२०८३ श्रावण १४

महिला अधिकारमा शून्य सहनशीलताको सन्देश: प्रधानमन्त्री शाहद्वारा कुप्रथा र हिंसाविरुद्ध देशव्यापी अभियानको आह्वान

काठमाडौँ । आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरूलाई शुभकामना व्यक्त गर्दै महिला अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा सक्रिय सबैप्रति सम्मान प्रकट गरेका छन्।

“महिला अधिकारको सम्मान: आत्मनिर्भरता र समृद्धिको अभियान” भन्ने मूल नारासहित देशभर विभिन्न कार्यक्रम आयोजना भइरहेका बेला प्रधानमन्त्री शाहले जारी गरेको शुभकामना सन्देशमा महिला सशक्तीकरण र समानताको यात्रामा महत्वपूर्ण उपलब्धि हासिल भएको उल्लेख गरेका छन्।

उनले राज्यले अवलम्बन गरेका समावेशी नीतिका कारण पछिल्ला वर्षहरूमा महिलाको प्रतिनिधित्व र सहभागितामा उल्लेखनीय वृद्धि भएको तथा लैङ्गिक विकास सूचकाङ्कमा क्रमिक सुधार देखिएको बताए। तर समाजमा विद्यमान विभिन्न कुप्रथा र विभेद अझै चुनौतीका रूपमा कायम रहेको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले सबै प्रकारका लैङ्गिक हिंसाप्रति शून्य सहनशीलताको नीति अपनाउनुपर्नेमा जोड दिँदै पितृसत्तात्मक सोच, बालविवाह, बोक्सी आरोप, छाउपडी, दाइजो तथा तिलकजस्ता कुप्रथाको अन्त्यका लागि कानुनी कारबाहीसँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको बताए।

उनले लैङ्गिक, घरेलु तथा डिजिटल हिंसामुक्त समाज निर्माणका लागि लैङ्गिकमैत्री व्यवहारको विकास गर्दै देशव्यापी सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

Read More

थाइल्याण्ड महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट

काठमाडौँ । फाइनलमा पुगेसँगै थाइल्याण्ड महिला क्रिकेटतर्फ एशियन गेम्समा छनौट भएको छ ।

थाइल्याण्डले आज सेमिफाइनलमा चीनलाई ८४ रनले पराजित गरेर फाइनलमा पुगेसँगै जापानमा हुने एशियन गेम्समा छनौट भएको हो ।

थाइल्याण्डले दिएको १३८ रनको लक्ष्य पछाएको चीनले १९.५ ओभरमा अल आउट हुदै ५३ रन बनाएको थियो । यसअघि थाइल्याण्डले २० ओभरमा ३ विकेट गुमाउदै १३७ रन बनाएको थियो ।

अब दोस्रो सेमिफाइनलमा केहीबेरमा नेपाल र मलेसिया खेल्दैछन् । यस खेलको विजेता पनि एशियन गेम्समा छनौट हुने छ भने पराजित हुने देश तेस्रो स्थानका लागि चीनसँग खेल्ने छ ।

यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।

Read More

कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आजदेखि

काठमाडौँ । नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन आज शुरु हुदैछ । महाधिवेशन कांग्रेसका सभापति गगन थापाले आज कांग्रेसको केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

संघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र थारु समुदायको एकतालाई मूल आधार बनाएर पहिलो महाधिवेशन आयोजना गर्न लागेको जनाएको छ ।

विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाले पहिलो पटक भातृसंगठनको महाधिवेशन गराउने लागेका छन् । 

थारु संघको यो पहिलो महाधिवेशनलाई संगठन निर्माण र नेतृत्व हस्तान्तरणको महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको छ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा र नीति तय गर्ने अपेक्षा गरिएको छ ।

महाधिवेशनले थारु समुदायलाई संगठित गर्दै नेपाली कांग्रेसभित्र थारु समुदायको भूमिका र सहभागिता थप सशक्त बनाउने विश्वास गरिएको छ। 

उद्घाटन समारोहसँगै महाधिवेशनका विभिन्न सत्रहरूमा संगठनको भावी रणनीति, नीति तथा कार्यक्रममाथि व्यापक छलफल हुने कार्यक्रम छ।

महाधिवेशनका लागि थारु समुदायका सयौँ नेता तथा कार्यकर्ताहरु काठमाडौँ आईसकेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । महाधिवेशन आज र भोली हुने बताइएको छ ।

Read More

अध्यक्ष ओलीले जारी गरेको अन्तरपार्टी निर्देशन अध्ययन गर्न उपमहासचिव योगेश भट्टराईको आग्रह

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले गणतन्त्र दिवसका दिन पार्टी अध्यक्ष केपी शर्मा ओलीके जारी गरेको अन्तरपार्टी निर्देशन- २ अध्ययन गर्ने नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

भट्टराईले सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानि २ अनिवार्य अध्ययन गर्न अनुरोध गर्दै अपानिमा एकता, एकता र अझ उन्नतस्तरको एकता प्रदर्शनमा जोड दिइएको जानकारी दिएका छन् । यस्तै, अझ उन्नतस्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको बताउँदै उनले उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानिमा गरिएको बताएका छन् । साथै उनले सबैलाई छर्लङ्ग हुन र ढुक्क रहन आग्रह समेत गरे ।

उनले भनेका छन्- ‘हिजो जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको हस्ताक्षरमा हाम्रो पार्टी नेकपा (एमाले) को अन्तरपार्टी निर्देशन-२ (अपानी-२) जारी भएको छ । ‘अपानीमा उल्लेखित विषयहरू आफैँमा महत्त्वपूर्ण छन्, त्यसमा पनि गणतन्त्र दिवसका दिन जारी भएको हुनाले यसले ऐतिहासिकता कायम गर्ने नै छ ।’

अपानीमा जोड दिइएको छ-‘ एकता, एकता र अझ उन्नत स्तरको एकता प्रदर्शन गर्नु आवश्यक छ।’ अझ उन्नत स्तरको एकता प्रदर्शन गर्न केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजन गरिएको छ । उक्त कार्यविभाजनबाट पार्टीमा व्यापक एकता निर्माण हुने अपेक्षा अपानीमा गरिएको छ । सम्पूर्ण पार्टी सदस्यहरूलाई अपानी-२ अनिवार्य अध्ययन गर्न अनुरोध गर्दछु । छर्लङ्ग हुनुहोस्, ढुक्क रहनुहोस् !

Read More

जबरजस्ती करणी गरेको अभियोगमा बागलुङबाट पक्राउ

काठमाडौँ । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बागलुङ नगरपालिका-१३ बस्ने २८ वर्षीय बिपिन रोकालाई प्रहरीले पक्राउ गरेको छ ।

बिपिनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बागलुङ समेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Read More

विहार र उतर प्रदेशमा बर्षा र चट्याङबाट ४८ जनाको मृत्यु

काठमाडौँ । भारतका १५ भन्दा बढी राज्यमा अत्यधिक गर्मीका बीच वर्षाको चेतावनी जारी गरिएको छ । विभिन्न स्थानमा आएको आँधी, वर्षा र चट्याङका कारण जनजीवन प्रभावित भएको छ ।

बिहारमा पछिल्लो २४ घण्टामा आँधी, वर्षा र चट्याङका घटनामा परी १७ जनाको मृत्यु भएको छ । राजधानी पटनामा भारी वर्षाका कारण चार उडान अन्य विमानस्थलतर्फ मोडिएका छन् भने १८ उडान ढिलो भएका छन् । यसबाट पाँच सयभन्दा बढी यात्रु प्रभावित भएका छन् । मौसम विभागले शनिबार पनि राज्यका २५ जिल्लामा वर्षाको सम्भावना रहेको जनाएको छ।

उत्तर प्रदेशमा पछिल्लो २४ घण्टामा आँधीबेहरीका कारण ३१ जनाको ज्यान गएको छ । सहारनपुरमा भारी वर्षापछि पहाडी क्षेत्रबाट आएको तीव्र भेलले इनोभा र ट्र्याक्टरसहित १० वटा सवारीसाधन बगाएको छ । राज्यका सबै ७५ जिल्लामा शनिबार पनि वर्षाको चेतावनी जारी गरिएको छ ।

यता राजस्थानका ३० जिल्लामा आँधीसँगै असिना पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ । एक दिनअघि चुरु, हनुमानगढ, बिकानेर र सीकरलगायत नौ जिल्लामा तापक्रम १० डिग्री सेल्सियससम्म घटेको थियो ।

पञ्जाबको पठानकोटमा शनिबार बिहान असिना परेको छ भने मोहालीमा भारी वर्षा भएको छ । मौसममा आएको अचानक परिवर्तनले धेरै क्षेत्रमा गर्मीबाट राहत मिले पनि जनजीवन प्रभावित बनेको बताइएको छ ।

Read More

गण्डकीका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजनालाई बजेटमा प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा गण्डकी प्रदेशका महत्वपूर्ण पूर्वाधार, ऊर्जा, पर्यटन र यातायातका योजनालाई प्राथमिकता दिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत बजेटमार्फत प्रदेशका दीर्घकालीन परियोजनाहरूलाई अघि बढाउने घोषणा गरेका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन तथा व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिने भएको छ। साथै, १,२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अधिकारसम्पन्न प्राधिकरणमार्फत अघि बढाइनेछ।

प्रमुख योजना तथा कार्यक्रम

  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा निजी क्षेत्रको सहभागिता।
  • १,२०० मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण अघि बढाइने।
  • बागलुङको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गरी ठेक्का प्रक्रिया सुरु।
  • म्याग्दीको ४० मेगावाट राहुघाट जलविद्युत् आयोजना चालु आवमै सम्पन्न।
  • निर्माणाधीन तनहुँ जलाशययुक्त जलविद्युत् आयोजनाको काम तीव्र पारिने।
  • मुग्लिन–दमौली–पोखरा सडक खण्ड शीघ्र सम्पन्न गरिने।
  • सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरी ‘गण्डकी चतुर्भुज’ अवधारणा कार्यान्वयन।
  • त्रिवेणीधाम, देवघाट, रुरु, कागबेनी, मुक्तिनाथ र दामोदर कुण्ड जोड्ने ‘शालिग्राम पथ’ विकास।
  • लुम्बिनी–मुक्तिनाथ धार्मिक–सांस्कृतिक मार्गमा आधारित ‘निर्वाण पथ’ प्रवर्द्धन।
  • गोरखकाली रबर उद्योगलाई सार्वजनिक–निजी साझेदारी मोडेलमा सञ्चालन गर्ने तयारी।
  • पोखरा उपत्यकामा विद्युतीय बस सेवा (इ–मोबिलिटी) सुरु।
  • सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्डलाई द्रुतमार्गका रूपमा विकास।
  • आँबुखैरेनी–पोखरा चार लेन सडक तथा आँबुखैरेनी–मुग्लिन सडक निर्माण।
  • मुक्तिनाथसम्म जोड्ने उच्च पहाडी पर्यापर्यटन पदमार्ग ‘डाँफे रुट’ विकास।
  • अपि हिमाल, दोर्दी हिमाल तथा सिकलेस–कहुपुचे–मनाङ पदमार्ग निर्माण।
  • कास्की र तनहुँ क्षेत्रमा नयाँ साइकल ट्रेल मार्ग विकास।
  • पोखरा, काठमाडौं र विराटनगरमा तीन वर्षभित्र २,००० क्षमताका इन्डोर मल्टीपर्पोज स्टेडियम निर्माण।
  • पोखराको आयुर्वेद अस्पताल सञ्चालनमा ल्याई स्वास्थ्य पर्यटनसँग जोडिने।
  • मुस्ताङ र मनाङका ऐतिहासिक गुम्बा संरक्षणका लागि विशेष परियोजना।
  • देवघाट–मुक्तिनाथ–तिलिचो जोड्ने प्रादेशिक पर्यटन करिडोर निर्माण।

सरकारले गण्डकी प्रदेशलाई ऊर्जा, पर्यटन, धार्मिक सम्पदा र आधुनिक यातायात पूर्वाधारको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित बजेटमार्फत विभिन्न महत्वाकांक्षी योजनाहरू अघि सारेको छ।

Read More

मध्यपहाडी राजमार्गमा जिप दुर्घटना : दुईको मृत्यु, तीन घाइते

काठमाडौँ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ थापामोडस्थित मध्यपहाडी राजमार्गमा गएराति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सतलोक आश्रम, जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरको हेटौँडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको उपचारका क्रममा प्रादेशिक अस्पताल, सुर्खेतमा मृत्यु भएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा घाइते भएका सिराहाको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार साह, स्याङ्जाको फेदीखोला गाउँपालिका–४ का अर्जुनकुमार पौडेल तथा जिप चालक नेपालगञ्ज उपमहानगरपालिका–५ का २८ वर्षीय राज राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ।

घटनालगत्तै बेलखेतबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पताल पुर्‍याएको थियो। त्यहाँ प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि प्रादेशिक अस्पताल, सुर्खेत रेफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

Read More

बजेटले परनिर्भरतालाई प्राथमिकता दियो- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले सार्वजनिक गरेको बजेटले उत्पादन, रोजगारी र आत्मनिर्भरताभन्दा परनिर्भरतालाई प्राथमिकता दिएको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले बजेट भाषणमा विकास र समृद्धिका विषय धेरै उठाइए पनि बजेटको वास्तविक प्राथमिकता फरक देखिएको टिप्पणी गरेका छन् । उनका अनुसार विकास आयोजनाहरूलाई विगतको तुलनामा कम प्राथमिकता दिइएको छ भने साधारण खर्च कटौतीको घोषणा गरिए पनि व्यवहारमा त्यसको वृद्धि भएको छ ।

पोखरेलले युवामैत्री सरकारको दाबी गरिए पनि युवा तथा खेलकुद मन्त्रालयको बजेट घटाइएको उल्लेख गर्दै विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिने प्रतिबद्धतासँग उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट कटौती मेल नखाने बताएका छन् ।

उनले कृषि तथा वन मन्त्रालयको बजेट घटाइनुले उत्पादन वृद्धि र आत्मनिर्भरताभन्दा वैदेशिक आयमा आधारित अर्थतन्त्रलाई निरन्तरता दिने संकेत गरेको दाबी गर्दै करका दर र राजस्व संकलन लक्ष्यबीच पनि आवश्यक सन्तुलन नदेखिएको बताएका छन् ।

महासचिव पोखरेलले भदौ २३ र २४ गतेको विनाशकारी घटनापछि उत्पन्न असुरक्षा र त्रासलाई सम्बोधन गर्नुपर्ने बेला गृहमन्त्रालयको बजेट कटौती गरिएको भन्दै यसले शान्तिसुरक्षा र लगानी प्रवर्द्धनमा असर पार्न सक्ने बताए । शान्तिसुरक्षाको प्रत्याभूति बिना लगानी वृद्धि र रोजगारी सिर्जना सम्भव नहुने उनको तर्क छ ।

उनले बजेट भाषणमा प्रस्तुत गरिएका नारा र सपनाअनुसारको यथार्थ कार्यान्वयन हुन सके देशका लागि सकारात्मक हुने उल्लेख गरेका छन्।

Read More

फिल्म ‘आइएम जीत बहादुर’ को ट्रेलर कस्तो छ ?

काठमाडौं । अभिनेता जितु नेपालको निर्माणमा बनेको चलचित्र ‘आइ एम जीत बहादुर’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा प्रस्तुत गरेको छ । भारतीय बंगाली निर्देशक सुभेन्दु घोषको निर्देशनमा तयार भएको फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीको रूपमा वर्षा राउत देखिएकी छन् ।

चलचित्रमा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल,पवन खतिवडा’बाबा’,निरज नेपाल,अन्सु महर्जन लगायत कलाकारहरूको अभिनय रहेको छ । यस फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा तथा दीपेन्द्र अधिकारी सह–निर्माताका रूपमा रहेका छन्।

ट्रेलर:

Read More