काठमाडौँ । भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भारतका गृहमन्त्री अमित शाहबिच भेटवार्ता भएको छ ।
लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार साँझ साहसँग भेट गरेको हो ।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी हित, लोकतान्त्रिक अभ्यास, सुरक्षा सहकार्य तथा दुई देशका राजनीतिक दलहरूबिचको संवाद र सहकार्यका विषयमा कुराकानी भएको बताइएको छ ।
लामिछानेले आजै भाजपा अध्यक्ष नितिन नवीन, विदेशमन्त्री एस जयशंकरलगायतलाई भेटेका छन् । लामिछाने हिजो मात्र भारत भ्रमणमा गएका हुन् ।




