२०८३ आश्विन १०

पृथ्वी राजमार्गका सात स्थानमा पहिरो, दुई ठाउँमा सडक पूर्ण अवरुद्ध

काठमाडौं । निरन्तर भइरहेको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न सात स्थानमा पहिरो खसेपछि यातायात प्रभावित भएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार कृष्णभिर र तिगराङ खोलामा पहिरोका कारण सडक पूर्ण रूपमा बन्द भएको छ। यी दुवै स्थानमा सडक खुलाउने प्रयास भइरहेको छ।

अन्य पाँच स्थान भने आंशिक रूपमा सञ्चालनमा छन्। परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला र कमेरेभिरमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

स्थानसडकको अवस्था
कृष्णभिरपूर्ण रूपमा अवरुद्ध
तिगराङ खोलापूर्ण रूपमा अवरुद्ध
परेवाभिरएकतर्फी सञ्चालन
ज्यामिरेघाटएकतर्फी सञ्चालन
जहरेएकतर्फी सञ्चालन
जवाङखोलाएकतर्फी सञ्चालन
कमेरेभिरएकतर्फी सञ्चालन

कृष्णभिरमा दुई वटा उपकरण प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ। यता अन्य स्थानमा भने वर्षा निरन्तर भइरहेका कारण थप पहिरो खस्ने जोखिम कायमै छ। यही कारण सडक सफा गरी यातायात पूर्ण रूपमा सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।

Read More

भोटेकोशी बाढी : १,४५३ शव फेला, ४,७१८ बेपत्ताको खोजी जारी

काठमाडौं । भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोजी तथा उद्धार अभियानका क्रममा शुक्रबार बिहान ८ बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ।

प्राप्त विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ तथा नवलपरासीका विभिन्न क्षेत्रमा १ हजार ४ सय ५१ शव फेला परेका छन्। थप २ जनाको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

जिल्लागत रूपमा फेला परेका शवको विवरण यस्तो छ:

जिल्ला/स्थानफेला परेका शव
रसुवा२३६
नुवाकोट२०४
धादिङ७२
चितवन३६८
गोरखा७९
तनहुँ३८
नवलपरासी पूर्व२३२
नवलपरासी पश्चिम२२२
काठमाडौंमा उपचारका क्रममा मृत्यु२
कुल१,४५३

शव पहिचानका लागि डीएनए नमुना संकलनलगायतका प्रक्रिया अघि बढाइएको छ। हालसम्म १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको छ। पहिचानका क्रममा मृतक तथा उनीहरूका आफन्तबाट गरी कुल ३ हजार ३ सय ८९ डीएनए नमुना संकलन गरिएको छ।

डीएनए नमुना तथा शव व्यवस्थापनको अवस्था:

विवरणसंख्या
मृतकका डीएनए नमुना१,३२९
आफन्तका डीएनए नमुना२,०६०
कुल डीएनए नमुना३,३८९
व्यवस्थापन गरिएका शव१,३३४
पहिचान नभएका शवको विवरण अपलोड१,४२१

पहिचान हुन नसकेका १ हजार ४ सय २१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। शव पहिचान तथा व्यवस्थापनका लागि आवश्यक प्रक्रिया निरन्तर अघि बढाइएको जनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ। यसैगरी, बाढीपछि सम्पर्कविहीन भएका ४ हजार ७ सय १८ जनाको खोजी कार्य जारी रहेको छ।

उद्धार तथा प्रभावित व्यक्तिहरूको व्यवस्थापनसम्बन्धी विवरण:

विवरणसंख्या
परिचालन भएका प्रहरी कर्मचारी७,९७५
खोजी भइरहेका बेपत्ता व्यक्ति४,७१८
होल्डिङ सेन्टरमा राखिएका व्यक्ति१,२१५

विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा हाल १ हजार २ सय १५ जनालाई राखिएको छ। प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनका कार्यलाई निरन्तरता दिइएको छ।

Read More