२०८३ आश्विन ५

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।