२०८३ श्रावण ४

भारतको प्रतिक्रियापछि प्रधानमन्त्री बालेनलाई भीम रावलले गरे कडा प्रश्न

काठमाडौँ । नेकपा नेता भीम रावलले नेपाल–भारत सीमा विवादमा भारतीय विदेश मन्त्रालयको पछिल्लो प्रतिक्रियापछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग स्पष्ट धारणा माग गरेका छन्।

भारतको विदेश मन्त्रालयले नेपाल–भारत सीमा मुद्दा दुई देशबीचको विषय भएकाले त्यसमा कुनै तेस्रो पक्षको भूमिका नहुने स्पष्ट पारेपछि रावलले प्रधानमन्त्रीको अघिल्लो अभिव्यक्तिमाथि प्रश्न उठाएका हुन्।

रावलले प्रतिनिधिसभामा प्रधानमन्त्री बालेनले सीमा समस्याको समाधानका लागि बेलायतलाई वार्तामा जोड्ने संकेत गरेको प्रसंग स्मरण गराउँदै त्यसबारे अब सरकारको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका छन्।

उनले प्रधानमन्त्रीले संसद्मा राखेको अभिव्यक्ति र भारतीय पक्षको सार्वजनिक भनाइबीच देखिएको अन्तरबारे नेपाली जनतालाई प्रष्ट जवाफ दिनुपर्ने बताएका छन्। रावलले यस प्रसंगमा रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा रहेको अवस्थालाई समेत उल्लेख गरेका छन्।

Read More

भारतमा रवि लामिछानेको कूटनीतिक दौड, अमित शाहसँग उच्चस्तरीय भेट

काठमाडौँ । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबिच भेटवार्ता भएको छ ।

लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार साँझ साहसँग भेट गरेको हो ।

भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ ।

लामिछानेले आजै भाजपा अध्यक्ष नितिन नवीन, विदेशमन्त्री एस जयशंकरलगायतलाई भेटेका छन् । लामिछाने हिजो मात्र भारत भ्रमणमा गएका हुन् ।

Read More

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगले सिफारिस गरेका १४ कर्मचारीलाई स्पष्टीकरण, थप अध्ययन गर्न समिति गठन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी क्षेत्रका बेथिति र अनियमितता छानबिनलाई तीव्र बनाएको छ । 

नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयअनुसार गठित सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२ ले पेस गरेको प्रतिवेदनले दिएका सुझाव तथा सिफारिस कार्यान्वयन गर्न लागिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रिपरिषद्को जेठ ११ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको प्रतिवेदनमा सहकारी दर्ता, कार्यक्षेत्र विस्तार, सेवा केन्द्र तथा शाखा कार्यालय स्वीकृति र एकीकरणलगायतका कार्यमा सहकारी सिद्धान्त, मूल्य–मान्यता तथा प्रचलित कानुन विपरीत भूमिका देखिएका तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूसँग स्पष्टीकरण मागिएको छ।

प्रतिवेदनमा १४ जना तत्कालीन पदाधिकारी तथा कर्मचारीहरूको नाम नै किटान गरी छानबिन गर्न सिफारिस गरिएको थियो । स्पष्टीकरण सोधिनेमा शाखा अधिकृत देखि सहसचिवसम्मका कर्मचारीहरू रहेका छन् ।

मन्त्रालयले सम्बन्धित व्यक्तिहरूलाई पत्राचार गर्दै आफ्नो कार्यकालमा आयोगको प्रतिवेदनमा उल्लेख भए बमोजिमका कार्य गरेको हो वा होइन भन्ने विषयमा आधारसहित सात दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ। तोकिएको अवधिभित्र जवाफ नआए प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।

थप अध्ययनका लागि समिति गठन

आयोगको प्रतिवेदन कार्यान्वयन तथा थप अध्ययनका लागि मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिमा सहकारी नियमन प्राधिकरणका निर्देशक, मन्त्रालयको कानुन महाशाखाका उपसचिव, सहकारी विभागका उपरजिस्ट्रार तथा मन्त्रालयको सहकारी प्रवर्द्धन शाखाका उपसचिव सदस्य सचिव रहने व्यवस्था गरिएको छ।

समितिलाई आयोगको प्रतिवेदनको विस्तृत अध्ययन गरी तत्कालीन तथा दीर्घकालीन सुधारका सुझाव तयार गर्ने, प्राप्त स्पष्टीकरणहरूको विश्लेषण गर्ने, नयाँ सहकारी ऐनको मस्यौदा तयार गर्न सहयोग गर्ने तथा प्रतिवेदनमा औँल्याइएका सहकारी संस्थासम्बन्धी टिप्पणी फाइलहरूको अध्ययन तथा विश्लेषण गर्ने कार्यादेश दिइएको छ ।

विभागीय मन्त्री प्रतिभा रावलले प्रतिवेदन कार्यान्वयनलाई प्राथमिकताका साथ कार्यान्वयन गरिने बताइन् । उनले भनिन्, प्रतिवेदनको सुझाव अनुसार  सहकारी क्षेत्रको संरचनागत सुधारको ठोस योजनामा काम सुरु भएको छ ।

Read More

गण्डकी प्रदेशको नीति तथा कार्यक्रम: कृषि, पर्यटन र सुशासनमा केन्द्रित

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्बजनिक गरेको छ ।

प्रदेश सभामा मंगलबार सार्बजनिक गरिएको नीति तथा कार्यक्रममा कृषि, पर्यटन, पूर्वाधार, ऊर्जा, स्वास्थ्य र सुशासन केन्द्रित विस्तृत कार्यक्रम सार्बजनिक गरेको हो । नीति तथा कार्यक्रममा निजी र सहकारी क्षेत्रको सहकार्यमा समावेशी आर्थिक संरचना निर्माण गर्ने लक्ष्य राख्दै दोस्रो पञ्चवर्षीय योजनाका रणनीतिक कार्यक्रमलाई कार्यान्वयनमा लैजाने जनाएको छ ।

त्यस्तै बजेट प्रणालीलाई दिगो विकास लक्ष्य, लैङ्गिक उत्तरदायी, बालमैत्री, पोषणमैत्री र जलवायु सूचकका आधारमा सुदृढ बनाइने उल्लेख छ भने विकास आयोजनामा स्पष्ट लक्ष्य, पर्याप्त बजेट र समयसीमा तोकिने तथा आयोजना प्रमुखलाई प्रत्यक्ष परिणामप्रति उत्तरदायी बनाइने नीति उल्लेख छ । 

त्यस्तै राजस्व वृद्धि गर्न डिजिटल भुक्तानी विस्तार, राजस्व चुहावट नियन्त्रण र सम्भावित कर क्षेत्र पहिचान गर्ने कार्यक्रम अघि सारिएको छ । कृषि क्षेत्रमा ‘व्यावसायिक कृषि रूपान्तरण कार्यक्रम’ विस्तार गरिने उल्लेख छ भने उच्च मूल्यका बाली जस्तै स्याउ, सुन्तला, कफी, अलैँची, ओखर र मह उत्पादनलाई प्रोत्साहन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै करार खेती, कृषि बीमा, न्यूनतम समर्थन मूल्य र बजार सूचना प्रणालीलाई प्रभावकारी बनाइने उल्लेख छ भने माटो परीक्षण गरेर ‘माटो स्वास्थ्य प्रमाणपत्र’ लागू गरिने तथा जगा चक्लाबन्दी, सिँचाइ विस्तार र आलु तथा धान उत्पादन प्रवर्द्धन कार्यक्रम निरन्तर रहने उल्लेख छ ।

त्यस्तै पर्यटन क्षेत्रमा पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्ने योजना छ भने मुक्तिनाथ, मनकामना, देवघाट, गलेश्वर र त्रिवेणी धाम जोड्ने धार्मिक सर्किट निर्माण गरिने उल्लेख छ  । त्यस्तै अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरि क्षेत्रमा पदमार्ग सुधार, साहसिक खेल (बन्जी, प्याराग्लाइडिङ, हेलि–स्कीइङ) विस्तार र अन्तर्राष्ट्रिय प्रचार अभियान सञ्चालन गरिने र पर्यटक सुरक्षाका लागि आकस्मिक उद्धार कोष र समन्वय संयन्त्र स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै पूर्वाधार क्षेत्रमा कोरला–पोखरा–त्रिवेणी सडक, शालग्राम करिडोर र ग्रामीण सडक सुधार आयोजनालाई निरन्तरता दिइने र सिँचाइतर्फ वर्षभर पानी उपलब्ध गराउने लक्ष्यसहित लिफ्ट, पाइप र सतह सिँचाइ विस्तार गरिने उल्लेख छ । 

ऊर्जा क्षेत्रमा जलविद्युत आयोजनाको इजाजत प्रक्रिया प्रदेशस्तरमा विस्तार, प्रभावित क्षेत्रका नागरिकलाई शेयर लगानीको व्यवस्था र विद्युत खपत बढाउने नीति लिइने उल्लेख छ भने सौर्य ऊर्जा र विद्युतीय सवारी साधन प्रयोगलाई प्रोत्साहन गरिने कार्यक्रम ल्याइएको छ ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ सेवा विस्तार, मेडिकल शिक्षा कार्यक्रम सञ्चालन र निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रमलाई निरन्तरता दिइने छ भने मानसिक स्वास्थ्य, नसर्ने रोग नियन्त्रण र नियमित डायलाइसिस सेवा विस्तारलाई प्राथमिकता दिइएको छ ।

त्यसैगरी सुशासनतर्फ सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाइने, अनलाइन सेवा विस्तार गरिने र कर्मचारी कार्यसम्पादनलाई नतिजा आधारित प्रणालीमा रूपान्तरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ भने स्थानीय तहसँगको साझेदारीमा नवप्रवर्तन, रोजगारी सिर्जना र सेवा प्रभावकारिता बढाउने कार्यक्रम पनि अघि सारिएको छ ।

नीति तथा कार्यक्रममा कृषकलाई उधमी र कृषिलाई उद्योग, रिटर्न टू भिलेज, गाउँको कृषि: प्रदेशको समुन्नती, धार्मिक पर्यटन परिपथ, राउण्ड फेवा: भ्यू फेवा कार्यक्रम, लेक टू लेक, एक जिल्ला एक पर्यटकीय गन्तव्य, एक महिला एक सीप, अबको निकास, युवाको विकास, एक घर एक धारा, एक जिल्ला एक जलाशय, उज्यालो गण्डकी जस्ता कार्यक्रम नीति तथा कार्यक्रममार्फत ल्याइएको छ ।

Read More

प्रधानमन्त्री शाहलाई भारतको जवाफ: नेपाल-भारतको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै भूमिका छैन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा भारतसँगको सीमा विवादबारे आइतबार दिएको अभिव्यक्तिमाथि भारतको विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।

मंगलबार भारतीय विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता रणधीर जयसवालले नेपालसँगको द्विपक्षीय मामिलामा तेस्रो पक्षको कुनै पनि भूमिका नरहने स्पष्ट गरेका हुन् । प्रधानमन्त्री शाहले संसदमा लिपुलेक बारे बेलायतसँग कुरा गर्नुपर्ने बताएको प्रति संकेत गर्दै प्रवक्ता जयसवालले भने- ‘सबै सम्बन्धित पक्षलाई यो स्पष्ट हुनुपर्छ, भारत र नेपालबीच जे पनि द्विपक्षीय मामिला छन्, त्यसमा तेस्रो पक्षको कुनै भूमिका छैन ।’

प्रधानमन्त्री शाहले आइतबारको संसदमा नेपालले पनि भारतको जग्गा मिचेको बताउदै बेलायतले ब्रिटिस इन्डिया छाड्दै गर्दाको (सीमा) समस्या अहिलेसम्म रहेकाले यसबारे बेलायत सरकारले पनि सरोकार राख्नुपर्छ भन्ने नेपालको मान्यता रहेको बताएका थिए ।

तर प्रधानमन्त्री शाहको यस अभिव्यक्तिको जवाफमा भारतले बेलायतको भूमिकालाई सिधै अस्वीकार गरेको छ । प्रवक्ता जयसवालले भारत-नेपाल सीमाबारे नेपालका प्रधानमन्त्रीको टिप्पणी, उनको बयान र सँगसँगै नेपालको विदेश (परराष्ट्र) मन्त्रालयको तर्फबाट जारी गरिएको वक्तव्य बारे जानकार रहेको बताउदै भारत-नेपाल सीमाको लगभग ९८ प्रतिशत हिस्सा निर्धारित भइसकेको र केही स्थानमा समस्या रहेको बताएका छन् ।

उनले सीमाको निर्धारित हिस्सामा सीमापार कब्जा र ‘नो म्यान्स ल्यान्ड’ (दसगजा क्षेत्र) मा अतिक्रमणका घटना पनि रहेको र त्यसलाई संयुक्त रूपमा मानचित्रण भइरहेको बताए । उनले सीमासम्बन्धी सबै मामिला सुल्झाउन द्विपक्षीय संयन्त्रले काम गरिरहेको समेत बताए ।

Read More

सिराहाबाट करिब २० लाख बराबरको फर्सीको बिउ बरामद

सिरहा । सिरहाबाट अवैधरुपमा भारत निकासी गर्न राखिएको करिब २० लाख बराबरको फर्सीको बिउ बरामद गरिएको छ ।

सिरहा प्रहरीका अनुसार सिरहाको बरियारपट्टि- २ बस्ने हरिदेव दासको घरमा अवैधरुपमा भारत निकासी गर्नको लागि फर्सीको बिउ लुकाई राखेको सूचनाको आधारमा ७० बोरा बिउ बरामद गरिएको छ ।

प्रहरीले बरामद गरेको ७० बोरा फर्सीको बिउ भन्सार कार्यालय माडर सिरहामा बुझाएको बताएको छ ।

सो बिउको मुल्य प्रति बोरा २८ हजार रहेको र कुल १९ लाख ६० हजार बराबरको रहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

टर्कीको फिफा विश्वकप फुटबल खेल्ने टिमको घोषणा

काठमाडौँ । टर्कीले फिफा विश्वकप फुटबलका लागि अन्तिम टोली घोषणा गरेको छ । टर्कीले सार्वजनिक गरेको टोलीमा प्रारम्भिक सूचीबाट नौ खेलाडी बाहिरिएका छन् भने अन्तिम २६ सदस्यीय टोलीलाई अन्तिम रूप दिइएको छ ।

टर्कीले गोलरक्षक अल्ताय बायिन्दिर, मेर्त गुनोक र उगुरजान चाकिरलाई समेटेको छ भने कप्तान हाकान चाल्हानोग्लु, अर्दा गुलर, केनान यिल्दिज र केरेम अक्टुर्कोग्लुजस्ता प्रमुख खेलाडीहरू पनि अन्तिम टोलीमा परेका छन् ।

टर्कीको विश्वकप खेल्ने टिम:

गोलकिपर: उगुरजान चाकिर, अल्ताय बायिन्दिर र मेर्त गुनोक । 

डिफेन्डर:  फेर्दी कादिओग्लु, मेरिह देमिराल, जेकी चेलिक, ओजान काबाक, मेर्त मुल्दुर, अब्दुल्केरिम बार्दाक्ची, एरेन एलमाली, चागलार सोयुन्चु र सामेत अकायदिन । 

मिडफिल्डर: अर्दा गुलर, कान उजुन, ओरकुन कोक्चु, हाकान चाल्हानोग्लु, इस्माइल युक्सेक, कान आयहान र सालिह ओजकान । 

फरवार्ड :  केनान यिल्दिज, बारिस अल्पेर यिलमाज, केरेम अक्टुर्कोग्लु, युनुस आकगुन, ओगुज आयदिन, देनिज गुल र इर्फान कान काहवेची ।

विश्वकपको समूह चरण डी मा रहेको टर्कीले आफ्नो पहिलो खेल जुन १३ मा अष्ट्रेलियाविरुद्ध खेल्नेछ । त्यसपछि जुन १९ मा पाराग्वेसँग प्रतिस्पर्धा गर्नेछ भने समूह चरणको अन्तिम खेल जुन २५ मा अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

Read More

रवि लामिछानेको भारतीय विदेशमन्त्री जयशंकरसँग भेटवार्ता

काठमाडौँ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गरेका छन् ।

मंगलबार भएको भेटवार्तामा नेपाल-भारतबीच विकास साझेदारी र जनता-जनताबीचको सम्बन्धमा केन्द्रित भएको जयशंकरले उल्लेख गरेका छन् । उनले लामिछाने र उनको प्रतिनिधिमण्डललाई भेट्न पाउँदा खुशी लागेको बताउदै छलफल विकास र समृद्धि प्रवर्द्धनमा केन्द्रित रहेको बताएका छन् । 

लामिछानेले यसअघि आजै भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका थिए ।

Read More

नेपाली पुरुष क्रिकेट टिम एशियन गेम्समा छनौट

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिम जापानमा हुने एशियन गेम्सका लागि छनौट भएको छ ।

सिंगापुरमा जारी एशियन गेम्स छनौट अन्तर्गत मंगलबार समुह ए मा मलेसियाले चीनलाई पराजित गरेसँगै मलेसिया र नेपाल दुवै एसियन गेम्समा छनौट भएका हुन् ।

नेपालले आफ्नो पहिलो खेलमा चीनलाई २१२ रनको फराकिलो अन्तरले हराएको थियो । अब नेपालले मलेसियासँग विहिबार खेल्ने तालिका रहेको छ ।

छनोटबाट सेमिफाइनलमा पुग्ने चार देश एशियन गेम्समा छनौट हुने छन् । समुह बी मा हङकङ, ओमान, सिंगापुर र बहराइन रहेका छन् ।

एशियन गेम्समा पुरुष क्रिकेटतर्फ कुल १० देशले भाग लिदैछन् । जसमा जापान आयोजकको रुपमा सहभागी हुदैछन् भने आइसीसीका पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत छनौट भएका छन् ।

Read More

काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक विहिबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ । 

बैठक जेठ २१ गते बिहीबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको सचिव दिनेश थापा मगरले जानकारी दिएका छन् ।

Read More