२०८३ श्रावण १०

बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीगत आगामी आर्थिक वर्षदेखि पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा घोषण गरेका छन् ।

अर्थमन्त्री डा. वाग्लेले आगामी आव २०८३/८४ को बजेट मार्फत सेयर कारोबारमा भएको लाभमा लाग्ने पूँजीगत लाभकर अन्तिम हुने घोषण गरेका हुन् ।

यस घोषणासँगै पूँजीगत लाभ कर तिरेको आय व्यक्तिको आयमा गणना हुने वा व्यक्तिगत आयकर सीमाभित्र पर्ने छैन । पूँजीगत लाभकरको व्यवस्था एक वर्षभन्दा कम अवधि सेयर होल्ड गर्नेले ७.५ प्रतिशत तथा १ वर्षभन्दा लामो अवधि होल्ड गर्नेले ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका छन् ।

त्यस्तै पूँजी बजारमा गैर आवासीय नेपालीको लगानी सहजीकरण गर्न अर्थमन्त्रीले विभिन्न नीतिगत संशोधन गर्ने घोषणा गरेका छन् ।

बजेट वक्तव्यमार्फत अर्थमन्त्री डा. वाग्लेले गैरआवासीय नेपालीलाई धितोपत्र बजारको दोस्रो बजारमा सहभागी गराउन विदेशी लगानी स्वीकृति, लगानीको लेखाकंन, नाफा फिर्ता र पूँजीगत लाभकर सम्बन्धी कानुनी व्यवस्थामा परिमार्जन गर्ने बताएका छन् ।

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

Read More

बजेट: ३१ निकाय खारेज र १८ निकायको पुनसंरचना बाट २० अर्ब बचत हुने

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ३१ निकाय खारेज गर्ने घोषणा गरेका छन् । 

बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले सरकारी संरचना चुस्त बन्ने, दरबन्दी कटौती गरिने र ३१ निकाय खारेज हुने तथा १८ निकायको पुनर्संरचना हुने घोषणा गरेका हुन् ।

उनले अनावश्यक संरचना र निकाय खारेजबाट २० अर्ब बचत हुने बताएका छन् । 

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

Read More

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल भुक्तानीमार्फत वस्तु तथा सेवा खरिद गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) मा १० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न भ्याटमा १० प्रतिशत छुट दिने घोषणा गरेका हुन् । हाल मूल्य अभिवृद्धि करबापत १३ प्रतिशत कर लाग्दै आएको छ ।

अर्थमन्त्री डा. वाग्लेले संसदको संयुक्त बैठकमा आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

Read More

बजेट: आयकर छुट सीमा १० लाख

काठमाडौँ । सरकारले करका दरमा बृहत पुनरावलोकन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिव्यक्ति आयकर छुट दोब्बर गरी १० लाख पुर्याएको घोषणा गरेका हुन् । यसअघि यो सीमा ५ लाख थियो ।

त्यस्तै, व्यक्तिगत आयकर दर २९ प्रतिशतमा झारिएको छ । यसअघि यो दर ३९ प्रतिशत थियो ।

त्यस्तै अर्थमन्त्री वाग्लेले ३६० वस्तुको अन्तशुल्क खारेज गरेको बताएका छन् ।

अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गरिरहेका छन् ।

Read More

संसदमा बजेट भाषण शुरु

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण शुरु गरेका छन् ।

अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक बर्षको आय र व्ययको विवरण (बजेट) प्रस्तुत गर्न शुरु गरेका हुन् ।

Read More

मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८३-८४ को वार्षिक बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट वक्तव्यलाई संघीय संसदमा पेश गर्न लाई स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आजै अपराह्न ४ बजे संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण (बजेट) पेस गर्ने कार्यक्रम रहेको छ ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते नै सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।

Read More

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

बजेट पारित गर्न प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । 

मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि बजेट वक्तव्य संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Read More

सरकार झुक्कियो, गरिब हटाएर समस्या समाधान हुदैन- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले गरिब हटाएर समस्या समाधान नहुने बताएका छन् ।

काँग्रेसले आयोजना गरेको ‘विस्थापनको व्याकुलता: सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ कार्यक्रममा बोल्दै सरकारले गरिबी हटाउनु पर्नेमा गरिब हटाउन लागेको आरोप लगाउदै गरिब हटाएर समस्याको समाधान नहुने बताएका हुन् ।

उनले भने- ‘गरिब र गरिबी फरक कुरा हो । सरकार कहाँ निर झुक्किएको छ भने मलाई लाग्छ भने उसको हस्तक्षेप गरिबीका विरुद्ध हुनुपर्थ्यो, गरिबलाई नै फाल्दिएर गरिवी हट्दैन ।’ 

सभापति थापाले कसैको पनि घरसँग भावना जोडिएको हुने उल्लेख गर्दै एक्कासी घर भत्काएर सरकारले गलत काम गरेको बताए । संबिधानमा आत्मसम्मान पुर्वक बाच्न पाउने हक सुनिश्चित गरिएको उल्लेख गर्दै भूमिहीनलाई जग्गा दिनुपर्ने र संबिधानले नै सुनिश्चित गरेको बताए ।

सरकार कानुन भन्दा माथि नहुने बताउदै भूमिहीन सुकुम्बासीको सन्दर्भमा कानुन पालना गर्न चुकेको बताए । उनले कतिपय स्थानीय तहमा पनि कानुन पालना गर्न चुकेको बताउदै कांग्रेसले नेतृत्व गरेका स्थानीय सरकारहरुलाई कानुन विपरित काम गरेमा कारवाही गर्ने चेतावनी दिए । उनले देशभर होल्डिङ सेन्टरमा काँग्रेसले मनोसामाजिक परामर्शका लागि प्रतिनिधिहरु खटाउन निर्देशन दिने बताए ।

Read More

काभ महिला भलिबल: तेस्रो स्थानको खेलमा नेपाल भारतसँग पराजित

काठमाडौँ । जारी काभा महिला भलिबल च्याम्पियनसिपको तेस्रो स्थानको खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न तेस्रो स्थानको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको हो ।

यस खेलमा नेपालले सुरुका दुई सेटमा हार बेहोरेपछि खेलमा तेस्रो सेट जितेर खेलमा कमब्याक गरेको थियो ।

तर चौथो सेटमा भारतसँग  पराजित भएपछि नेपाल ३-१ ले पराजित भएको थियो । भारतले यस खेलमा २५-२२, २५-२३, १५-२५ र २५-२२ ले खेल जितेको छ । योसँगै भारत प्रतियोगितामा तेस्रो भएको छ भने नेपाल चौथो भएको छ । 

प्रतियोगिता अब फाइनल खेल आजै केहीबेरमा इरान र काजकिस्तानबीच हुदैछ ।   

Read More

वरुण धावनको फिल्म विवादमा, निर्माता वाशु भगनानीले ४०० करोड माग गर्दै दायर गरे मुद्धा

काठमाडौँ । बलिवुडका फिल्म निर्माता वाशु भगनानीले टिप्स म्युजिक कम्पनी, रमेश तौरानी, कुमार एस तौरानी र निर्देशक डेविड धवनविरुद्ध ४०० करोड भारुको मुद्दा दायर गरेका छन् ।

यो विवाद मुम्बई उच्च अदालतसम्म पुगेको छ । पूजा इन्टरटेनमेन्ट (इन्डिया) लिमिटेडका तर्फबाट दायर गरिएको उक्त मुद्दा चलचित्र र संगीत अधिकारसम्बन्धी विवादसँग जोडिएको बताइएको छ ।

मुद्दाको मुख्य कारण अभिनेता वरुण धवनको प्रदर्शनको तयारीमा रहेको फिल्म ‘है जवानी तो इश्क होना है’ रहेको बताइएको छ । आरोपअनुसार फिल्ममा वाशु भगनानीको पुरानो फिल्म ‘बीवी नम्बर १’ का लोकप्रिय गीतहरू ‘चुनरी चुनरी’ र ‘इश्क सोना है’ अनुमति बिना यस फिल्ममा प्रयोग गरिएको बताइएको छ ।

भगनानी पक्षले यी गीतहरूको प्रयोग बिनाअनुमति गरिएको भन्दै तत्काल रोक लगाउन माग गरेको छ । साथै, फिल्मको प्रचार सामग्रीबाट ती गीत हटाउन र फिल्मको शीर्षक समेत परिवर्तन गर्न माग गरिएको छ ।

वाशु भगनानीका वकिलका अनुसार, पहिलेको सम्झौतामा केवल अडियो अधिकार मात्र दिइएको थियो, तर पछि भिडियो अधिकारका लागि भएको संवाद निष्कर्षमा पुगेको थिएन । उनले कम्पनीले आफ्नो कानुनी अधिकार प्रमाणित गर्न आवश्यक कागजात प्रस्तुत गर्नुपर्ने पनि बताएका छन् ।

यसैबीच, पूजा इन्टरटेनमेन्टले थप १०० करोड रुपैयाँ क्षतिपूर्तिको मागसमेत गरेको छ । कम्पनीले टिप्स म्युजिक र डेविड धवनले बौद्धिक सम्पत्ति अधिकारको गैरकानुनी प्रयोग गरेको आरोप लगाएको छ ।

यो मुद्दासँगै बलिउडमा संगीत अधिकार र फिल्म सामग्री प्रयोगसम्बन्धी विवाद फेरि चर्किएको छ ।

Read More