य सहजीकरणको व्यवस्था मिलाउने ।

४. विद्यालय समायोजन तथा दिगो व्यवस्थापनः अव्यवस्थित वस्तीवाट प्रभावित विद्यालयहरूको अवस्थाको मूल्याङ्कन गरी दिगो रूपमा स्थानान्तरण गर्ने वा नजिकका उपयुक्त विद्यालयहरूमा समायोजन गर्ने सम्बन्धमा आवश्यक निर्णय तथा कार्यान्वयन गर्ने ।

५. समन्वय र सहकार्यः उपर्युक्त कार्यहरू कार्यान्वयन गर्न विद्यालय, अभिभावक तथा अन्य सरोकारवाला निकायहरूवीच आवश्यक समन्वय र सहकार्य सुनिश्चित गर्ने ।

६. अन्यः उल्लेखित कार्यहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गरी विद्यार्थीहरूको शिक्षामा निरन्तरता कायम राख विशेष ध्यान दिनुहुन अनुरोध छ । साथै, कार्यान्वयनको क्रममा देखा पर्ने समस्या तथा सुझावहरू यस केन्द्रमा उपलब्ध गराइदिनुहुन समेत अनुरोध छ ।

Read More

जबरजस्ती करणी गरेको अभियोगमा कैलालीबाट पक्राउ

कैलाली । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुरा अमरगढी नगरपालिका-२ बस्ने ३१ वर्षीय सुरेश अवस्थीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । 

सुरेशले ती महिलालाई कैलाली धनगढी उपमहानगरपालिका-४ स्थित संजोक होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

कांग्रेसको संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुदै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन हुने भएका छन् ।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदलले आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति गरेको हो ।

केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बसेको बैठकले बनाएको कार्यदलले एकताको सन्देश जाने निस्कर्ष निकाल्दै सर्बसम्मत नेता चयन गर्ने निर्णय गरेको छ । 

Read More