२०८३ असार १
Nepal Rastra Bank

राष्ट्रबैंकको अर्धबार्षिक प्रतिवेदन: कस्ता छन् आर्थिक सूचकांक ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक प्रतिवेदन अनुसार नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत रहने अनुमान गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.४३ प्रतिशत रहने संशोधित अनुमान थियो । प्रतिवेदनअनुसार विश्व अर्थतन्त्र सन् २०२६ मा ३.१ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ भने विश्वव्यापी मुद्रास्फीति ४.४ प्रतिशत रहने अनुमान गरिएको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान सबैभन्दा बढी ६१.८१ प्रतिशत रहने अनुमान छ । प्राथमिक क्षेत्रको योगदान २४.४६ प्रतिशत र औद्योगिक क्षेत्रको योगदान १३.७३ प्रतिशत रहनेछ ।

कृषि क्षेत्रमा खाद्य तथा अन्य बाली उत्पादन ६.७६ प्रतिशतले घटेको छ । तरकारी तथा बागबानी उत्पादन १.०२ प्रतिशत र फलफूल उत्पादन ६.५१ प्रतिशतले बढेको छ । त्यस्तै दूध उत्पादन २५.९७ प्रतिशतले घट्दा मासु उत्पादन ७.३७ प्रतिशत र अन्डा उत्पादन ६.७३ प्रतिशतले वृद्धि भएको छ ।

औद्योगिक क्षेत्रको क्षमता उपयोग औसत ४२.११ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको कुल कर्जामध्ये ३०.८२ प्रतिशत औद्योगिक क्षेत्रमा गएको प्रतिवेदनमा उल्लेख छ । सेवा क्षेत्रतर्फ चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ लाख ३ हजार १५० विदेशी पर्यटक नेपाल आएका छन् । घरजग्गा रजिष्ट्रेशन संख्या १०.४ प्रतिशतले घटे पनि यसबाट प्राप्त राजस्व ६८.५ प्रतिशतले बढेर १८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप एक वर्षमा १५.३९ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ६.२४ प्रतिशतले वृद्धि भएको छ । कुल निक्षेप र कर्जामा बागमती प्रदेशको हिस्सा क्रमशः ६५.५२ प्रतिशत र ६०.३३ प्रतिशत रहेको छ। कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम रहेको छ ।

सवारी साधन दर्ता संख्या ७.२२ प्रतिशतले बढेको छ भने छनोटमा परेका सहकारी संस्थाको कुल पुँजी ०.०४ प्रतिशतले घटेको छ। यद्यपि ती सहकारीहरूको बचत ८.९१ प्रतिशत र कर्जा १.५५ प्रतिशतले वृद्धि भएको छ । पूर्वाधारतर्फ समीक्षा अवधिमा १५९.०१ किलोमिटर कालोपत्रे सडक, ४ किलोमिटर ग्राभेल सडक र ३२ किलोमिटर माटे सडक निर्माण सम्पन्न भएको छ ।

बाह्य क्षेत्रतर्फ पहिलो ६ महिनामा वस्तु निर्यात ४३.७६ प्रतिशतले बढेर १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ भने आयात १४.१८ प्रतिशतले बढेर ९ खर्ब ३९ अर्ब रुपैयाँ पुगेको छ। यस अवधिमा पुनःश्रम स्वीकृतिसहित ३ लाख ९६ हजार ८६ जना वैदेशिक रोजगारीमा गएका छन्।

संघीय सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमध्ये पुस मसान्तसम्म ६ खर्ब ९० अर्ब रुपैयाँ खर्च गरेको छ। यस्तै प्रदेश सरकारहरूले विनियोजन गरेको कुल बजेटमध्ये ४० अर्ब ७३ करोड रुपैयाँ खर्च गरेका छन्।

राष्ट्र बैंकले सरकारी नीतिगत सुधार, बजेट कार्यान्वयन र आर्थिक गतिविधिमा क्रमिक सुधारका कारण चालु आर्थिक वर्षमा अर्थतन्त्र सकारात्मक रहने अनुमान गरेको छ। यद्यपि पश्चिम एशियालगायत क्षेत्रमा बढ्दो भूराजनीतिक तनावका कारण पेट्रोलियम पदार्थको मूल्यवृद्धिले मुद्रास्फीतिमा दबाब सिर्जना गर्न सक्ने चेतावनी पनि प्रतिवेदनमा दिइएको छ ।

Read More

अमेरिकासँगको सम्झौता बारे इरानमा अन्तिम निर्णय हुन बाँकी

काठमाडौं । अमेरिका र इरानबीच सम्भावित सम्झौताबारे छलफल जारी रहे पनि इरानले हालसम्म कुनै अन्तिम निर्णय नभएको स्पष्ट गरेको छ ।

इरानी समाचार संस्था फार्सका अनुसार प्रस्तावित समझदारीपत्रका राजनीतिक, कानुनी र प्राविधिक पक्षहरूको समीक्षा भइरहेको छ र तेहरानले अझै यसलाई अन्तिम स्वीकृति दिएको छैन ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सम्झौता छिट्टै टुंगोमा पुग्ने दाबी गरेका छन् । उनका अनुसार प्रस्तावित सम्झौताले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नेछ र त्यसपछि होर्मुज जलडमरूमध्य सबै देशका लागि खुला रहनेछ ।

यसैबीच कतारको एक प्रतिनिधिमण्डल आइतबार तेहरान पुगेको छ । प्रतिनिधिमण्डलले इरानी अधिकारीहरूसँग अमेरिका-इरानबीच जारी कूटनीतिक प्रयासबारे छलफल गरेको छ । कतारले दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको विश्वास गरिएको छ ।

सम्भावित सम्झौताविरुद्ध इरानभित्र विरोध पनि बढ्दै गएको छ । मशहदमा प्रदर्शनकारीहरूले विदेशमन्त्री अब्बास अराघची र संसद् अध्यक्ष मोहम्मद बाकर गालिबाफविरुद्ध नाराबाजी गरेका छन् ।

कट्टरपन्थी समूह, रूढीवादी नेताहरू र सरकारी सञ्चारमाध्यमका केही पक्षले अमेरिकासँगको सम्झौता इरानको झुकावका रूपमा देखिने तथा युद्धका क्रममा प्राप्त उपलब्धि कमजोर बन्न सक्ने बताएका छन् । विरोधी समूहहरूले विदेश मन्त्रालय बाहिर प्रदर्शन गर्ने तयारीसमेत गरेका छन् । उनीहरूको मुख्य निशानामा अमेरिका–इरान वार्ताको नेतृत्व गरिरहेका विदेशमन्त्री अराघची रहेका छन् । यद्यपि इरानको शीर्ष नेतृत्व भने हाल एकजुट देखिएको छ । सर्वोच्च नेता, राष्ट्रपति, विदेशमन्त्री, संसद् अध्यक्ष र सैन्य नेतृत्वले अमेरिकासँगको वार्ता राष्ट्रिय हितका लागि भइरहेको सन्देश दिइरहेका छन् ।

Read More

पोखरा एभेन्जर्स र कर्णाली याक्सका ७-७ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को टिम पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सात खेलाडीलाई रिटेन गरेको छ ।

पोखरा एभेन्जर्सले आगामी सिजनका लागि भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गरेको हो ।

त्यस्तै पोखराले रोहित चन्द, सन्दीप क्षेत्री, कृष्ण पौडेल, तृतराज दास र अभिषेक तिवारीलाई रिलिज गरेको छ ।

यसअघि शनिबार कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामीसहित ७ जना खेलाडीलाई रिटेन गरेको थियो । कर्णाली याक्सले मार्की खेलाडी सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, दिपक प्रसाद डुम्रे, पवन सर्राफ, युनिस विक्रम सिंह ठकुरी र युवराज खत्रीलाई तेस्रो सिजनका लागि रिटेन गरेको हो ।

त्यस्तै कर्णालीले अर्जुन घर्ती, दिपेन्द्र रावत,  विपिन प्रसाद शर्मा, मनिष थापा र इमरान शेखलाई तेस्रो सिजनको लागि रिलिज गरेको छ । 

Read More

नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन- उपेन्द्र यादव

वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालले भारतको एक इन्च पनि भूमि नमिचेको बताएका छन् ।

वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले नेपाल र भारतबीच सीमा सम्बन्धी विषय ऐतिहासिक तथ्य, नक्सा तथा अन्तर्राष्ट्रिय मान्यताका आधारमा समाधान हुनुपर्ने धारणा व्यक्त गर्दै नेपाल आफ्नो सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रति स्पष्ट रहेको र कुनै पनि छिमेकी राष्ट्रको भूमि अतिक्रमण नगरेको बताएका हुन् ।

उनले भने- ‘नेपालले भारतको एक इन्च पनि भूमि मिचेको छैन । सीमासम्बन्धी विवाद भएका क्षेत्रहरू ऐतिहासिक दस्तावेज, सन्धि तथा प्रमाणका आधारमा समाधान हुनुपर्छ ।’

उनले नेपाल-भारत सम्बन्धलाई थप सुदृढ र मैत्रीपूर्ण बनाउन दुवै देशले आपसी सम्मान, समानता र विश्वासको आधारमा संवाद अघि बढाउनुपर्ने धारणा राखेका थिए ।

साथै यादवले राष्ट्रियता, संघीयता, समावेशी लोकतन्त्र तथा वर्तमान राजनीतिक परिस्थिति बारेमा बोल्दै देशका सबै समुदायको अधिकार सुनिश्चित गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउन आवश्यक रहेको टिप्पणी गरेका थिए ।

Read More

विश्वकपमा आजराती नेदरल्याण्डस र जापानबीच भिडन्त

काठमाडौं । जारी फिफा विश्वकप फुटबल अन्तर्गत नेदरल्यान्ड्स र जापानबीच समूह ‘एफ’ को पहिलो खेल आज राति एटी एन्ड टी स्टेडियममा हुदैछ । दुवै टोली प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्यसहित मैदानमा उत्रिँदैछन् ।

यो खेलमा नेपाली समय अनुसार आज राति १: ४५ बजेदेखि शुरु हुदैछ ।

नेदरल्यान्ड्स टोली चोटका कारण केही मुख्य खेलाडीबिना मैदानमा उत्रन बाध्य छ । आर्सनलका डिफेन्डर जुरियन टिम्बर, एक्सेभियर सिमन्स र जेर्डी साउटेन चोटका कारण टिममा छैनन् । मेम्फिस डिपे पुरानो ह्यामस्ट्रिङ समस्यासँग संघर्ष गरिरहेका छन् भने माथियास डे लिग्ट पनि फिटनेस समस्याका कारण शंकामा छन् । यद्यपि डेनजेल डम्फ्रीज फर्किएका छन् र रक्षापंक्तिलाई बल दिएका छन्। मिकी भान डे भेन र कप्तान भर्जिल भान डाइक सेन्टर ब्याकमा देखिने सम्भावना छ ।

जापान टोली पनि ठूलो झट्कामा परेको छ । कप्तान वाटारु एन्डो चोटका कारण बाहिरिएका छन् र अन्तर्राष्ट्रिय फुटबलबाट संन्याससमेत घोषणा गरेका छन् । काओरु मितोमा र ताकुमी मिनामिनो पनि चोटका कारण अनुपस्थित छन् । यसले जापानको आक्रमण कमजोर बनाएको छ । तर ताकेफुसा कुबो र रित्सु दोआनले टोलीको सिर्जनात्मक जिम्मेवारी सम्हाल्नेछन् भने अयासे उएदा अग्रपंक्तिमा रहनेछन् । नेदरल्यान्ड्स पछिल्ला खेलाडीहरूको चोटका बाबजुद प्रशिक्षक रोनाल्ड कोमानको नेतृत्वमा बलियो सुरुवात गर्ने प्रयासमा छन् । उता जापान प्रशिक्षक हाजिमे मोरियासुको टोली लगातार ६ मैत्रीपूर्ण जितसहित उत्कृष्ट लयमा प्रतियोगितामा आएको छ ।

दुवै टोलीबीचको पछिल्लो भेट सन् २०१३ नोभेम्बर १६ मा भएको थियो, जहाँ खेल २–२ को बराबरीमा सकिएको थियो ।

नेदरल्यान्ड्सको टिम

बार्ट भेरब्रुगेन, रोबिन रोएफ्स, मार्क फ्लेक्केन, लुत्सरेल गेरत्रुइडा, भर्जिल भान डाइक, नाथन एके, जान पल भान हेके, मिकी भान डे भेन, डेनजेल डम्फ्रीज, जोर्रेल हातो, क्विन्टेन टिम्बर, मार्टेन डे रोन, र्यान ग्राभेनबेर्च, माट्स वीफर, तिज्जानी रेइन्डर्स, गुस तिल, ट्युन कोपमाइनर्स, फ्रेन्की डि जोंग, जस्टिन क्लुइवर्ट, वाउट वेघोर्स्ट, मेम्फिस डिपाए, कोडी गाक्पो, नोआ लाङ, डोनियल मालेन, ब्रायन ब्रोबे र क्रेन्सियो समरभिल ।

जापानको टिम 

जियोन सुजुकी, केसुके ओसाको, तोमोकी हायकावा, युकिनारी सुगावारा, शोगो तनिगुची, को इताकुरा, युतो नागातोमो, त्सुयोशी वातानाबे, अयुमु सेको, हिरोकी इतो, ताकेहिरो तोमियासु, जुनोसुके सुजुकी, वाटारु एन्डो, आओ तनाका, रित्सु दोआन, दाइची कामादा, युइतो सुजुकी, काइशु सानो, ताकेफुसा कुबो, केसुके गोटो, दाइजन माइदा, केइतो नाकामुरा, जुन्या इतो, अयासे उएदा, कोकी ओगावा र केन्तो शिगोआइ ।

Read More

ओमानको तटीय क्षेत्र भारतीय डुङ्गा दुर्घटना, सवार १४ यात्रुको सकुशल उद्धार

काठमाडौं । ओमानको तटीय क्षेत्र नजिक समुद्रमा १४ भारतीय नागरिक सवार एक परम्परागत डुङ्गा दुर्घटनामा पर्न लागेको अवस्थामा समयमै उद्धार गरी ठूलो दुर्घटना टरेको छ ।

अधिकारीहरूका अनुसार ओमानको रास अल हद्दबाट करिब ८० नटिकल माइल पूर्व समुद्रमा उक्त डुङ्गा अचानक संकटमा फसेर डुब्ने अवस्थामा पुगेको थियो। सूचना पाएलगत्तै अमेरिकी नौसेना, भारतीय नौसेना र नजिकै रहेको एक व्यापारिक जहाजले संयुक्त रूपमा उद्धार अभियान सुरु गरेका थिए ।

उद्धार क्रममा अमेरिकी नौसेनाको पी–८ समुद्री निगरानी विमान तत्काल घटनास्थलमा पुगेर समुद्रमा लाइफ राफ्ट खसाल्दै उद्धार प्रक्रियामा सहयोग गरेको थियो । डुङ्गामा सवार सबै १४ जना भारतीय नागरिक सुरक्षित रूपमा लाइफ राफ्टमा पुगेका थिए ।

यसैबीच सोहारबाट मुम्बईतर्फ जाँदै गरेको एमभी जबल अली–९ नामक व्यापारिक जहाज पनि उद्धार अभियानमा सहभागी भएको थियो । सो जहाजले घटनास्थल नजिकै पुगेर खोज तथा उद्धार कार्यमा सहयोग पुर्‍याएको र सबै यात्रु सुरक्षित रहेको पुष्टि गरेको जनाइएको छ ।

अमेरिकी र भारतीय नौसेनाले आवश्यक परे थप सहायता उपलब्ध गराउन अन्य जहाजहरू पनि घटनास्थलतर्फ पठाएका थिए ।

ओमान र होर्मुज जलडमरूमध्य वरपरको समुद्री क्षेत्र पछिल्ला समय सुरक्षा दृष्टिले संवेदनशील बन्दै गएको अवस्थामा भएको यो सफल उद्धारले ठूलो सम्भावित मानवीय क्षति टरेको अधिकारीहरूले बताएका छन् । अहिले सम्बन्धित निकायहरूले घटनाबारे थप निगरानी गरिरहेका छन् ।

Read More

कुटनीतिक पहल गरेर चिया निकासी खुलाउन सरकारसँग सुहाङ नेम्वाङको माग

काठमाडौं । नेकपा एमालेका युवा नेता तथा इलाम–२ का सांसद सुहाङ नेम्वाङले भारतीय बजारमा नेपाली चियाको बिक्री र वितरणमा देखिएको अवरोधप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

उनका अनुसार इलामको सूर्योदय क्षेत्रका ५३ वटा चिया उद्योगले उत्पादन बिक्री गर्न नसक्दा गोदाम भरिएको छ र किसानलाई हरियो पत्तीको भुक्तानी गर्न समेत कठिन भएको छ । यही अवस्थाका कारण असार १ गतेदेखि उद्योग बन्द गर्ने निर्णय भएको उनले उल्लेख गरेका छन् । 

सूर्योदय नगरपालिकामा मात्रै करिब २ हजार ९९५ किसान चिया खेतीमा संलग्न छन् भने वार्षिक करिब २ करोड किलो हरियो पत्ती उत्पादन हुने गरेको छ। उद्योगीका अनुसार करिब ३ लाख किलो चिया भारतीय गोदाममा रोकिएको र ७ लाख किलोभन्दा बढी प्रशोधित चिया नेपालकै उद्योगमा थन्किएको छ।

नेम्वाङले यो समस्या तथ्याङ्कमा मात्र सीमित नभई किसानको जीवनसँग जोडिएको गम्भीर संकट भएको बताएका छन् । उनका अनुसार किसानले वर्षभर मेहनत गरेर उत्पादन गरेको चिया बिक्री नहुँदा आम्दानी रोकिएको छ र जीवनयापनमै समस्या देखिएको छ । चिया इलामका किसानका लागि केवल बाली नभई शिक्षा, स्वास्थ्य, ऋण भुक्तानी र परिवारको जीविकोपार्जनसँग जोडिएको आधार भएको उनले बताए ।

उनले उद्योग बन्द हुँदा रोजगारी, लगानी, निर्यात र विदेशी मुद्रा आर्जनमा समेत प्रत्यक्ष असर पर्ने भन्दै यो समस्या राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको उल्लेख गरे । नेम्वाङले गुणस्तर परीक्षणको विरोध नभए पनि प्रक्रिया पारदर्शी, समयबद्ध र व्यवहारिक हुनुपर्नेमा जोड दिए ।

उनले भारततर्फको नियमअनुसार प्रयोगशाला प्रतिवेदन पाँच दिनभित्र उपलब्ध हुनुपर्ने व्यवस्था भए पनि व्यवहारमा ढिलाइका कारण चिया गोदाममै थन्किएको बताए ।

सरकारसँग उनले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गरी रोकिएको चिया बिक्री तथा निकासी खुलाउन, भारतीय गोदाममा रोकिएका चियाको छिटो परीक्षण र बिक्री अनुमति दिन, प्रयोगशाला प्रमाणपत्रको पारस्परिक मान्यता सुनिश्चित गर्न, उद्योगलाई सहुलियतपूर्ण कर्जा र किसान भुक्तानीको व्यवस्था गर्न तथा पूर्वी नेपालमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त परीक्षण प्रयोगशाला स्थापना गर्न माग गरेका छन् ।

नेम्वाङले चियाको उत्पादन प्रशासनिक ढिलाइमा रोक्न नहुने भन्दै तत्काल परिणाममुखी कदम चाल्न सरकारलाई आग्रह गरेका छन्।

Read More

पर्साबाट करिब सय किलो गाँजा बरामद

पर्सा । विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।

जेठ ३१ गते पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका–३ स्थित मुरैया चोक नजिकैको खेतमा चामलका पाँच वटा बोरामा लुकाइराखिएको अवस्थामा करिब १०० किलो गाँजा फेला पारिएको प्रहरीले जनाएको छ।

बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ । घटनासँग सम्बन्धित व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

Read More

प्रतिनिधिसभामा विनियोजन विधेयकको मन्त्रालयगत शीर्षकमाथि असार १ र २ गते छलफल हुने

काठमाडौं । प्रतिनिधिसभामा विनियोजन विधेयक अन्तर्गत असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ । 

संघीय संसद सचिवालयका अनुसार असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने र असार ३ र ४ गते सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको हो ।

जस अनुसार असार १ गते युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ । त्यसैगरी यी मन्त्रालयका सम्बन्धित मन्त्रीले असार ३ गते जवाफ दिने तय गरिएको छ ।

त्यसैगरी असार २ गते विज्ञान, प्रविधि तथा नवप्रवर्तन, कानुन न्याय तथा संसदीय मामिला, पूर्वाधार विकास, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, परराष्ट्र, अर्थ र रक्षा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, उपराष्ट्रपति र राष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथि छलफल हुने भएको छ । त्यसैगरी यी मन्त्रालयका सम्बन्धित मन्त्रीले असार ४ गते जवाफ दिने तय गरिएको छ ।

Read More

सरकारले गरिब लखटयो, धेरै टिकदैन- दुर्गा प्रसाईं

काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले राजसंस्था र वैदिक सनातन हिन्दु धर्मको स्थापना नभएसम्म देशमा शान्ति नहुने बताएका छन् । 

धवल शमशेर राणासँग मिलेर नयाँ राष्ट्रवादी पार्टीमा जिम्मेवारी घोषणा गर्ने कार्यक्रममा बोल्दै प्रसाईले आफुहरु राजसंस्था र वैदिक सनातन हिन्दु धर्मको स्थापना गर्नका लागि मिलेको भन्दै आफुहरुको अन्य स्वार्थ नरहेको बताएका हुन् ।  प्रसाईले आफुले राप्रपा भनेको धवल शमशेर भन्ने बुझेको भन्दै चुनावको बेलामा राजा र धर्म सम्झेर जनता ढाटेको आरोप समेत लगाए ।

उनले रास्वपा पार्टी र सरकार नटिक्ने भन्दै गरिबलाई प्रहार गरेको आरोप लगाए । सरकारले गरिवी लखटनुपर्नेमा गरिब लखेटेको बताउदै जंगलमा टेम्पो भीरबाट लडाएको यो सरकार धेरै नटिक्ने दाबि गरे । पुराना दलले ३५ बर्षमा सकेको अहिलेको सरकारले एक बर्षमै सक्ने आरोप लगाए ।

Read More