२०८३ भाद्र ९

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक आज बस्दैछ ।

आज दिउसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको अर्थ समितिको बैठक कक्षमा बस्ने बैठकमा समितिको कार्यक्षेत्र र आगामी कार्यदिशा सम्बन्धमा छलफल हुने समितिले जानकारी दिएको छ ।

Read More

काँग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ । नेपाली काँग्रेसले संसदीय दलको बैठक आज बस्दैछ ।

काँग्रेसको संसदीय दलको बैठक आज दिनको १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जानकारी दिइएको छ । 

Read More

ट्रेड युनियनका कार्यालय बन्द गर्न र कर्मचारी काममा फर्किन सरकारको निर्देशन

काठमाडौँ । सरकारले ट्रेड युनियनका कार्यालय बन्द गर्न र आबद्ध कर्मचारीहरूलाई सुविधा फिर्तासहित काममा फर्किन निर्देशन दिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालय, विभाग, आयोग, सचिवालय र निकायहरूसमेत सबै सरकारी कार्यालयहरूलाई पत्राचार गर्दै ट्रेड युनियनको नाममा गतिविधि रोक्न र काममा फर्किन निर्देशन दिएको हो । अध्यादेशमार्फत ट्रेड युनियनहरू खारेज गरेपछि सरकारले त्यसको कार्यान्वयन अगाडी बढाएको छ । 

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै सबै मन्त्रालय, विभाग, आयोग, सचिवालय र सबै निकायहरुलाई निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियन (आधिकारिक ट्रेड युनियनसमेत)का विभागीय तथा अन्य समितिका कार्यालय बन्द गर्न भनिएको छ ।

मन्त्रालयले निर्देशनमा भनेको छ: 

प्रस्तुत विषयमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ बाट निजामती सेवा ऐन, २०४९ को दफा ५३ मा रहेको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज भएको व्यहोरा विदितै छ । उक्त सन्दर्भमा, तहाँ तथा अन्तर्गतका निकायहरूमा रहेका निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियन (आधिकारिक ट्रेड युनियन समेत) का विभागीय तथा अन्य समितिका कार्यालयहरू बन्द गरी, उक्त समिति र समितिमा आवद्व रहेका कर्मचारीहरुले ट्रेड युनियनको प्रयोजनका लागि कार्यालय भवन, कार्यकक्ष, सवारी साधन लगायतका अन्य सेवा सुविधा तथा सरकारी सम्पत्ति उपयोग गरेको भए सम्बन्धित कार्यालयले फिर्ता लिई ट्रेड युनियनका विभिन्नस्तरका समितिमा आवद्ध भएका कर्मचारीहरुलाई तोकिएको दरवन्दी अनुसारको कार्य जिम्मेवारीमा खटाउने व्यवस्था मिलाउनु हुन मिति २०८३/०१/२२ को सचिवस्तरीय निर्णयानुसार अनुरोध छ ।

Single Image

Read More

उद्योग वाणिज्य महासंघमा अहिलेसम्म को को विजयी भए ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचनको मत परिणाम आउनेक्रम जारी रहेको छ । 

पछिल्लो मत परिणामअनुसार जिल्ला नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन् । यस्तै, महिला सदस्यमा गीता अमात्य र हीरा भट्टराई विजयी भए भने विजयी हुने अन्य सदस्यमा अर्जुन कुमार श्रेष्ठ, उज्वल प्रसाद कसजु, केशव प्रसाद भण्डारी, कृष्ण कटुवाल, गोकुल श्रेष्ठ, छत्रधर आत्रेय, ताराबहादुर कार्की, दीपक नेपाल, प्रयास कार्की, मोहन प्रसाद श्रेष्ठ, लक्ष्मणराज पौडेल, शंकर गिरी, सन्तोष खड्का, सुदर्शन कार्की र हरिप्रसाद अर्याल रहेका छन् ।

त्यस्तै वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी भएका छन् । त्यस्तै वस्तुगत तर्फका विजयी १३ सदस्यहरूमा अरनिको राजभण्डारी, नानिराज घिमिरे, पशुपतिदेव पाण्डे, विदुर धमला, भक्तबहादुर हमाल, रवीन पुरी, राजकुमार कार्की, लिलेन्द्रप्रसाद प्रधान, संघर्ष विष्ट, सागर ढकाल र होमप्रसाद घिमिरे रहेका छन् ।  यस्तै, चार उम्मेदवार निराजन चौलागाईं, रघुनन्दन मारु, विप्लव अधिकारी र सुरज बञ्जाडेको समान ५०-५० मत आएपछि आधा आधा कार्यकाल सम्हाल्ने सहमति भएको छ । यस्तै वस्तुगत महासंघतर्फ सुनयना घिमिरे र विश्वनाथ खनाल विजयी भएका छन् ।

त्यसैगरी भुगोलतर्फको कार्यकारिणी सदस्यमा कोशी प्रदेशबाट जीवन पराजुली र रमेश विक विजयी भएका छन् भने मधेश प्रदेशबाट विकास कुमार सारडा र अमरनाथ शाह विजयी भएका छन् । त्यसैगरी बागमती प्रदेशबाट सविन श्रेष्ठ र प्रकाश मानन्धर, गण्डकीबाट प्रविन्द्र कुमार श्रेष्ठ र सुविन श्रेष्ठ, लुम्बिनी प्रदेशबाट यसप्रसाद भट्टराई र बालकृष्ण सुवेदी, कर्णाली प्रदेशबाट पदमबहादुर शाही र पुरिचन्द्र देवकोटा र सुदूरपश्चिम प्रदेशबाट पिताम्बर जोशी र पदमराज चौलागाईं विजयी भएका छन् ।

अब एसोसियट्सतर्फको मत परिणाम सार्बजनिक हुन बाँकी रहेको छ । 

महासंघको निर्वाचनमा ७३ पदका लागि निर्वाचन भएको थियो, जसमा १३७ उम्मेदवार रहेका थिए । महासंघ विधानअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन् ।

बाँकी चार उपाध्यक्षसहित ७३ पदका लागि निर्वाचन भएको छ । साधारणसभाबाट निर्वाचित कार्यसमितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयन गर्नेछ ।

(यस समाचारमा यस अघि  वस्तुगत उपाध्यक्षमा नरेशलाल श्रेष्ठ विजयी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ) 

Read More

आइपिएलमा दिल्लीमाथि चेन्नई सुपर किंग्स ८ विकेटले विजयी

काठमाडौँ । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले दिल्लीलाई ८ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको १५६ रनको लक्ष्य पछाएको चेन्नईले १७.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो ।

चेन्नईको जितमा संजु साम्सनले अविजित ८७ रन बनाएका थिए भने कार्तिक शर्माले अविजित ४१ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीका लागि समीर रिज्वीले अविजित ४० रन बनाएका थिए भने ट्रीस्टान स्टब्सले ३८ रन बनाएका थिए । त्यस्तै पाथुम निसान्काले १९, नितिश रानाले १५ र आशुतोष शर्माले १४ रनको योगदान दिएका थिए । त्यसैगरी चेन्नईका बलर नूर अहमदले २ विकेट लिएका थिए ।

यो जितपछि चेन्नईको १० खेलमा १० अंक भएको छ र छैटौं स्थानमा उक्लिएको छ । त्यस्तै दिल्लीको भने यो छैटौं हार हो । दिल्लीको १० खेलमा ८ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।

जारी आइपिएल अन्तर्गत आज सनराइजर्स हैदरावाद र पञ्जाव किंग्सबीच खेल हुदैछ ।

Read More

आर्सनल च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौँ । आर्सनल यस बर्षको युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

गएराती सम्पन्न सेमिफाइनलको दोस्रो लिगमा एटलेटिको म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गर्दै समग्रमा २-१ को नतिजासहित आर्सनल फाइनलमा पुगेको हो । आर्सनलको जितमा खेलको ४४औं मिनेटमा बुकायो साकाले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

अब आर्सनलले फाइनलमा बायर्न म्युनिख र पिएसजीबीचको विजेतासँग उपाधिका लागि भिड्ने छ । फाइनल खेल मे ३० मा हुने छ ।

आर्सनल २००५-०६ सिजनपछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो । सो बर्ष फाइनलमा आर्सनल बार्सिलोनासँग पराजित भएर उपविजेता बनेको थियो ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। 

त्यस्तै आज राती कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको केही स्थानहरूमा, मधेश तथा बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भू-भागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

२०८३ बैशाख २३ गते बुधबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख २३ गते बुधबार ईस २०२६ मे ६ नेपाल सम्बत ११४६ वछलाथ्व चतुर्थी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, जेष्ठ कृष्ण पक्ष चतुर्थी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, सिद्ध योग, बालव करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर २२ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ४१ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा धनु राशीको हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–

आज तपाईंमा उत्साह र ऊर्जा भरपूर रहनेछ । रोकिएका काम अघि बढ्ने संकेत छन् । कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, जसले भविष्यमा राम्रो लाभ दिनेछ । आर्थिक पक्षमा आम्दानी भए पनि खर्च नियन्त्रण गर्नुपर्ने देखिन्छ । परिवारसँग समझदारी बढ्नेछ र सम्बन्ध अझ मजबुत हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)–

धैर्य राख्नु पर्ने दिन छ । साना–साना कुरामा मन अशान्त हुन सक्छ । काममा ढिलाइ भए पनि अन्ततः सफलता हात पर्नेछ । आर्थिक अवस्था सामान्य रहनेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोस्, खानपान मिलाएर लिनु राम्रो हुन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) –

आज सकारात्मक सोचले काममा प्रगति हुनेछ । नयाँ योजना सुरु गर्न अनुकूल समय छ । साथीभाइ र सहकर्मीबाट राम्रो सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना देखिन्छ । प्रेम सम्बन्धमा नजिकपन बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

कामको चाप बढ्न सक्छ । निर्णय गर्दा सोचविचार गरेर अघि बढ्नुस् । परिवारबाट सहयोग पाइनेछ । खर्च बढ्ने संकेत भएकाले अनावश्यक खर्च घटाउनु राम्रो हुन्छ । स्वास्थ्य सामान्य रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

आत्मविश्वास बढ्ने दिन छ । कार्यक्षेत्रमा प्रशंसा पाउने सम्भावना छ । नयाँ अवसर आउन सक्छन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । यात्राको योग पनि देखिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) –

आज केही चुनौती आउन सक्छन् । काममा अवरोध भए पनि धैर्यले पार लगाउन सकिन्छ । आर्थिक पक्षमा सावधानी अपनाउनुहोस् । स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)–

सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ । नयाँ चिनजान र सम्बन्ध विस्तार हुनेछ । आर्थिक लाभको संकेत छ । परिवारसँग रमाइलो समय बित्नेछ । प्रेम सम्बन्धमा मिठास बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)–

काममा जिम्मेवारी बढ्नेछ । केही दबाब महसुस हुन सक्छ । धैर्य र लगनशीलताले सफलता दिलाउनेछ । विवादबाट टाढा रहनु राम्रो हुन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)–

भाग्यले साथ दिनेछ । नयाँ अवसर प्राप्त हुन सक्छ । शिक्षा र ज्ञानको क्षेत्रमा प्रगति हुनेछ । यात्राको सम्भावना छ । आर्थिक लाभ पनि हुने संकेत छ ।

मकर (भो, जा, जि, जु, जे, जो, खा, खि, खु)–

आज सतर्क रहनु पर्ने दिन छ । आर्थिक लेनदेन गर्दा ध्यान दिनुहोस् । काममा साना बाधा आए पनि धैर्यले समाधान गर्न सकिन्छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)–

साझेदारीको काममा सफलता मिल्नेछ । साथीभाइबाट सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । आर्थिक पक्ष पनि राम्रो रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)–

काममा व्यस्तता बढ्नेछ । मेहनतअनुसार परिणाम प्राप्त हुनेछ । स्वास्थ्यमा ध्यान दिनुहोस् । आर्थिक स्थिति सामान्य रहनेछ । परिवारसँग समय बिताउँदा मन शान्त हुनेछ ।

Read More