२०८३ आश्विन १

वीरगन्ज महानगरका नगर प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

वीरगन्ज । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहलाई पर्सा जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

अदालतका मुख्य न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले नगर प्रमुख सिंहलाई ४ लाख १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् । 

अदालतले लिखतसम्बन्धी कसुर मुद्दामा चार लाख तथा झुटा विवरण पेश गरी नागरिकता दिलाएको मुद्दामा १५ हजार धरौटी माग गरेको छ ।

सिंहलाई मंगलबार बिहान पर्साको ठोरी रिसोर्टबाट पक्राउ गरिएको थियो ।

Read More

घुस लिएको मुद्धामा बयान फेर्ने साक्षीविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीका रूपमा प्रस्तुत भएका ईश्वरी प्रसाद गौतमविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८१–सिआर–०११८ मा नेपाल सरकार वादी तथा चन्द्रबहादुर अधिकारीसमेत प्रतिवादी रहेको घुससम्बन्धी भ्रष्टाचार मुद्दामा सरकारी साक्षी ईश्वरी प्रसाद गौतमले आयोगका अनुसन्धान अधिकृतसमक्ष दिएको बयान र आरोप मागदाबीको विपरीत अदालतमा बकपत्र गरेको विषयमा अनुसन्धान गरिएको थियो ।

अनुसन्धानका क्रममा प्रतिवादी चन्द्रबहादुर अधिकारीसमेत रहेको घुससम्बन्धी भ्रष्टाचार मुद्दाको अनुसन्धानमा सहयोग गरेको आधारमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई प्रतिवादी नबनाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाको त्रिवेणी गाउँपालिका–७ स्थायी ठेगाना भएका ईश्वरी प्रसाद गौतमले वैशाख २३ गते विशेष अदालत, काठमाडौँमा बकपत्र गर्दा आयोगसमक्ष दिएको बयान तथा आरोप मागदाबीविपरीत अभिव्यक्ति दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

आयोगका अनुसार चन्द्रबहादुर अधिकारीले ऋण उपलब्ध गराइदिएबापत ५० लाख रुपैयाँ घुस माग गरी लिएको घटनामा ईश्वरी प्रसाद गौतमको पनि संलग्नता देखिएको छ । यस आधारमा गौतमविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा ५० लाख रुपैयाँ बिगो कायम गरिएको छ ।

उक्त ऐनको व्यवस्था अनुसार उनलाई कैद सजाय तथा बिगो बराबरको जरिवाना हुनुपर्ने मागदाबी गर्दै अख्तियारले आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।

Read More

अमेरिकासँगको सम्भावित समझदारीपत्र बारे इरानले विस्तृत समीक्षा गर्दै

काठमाडौँ । अमेरिका र इरानबीच हुन सक्ने सम्भावित समझदारीपत्रको अन्तिम मस्यौदामाथि इरानले विस्तृत समीक्षा गरिरहेको जनाएको छ । इरानले अहिलेसम्म यसबारे कुनै औपचारिक प्रतिक्रिया नपठाएको जानकारी अर्धसरकारी समाचार संस्था मेहरले जानकारी दिएको छ ।

प्रतिवेदनअनुसार इरानी वार्ता टोलीले दस्तावेजका सर्त र प्रावधानहरूको विस्तृत अध्ययन गरिरहेको छ । समीक्षा प्रक्रिया पूरा भएपछि मात्रै तेहरानले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ ।

इरानी वार्ता टोली निकट स्रोतका अनुसार विगतमा अमेरिका विभिन्न सम्झौता र प्रतिबद्धताबाट पछि हटेको इतिहास रहेकाले इरानले यस विषयमा अत्यन्त सावधानीपूर्ण दृष्टिकोण अपनाएको छ ।  रिपोर्टमा भनिएको छ- ‘अमेरिकाले आफ्ना वाचा तोड्दै आएको इतिहास र लामो समयदेखि कायम अविश्वासका कारण इरानले यो विषयमा निकै कडा र सतर्क नीति अपनाएको हो ।’

सम्भावित समझदारीपत्रको विषयवस्तु भने सार्वजनिक गरिएको छैन । यद्यपि यसलाई अमेरिका र इरानबीच जारी कूटनीतिक संवादको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।  विज्ञहरूका अनुसार वर्षौंदेखिको तनावपूर्ण सम्बन्धका कारण इरान कुनै पनि नयाँ सम्झौताबारे निर्णय लिनुअघि हरेक पक्षको गहिरो अध्ययन गर्न चाहन्छ । त्यसैले इरानको आगामी प्रतिक्रियामाथि अन्तर्राष्ट्रिय समुदायको विशेष ध्यान केन्द्रित भएको छ ।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले युद्धविराम अवधिमा आफ्नो सैन्य तथा सञ्चालन क्षमता थप सुदृढ भएको दाबी गरेको छ । संगठनका प्रवक्ता जनरल सरदार मोहबीले हालै भएको अमेरिका–इजरायल संघर्षबाट इरानी सशस्त्र बलले महत्वपूर्ण रणनीतिक तथा सञ्चालनसम्बन्धी अनुभव हासिल गरेको बताएका छन् । सरकारी प्रसारण संस्था आइआरआइबीसँगको कुराकानीमा मोहबीले भने- ‘आज हाम्रो सशस्त्र सेना पहिलेको तुलनामा अझ बलियो अवस्थामा छ।’

उनका अनुसार हालैको संघर्षको प्रमुख उपलब्धिमध्ये एक भनेको इरानले आफ्ना विरोधीहरूको सैन्य रणनीति र कार्यशैलीबारे थप जानकारी प्राप्त गर्नु हो। यसले भविष्यका तयारीहरूलाई अझ प्रभावकारी बनाउन सहयोग पुगेको उनले बताए । मोहबीले भविष्यमा विपक्षी पक्षले पुनः सैन्य कारबाहीको बाटो रोजे इरानको प्रतिक्रिया फरक प्रकृतिको हुने चेतावनी पनि दिएका छन्। उनका अनुसार सम्भावित भविष्यको संघर्षमा सैन्य अभियानको स्वरूप, युद्धक्षेत्र र प्रयोग गरिने हतियारहरूमा समेत परिवर्तन देखिन सक्छ।

इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स सबै सम्भावित परिस्थितिका लागि पूर्ण रूपमा तयार रहेको र कुनै पनि सैन्य चुनौतीको सामना गर्न सक्षम रहेको मोहबीको दाबी छ।

Read More

सत्ता पक्षका सांसद नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न हिडेको खुस्बु ओलीको आरोप

काठमाडौं  । राप्रपाकी सांसद खुश्बु ओलीले सत्ता पक्षका सांसदहरु प्रधानमन्त्री बालेन शाहले नेपालले भारतको सीमा मिचेको भनेर संसदबाट दिएको अभिव्यक्तिको बचाउमा लागेको आरोप लगाएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद ओलीले हिजो नेपालीको एक इञ्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्ना नेताको भनाईको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोज्न लाग्नु दुःखद भएको बताएकी हुन्  । 

उनले भनिन्- ‘हिजोसम्म नेपालको एक इन्च भूमि पनि नछाड्ने कुरा गर्नेहरु आज आफ्नै नेताको बचाउ गर्न नेपालले भारतको भूमि मिचेको प्रमाण खोजेर हिडेका छन् । त्यो भन्दा दुखद् विषय अरु केही हुँदैन् । प्रधानमन्त्रीज्यूले हिजो व्यक्त गर्नुभएको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिले अत्यन्त गम्भीर विषय बनेको छ ।’

उनले प्रधानमन्त्री भनेको व्यक्ति नभई संस्था भएको बताउँदै यसलाई गम्भीर रुपमा लिनुपर्ने बताईन् । 

Read More

अष्ट्रेलियाको जनसङ्ख्या २ करोड ८० लाख पुग्यो, सन् २०३१ सम्म ३ करोड पुग्ने अनुमान

काठमाडौं ।  अष्ट्रेलियाको जनसङ्ख्या २ करोड ८० लाख पुगेको अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क निकाय अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार देशको जनसङ्ख्या वृद्धि निरन्तर जारी रहेको छ।

एबीएसका अनुसार अष्ट्रेलियाको जनसङ्ख्या सन् २०२४ मा २ करोड ७० लाख नाघेको थियो। त्यसपछि करिब दुई वर्षको अवधिमा जनसङ्ख्या बढेर २ करोड ८० लाख पुगेको हो। यो तथ्याङ्क अस्ट्रेलियन इस्टर्न स्ट्यान्डर्ड टाइम (एईएसटी) अनुसार मङ्गलबारसम्मको अनुमानमा आधारित छ।

तथ्याङ्कअनुसार औसतमा प्रत्येक ५९ सेकेन्डमा एक जना विदेशी नागरिक अष्ट्रेलिया प्रवेश गर्छन् भने प्रत्येक दुई मिनेट १६ सेकेन्डमा एक बच्चाको जन्म हुन्छ।

त्यसैगरी, प्रत्येक तीन मिनेट ३३ सेकेन्डमा एक जनाको मृत्यु हुने तथा प्रत्येक दुई मिनेट ३५ सेकेन्डमा एक जना बासिन्दा अष्ट्रेलिया छाडेर विदेश बसाइँ सर्ने अनुमान गरिएको छ।

एबीएसले हालको वृद्धि दर कायम रहेमा अष्ट्रेलियाको जनसङ्ख्या सन् २०३१ सम्म ३ करोड पुग्ने प्रक्षेपण गरेको छ।

यसैबीच, एबीएसले सन् २०२१ यताकै पहिलो राष्ट्रिय जनगणना आगामी अगस्ट महिनामा सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ।

Read More

नेप्से २२.२१ अंकले बढ्यो, ५ अर्ब २६ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज मंगलबार नेप्से २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर ५ अर्ब २६  करोड ५२ लाख ७५ हजार २९९ मा कारोबार भएको थियो । आज उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १४.९८ प्रतिशतले बढेको छ भने सेन्ट्रल फाइनान्सको शेयर १३.६७ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी नबिल डिभेन्चरको शेयर ४.५९ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४६ करोड ७६ लाख बराबर कारोबार भएको छ भने नेपाल रिइन्सुरेन्सको २६ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

Read More

संसदमा प्रधानमन्त्रीको हाजिरी परिक्षण गर्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रधानमन्त्रीको संसदमा हाजिरी परिक्षण गर्न माग गरेका छन् ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले प्रतिनिधि सभाको नियमावली अनुसार संसदका हरेक सदस्यले संसदमा हाजिरी गर्ने व्यवस्था अनुसार प्रधानमन्त्री संसदमा कति पटक आउनु भयो र हाजिर गर्नु भयो वा भएन परिक्षण गर्न माग गरेका हुन् ।

साम्पाङले सीमा बारे दिएको अभिव्यक्ति बारे सबै नेपालीसँग माफी माग्नु पर्ने बताउदै यो कुनै पार्टी वा व्यक्तिको कुरा नभएको बताए ।

Read More

मे महिनामा एक लाख २ हजार विदेशी पर्यटक भित्रिए

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको अगामन मे महिनामा १९.०७ प्रतिशतले बढेको । गत बर्षको मे महिनामा भन्दा यस बर्षको मेमा नेपाल आउने विदेशी पर्यटकको संख्या १९ प्रतिशतले बढेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।

यस बर्षको मेमा कुल एक लाख २ हजार ६२६ विदेशी पर्यटक आएका छन् भने अघिल्लो बर्षको मेमा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । कोभिड शुरु हुनु अघि २०१९ को मेमा यो संख्या ७८ हजार ३२९ रहेको थियो । 

मे महिनामा नेपाल आउने विदेशी पर्यटकमा सबै भन्दा बढी भारतबाट नेपाल आएका छन् । भारतबाट मेमा ४० हजार ७८२ जना अर्थात ३९.७४ प्रतिशत पर्यटक नेपाल आएका छन् । त्यस्तै मेमा चीनबाट दोस्रो धेरै ११ हजार ५१४ पर्यटक नेपाल आएको बोर्डले जानकारी दिएको छ ।

त्यसैगरी अमेरिकाबाट ९ हजार १, बंगलादेशबाट ५ हजार २९८ जना, बेलायतबाट ३ हजार ३७५ जना, अस्ट्रेलियाबाट २ हजार ८७० जना, मलेसियाबाट २ हजार ८५७ जना र जापानबाट १ हजार ७५६ पर्यटक मे महिनामा नेपाल आएका छन् ।

पर्यटन बोर्डका अनुसार सार्क देशबाट कुल ४८ हजार ४६१, एशियाका अन्य देशबाट २० हजार ४६२ जना, युरोपबाट १३ हजार ४४० जना, अमेरिका क्षेत्रबाट १० हजार ६१८ जना, ओसिनियाबाट ३ हजार १८८ जना मे महिनामा नेपाल आएका छन् ।

Read More

ललितपुरमा चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ ।  चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१ बस्ने सिन्धुली कमलामाई नगरपालिका-१० घर भएका २१ वर्षीय अमन परियार, काठमाडौं थापाथली बस्ने नुवाकोट विदुर नगरपालिका-२ घर भएका १७ वर्षीय किशोर र महोत्तरी जलेश्वर नगरपालिका-१ घर भएका २१ वर्षीय रन्जन कापर रहेका छन् । 

ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित गणेश मन्दिर नजिकको घरबाट ल्यापटप र नगद गत बिहीबार चोरी भएको भन्ने सूचनाको आधारामा प्रहरी प्रभाग कुपण्डोलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई चोरी भएको २ थान ल्यापटप सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी छ । 

Read More

राष्ट्रिय सभामा अवरोध, बुधबारसम्मका लागि स्थगित

काठमाडौं । विपक्षी दलका सांसदहरुको विरोधका कारण राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । 

मंगलबार बैठक सुरु हुनासाथ सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक बुधबारम्मका लागि स्थगित भएको हो ।

बैठकको शुरूमै आकस्मिक समय माग गर्दै राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले प्रधानमन्त्री स्वयं उपस्थित भएर उक्त अभिव्यक्ति फिर्ता लिदै माफी माग्नुपर्ने माग गरेका थिए । 

आकस्मिक समयपछि सदस्यहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बुधबारसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

Read More