२०८३ जेष्ठ २७

२०८२ कार्तिक ३० गते आइतबार: आजको राशिफल

आज कार्तिक ३० गते आइतबार ईसं २०२५ नोभेम्बर १६ नेपाल सम्बत ११४६ कछलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शरद ऋतु, मंसिर कृष्ण द्वादशी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र,  विश्कुम्भ, कौलव करण ।

आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ०५ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सोच्ने शक्ति र निणर्यात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध÷सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । कला÷कविता र साहित्यमा रुचि बढ्नसक्छ । नचिताएको धन हातमा आइपुग्ने अथवा रोकिएको धनले गति समात्ने समय हो । स्थिर कारोबारका माध्यमबाट ठोस लाभ हुने दिन भएकाले लगानी बढाउन सक्नुहुन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पद्र्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला, धैर्य र संयमता आजका मित्र हुन् । सफलता हासिल गर्न प्रतिस्पद्र्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पद्र्धीहरू आफैं तर्किएर हिँड्नेछन् । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रै समय छ, तर पनि आर्थिक पक्ष र घरायसी वातावरणमा केही उतारचढाव देखा पर्नसक्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । ज्ञानको भण्डार पूणर् हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निणर्य लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । क्रूरता र कडापन देखिने छ, परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयम हुनुहोला ।

Read More

निर्वाचनमा उछाल: एकैदिन २३ हजार, कुल २ लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि २ लाख ८१ हजार १२९ नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगको कार्यालयले दिएका जानकारी अनुसार आज मात्रै १२ हजार ६०१ पुरुष र ११ हजार ९ महिला गरी २३ हजार ६१४ नयाँ मतदाता थपिएका छन् ।

यसैबिच आयोगले मतदाता नामावली संकलनमा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै नामावली संकलनका लागि पाँच दिन थप गरेको छ ।
यसअघि आयोगले मतदाता नामावली संकलनका लागि नयाँ नाम दर्ता गर्न कात्तिक ३० गतेसम्मको म्याद तोकेको थियो ।

Read More

मन्त्री-सचिवलाई प्रधानमन्त्रिको निर्देशन: जनताको अपेक्षा पूरा गर्नुस्, होइन भने ठाउँ खाली गरिदिनुस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली परिवर्तन गर्नुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो”, प्रधानमन्त्री कार्कीले भनिन्, “सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि माननीय मन्त्रीहरू र सचिवहरूलगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुन्छ । आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्द्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु ।”

उनले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रर्दशनबाट सिर्जित असामान्य परिवेश, मनसुनजन्य विपद् र चाडपर्वका लामा सार्वजनिक बिदा जस्ता विविध कारणका बाबजुद केही न केही काम भएकामा सबैलाई धन्यवाद व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले भनिन्, “म यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु, मन्त्रालयहरूबाट सम्पादित कार्यहरूको प्रगतिको समीक्षा गर्ने कार्य केवल प्रशासनिक प्रक्रिया मात्र होइन, यो जवाफदेहिताको एक उत्तम अभ्यास हो । यस प्रकारको अभ्यासबाट सरकारको काम र त्यसप्रति जनताको विश्वास र आस्थाको अभिवृद्धि गर्ने अवसर हो ।”

सरकारले आफ्नो प्रशासनिक प्रक्रिया सञ्चालन गरिरहने तर त्यसबाट जनताको आकांक्षा सम्बोधन नहुने, सार्वजनिक हितका लागि सरकारी स्रोतसाधन परिचालन भइरहेको उनको भनाइ छ । “जनताले महसुस गर्न तथा गराउन नसकेका कारण आमनागरिक र विशेषगरी नवयुवा पुस्ताको आक्रोश विध्वंसात्मक रूपमा विष्फोट भएको हामी सबैले प्रत्यक्ष रूपमा देखेका छौँ, यसबाट समग्र सरकारी संयन्त्रले गहिरो पाठ सिक्नुपर्ने देखिएको छ”, उनले भनिन् ।

उनले मन्त्री र सचिवलगायत सबै जिम्मेवार अधिकारीहरूलाई जनताको अपेक्षा सम्बोधन हुने गरी काम गर्न, आफ्ना मातहतका निकायहरूलाई प्रभावकारी रूपमा परिचालन गरी जनतालाई परिवर्तन र सुधारको महसुस हुनेगरी नतिजा निकाल्न आह्वान गरिन् ।

भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा क्षति हुन पुगेका सार्वजनिक संरचनाको पुनःनिर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरूत्थान र राहतसमेतका लागि आयोजनाको पुनः प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको बैठकको निर्णयअनुसार सबै मन्त्रालय तथा निकायहरूबाट वार्षिक कार्ययोजना संशोधन हुने क्रममा रहेको प्रधानमन्त्रीको भनाइ छ ।

Read More

काँग्रेसको केन्द्रीय समितिको बैठक सर्यो

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यस अघि शनिबार दिउँसो २ बजे बस्ने भनिएकोमा उक्त बैठक सोमबार मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । 

Read More

विहार विधानसभा निर्वाचन: एनडीए गठबन्धनलाई दुई तिहाई बहुमत

काठमाडौँ । भारतको बिहारको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीए दुई तिहाई बहुमततर्फ अगाडी बढेको छ ।

पछिल्लो मतगणनाको अपडेट अनुसार एनडीएले २४३ सिट मध्ये १३७ सिटमा जित हासिल गरिसकेको छ । एनडीएले बहुमतका लागि आवश्यक १२२ सिटको आँकडा पार गरिसकेको छ भने अझै ६४ सिटमा अगाडी रहेको छ । पछिल्लो अपडेट अनुसार एनडीएले २४३ मध्ये २०१ सिटमा जित हासिल गर्नसक्ने देखिएको छ ।

त्यस्तै राष्ट्रिय जनता दलसहितको महागठबन्धनले अहिलेसम्म केवल २० सिटमा जित हासिल गरेको छ भने १४ सिटमा अगाडी रहेको छ । त्यस्तै अन्य एक स्थानमा अगाडी छन् भने प्रशान्त किशोर नेतृत्वको जनसुराज पार्टी कुनै सिट जित्न सकेन । त्यस्तै असाउद्धीन ओवैसीको दल एआईएमआइएमले ५ सिटमा जित हासिल गरेको छ ।   

दुई चरणमा नोभेम्बर ६ र ११ मा भएको निर्वाचनको मत गणना आज बिहान ८ बजेदेखि शुरु भएको हो । निर्वाचनपछि सार्बजनिक गरिएका एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको एनडीएलाई बहुमत आउने संकेत गरेपनि चुनावको नतिजा एनडीएको पक्षमा त्यो भन्दा राम्रो आएको छ । १३ एजेन्सीहरूको सर्वेक्षणले एनडीएलाई १५४ सिटको जितको भविष्यवाणी गरेका थिए । 

गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए । यसको अर्थ एनडीएले यस पटक लगभग २९ सिट बढी जित्ने अनुमान गरिएको छ भने महागठबन्धनले २८ सिट गुमाउने अनुमान गरिएको छ ।

राज्यमा २४३ सिटका लागि दुई चरणमा चुनाव भएको थियो । पहिलो चरणमा १२१ सिटका लागि ६५ प्रतिशत मतदाता मतदान भएको थियो भने दोस्रो चरणमा रेकर्ड ६७ प्रतिशत मत देखिएको थियो ।

Read More

धनुषाको मिथिला बिहारी-९ का वडा अध्यक्षको गोली हानी हत्या

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका-९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ ।

शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले गोली हानेर फरार भएको थियो । प्रहरीले उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

काठमाडौँ । निर्वाचन आयोगले मतदाता नामावली संकलनका लागि ५ दिन म्याद थप गरेको छ ।

मतदाता नामावली संकलनको म्याद ५ दिन थप गरिएको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी बताएका छन् ।

यसअघि सरकारले ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय तोकेको थियो । म्याद थपिएसँगै अब मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने छ ।

प्रधानमन्त्री सुशीला कार्कीले मतदाता नामावली दर्तामा देखिएको उत्साह र चापलाई ध्यानमा राखी म्याद थपका लागि आग्रह गरेकी थिईन ।

Read More

कालीमाटी तरकारी बजारको प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने व्यक्ति पक्राउ

काठमाडौँ । गत भदौ २४ गतेको आन्दोलनको क्रममा कालीमाटी तरकारी बजारको प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौँले कालीमाटी तरकारी बजार भित्र रहेको सरकारी प्रशासनिक भवनमा तोडफोड तथा आगजनी गर्ने अपराधमा संलग्न काठमाडौं महानगर- १३ टंकेश्वर बस्ने वर्ष ४३ को राजेन्द्र श्रेष्ठलाई पक्राउ गरेको जानकारी दिएको छ ।

साथै श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतबाट आपराधिक उपद्रव सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Read More

प्रधानमन्त्रीको उपस्थितिमा नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा भएको छ।

प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मुख्यसचिव एकनारायण अर्याल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, विभिन्न मन्त्रालयका सचिवलगायतका अधिकारीहरुको उपस्थितिमा समीक्षा बैठक बसेको थियो।

प्रधानमन्त्री कार्यालयका सचिव राजकुमार श्रेष्ठले समीक्षासम्बन्धी प्रस्तुतीकरण दिएका थिए । उनको प्रस्तुतिपछि सहभागी मन्त्री, सचिव तथा अन्य अधिकारीहरुले आआफ्नो टिप्पणी र सुझाव दिएक थिए ।

बैठकको अन्त्यमा प्रसधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिएकी छन् । उनले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली पनि परिवर्तन गर्नुपर्ने बताइन् ।

‘आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्‍न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि माननीय मन्त्रीज्यूहरू र सचिवज्यूहरू लगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुन्छ। आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु।’

Read More

एकीकृत समाजवादीको धनकुटा जिल्ला कमिटी एमाले समाहित

धनकुटा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटाले नेकपा (एमाले)मा पूर्ण रूपमा समाहित हुने निर्णय गरेको छ ।

एकीकृत समाजवादीको जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै बहुमत सदस्यले एमालेमा समाहित हुने निर्णय गरेको उल्लेख छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितका दलबीच एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको छ ।

जिल्ला कमिटीले भनेको छ- ‘आज मिति २०८२ साल कार्तिक २८ गते शुक्रवारका दिन विघटित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जिल्ला कमिटी धनकुटाको बैठक बसी तत्कालीन नेकपा (माओवादी) र हाम्रो पार्टी लगायत विभिन्न राजनीतिक दलहरुका बीचमा एकता भई नयाँ पार्टी गठन भए पश्चात उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा बैठकमा गम्भिर छलफल भएको छ । छलफल पश्चात विभिन्न वस्तुगत परिस्थितिहरुलाई समेत मध्यनजर गर्दै नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटा नयाँ गठन भएको पार्टी निर्माणको पक्षमा सामेल नभई नेपालको कम्युनिष्ट आन्दोलनको मुल प्रवाहको रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा पुर्ण रुपले समाहित हुने निर्णय गरिएको व्यहोरा सम्पुर्णमा जानकारीको लागि अनुरोध छ ।’

जिल्ला कमिटीले जेनजी आन्दोलन पश्चात उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थिति र विकसित राष्ट्रिय राजनीतिक घटनाक्रम, यसबाट सिर्जित चुनौतिहरु र नेपाली जनताको परिवर्तन एवम् सम्वृद्धिको आकांक्षा पुरा गर्न जिम्मेवार, शसक्त र जनउत्तरदायी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यक्ता महशुस एमालेमा समाहित हुने निर्णय गरेको उल्लेख गरेको छ ।

विज्ञप्तिमा तत्कालिन एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईले हस्ताक्षर गरेका छन् ।

Read More