२०८३ श्रावण १२

सुनचाँदीको मुल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको ३ लाख ५ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले बढेर ५०४५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४९९५ मा कारोबार भएको थियो ।

Read More

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक आज बस्ने लागेको छ । बैठक सिंहदरबारस्थित समितिको सभाकक्षमा विहान ११: ३० बजे बस्ने भएको् हो ।

बैठकमा समितिको कार्यक्षेत्रका बारेमा र समितिको आगामी कामकारबाही सम्बन्धी छलफल हुनेछ ।

यस अघि बसेको समितिको बैठकले रास्वपा सांसद डा. कृष्ण हरि बुढाथोकीलाई समितिको सभापतिमा चयन गरेको थियो ।

Read More

इजरायली आइरन डोम युएईमा तैनाथ

काठमाडौँ । हालै इरानसँगको युद्धका क्रममा इजरायलले आफ्नो उन्नत हवाई प्रतिरक्षा प्रणाली ‘आयरन डोम’ र सैन्य कर्मचारी संयुक्त अरब इमिरेट्स (युएई) मा तैनाथ गरेको खुलासा भएको छ ।

अमेरिकी र इजरायली अधिकारीलाई उद्धृत गर्दै प्रकाशित एक रिपोर्टअनुसार यो तैनाथी यसअघि सार्वजनिक गरिएको थिएन। युद्धको प्रारम्भिक चरणमै यस्तो कदम चालिएको बताइएको छ ।

त्यतिबेला संयुक्त अरब इमिरेट्समाथि इरानतर्फबाट लगातार मिसाइल र ड्रोन आक्रमणको खतरा बढेको थियो । ती आक्रमणको निशाना खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डा र अन्य महत्वपूर्ण स्थानहरू थिए ।

रिपोर्टका अनुसार अबुधाबीले आफ्ना महत्वपूर्ण नागरिक तथा सैन्य संरचनामाथि जोखिम बढेपछि सहयोगी राष्ट्रहरूसँग तत्काल सहायता मागेको थियो ।

सोही अनुरोधपछि इजरायलले आफ्नो उन्नत हवाई प्रतिरक्षा प्रणाली ‘आयरन डोम’ त्यहाँ पठाएको जनाइएको छ।

Read More

ओमानले टस जित्यो, युएईले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप डिभिजन लिग- २ अन्तर्गत आज ओमान र युएईबीच खेल हुदैछ ।

टियु क्रिकेट मैदानमा हुने यस खेलमा ओमानले टस जितेर पहिला फिल्डिङ रोजेको छ । योसँगै युएईले पहिला ब्याटिंग गर्ने भएको छ ।

जारी सिरिजको पहिलो खेलमा युएई नेपालसँग पराजित भएको थियो । लिग- २ मा ओमानको २४ खेलमा २९ अंक रहेको छ र तेस्रो स्थानमा रहेको छ । त्यस्तै युएईको २१ खेलमा १० अंक रहेको छ र अंक तालिकामा पुछारमा छ ।

ओमान र युएई एकदिवसीय खेलमा अहिलेसम्म १० पटक आमने सामने भएका छन् । जसमा ओमानले ६ खेल जितेको छ भने ३ खेल युएईले जितेको छ । त्यस्तै एक खेल टाई भएको थियो ।

पछिल्लो पटक दुवैबीच २०२४ को नोभेम्बरमा भएको खेल ओमानले ४ विकेटले जितेको थियो ।

Read More

जापानमा सामाजिक सञ्जालको लत तथा साइबर दुर्व्यवहार रोक्न कडा कानुन बनाइदै

काठमाडौँ । जापान सरकारले बालबालिका र युवामा बढ्दो सामाजिक सञ्जालको लत तथा साइबर दुर्व्यवहार रोक्न सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने तयारी गरेको छ ।

जापानको सञ्चार मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक योजनाअनुसार सामाजिक सञ्जाल सञ्चालन गर्ने कम्पनीहरूलाई प्रयोगकर्ताको उमेर पहिलेभन्दा कडाइका साथ जाँच गर्न अनिवार्य बनाउन सकिनेछ । यसको उद्देश्य कम उमेरका बालबालिकालाई डिजिटल जोखिमबाट जोगाउनु रहेको बताइएको छ ।

सरकारले भने अन्य केही देशजस्तो उमेरका आधारमा पूर्ण प्रतिबन्ध लगाउने पक्षमा नरहेको स्पष्ट पारेको छ । मन्त्रालयका अनुसार अहिलेको डिजिटल युगमा सामाजिक सञ्जाल संवाद र सम्पर्कको महत्त्वपूर्ण माध्यम भएकाले पूर्ण रूपमा बन्द गर्नु उचित नहुने ठहर गरिएको छ ।

विशेषज्ञहरूको हालैको बैठकमा यो प्रस्तावित नीति प्रस्तुत गरिएको थियो । अब बालबालिका तथा परिवारसम्बन्धी निकायले यसलाई कार्यान्वयन गर्न आवश्यक उपाय र कानुनी संशोधनबारे निर्णय गर्नेछ । यस विषयमा अन्तिम प्रतिवेदन गर्मीयामसम्म आउने अपेक्षा गरिएको छ ।

नयाँ योजनाअनुसार सामाजिक सञ्जाल कम्पनीहरूले आफ्ना सेवासँग सम्बन्धित सम्भावित जोखिमको मूल्यांकन गरी सार्वजनिक गर्नुपर्नेछ । साथै युवा प्रयोगकर्तालाई सुरक्षित राख्न के-कस्ता कदम चालिएको छ भन्ने जानकारी पनि दिनुपर्नेछ ।

हाल एक्स र इन्स्टाग्रामजस्ता लोकप्रिय मञ्चमा खाता खोल्न न्यूनतम १३ वर्ष उमेर आवश्यक मानिन्छ । तर प्रयोगकर्ताले आफैं उमेर उल्लेख गर्ने भएकाले कम उमेरका बालबालिकाले सजिलै नियम छल्ने गरेका छन् ।

यसअघि अष्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा पूर्ण प्रतिबन्ध लगाउने कानुन लागू गरिसकेको छ। इन्डोनेसियाले पनि यही वर्ष मार्चमा १६ वर्षमुनिका बालबालिकाका लागि यस्तै प्रतिबन्ध लागू गरेको थियो ।

Read More

बालेन सरकार असफल भयो, अवसान मात्रै बाँकी छ- हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन नेतृत्वको सरकार असफल भइसकेको टिप्पणी गरेका छन् ।

उनले गरिबको गाँस खोस्ने र बासस्थान भत्काउने सरकारलाई असफल सरकारको संज्ञा दिँदै अब त्यसको अवसान मात्रै बाँकी रहेको टिप्पणी गरेका हुन् ।

साम्पाङले गरिबमाथि हुने दमन र अमानवीय व्यवहार कुनै पनि हालतमा स्वीकार गर्न नसकिने बताउदै पत्रकार वा सामाजिक सञ्जालमार्फत गरिब र उनीहरूको पक्षमा बोल्नेलाई गाली गरेर यस्तो कार्यको समर्थन गर्न नसकिने स्पष्ट पारे ।

उनले ठूलो भ्रष्टाचार गरेर महलमा आरामसँग बस्नेहरूलाई चुनौती दिँदै गरिबलाई सहज रूपमा बाँच्न सक्ने वातावरण बनाउन आग्रह गरेका छन् ।

उनले गरिबलाई दबाउन हजारौँ प्रहरी र सेना परिचालन गर्ने सरकार लोकतान्त्रिक हुन नसक्ने बताउदै चुनावका बेला मत माग्नेहरू अहिले जनताको पीडा देखेर मौन बसेको आरोप लगाए । उनले भनेका छन्- ‘चुप चाप घण्टीमा छाप भन्दै भोट माग्ने र दिनेहरु अब चुपचाप सामान बोकी टाप दिन पर्दाको विजोगलाई म कुनै पनि हालतमा अनुमोदन गर्न सक्दिन ! गरीबको दु:ख नदेख्ने आँखा ! गरीबको घाऊमा मलहम लगाउन नसक्ने हात र गरीबको पिडा बोल्न नसक्ने ओठको केही काम छैन ! सबैलाई यो बेला सरकारको जमेर विरोध गर्न आह्वान गर्दछु !’

साम्पाङले गरिबको दुःख नदेख्ने आँखा, घाउमा मलहम लगाउन नसक्ने हात र पीडा बोल्न नसक्ने ओठको कुनै अर्थ नरहेको उल्लेख गर्दै सरकारको कडा विरोध गर्न सबैलाई आह्वान गरेका छन् ।

उनले नेता महलमा बस्ने र जनता सडकमा बस्नुपर्ने अवस्था किन आएको भन्दै सम्पूर्ण नेपालीसमक्ष गम्भीर प्रश्न उठाएका छन् ।

Read More

भानु साहित्य उद्यान शिलान्यासका लागि राष्ट्रपति पौडेल तनहुँ जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) तनहुँ जाने कार्यक्रम रहेको छ। तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घामा निर्माण हुन लागिरहेको ‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्न उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलसँग सम्बन्धित उक्त क्षेत्रमा साहित्यिक तथा सांस्कृतिक महत्त्व झल्काउने उद्देश्यले उद्यान निर्माण गर्न लागिएको हो। प्रस्तावित उद्यानले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

राष्ट्रपति पौडेलको उपस्थितिमा हुने शिलान्यास कार्यक्रमले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म साहित्यप्रेमीहरूमा उत्साह थप्ने विश्वास गरिएको छ। साथै, यस परियोजनाले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने लक्ष्य राखिएको सम्बन्धित निकायले जनाएको छ।

Read More

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंक ले आजका लागि लागू हुने विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दरअनुसार विभिन्न प्रमुख अन्तर्राष्ट्रिय मुद्राको खरिद तथा बिक्री मूल्य निर्धारण गरिएको हो।

विदेशी मुद्राको विनिमयदर (आजका लागि)

देश / मुद्राखरिददर (रु.)बिक्रीदर (रु.)
अमेरिका (अमेरिकी डलर)१५०.५०१५१.१०
युरोपियन क्षेत्र (युरो)१७६.३७१७७.०७
बेलायत (पाउन्ड स्टर्लिङ)२०३.६६२०४.४८
स्विट्जरल्याण्ड (स्वीस फ्रयाङ्क)१९१.६८१९२.४५
अष्ट्रेलिया (अष्ट्रेलियन डलर)१०७.६५१०८.०८
क्यानडा (क्यानेडियन डलर)११०.११११०.५५
सिङ्गापुर (सिङ्गापुर डलर)११७.९४११८.४१
जापान (१० येन)९.४४९.४८
चीन (युआन)२२.०१२२.१०
साउदी अरेबिया (रियाल)४०.१२४०.२८
कतार (रियाल)४१.२८४१.४५
थाइल्याण्ड (भाट)४.६५४.६७
यूएई (दिराम)४०.९७४१.१४
मलेसिया (रिङ्गेट)३७.९६३८.११
दक्षिण कोरिया (१०० वन)१०.१९१०.२३
स्वीडेन (क्रोनर)१६.३५१६.४१
डेनमार्क (क्रोनर)२३.६१२३.७०
हङकङ (डलर)१९.२११९.२८
कुवेत (दिनार)४९०.८७४९२.८२
बहराइन (दिनार)३९८.६०४००.१९
ओमान (रियाल)३९०.९०३९२.४६
भारत (१०० रुपैयाँ)१६०.००१६०.१५

केन्द्रीय बैंकका अनुसार आवश्यकताअनुसार यी विनिमयदरहरू जुनसुकै समयमा संशोधन गर्न सकिनेछ। साथै, वाणिज्य बैंकहरूले निर्धारण गर्ने दरमा केही फरक हुन सक्ने जनाइएको छ। अद्यावधिक विवरण नेपाल राष्ट्र बैंक को आधिकारिक वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।

Read More

बी-कोशिकाको कमीले सहनशक्ति घटाउने र मांसपेशीको कार्यलाई असर गर्ने अध्ययनको निष्कर्ष

काठमाडौँ । अहिलेसम्म, बी-कोशिकाहरूलाई शरीरको प्रतिरक्षा प्रणालीको सुरक्षा गार्डको रूपमा हेरिन्थ्यो, बाहिरी रोग पहिचान गर्ने र एन्टिबडीहरू उत्पादन गरेर उनीहरूसँग लड्न मद्दत गर्ने रुपमा हेरिन्थ्यो । यद्यपि, वैज्ञानिक जर्नल सेलमा प्रकाशित एक अध्ययनले बी-कोशिकाहरूको लागि फरक र महत्त्वपूर्ण भूमिका प्रकट गरेको छ । 

चीनको सिंघुआ विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको अध्ययनमा यी प्रतिरक्षा कोशिकाहरूले व्यायामको क्रममा मांसपेशीको सहनशीलता र प्रदर्शन कायम राख्न पनि महत्त्वपूर्ण भूमिका खेल्छन् । अनुसन्धानका अनुसार, बी-कोशिकाहरूले, एक विशिष्ट प्रोटीन मार्फत, ग्लुटामेट नामक एमिनो एसिडको स्तरलाई नियमन गर्छन्, जुन मांसपेशीको ऊर्जा प्रणाली र इष्टतम मांसपेशी कार्यको लागि आवश्यक छ ।

सिंघुआ विश्वविद्यालयका प्रमुख अनुसन्धानकर्ता र इम्युनोलोजिस्ट पेङ जियाङले पहिलो पटक बी-कोशिकाहरूको लागि भूमिका पहिचान गरिएको बताएका छन्, जुन प्रतिरक्षा प्रणालीसँग प्रत्यक्ष रूपमा सम्बन्धित छैन । उनले यसलाई हाम्रो प्रारम्भिक अपेक्षाहरूभन्दा बाहिरको रूपमा वर्णन गरेका छन् ।

अनुसन्धानकर्ताहरूले प्रतिरक्षा प्रणाली र व्यायाम क्षमता बीच प्रत्यक्ष सम्बन्ध छ कि छैन भनेर निर्धारण गर्न खोजेको रिपोर्टमा उल्लेख हच । यो गर्न, तिनीहरूले आनुवंशिक रूपमा कम बी-कोशिका संख्या भएका मुसाहरूको अध्ययन गरे । यी मुसाहरूलाई ट्रेडमिलमा दौडन बनाइएको थियो । लगभग १५ मिनेटको अवधिमा नियमित अन्तरालमा मेसिनको गति बढाइएको थियो, र मुसाहरू पूर्ण रूपमा थकित भएपछि परीक्षण रोकिएको थियो । त्यसपछि वैज्ञानिकहरूले दोस्रो समूहमा पनि उही प्रयोग गरेका थिए । 

यो समूहलाई एन्टिबडी थेरापी दिइयो, जुन मानवमा क्यान्सर निम्त्याउने बी-कोशिकाहरूलाई लक्षित गर्न प्रयोग गरिन्छ । यो थेरापीले शरीरमा बी-कोशिकाहरूलाई नष्ट गर्छ । दुवै समूहहरूलाई सामान्य बी-कोशिकाहरू भएको नियन्त्रण समूहसँग तुलना गरिएको थियो । 

अनुसन्धानकर्ताहरूले कम बी-कोशिकाहरू भएका मुसाहरूमा, चाहे आनुवंशिक उत्परिवर्तन वा एन्टिबडी थेरापीको कारणले होस्, सामान्य मुसाहरूको तुलनामा कम सहनशीलता र मांसपेशी बल भएको पत्ता लगाएको छ । यसले बी-कोशिकाहरूले प्रतिरक्षामा मात्र नभई शारीरिक प्रदर्शन कायम राख्न पनि महत्त्वपूर्ण भूमिका खेल्ने रिपोर्टमा उल्लेख छ ।

वैज्ञानिकहरूले बि-कोशिकाहरू नभएका मुसाहरूमा व्यायाम पछि तिनीहरूको मांसपेशीहरूमा ग्लुटामेटको स्तर पनि कम थियो । ग्लुटामेट एक एमिनो एसिड हो जसले कोशिकाहरूमा ऊर्जा उत्पादन सुधार गर्न मद्दत गर्दछ । जब यसको स्तर उच्च हुन्छ, मांसपेशीहरू अधिक कुशल हुन्छन् र थकान ढिलाइ हुन्छ । 

अनुसन्धानका अनुसार, बि-कोषहरूले टिजीएफ-बि-१ भनिने संकेतात्मक प्रोटिन उत्पादन गर्छन् । यो प्रोटिनले कलेजोमा ग्लुटामेट उत्पादन बढाउन मद्दत गर्छ । यदि यो प्रक्रिया अवरुद्ध भयो भने, मांसपेशी र रगतमा ग्लुटामेटको उपलब्धता घट्छ, जसले गर्दा व्यायाम क्षमतामा कमी आउन सक्छ ।

Read More

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । 

आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बैठक बोलाइएको सचिव दिनेश थापामगरले जानकारी दिएका छन् ।

बैठकले यसअघि स्पष्टीकरण सोधिएका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का बारे निर्णय गर्नसक्ने बताइएको छ ।

Read More