२०८३ आश्विन १

अमेरिका वा इरानमध्ये एक पक्ष रोज्न ओमानमाथि दबाब

काठमाडौँ । अमेरिका–इरान युद्धका क्रममा तटस्थ भूमिका अपनाइरहेको ओमानमाथि अमेरिका वा इरानमध्ये एक पक्ष रोज्न दबाब बढाइएको दाबी गरिएको छ । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको एक प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो ।

अमेरिकी तथा अरब अधिकारीहरूलाई उद्धृत गर्दै प्रतिवेदनमा वासिङ्टनले अब ओमानलाई स्पष्ट रूपमा एक पक्षको समर्थन गर्न र इरानसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्न दबाब दिइरहेको छ ।

हालैका दिनहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानमाथि प्रतिबन्ध लगाउने तथा आवश्यक परे बमबारीसमेत गर्न सकिने चेतावनी दिएका थिए । उक्त चेतावनी एक गोप्य सूचनापछि आएको बताइएको छ, जसमा इरान र ओमानले संयुक्त रूपमा होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजहरूबाट शुल्क असुल्ने सम्भावनाबारे छलफल गरेको दाबी गरिएको थियो ।

रोपोर्टमा अमेरिका र इरानबीच सन्तुलन कायम राख्ने ओमानको नीति दिनप्रतिदिन जटिल बन्दै गएको छ । यदि ओमानले खुला रूपमा अमेरिकाको पक्ष लियो भने युद्धका क्रममा इरानले अन्य खाडी मुलुकहरूमाथि गरेको जस्तै प्रतिशोधको सामना गर्नुपर्ने जोखिम रहेको विश्लेषण गरिएको छ ।

ओमानको इरानप्रतिको नीतिको आलोचना अमेरिकाले मात्र नभई संयुक्त अरब इमिरेट्स र साउदी अरेबियाजस्ता उसका प्रमुख क्षेत्रीय साझेदारहरूले पनि गरिरहेका छन्। उनीहरूको धारणा अनुसार ओमानले तेहरानसँग अत्यधिक निकट सम्बन्ध कायम राखेको छ।

अरब अधिकारीहरूका अनुसार ओमानले विभिन्न अवसरमा अमेरिका तथा अन्य देशहरूले जारी गरेका संयुक्त विज्ञप्तिहरूमा सहभागी हुन अस्वीकार गरेको थियो। ती विज्ञप्तिहरूमा इरानी आक्रमणहरूको निन्दा गरिएको थियो।

अधिकारीहरूले जनाएअनुसार ओमानी बन्दरगाहहरूमा ड्रोन आक्रमण भएपछि पनि ओमानले सार्वजनिक रूपमा इरानलाई दोषी ठहर गरेन। उसले घटनाको पुष्टि गर्नेबाहेक थप टिप्पणी गर्न अस्वीकार गरेको थियो।

युद्धका क्रममा ओमानका सुल्तान हैथम बिन तारिक अल सइद खाडी क्षेत्रका एकमात्र नेता थिए, जसले इरानका सर्वोच्च नेता अली खामेनेईको मृत्यु भएपछि उनका उत्तराधिकारी तथा नयाँ सर्वोच्च नेता मोज्तबा खामेनेईलाई बधाई दिएका थिए ।

Read More

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई काँग्रेसको संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता

काठमाडौं ।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई काँग्रेसको संसदीय दलको नेताबाट हटाउन उप्रक्रिया शुरु भएको छ ।

काँग्रेसकै सांसदहरूले मुख्यमन्त्री शाहविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनलाई हटाउने प्रक्रिया शुरु भएको हो ।

प्रदेशमा काँग्रेसका १८ सांसद मध्ये ९ जनाले हस्ताक्षर गरेर अविश्वास प्रस्ताव दर्ता गरेका हुन । कांग्रेसका १८ सांसदमध्ये लामोसमयदेखि प्रकाशबहादुर देउवा देशबाहिर रहेका छन् । 

कांग्रेसका सांसद मुख्यमन्त्री शाहलाई पदबाट राजीनामा दिन माग गर्दै आएका थिए । 

Read More

सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?

काठमाडौं । सरकारका प्रवक्ता सस्मित पोखरेलले संसदमा नेपालले सीमा मिचेको भन्ने थाहा पाएर प्रधानमन्त्रीले आफु अचम्ममा परेको हिसाबले भनेको स्पष्ट गरेका छन् । 

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गर्नेक्रममा प्रवक्ता पोखरेलले नेपालले सीमा मिचेको भनेर नभनेको दाबि गर्दै पोखरेलले सीमा विवाद सम्बन्धि काम अगाडी बढाउदा अर्को पक्षले नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आएपछि प्रधानमन्त्री अचम्म परेको भनेर भनेको बताएका हुन् ।

उनले भने- ‘प्रधानमन्त्रीजीले के भन्नु भएको हो भने हामीले सीमा विवादसम्बन्धि काम अगाडी बढाउदा अर्को पक्षले नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आएपछि आफु अचम्ममा परेको भनेर भन्नु भएको हो । त्यो हिसाबले सदनमा भन्नु भएको र यस विषयमा परराष्ट्र मन्त्रालयले पनि स्पष्ट गरिसकेको छ ।’

प्रवक्ता पोखरेलले दुई देश बसेर सीमा सम्बन्धि विवाद मिलाउने बताए । उनले प्रधानमन्त्रीले नेपालले सीमा मिचेको भनेर नभनेको दाबि गर्दै प्रवक्ता पोखरेलले नेपालले सीमा मिचेको कुरा आउदा आफु अचम्ममा परेको बताएको उल्लेख गरे ।

Read More

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समिति गठन गर्ने सहितका चार निर्णय गरेको छ ।

आज बसेको बैठकले भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला (कास्की) तथा सदस्य पदमा अमीरप्रसाद न्यौपाने (काठमाडौँ), पद्मनीति सोती (लमजुङ) र डा. रोहना श्रेष्ठ (काठमाडौं) लाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । 

त्यस्तै आजको बैठकले युनाइटेड नेसन्स इन्भाइरोमेन्ट प्रोग्राम बाट ओजन तहलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ ।

त्यस्तै सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेललाई पदमा बढुवा गर्ने निर्णय गरेको र २०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ गर्न गठित आयोगले पेश गरेको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिनले थप गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिएका छन् ।

Read More

रवि लामिछानेको भाजपा अध्यक्ष नितिन नविनसँग भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय जनता पार्टीका अध्यक्ष नितिन नविनसँग भेटवार्ता गरेका छन् ।

दिल्लीस्थित भारतीय जनता पार्टीको हेडक्वाटरमा सो भेट भएको हो । लामिछानेलाई भाजपाको हेड क्वाटरमा भव्य स्वागत गरिएको थियो । उनी कार्यालय प्रवेश गर्दा पुष्पवृष्टिले स्वागत गरिएको थियो । लामिछानेले आजै भाजपाका अन्य नेताहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

भाजपाकै निमन्त्रणामा सोमबार भारत गएका लामिछाने शुक्रबार स्वदेश फर्किने तालिका रहेको छ ।

Read More

मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । आज मन्त्रिपरिषद्को बैठक जारी रहेको छ ।

प्रधामन्त्री बालेन शाहले बोलाएको केहि बेरअघि देखि प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा जारी रहेको उनको सचिवालयले जानकारी दिएको छ । आजको बैठक नियमित बैठक रहेको बताइएको छ  । 

Single Image

Single Image

Read More

अमेरिकाको तेल भण्डारण दुई बर्षकै तल्लो स्तरमा

काठमाडौँ । अमेरिका-इरान युद्धको प्रभाव तेल बजारमा स्पष्ट रूपमा देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले हालसम्म अमेरिकाको आपत्कालीन तेल भण्डारबाट करिब पाँच करोड ८० लाख ब्यारेल कच्चा तेल बजारमा जारी गरिसकेको छ । यो कुल रणनीतिक तेल भण्डारको करिब १४ प्रतिशत हो ।

इरानसँगको युद्धका कारण उत्पन्न आपूर्ति समस्यालाई कम गर्ने उद्देश्यले कच्चा तेल बजारमा पठाइएको अमेरिकी प्रशासनले जनाएको छ ।

अमेरिकासँग लुइसियाना र टेक्सास राज्यका भूमिगत भण्डारणस्थलमा अधिकतम ७१ करोड ४० लाख ब्यारेल तेल राख्ने क्षमता छ । सन् २०२६ मार्चमा संकट सुरु हुनुअघि त्यहाँ करिब ४१ करोड ५० लाख ब्यारेल तेल मौज्दात थियो । तर हाल यो घटेर ३५ करोड ७१ लाख ब्यारेलमा झरेको छ । यो सन् २०२४ जनवरीयताको सबैभन्दा न्यून स्तर हो ।

राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष सम्बन्धित भएकाले अमेरिकाले आफ्नो रणनीतिक तेल भण्डार लामो समयसम्म खाली राख्न सक्दैन । संकट समाप्त भएपछि ट्रम्प प्रशासनले बजारबाट पुनः महँगो मूल्यमा तेल खरिद गरेर भण्डार भराउनुपर्ने अवस्था आउनेछ, जसले अमेरिकी सरकारी कोषमाथि ठूलो आर्थिक भार पर्ने अनुमान गरिएको छ ।

तेल बजारमा पठाउने निर्णय अमेरिकाको मात्रै नभई अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका ३२ सदस्य राष्ट्रहरूको संयुक्त निर्णय रहेको बताइएको छ । ती देशहरूले सामूहिक रूपमा ४० करोड ब्यारेल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेका छन् । यो इतिहासकै सबैभन्दा ठूलो आपत्कालीन तेल आपूर्ति कार्यक्रम मानिएको छ ।

अमेरिकाले जारी गरिरहेको तेल पनि यही अन्तर्राष्ट्रिय सम्झौताको एक हिस्सा हो । सामान्यतया यस्ता ठूला युद्ध र आपूर्ति अवरोधका बेला कच्चा तेलको मूल्य अत्यधिक बढ्ने गर्छ । तर यो कदमका कारण मूल्य नियन्त्रणबाहिर जानबाट रोकिएको विश्लेषण गरिएको छ ।

यद्यपि, विज्ञहरूले यसलाई केवल अस्थायी राहतको उपायका रूपमा लिएका छन् । यदि जुन महिनाको अन्त्यसम्म प्रभावित समुद्री मार्ग पुनः सञ्चालनमा आउन सकेन भने कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न सक्ने चेतावनी उनीहरूले दिएका छन्।

Read More

तेक्वान्दो खेलाडी वैभवीले सिक्किममा प्रतिस्पर्धा गर्ने

काठमाडौँ  । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट  प्रतिस्पर्धा गर्ने भएकी छिन् ।

भारतको सिक्किम राज्यको गान्तोकस्थित पाल्जोर रंगशालामा हुने सो प्रतियोगिता सिक्किम एमेच्योर तेक्वान्दो एसोसिएसन (साटा) ले आयोजना गर्न लागेको हो । ११ वर्षीया वैभवीले सिक्किममा क्योरुगी र पुम्से दुई विधामा प्रतिष्पर्धा गर्ने छिन् ।

जेठ २३ देखि शुरु हुने सो प्रतियोगितामा विभिन्न देशका खेलाडीको सहभागिता रहने छ ।

वैभवीले केही दिन अघि सम्पन्न बागमती प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा भक्तपुर जिल्लाबाट प्रतिनिधित्व गर्दै स्वर्ण पदक जितेकी थिइन् । वैभवीलाई हालैमात्र भक्तपुर जिल्लाले २०८२ सालको उत्कृष्ट महिला खेलाडी घोषित गर्दै वर्ष खेलाडीको रुपमा सम्मान गरेको थियो । त्यसका लागि वैभवी जेठ २० गते बुधबार सिक्किम प्रस्थान गर्ने छिन् ।

Read More

घरेलु बक्स अफिसमा सुपरहिट भयो ‘लालीबजार’

काठमाडौँ । नेपाली फिल्म ‘लालीबजार’ले घरेलु बक्स अफिसमा ८ करोड रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको आइतबार मध्यरातसम्मको तथ्यांकअनुसार फिल्मले ८ करोड १ लाख ९ हजार ६६५ रुपैयाँ ग्रस कमाइ गरेको छ । बोर्डका अनुसार हालसम्म फिल्मलाई २ लाख ७६ हजार ९४४ दर्शकले हेरेका छन् ।

योसँगै वर्ष २०८३ को जेठ मध्यसम्म सर्वाधिक कमाई गर्ने फिल्म ‘लालीबजार’ बनेको छ । यसवर्ष हालसम्म प्रदर्शन भएका फिल्मको तुलनामा यो फिल्म दोब्बरले अगाडि छ । घरेलु बक्स अफिसमा सुपरहिट भएसँगै यसको डिमाण्ड डायस्पोरामा समेत बढेको छ । 

निर्माता म्याक्स दीपेश खत्रीका अनुसार छिटै डायस्पोरा प्रदर्शन बारे टुङ्गो लाग्नेछ ।  

उनले यो फिल्मले उठान गरेको विषयवस्तुलाई धेरै भन्दा धेरै दर्शकसम्म पुर्याउने आफ्नो चाहना रहेको बताए । ‘वादी समुदायकी एक महिलाले आफ्ना सन्तानको पालनपोषण र शिक्षाका लागि गरेको संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको फिल्मले शिक्षाको ज्योतिले पार्ने प्रभावलाई चित्रण गरेको छ । शिक्षाले समुदायलाई अगाडि बढाउन मदत गर्नुकासाथै आफ्नो अधिकारका लागि आवाज बुलन्द बनाउन मदत गर्छ । यही संदेश हामी आम दर्शकसम्म पुर्याउन चाहन्छौँ’, निर्माता खत्रीले भने ।  

यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’ले प्रदर्शनको चौथो सातासम्म पनि उत्साहजनक व्यापार गरिरहेको छ । सुरुआती चरणमा कानुनी विवाद र विभिन्न विरोधको सामना गर्नुपरे पनि फिल्मले बक्स अफिसमा भने सकारात्मक परिणाम हासिल गरेको छ । फिल्मले अहिले देशभर करिब १ सय ९२ शो पाइरहेको छ, जुन चौथो सातासम्मका लागि उल्लेखनीय मानिएको छ ।

फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।

विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभियन्ताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।

Read More

सुर्खेतबाट अनुमानित ३ करोड बराबरको सुनका गहना र नगदसहित एक जना पक्राउ

काठमाडौं । सुर्खेतबाट  अनुमानित ३ करोड बराबरको सुन र स्रोत नखुलेको नगदसहित एक जना पक्राउ परेका छन् । 

सुर्खेत प्रहरीका अनुसार नेपालगन्ज स्थायी ठेगाना भएर हाल सुर्खेतमा बसोबास गर्ने ६३ बर्षिय श्याम सुन्दर अग्रवाल करिब ३ करोड बराबरको सुन र चाँदीका गहना तथा २ लाख १९ हजार नेपाली र ८ लाख ११ हजार भारतीय रुपैयाँसहित पक्राउ परेका हुन् । 

उनलाई प्रहरीले सोमबार वीरेन्द्रनगर-६ स्थित तल्लो बजारमा रहेको शिव इम्पोरियममा नगद र गहना धितो राखी ब्याजमा नगद दिने गरेको सूचनाका आधारमा पक्राउ गरेको जानकारी दिएको छ । उनीसँग एक थान पैसा गन्ने मेशिन समेत बरामद भएको प्रहरीले जनाएको छ । 

Read More