काठमाडौं । लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएपछि राजनीतिक तहमा हलचल बढेको छ। यसै सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख दलका नेताहरूसँग टेलिफोन संवाद गरेका छन्।
राष्ट्रिय महत्वको विषयमा एउटै धारणा बनाउन आवश्यक रहेको भन्दै उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा र अन्य दलका शीर्ष नेताहरूसँग संक्षिप्त छलफल गरेका हुन्।
सरकारले परराष्ट्र मन्त्रालयमार्फत कूटनीतिक पहल अघि बढाएको जानकारी पाएपछि लामिछानेले दलहरूबीच समन्वय आवश्यक रहेको संकेत दिएका छन्। लिपुलेक जस्तो संवेदनशील मुद्दामा राजनीतिक एकता कायम गर्न उनको यो पहललाई अर्थपूर्ण रूपमा हेरिएको छ।




