२०८३ श्रावण १४

मुकेस अम्बानीले लगातार छैटौं बर्ष लिएनन् पारिश्रमिक

काठमाडौँ । भारतका सबैभन्दा ठूलो व्यापारिक समूह रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष मुकेश अम्बानीले लगातार छैटौँ वर्ष कम्पनीबाट कुनै तलब नलिएको विवरण सार्वजनिक भएको छ ।

कम्पनीको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२५–२६ मा अम्बानीको तलब, भत्ता तथा सेवानिवृत्ति सुविधा सबै शून्य रहेको छ । उनले सन् २०२० मा कोरोना महामारीपछि कम्पनीको अवस्था सामान्य नभएसम्म तलब नलिने निर्णय गरेका थिए । त्यसयता उनले २०२१–२२, २०२२–२३, २०२३–२४, २०२४–२५ र २०२५–२६ सम्म लगातार तलब त्याग्दै आएका छन् ।

तलब नलिए पनि उनको आम्दानी मुख्य रूपमा लाभांशबाट आएको देखिएको छ। कम्पनीले प्रतिशेयर ६ रुपैयाँ लाभांश घोषणा गरेपछि अम्बानीको व्यक्तिगत शेयरबाट करिब ९ करोड ६६ लाख भारु लाभांश आउने अनुमान छ । साथै, उनको नियन्त्रणमा रहेको प्रमोटर समूहको ५० प्रतिशतभन्दा बढी हिस्सेदारीबाट करिब ३ हजार ९८७ करोड भारु लाभांश प्राप्त हुने भएको छ । कुल मिलाएर करिब ३ हजार ९९६ करोड बराबरको लाभांश आम्दानी हुने देखिएको छ ।

प्रतिवेदन अनुसार मुकेश अम्बानीको कुल सम्पत्ति करिब ८.८३ लाख करोड भारु बराबर रहेको छ । उता उनका परिवारका अन्य सदस्य र उच्च व्यवस्थापनको पारिश्रमिक पनि सार्वजनिक गरिएको छ । अनन्त अम्बानीले करिब १२ करोड १७ लाख पारिश्रमिक पाएका छन् । आकाश र ईशा अम्बानीलाई भने केवल बैठक भत्ता र सानो लाभांश रकम मात्र दिइएको छ । साथै, निकट सहयोगी निखिल मेसवानी र हितल मेसवानीले करिब २५–२५ करोड पारिश्रमिक पाएका छन् । कार्यकारी निर्देशक पीएमएस प्रसादको पारिश्रमिक पनि बढेर करिब २० करोड ५८ लाख पुगेको छ ।

रिलायन्सले चौथो त्रैमासिकमा नाफा घटेको पनि जनाएको छ । जनवरीदेखि मार्चसम्मको अवधिमा कम्पनीको खुद नाफा १३ प्रतिशत घटेर १६ हजार ९७१ करोडमा झरेको छ । तर सोही अवधिमा आम्दानी १३ प्रतिशत बढेर २ लाख ९८ हजार करोड पुगेको जनाइएको छ ।

Read More

अमेरिकामा ट्रम्पको तस्बीर अंकित २५० डलरको नयाँ नोट जारी गर्ने तयारी

काठमाडौँ । अमेरिकामा डोनाल्ड ट्रम्पको तस्बिर राखिएको २५० डलरको नयाँ नोट जारी गर्ने तयारी सुरु भएको छ । यो प्रस्ताव कानुन परिवर्तन भएमा मात्र अगाडि बढ्ने अमेरिकी सरकारको भनाइ छ ।

अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टका अनुसार हालको कानुनले जीवित व्यक्तिको तस्बिर नोटमा राख्न अनुमति दिँदैन । यही नियम बदल्ने प्रयास भइरहेको उनले बताएका छन् । प्रस्ताव पारित भएमा ट्रम्प १५० वर्षभन्दा बढी समयपछि अमेरिकी नोटमा देखिने पहिलो जीवित व्यक्ति बन्नेछन् ।

सन् २०२६ मा अमेरिका स्थापनाको २५० वर्ष पूरा हुने भएकाले सो अवसरलाई विशेष बनाउँदै तत्कालीन राष्ट्रपतिको तस्बिर भएको स्मारक नोट निकाल्ने तयारी गरिएको बताइएको छ । तर यो योजना अझै प्रस्तावकै चरणमा छ र यसका लागि संसदको दुवै सदनबाट अनुमति आवश्यक हुनेछ ।

वाशिङ्टन पोस्टका अनुसार अमेरिकी मुद्रा छाप्ने जिम्मेवारी पाएको ब्यूरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङलाई नयाँ नोटको डिजाइन तयार गर्न निर्देशन दिइएको छ। प्रारम्भिक डिजाइनमा नोटको बीच भागमा ट्रम्पको तस्बिर राखिएको छ ।

यो प्रस्ताव साउथ क्यारोलिनाका रिपब्लिकन सांसद जो विल्सनले गत वर्ष संसदमा पेश गरेका थिए । सन् २०२५ फेब्रुअरीमा यो विधेयक प्रतिनिधि सभाको वित्तीय सेवा समितिमा पठाइएको थियो। अब यसलाई कानुन बनाउन प्रतिनिधि सभा र सिनेट दुवैबाट अनुमोदन आवश्यक छ ।

यसअघि मार्चमा अमेरिकी ट्रेजरी विभागले ट्रम्पको हस्ताक्षर नोटमा राख्ने घोषणा गरेको थियो। यसलाई पनि अमेरिकाको २५० औँ वर्षगाँठसँग जोडेर हेरिएको छ ।

विभागका प्रवक्ताका अनुसार ब्यूरो अफ इन्ग्रेभिङ एन्ड प्रिन्टिङले यसबारे प्रारम्भिक अध्ययन र तयारी गरिरहेको छ । कानुन पास भएमा २५० औँ वर्षगाँठमा ट्रम्पको योगदानलाई सम्मान गर्ने उद्देश्यले नोट जारी गरिने दाबी गरिएको छ ।

डिजाइन तयार पार्ने ब्रिटिश कलाकार इयान एलेक्जेन्डरले ट्रम्प आफैंले उक्त डिजाइन हेरेर केही परिवर्तन सुझाव दिएको दाबि गरेका छन् । उनका अनुसार ट्रम्पले अमेरिकी झण्डाको रंग र २५० औँ वर्षगाँठसँग सम्बन्धित विशेष प्रतीकहरू समावेश गर्न सुझाव दिएका थिए ।

यो प्रस्तावलाई लिएर अमेरिकामा राजनीतिक तथा कानुनी बहस चर्किने संकेत देखिएको छ। ट्रम्प समर्थकहरूले यसलाई ऐतिहासिक सम्मानका रूपमा लिएका छन् भने विपक्षीहरूले परम्परा र कानुनी मान्यताविरुद्धको कदम भन्दै आलोचना गरेका छन्।

नयाँ नोट बजारमा आउन भने लामो समय लाग्ने देखिन्छ । अधिकारीहरूका अनुसार सम्पूर्ण प्रक्रिया पूरा हुन ६ देखि ८ वर्षसम्म लाग्न सक्छ । डिजाइन, स्वीकृति र मुद्रण प्रक्रिया निकै जटिल हुने भएकाले समय धेरै लाग्ने बताइएको छ।

पूर्व निर्देशक प्याटी सोलिमेनका अनुसार नयाँ नोट सम्बन्धी प्रक्रिया पूरा गर्न लामो कानुनी र प्राविधिक चरणहरू पार गर्नुपर्छ। हालसम्म यसबारे सम्बन्धित सरकारी निकायबीच औपचारिक बैठक समेत भएको छैन ।

यसबिच ट्रम्पको हस्ताक्षर भएको १०० डलरको नोट छाप्ने तयारी भने अगाडि बढाइएको बताइएको छ, जुन अमेरिकी इतिहासमै पहिलो पटक हुनेछ जब कुनै बहालवाला राष्ट्रपतिको हस्ताक्षर नोटमा हुनेछ ।

अमेरिकी कानुनअनुसार सन् १८६६ देखि जीवित व्यक्तिको तस्बिर नोटमा राख्न प्रतिबन्ध छ । यो नियम शक्तिको दुरुपयोग रोक्न र व्यक्तिपूजा नियन्त्रण गर्न बनाइएको हो । न्यूयोर्क टाइम्सका अनुसार पछिल्ला २५० वर्षमा केवल एक पटक मात्र कुनै जीवित राष्ट्रपतिको तस्बिर मुद्रा वा सिक्कामा देखिएको थियो । सन् १९२६ मा तत्कालीन राष्ट्रपति केल्भिन कुलिजको तस्बिर आधा डलरको सिक्कामा प्रयोग गरिएको थियो, जसलाई पछि विवादित मानिएको थियो ।

पछि सन् २००५ मा अमेरिकी संसदले ‘राष्ट्रपति एक डलर सिक्का ऐन’ पारित गर्दै स्पष्ट नियम बनाएको थियो। जसअनुसार मात्र दिवंगत राष्ट्रपतिहरूलाई सिक्का श्रृंखलामा समावेश गर्न सकिन्छ र मृत्यु भएको कम्तीमा दुई वर्षपछि मात्र सिक्का जारी गर्न पाइने नियम बनाएको थियो ।

यसैबीच अमेरिकाको स्वतन्त्रताको २५० वर्षगाँठमा ट्रम्पको तस्बिर भएको एक डलरको सिक्का निकाल्ने तयारी पनि भइरहेको छ। अमेरिकी टकसालले यसको प्रारम्भिक डिजाइन तयार गरिसकेको छ र नमुना पनि बनाइसकेको छ।

तर यो सिक्का अझै अन्तिम स्वीकृतिको पर्खाइमा छ। समीक्षा समितिले भने बहालवाला राष्ट्रपतिको तस्बिर राख्नु परम्परा विपरीत हुने भन्दै आपत्ति जनाएको छ ।

Read More

महँगो भयो इभी कार !

काठमाडौं । सरकारले बजेटमार्फत विद्युतीय सवारी साधन (ईभी) मा २० प्रतिशत फ्ल्याट दरमा भन्सार दर कायम गरेको छ ।  विगतमा किलोवाट क्षमताको आधारमा फरक फरक भन्सार दर लिने गरेकोमा सरकारले अबदेखि २० प्रतिशत फ्ल्याट दरमा भन्सार दर लागु गरेको हो । 

भन्सार महसुललाई २० प्रतिशत कायम गरी फ्ल्याट बनाइए पनि ‘स्वच्छ पूर्वाधार लगानी शुल्क’ नामक नयाँ करहरू पनि थपिएका छन् । जसका कारण विगतको तुलनामा इभि गाडीको मूल्यमा भारी वृद्धि हुने देखिएको छ । २० लाख रुपैयाँसम्म मूल्य पर्ने ईभी गाडीहरुमा २० प्रतिशत भन्सार, २.५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुर ५ प्रतिशत लाग्ने भएको छ । 

अब २० लाख रुपैयाँसम्मका ईभीमा भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुरसमेत जोड्दा कुल करभार ४०.५ प्रतिशत हुनेछ । तर, २० लाखदेखि ३० लाखसम्मको स्लाब  बजेटमा उल्लेख छैन ।

त्यस्तै, ३० लाखदेखि ४० लाख  मूल्यको गाडीमा २० प्रतिशत भन्सार १५ प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुर ५ प्रतिशत लाग्ने भएको छ । अब ३० देखि ४० लाख मूल्यका गाडीमा भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, मूल्य अभिवृद्धि कर  र सडक मर्मत दस्तुरसमेत जोड्दा कुल करभार ५३ प्रतिशत हुनेछ ।

नयाँ कर नीतिअनुसार ४० लाखदेखि ५० लाख रुपैयाँसम्म मूल्यका गाडीहरुमा २० प्रतिशत भन्सार ७० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क १३ प्रतिशत मूल्य अभिवृद्धि कर  र सडक मर्मत दस्तुर ५ प्रतिशत लाग्ने भएको छ । त्यस्तै ४० देखि ५० लाख मूल्यका ईभीमा अब भन्सार, स्वच्छ पूर्वाधार लगानी शुल्क, मूल्य अभिवृद्धि कर  र सडक मर्मत दस्तुरसमेत जोड्दा कुल कर १०८ प्रतिशत पुग्ने भएको छ । 

यसैगरी ५० लाख रुपैयाँभन्दा माथि मूल्य पर्ने गाडीहरुमा २० प्रतिशत भन्सार ११० प्रतिशत स्वच्छ पूर्वाधार लगानी शुल्क, १३ प्रतिशत मूल्य अभिवृद्धि कर र सडक मर्मत दस्तुर ५ प्रतिशत जोड्दा कुल कर १४८ प्रतिशतसम्म लाग्ने भएको छ ।

Read More

एशियन गेम्स महिला क्रिकेट क्वालिफायर्सको सेमिफाइनलमा आज नेपालले मलेसियाको सामना गर्दै

काठमाडौँ । नेपाली महिला क्रिकेट टिमले आज एशियन गेम्सको क्रिकेटतर्फको क्वालिफायर्सको सेमिफाइनल खेल खेल्दैछ । नेपालले सेमिफाइनलमा आज मलेसियाको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ११: ४५ बजेदेखि शुरु हुदैछ ।

नेपाल समुह बी मा दुवै खेल जितेर सेमिफाइनलमा पुगेको हो भने मलेसिया समुह ए मा एक खेल जितेर सेमिफाइनलमा पुगेको हो । 

यसअघि पहिलो सेमिफाइनल खेल चीन र थाइल्याण्डबीच बिहान ७: १५ बजेदेखि शुरु हुदैछ । 

यस प्रतियोगिताबाट शिर्ष तीन देश एशियन गेम्समा छनौट हुने छन् । एशियन गेम्समा जापान आयोजकको रुपमा छनौट भएको छ भने आइसीसीका पूर्ण सदस्य भारत, बंगलादेश, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । एशियन गेम्सको महिला क्रिकेट प्रतियोगितामा कुल ८ देशले भाग लिदैछन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टिम मलेसिया पठाएको छ ।  नेपाली टिममा इन्दु बर्मा (कप्तान), पूजा महतो (उपकप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, सिता राना मगर, अनु कठायत, सोनी पाख्रिन, सिमाना केसी, मनीषा उपाध्याय र रुबिना छेत्री रहेका छन् ।

Read More

राजस्थानलाई हराउदै गुजरात टाइटन्स आइपिएलको फाइनलमा

काठमाडौँ । गुजरात टाइटन्स जारी आइपिएलको फाइनलमा पुगेको छ । गएराती सम्पन्न दोस्रो क्वालिफायर खेलमा गुजरातले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । 

राजस्थानले दिएको २१५ रनको लक्ष्य पछाएको गुजरातले १८.४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । गुजरातको जितमा कप्तान शुभमन गिलले १०४ रनको शतकीय पारी खेलेका थिए भने साइ सुदर्शनले ५८ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाउदै २१४ रन बनाएको थियो । राजस्थानका लागि वैभव सुर्यबंशीले ९६ रन बनाए भने रविन्द्र जडेजाले ४५ र डोनोभान फरेराले ३८ रन बनाएका थिए ।

यो जितपछि गुजरात फाइनलमा पुगेको छ र अब उपाधिका लागि रोयल च्यालेन्जर्स बैंगलुरुसँग आइतबार खेल्ने छ । त्यस्तै हारसँगै राजस्थान रोयल्स भने बाहिरिएको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि पुर्व सम्म नेपाल नजिक रहेको न्युन चापिय रेखाको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्णतया बादल तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । देशका तराई र पहाडी भू-भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।

त्यस्तै आज राती सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम, कर्णाली र, गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी,  बागमती र लुम्बिनी प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा  हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

Read More

२०८३ जेठ १६ गते शनिबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ जेठ १६ गते शनिबार ईस २०२६ मे ३० नेपाल सम्बत ११४६ अनालाथ्व चतुर्दशी, रौद्र नाम संवत्सर सूर्य उत्तरायण, गृष्म ऋतु, जेठ शुक्ल चतुर्दशी, चन्द्रमा तुला राशिमा, विशाखा नक्षत्र, शिव योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर १० मिनेटमा र सूर्यास्त साँझ ६ बजेर ५४ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा तुला राशीको हुनेछ ।  आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ५ बजेर ३२ मिनेटदेखि ८ बजेर १२ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ ।

मेष

आज तपाईंका लागि कामकाजमा नयाँ दिशा खुल्ने सम्भावना छ। रोकिएका कामहरू फेरि गति लिन सक्छन् र जिम्मेवारी बढ्ने संकेत पनि देखिन्छ। कार्यालय वा व्यापारिक क्षेत्रमा तपाईंको विचारलाई महत्व दिइन सक्छ। परिवारभित्र सानो खुसी वा भेटघाटले मन हल्का बनाउनेछ। तर कुनै पनि निर्णय लिँदा हतार नगरी सबै पक्ष बुझेर अघि बढ्नु राम्रो हुनेछ। दिनको अन्त्यतिर आत्मविश्वास अझ बलियो महसुस हुनेछ।

वृष

आर्थिक हिसाबले आजको दिन स्थिर देखिन्छ तर ठूलो लाभको अपेक्षा भन्दा पनि नियमित काममा ध्यान दिनु राम्रो हुनेछ। पहिले गरेको मेहनतको नतिजा बिस्तारै देखिन सक्छ। खर्च बढ्ने संकेत भएकाले अनावश्यक किनमेलमा नियन्त्रण गर्नु उपयुक्त हुनेछ। घरपरिवारमा सानो असमझदारी भए पनि संवादले समाधान ल्याउनेछ। धैर्य राख्दा दिन सहज रूपमा बित्नेछ।

मिथुन

आज तपाईंलाई धेरै कुरामा सोच्नुपर्ने अवस्था आउन सक्छ। काममा ढिलाइ वा योजना परिवर्तन हुन सक्ने संकेत छन्, तर यसले दीर्घकालीन रूपमा फाइदा दिन सक्छ। साथी वा सहकर्मीबाट सहयोग प्राप्त हुने सम्भावना छ। बोलीचालीमा सजग रहनु जरुरी छ, किनकि सानो गलत बुझाइले तनाव बढाउन सक्छ। दिनको अन्त्यतिर केही राहत महसुस हुनेछ।

कर्कट

परिवारसँग समय बिताउन पाउनु आजको प्रमुख सकारात्मक पक्ष हुनेछ। घरभित्रको वातावरण शान्त र सहयोगी बन्न सक्छ। लामो समयदेखि चलिरहेको तनाव कम हुँदै जानेछ। काममा तपाईंको प्रयासको मूल्यांकन हुन सक्छ र सम्मान मिल्ने सम्भावना छ। पुराना समस्या विस्तारै समाधानतर्फ जाने संकेत देखिन्छ। मनमा स्थिरता र सन्तोष रहनेछ।

सिंह

आज जिम्मेवारी बढ्ने र चुनौती पनि थपिने दिन हुन सक्छ। तर तपाईंको आत्मबल र नेतृत्व क्षमताले परिस्थितिलाई नियन्त्रणमा राख्नेछ। उच्च तहका व्यक्ति वा वरिष्ठसँगको भेटघाट लाभदायक बन्न सक्छ। काममा दबाब भए पनि नतिजा राम्रो आउने संकेत छन्। अहंकार वा जल्दाबाजीबाट टाढा रहनु जरुरी छ। दिनको अन्त्यतिर उपलब्धिको अनुभव हुनेछ।

कन्या

आज बाहिरी काम वा छोटो यात्राबाट लाभ मिल्न सक्छ। अध्ययन, तालिम वा नयाँ ज्ञान प्राप्त गर्ने अवसर आउन सक्छ। काममा सुधारको संकेत देखिए पनि ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। स्वास्थ्यमा हल्का थकान वा आलस्य महसुस हुन सक्छ, त्यसैले आराममा ध्यान दिनु राम्रो हुन्छ। नयाँ योजना सुरु गर्ने सोच बलियो बन्न सक्छ।

तुला

आर्थिक पक्षमा सकारात्मक सुधार देखिन सक्छ। रोकिएका कामहरू अघि बढ्ने सम्भावना छ र नयाँ अवसर पनि प्राप्त हुन सक्छ। साथीभाइ वा सहकर्मीको सहयोगले काम सजिलो बन्नेछ। निर्णय छिटो गर्नुपर्ने परिस्थिति आउन सक्छ तर सोचविचार आवश्यक हुनेछ। सामाजिक सम्बन्ध मजबुत बन्नेछ र आत्मविश्वास बढ्नेछ।

वृश्चिक

आज कामको चाप बढ्न सक्छ तर तपाईंको लगनशीलताले राम्रो परिणाम दिनेछ। प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ने संकेत छन्। सम्बन्धमा विश्वास र धैर्य कायम राख्नु आवश्यक हुनेछ। मनमा नयाँ योजना वा विचारहरू आउन सक्छन् जसले भविष्यमा राम्रो बाटो खोल्न सक्छ। भावनामा धेरै बहकिने भन्दा व्यवहारिक निर्णय गर्नु राम्रो हुनेछ।

धनु

आज उत्साह र ऊर्जा बढ्ने दिन हो। नयाँ अवसरहरू देखिन सक्छन् र तपाईंको कामले गति लिन सक्छ। यात्राको सम्भावना पनि बलियो छ र त्यो लाभदायक बन्न सक्छ। सामाजिक रूपमा सम्मान वा पहिचान बढ्ने संकेत छन्। आत्मविश्वास उच्च रहनेछ, जसले तपाईंलाई अगाडि बढ्न प्रेरित गर्नेछ।

मकर

आज केही चुनौतीपूर्ण परिस्थिति आउन सक्छ तर धैर्य र योजना बनाएर अघि बढेमा समस्या समाधान हुनेछ। परिवारको साथले मानसिक बल प्रदान गर्नेछ। खर्च नियन्त्रण गर्नुपर्ने अवस्था देखिन्छ। काममा अतिरिक्त जिम्मेवारी आउन सक्छ, जसलाई राम्रोसँग सम्हाल्नुपर्ने हुन्छ। अन्त्यमा अनुभव र आत्मबल बढ्नेछ।

कुम्भ

नयाँ योजना सुरु गर्न आजको दिन उपयुक्त देखिन्छ। साथीभाइसँगको सम्बन्ध मजबुत बन्नेछ र सहकार्यको अवसर प्राप्त हुनेछ। काममा प्रगति देखिन सक्छ र तपाईंको विचारलाई मान्यता मिल्नेछ। पुराना रोकिएका काम अघि बढ्ने सम्भावना छ। उत्साह र सकारात्मक सोचले दिनलाई राम्रो बनाउनेछ।

मीन

आज मिश्रित परिणाम आउने दिन हो। केही काम सहज रूपमा अघि बढ्न सक्छन् भने केहीमा अलि बढी धैर्य आवश्यक हुनेछ। परिवारबाट सहयोग मिल्नेछ र मानसिक शान्ति प्राप्त हुनेछ। निर्णय गर्दा हतार नगर्नु राम्रो हुनेछ। दिनको अन्त्यतिर केही राम्रो संकेत वा अवसर देखिन सक्छ।

Read More