२०८३ श्रावण १०

सुकुमबासी समूहद्वारा गणतन्त्र दिवसमा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौँ । गणतन्त्र दिवसको अवसर पारेर सुकुमबासीहरूले काठमाडौँको माइतीघर मण्डलामा सरकारविरुद्ध प्रदर्शन गरेका छन्। आफूहरूलाई जबरजस्ती उठीबास लगाइएको आरोप लगाउँदै उनीहरूले भूमिको अधिकार सुनिश्चित गर्न माग गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले “गणतन्त्र जिन्दावाद”, “गणतन्त्र मुर्दावाद”, “सिंहदरबार रमायो–सुकुमबासी रुवायो”, “नेताको महल ठीक–गरिबको टहरा बेठिक”, “हो सरकार हो–मेरो भोट खोइ”, तथा “जनताको सरकार कि डोजरे सरकार?” जस्ता नारासहितका प्लेकार्ड बोकेका थिए।

उनीहरूको विरोध मार्च माइतीघरबाट सुरु भई बिजुलीबजार हुँदै नयाँ बानेश्वरसम्म पुगेको थियो।

Read More

मेड इन मधेश, समृद्ध प्रदेशको नारासहित मधेश सरकारको नीति तथा कार्यक्रम सार्बजनिक

काठमाडौँ । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि कृषि, रोजगारी, स्वास्थ्य, शिक्षा, पूर्वाधार, सुशासन र डिजिटल सेवामा केन्द्रित महत्वाकांक्षी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सरकारले ‘मेड इन मधेश, समृद्ध प्रदेश’ नारासहित कृषि उत्पादन र आत्मनिर्भरतालाई मुख्य प्राथमिकतामा राखेको छ । धान, गहुँ, मकै, कोदो, तेलहन र दलहन बालीको बीउमा आत्मनिर्भर बनाउन ‘बीउ प्रवर्द्धन परियोजना’ सञ्चालन गरिने भएको छ । मखान खेतीको व्यावसायिक विस्तार, माछा तथा मासु उत्पादन वृद्धि, सौर्य सिँचाइ कार्यक्रम र कृषि बीमामा थप अनुदानको व्यवस्था पनि गरिने उल्लेख गरिएको छ ।

प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा कृषि सङ्कलन केन्द्र, चिस्यान केन्द्र र दूध चिस्यान केन्द्र स्थापना गर्ने नीति लिएको छ । कृषि उपज बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्स र चिस्यानयुक्त ढुवानी साधन सञ्चालनमा सहकारी तथा निजी क्षेत्रलाई अनुदान दिइने भएको छ ।

त्यस्तै रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै कम्तीमा एक हजार जनालाई रोजगारी दिने उद्योगीलाई ‘रोजगारदाता सम्मान’ प्रदान गरिने भएको छ । युवालाई स्वदेशमै बसेर विदेशी कम्पनीका लागि काम गर्ने वातावरण बनाउन विल्यान्सिङ, आउटसोर्सिङ र डिजिटल सीप विकास कार्यक्रम सञ्चालन गरिने नीति लिइएको छ । एक लाख नयाँ डिजिटल उद्यमी तयार गर्ने लक्ष्यसमेत सरकारले राखेको छ ।

स्वास्थ्यतर्फ मातृ तथा शिशु स्वास्थ्य, पूर्ण खोप, नसर्ने रोग नियन्त्रण र मानसिक स्वास्थ्य सेवामा विशेष जोड दिइएको छ । प्रदेश अस्पतालहरूमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र विपन्न वर्गका लागि विशेष उपचार कक्ष स्थापना गरिनेछ भने मानसिक स्वास्थ्य उपचार कक्ष र मनोसामाजिक परामर्श सेवा विस्तार गरिने भएको छ ।

शिक्षातर्फ सामुदायिक विद्यालयमा डिजिटल बोर्ड जडान, शिक्षकलाई ‘स्टिम’ तालिम, विद्यालय नर्स कार्यक्रम विस्तार तथा प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा आवासीय नमुना विद्यालय सञ्चालन गरिने नीति ल्याइएको छ ।

त्यसैगरी महिला तथा सामाजिक सशक्तीकरणका लागि ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमलाई परिमार्जन गरी महिला स्वरोजगारसँग जोडिने भएको छ । बालविवाह, दाइजो प्रथा र लैंगिक हिंसा अन्त्यका लागि विशेष अभियान सञ्चालन गरिने सरकारको घोषणा छ ।

पूर्वाधारतर्फ प्रदेश सरकारले सडक, सिँचाइ, सुरक्षित आवास र बहुवर्षीय गौरवका आयोजना अघि बढाउने जनाएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा मुख्य सडक र आवश्यक स्थानमा पक्की पुल निर्माणलाई निरन्तरता दिइने भएको छ ।

जनकपुरधामलाई अन्तर्राष्ट्रिय विवाह गन्तव्यका रूपमा विकास गर्ने, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल तथा धार्मिक पर्यटन प्रवर्द्धनका कार्यक्रम पनि समेटिएका छन् । प्रदेश सरकारले ‘पेपरलेस, लाइनरहित र अनुहाररहित सेवा’ अवधारणासहित डिजिटल सेवा विस्तार गर्ने नीति लिएको छ । ‘नमस्ते मधेश एप’ र ‘हेलो सीएम’ पोर्टललाई एकीकृत गुनासो व्यवस्थापन प्रणालीका रूपमा विकास गरिने भएको छ । यस्तै, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै सार्वजनिक सेवा प्रवाहलाई पारदर्शी र प्रविधिमैत्री बनाइने सरकारले जनाएको छ ।

सुशासनतर्फ डिजिटल सेवा प्रवाहलाई मुख्य आधार बनाइएको छ । ‘कागजरहित, लाइनरहित र अनुहाररहित सेवा’ प्रणाली लागू गर्ने, ‘नमस्ते मधेश एप’ र ‘हेलो सीएम’ पोर्टललाई एकीकृत गुनासो व्यवस्थापन प्रणालीका रूपमा विकास गर्ने नीति ल्याइएको छ । भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलताको नीति कडाइका साथ लागू गरिने सरकारले जनाएको छ ।

समग्रमा, मधेश प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि आत्मनिर्भरता, रोजगारी सिर्जना, पूर्वाधार विस्तार, डिजिटल शासन र सामाजिक रूपान्तरणलाई केन्द्रमा राख्दै प्रदेशलाई समृद्ध र आधुनिक बनाउने दीर्घकालीन लक्ष्य नीति तथा कार्यक्रममा उल्लेख छ ।

Read More

टुँडिखेलमा गणतन्त्र दिवस २०८३ भव्य रूपमा सम्पन्न, पूर्वप्रधानमन्त्रीहरूको अनुपस्थिति चर्चामा

काठमाडौं । आज जेठ १५ गते, गणतन्त्र दिवसका अवसरमा Kathmandu स्थित सैनिकमञ्च टुँडिखेल मा ‘गणतन्त्र दिवस २०८३’ भव्य समारोहकाबीच मनाइएको छ। सरकारले २०६५ सालदेखि प्रत्येक वर्ष जेठ १५ लाई गणतन्त्र दिवसका रूपमा औपचारिक रूपमा मनाउँदै आएको छ।

गणतन्त्र दिवसको मूल समारोह प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने मूल समारोह समितिको संयोजनमा आयोजना गरिन्छ। गृह मन्त्रालयसँगको समन्वयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यक्रमको व्यवस्थापन गर्दै आएको छ। हाल गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन शाह ले सम्हालेका छन्।

समारोहमा पूर्वप्रधानमन्त्रीहरूलाई अनिवार्य रूपमा निमन्त्रणा गर्ने प्रचलन रहँदै आएको छ। गृह मन्त्रालयले पूर्वप्रधानमन्त्रीदेखि अन्य विशिष्ट अतिथिहरूलाई औपचारिक निमन्त्रणा पठाउने गरेको भए पनि यस वर्ष कुनै पनि पूर्वप्रधानमन्त्री समारोहमा उपस्थित भएनन्।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हरेक वर्षजस्तै यस पटक पनि अनुपस्थित रहे। उनी विदेशमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, साथै नेपालमै रहेका पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल पनि समारोहमा देखिएनन्।

यस विषयमा प्रतिक्रिया दिँदै गृह मन्त्रालयका उपसचिव सन्तोष पौडेलले सबै पूर्वप्रधानमन्त्रीहरूलाई नियमित रूपमा निमन्त्रणा पठाइने गरिएको बताए। यद्यपि, केही पूर्वप्रधानमन्त्रीका सचिवालयहरूले औपचारिक निमन्त्रणा प्राप्त नभएको दाबी गरेका छन्।

प्रचण्डको सचिवालयका अनुसार उनलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा नभई सांसदका रूपमा निमन्त्रणा गरिएको थियो। उता केपी शर्मा ओलीको सचिवालय प्रमुख निरुदेवी पालले पनि सरकारबाट औपचारिक निमन्त्रणा नआएको जानकारी दिएकी छन्।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले सम्बोधन गरेका थिए। प्रधानमन्त्री बालेन शाह भने कार्यक्रममा उपस्थित भए पनि सम्बोधन नगरी औपचारिक उपस्थिति मात्र जनाएका थिए।

Read More

वीरगञ्जमा निर्यात विस्तार कि निर्भरता विस्तार? तथ्यले उठाएको प्रश्न

काठमाडौँ ।  वीरगञ्ज भन्सारमार्फत चालु आर्थिक वर्षको पहिलो १० महिनामा कुल रु ८८ अर्ब २२ करोड बराबरका वस्तु तथा सामान निर्यात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको रु ८३ अर्ब २५ करोडको तुलनामा करिब ५.९७ प्रतिशत वृद्धि हो। अंकगणितीय दृष्टिले यो वृद्धि सकारात्मक देखिए पनि निर्यात संरचनाको गहिरो विश्लेषणले अर्थतन्त्रको आधार अझै सीमित र असन्तुलित रहेको स्पष्ट संकेत गर्छ।

निर्यात वृद्धिको मूल आधार फेरि पनि एउटै वस्तु ‘प्रशोधित भटमास तेल’ रहेको छ। पहिलो १० महिनामा मात्रै रु ४८ अर्ब ११ करोड बराबरको भटमास तेल निर्यात भएको छ, जुन कुल निर्यातको झण्डै ५४ प्रतिशतभन्दा बढी हिस्सा हो। यस्तो उच्च निर्भरता कुनै पनि निर्यातमुखी अर्थतन्त्रका लागि दीर्घकालीन रूपमा जोखिमपूर्ण मानिन्छ।

यससँगै प्रशोधित सूर्यमुखी तेल (रु ५ अर्ब ३५ करोड), फलफूलको रस (रु ६ अर्ब ४२ करोड), कपडा (रु ३ अर्ब ३ करोड) र सिन्थेटिक यार्न (रु २ अर्ब २५ करोड) जस्ता वस्तुहरूको योगदान अपेक्षाकृत सानो देखिन्छ। यी तथ्यहरूले निर्यात संरचना अझै पनि सीमित उत्पादन समूहमा केन्द्रित रहेको स्पष्ट पार्छ।

एकीकृत निर्यात संरचना र जोखिमको संकेत

यद्यपि कुल निर्यातमा केही वृद्धि देखिएको छ, तर त्यो वृद्धि गुणात्मकभन्दा पनि परिमाणात्मक (quantitative) प्रकृतिको हो। निर्यात सूचीमा विविधता विस्तार हुन नसक्दा समग्र अर्थतन्त्र बाह्य मूल्य उतारचढावप्रति संवेदनशील बनेको देखिन्छ।

विशेषगरी, वनस्पति तेलमा अत्यधिक निर्भरता हुँदा अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ वा मागमा आएको परिवर्तनले नेपालको निर्यात आम्दानीमा प्रत्यक्ष प्रभाव पार्ने जोखिम उच्च रहन्छ। यसले दीर्घकालीन निर्यात रणनीतिमा पुनर्विचार आवश्यक रहेको संकेत गर्छ।

नीतिगत सन्देश

भन्सार तथ्याङ्कले निर्यात वृद्धि सकारात्मक भए पनि त्यसको संरचना सन्तुलित नभएको स्पष्ट देखाउँछ। निर्यात विस्तारलाई दिगो बनाउन अब नीतिगत प्राथमिकता उत्पादन विविधीकरण, उच्च मूल्य अभिवृद्धि (value addition), र औद्योगिक आधार विस्तारतर्फ केन्द्रित हुनुपर्ने आवश्यकता छ।

अन्यथा, वर्तमान वृद्धि निर्यात क्षमताको विस्तारभन्दा पनि सीमित वस्तुमा आधारित अस्थायी लाभ मात्र बन्ने जोखिम रहन्छ।

Read More

धार्मिक सद‍्भाव भड्काउने अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा मठ मन्दिरमा आगो लगाइदिने भन्दै धार्मिक सद‍्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा एकजनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले रुकुम पश्चिम,आठबिसकोट नगरपालिका–१२ घर भई हाल काठमाडौंको टोखा नगरपालिका–८ बस्ने २७ वर्षीय जनक परियारलाई पक्राउ गरेको जनाएको हो । 

परियारले विभिन्न सामाजिक सञ्जालमा देखिएका भिडियोमा ‘मठ मन्दिरमा आगो लाइदिनेछौं’ भन्दै कमेन्ट गर्ने गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

परियारको अभिव्यक्तिपछि राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।

Read More

मन्त्रिपरिषद्को बैठक साढे २ बजे बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठकको बस्दैछ ।

आज बजेट पारित गर्न प्रधानमन्त्री बालेन्द्र शाहले दिउसो साढे २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरि मन्त्रिपरिषद्को बैठक बोलाएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । 

मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेपछि बजेट वक्तव्य संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अपराह्न ४ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Read More

संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई छैन- प्रचण्ड

काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, बलिदान र त्यागबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

शुभकामना सन्देश जारी गर्दै उनले नेपालको संविधानले सुनिश्चित गरेको गणतन्त्र कुनै एक व्यक्ति वा दलको नभई परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली जनताको साझा उपलब्धि भएको उल्लेख गरेका छन् । उनले संविधानका मूल्य, मान्यता र उपलब्धिमाथि सम्झौता गर्ने छुट कसैलाई नभएको बताउदै संविधान कार्यान्वयनका क्रममा देखिएका कमजोरी सच्याउन तथा राज्य सञ्चालनमा रहेका परम्परागत र स्वेच्छाचारी प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई थप सुदृढ बनाउँदै अघि बढ्नु नै गणतन्त्रप्रतिको साँचो सम्मान हुने उनले उल्लेख गरेका छन् ।

उनले गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र नै भएको बताउँदै समावेशी र पूर्ण समानुपातिक व्यवस्था सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । साथै उपेक्षित, उत्पीडित वर्ग, समुदाय र क्षेत्रका अधिकारलाई थप मजबुत बनाउनुपर्ने धारणा राखेका छन् ।

प्रचण्डले देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र नागरिकबीच एकता आवश्यक रहेको बताएका छन् । सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण साझा राष्ट्रिय संकल्प भएको उनको भनाइ छ । उनले राजनीतिक मतभेद र संसदीय अंकगणित फरक भए पनि राष्ट्रिय सरोकारका विषयमा संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन् । संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा सबैको पहिलो जिम्मेवारी भएको भन्दै परिवर्तनका उपलब्धि कमजोर बनाउने प्रयासप्रति सचेत रहन पनि उनले आग्रह गरेका छन् ।

Read More

इरान युद्धको विरोध गर्दै न्यूयोर्कका मेयर ममदानीले के भने ?

काठमाडौँ । न्युयोर्क सहरका मेयर जोहरान ममदानीले इरान युद्धको विरोध गर्दै अब यो संघर्ष अन्त्य हुनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै उनले तीन महिनाअघि कसैको स्वीकृतिबिना युद्ध सुरु गरिएको र त्यसको सबैभन्दा ठूलो मूल्य आम नागरिकले चुकाइरहेको बताएका हुन् ।

ममदानीका अनुसार युद्धका कारण हजारौँ सर्वसाधारणले ज्यान गुमाइसकेका छन् । साथै १३ अमेरिकी सैनिकको पनि मृत्यु भएको भन्दै उनीहरू अब कहिल्यै आफ्नो परिवारकहाँ फर्किन नसक्ने उल्लेख गरेका छन् ।

उनले युद्धको असर केवल युद्धग्रस्त क्षेत्रमा सीमित नरहेको भन्दै अमेरिकाका सर्वसाधारण नागरिकसमेत प्रभावित भइरहेको बताएका छन् । पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढेकाले मध्यम र श्रमिक वर्गका परिवारको आर्थिक अवस्था थप दबाबमा परेको उनको भनाइ छ ।

ममदानीले अमेरिकी संसदको स्वीकृतिबिना युद्ध सुरु गरिएको आरोपसमेत लगाएका छन् । विदेशमा ज्यान गुमाउने प्रत्येक व्यक्ति र अमेरिकाभित्र आम परिवारमाथि थपिएको आर्थिक भार एउटै गैरजिम्मेवार निर्णयको परिणाम भएको उनले बताएका छन् ।

Read More

कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, सातबुँदे सहमति

काठमाडौं । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकता भएको छ। शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालयमा दुवै पक्षबीच सातबुँदे सहमति पत्रमा हस्ताक्षर गर्दै एकता घोषणा गरिएको हो।

समान लक्ष्य र अठोटका साथ राष्ट्रसेवामा अघि बढ्ने उद्देश्यसहित दुई दलले एकता गरेका हुन्।

पार्टी समायोजनसम्बन्धी सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्।

सहमतिअनुसार दुवै दलले जनआन्दोलनको मर्म, सामाजिक न्याय, समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई साझा राजनीतिक एजेन्डाका रूपमा अघि बढाउने भएका छन्। साथै भ्रष्टाचार र कुशासनविरुद्ध संयुक्त संघर्ष गर्ने प्रतिबद्धता पनि जनाइएको छ।

Read More

लुम्बिनी प्रदेशमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमसहित मनाइयो

काठमाडौँ । आज १९औँ गणतन्त्र दिवस लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा पनि विभिन्न कार्यक्रमसहित मनाइएको छ। लुम्बिनी प्रदेश सरकारको आयोजनामा सरसफाइ, दीप प्रज्वलन तथा कर्मचारी सम्मानलगायतका कार्यक्रम सम्पन्न भएका छन्।

राप्ती उपत्यका (देउखुरी) स्थित प्रदेश प्रशासनिक परिसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि गणतन्त्रवादी शक्तिहरू पुनः एकताबद्ध हुनुपर्ने बताएका छन्।

मुख्यमन्त्री आचार्यले लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिमाथि प्रहार गर्ने प्रयास भइरहेको भन्दै ती उपलब्धिको संरक्षणका लागि सचेत नागरिक एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। उनले लोकतान्त्रिक गणतन्त्रलाई कमजोर पार्ने र संसदीय मूल्य–मान्यतामाथि आघात पुर्‍याउने प्रयास भइरहेको उल्लेख गर्दै जनताको आवाजमाथि खेलवाड गर्ने शक्तिहरू सक्रिय रहेको दाबी पनि गरे।

कार्यक्रमका अवसरमा लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवा पुरस्कार पनि वितरण गरेको थियो। विभिन्न मन्त्रालयका उत्कृष्ट कर्मचारीहरूलाई उक्त अवसरमा सम्मान गरिएको छ।

Read More