२०८३ जेष्ठ २७

गाजालाई दुई भागमा विभाजन गर्ने अमेरिकी योजना बाहिरियो

काठमाडौँ । अमेरिकाले गाजा पट्टीलाई दुई भागमा विभाजन गर्ने तयारी गरिरहेको रिपोर्ट बाहिर आएको छ । यसका लागि दीर्घकालीन योजना बनाइएको छ ।

एउटा भाग अन्तर्राष्ट्रिय सुरक्षा बल (आइएसएफ) र इजरायली सेनाद्वारा नियन्त्रित हुनेछ । यसलाई ग्रिन जोन भनिनेछ । प्यालेस्टिनीहरूले बसोबास गर्ने अर्को भाग हालको लागि भग्नावशेषमा रहनेछ । यसलाई रेड जोन नाम दिइएको छ । अहिले लगभग सबै प्यालेस्टिनीहरू रेड जोनमा विस्थापित भएका छन् ।

अमेरिकी सैन्य गुप्तचर कागजातहरू र अधिकारीहरूको व्यक्तिगत बयानहरूमा आधारित द गार्जियनको रिपोर्टमा यो दाबी गरिएको छ । रिपोर्टका अनुसार, यो योजना कार्यान्वयन गर्ने प्रक्रिया पहिले नै सुरु भइसकेको छ ।

गाजा पट्टीको पूर्वी भागमा ग्रिन जोन सिर्जना गरिनेछ । गाजाको पूर्वी भागमा ग्रिन जोन सिर्जना गरिनेछ । इजरायली सेनासँगै विदेशी सेनाहरू पनि यहाँ तैनाथ गरिनेछ र त्यहाँ पुनर्विकासको काम हुनेछ ।

अमेरिकाले यहाँ अन्तर्राष्ट्रिय सुरक्षा बलहरूको तैनाथीको लागि संयुक्त राष्ट्र सुरक्षा परिषद्बाट औपचारिक स्वीकृति प्राप्त गर्ने प्रयास गरिरहेको छ । योजना अनुसार, सुरुमा केही सय सेनाहरू यहाँ तैनाथ गरिनेछ । यो संख्या पछि २० हजारसम्म बढाउन सकिन्छ । कुनै पनि विदेशी सेनालाई ग्रिन जोन छोड्न अनुमति दिइने छैन ।

इजरायल-नियन्त्रित येलो लाइनको पश्चिमको क्षेत्रलाई रेड जोन भनिनेछ । यहाँ कुनै पुनर्विकास गरिने छैन । दुई वर्षको युद्धमा यो क्षेत्रले सबैभन्दा बढी क्षति बेहोरेको छ । लगभग २० लाख जनसंख्या यहाँ रहेको बताइन्छ ।

यो सम्पूर्ण योजनाले हालैको युद्धविराम र डोनाल्ड ट्रम्पको वाचामाथि प्रश्न उठाएको छ । ट्रम्प प्रशासनले शान्ति योजना मार्फत गाजा एकीकृत हुने र प्यालेस्टिनी शासन पुनर्स्थापित हुने बताएको थियो ।

ट्रम्पले अक्टोबर १३ मा इजिप्टको शर्म अल-शेख शहरमा गाजा शान्ति सम्झौतामा हस्ताक्षर गरेका । २० भन्दा बढी देशका नेताहरू उपस्थित थिए, तर इजरायल र हमासलाई आमन्त्रित गरिएको थिएन ।

शान्ति प्रस्तावमा हस्ताक्षर गरेपछि, ट्रम्पले प्रेसलाई सम्झौताको अन्तिम पृष्ठ देखाएका थिए । ट्रम्पले गाजा युद्ध रोक्न २० बुँदे योजना प्रस्तुत गरेका थिए । जसमा ट्रम्पले गाजामा युद्ध रोक्ने, सबै बन्धकहरूलाई रिहा गर्ने र गाजा प्रशासन गर्न अस्थायी बोर्ड स्थापना गर्ने प्रस्ताव राखेका थिए । ट्रम्पले यस बोर्डको अध्यक्षता गर्नेर पूर्व बेलायती प्रधानमन्त्री टोनी ब्लेयर पनि यसमा हुने उल्लेख थियो ।

Read More

मधेशको सरकार गठनविरुद्धको रिटको आज संयुक्त इजलासमा सुनुवाई हुदै

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति प्रक्रिया असंवैधानिक भन्दै खारेज गर्न मागसहित ७४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दायर रिटको सुनुवाइ आज संयुक्त इजलासमा हुदैछ ।

बुधबार सर्वोच्चका न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले सो रिट संयुक्त इजलासमा पठाउने आदेश दिएको हो । संयुक्त इजलास आजका लागि तोकिएको थियो ।

मधेश प्रदेशका ७ राजनीतिक दलका ७४ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री यादवको नियुक्तिविरूद्ध सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव, जसपा नेपालका संसदीय दलका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका संसदीय दलका उपनेता युवराज भट्टराई, लोसपा संसदीय दलका नेता जयलुन राइनसहितका नेताहरूको नेतृत्वमा ७४ जना प्रदेशसभा सदस्यले मंगलबार रिट दायर गरेका थिए ।

यसअघि मंगलबार सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पर्ने कुनै पनि काम नगर्न आदेश दिएको थियो ।

मंगलबार रक्कीप्रसाद साह र सुजित यादवले मधेशमा सरकार गठनविरुद्ध दायर गरेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश दिँदै मुख्यमन्त्री यादवलाई दीर्घकालीन महत्त्वका नीतिगत निर्णय नगर्न आदेश दिएको थियो ।

Read More

आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस मनाइदैछ । १९९६ मा संयुक्त राष्ट्र महासभाले संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई १६ नोभेम्बरमा सहिष्णुताको लागि अन्तर्राष्ट्रिय दिवस मनाउन आमन्त्रित गरेको थियो । त्यसपछि, हरेक वर्ष नोभेम्बर १६ मा विश्व समुदायले यो दिवस मनाउँदै आएको छ ।

९० को दशकमा अफ्रिका, बाल्कन र ककेससमा जातीय र सांस्कृतिक द्वन्द्वको परिप्रेक्ष्यमा रुवान्डा र बोस्नियाली नरसंहार भएको थियो। नरसंहारका पीडित परिवारहरूले, ‘द्वन्द्व रोकथाम, मानवअधिकारको प्रवद्र्धनको हितमा विश्वका सबै मानिसहरूमा सहिष्णुता र शान्तिको मूल्यहरूलाई प्रोत्साहित गर्नुहोस’ भनेर दिएको सुझावको सम्मानमा सहिष्णुता दिवसको सुरुवात भएको हो ।

विश्वभर, आधुनिकीकरणले समाजहरूमा गहिरो परिवर्तन ल्याइरहेको छ। यसले संचार र आदानप्रदानको लागि विशाल अवसर खोलिरहेको छ। त्यस संगसंगै यसैका कारण असमानता र गरीबी जस्ता अन्य नयाँ चुनौतिहरू पनि उठिरहेका छन्। अहिले हामीले विभिन्न ठाउहरुमा अनैतिक राजनीतिको उदय र विभाजनको बहस देख्छौं, अहिले हामी विविधतालाई कमजोरीको स्रोतको रूपमा अस्वीकार गरिरहेका छौ । कतै दुर्व्यवहार, कतै घृणा त कतै आतंकवादी हमलाहरूले मानव समुदायलाई एकताको शुत्रमा बाध्न सकिरहेको छैन । यस सन्दर्भमा, सहिष्णुता, सद्भाव र सहनशीलताको कमि आधुनिकीकरणसंगै बढी रहेको बुझ्न सकिन्छ । अहिलेको समाजले यो बढिरहेको अमानविय जटिलताबाट मुक्ति पाउन, सहनशीलताले मुख्य भूमिका खेल्नेछ ।

सहनशीलता शान्तिको लागि संघर्ष हो । आजको यस दिवसले मानव अधिकारको आधारमा विविधता र बहुमतवादको सम्मान गर्दछ ।  

Read More

आजको मौसम पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र  हाल कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राती कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

Read More

२०८२ कार्तिक ३० गते आइतबार: आजको राशिफल

आज कार्तिक ३० गते आइतबार ईसं २०२५ नोभेम्बर १६ नेपाल सम्बत ११४६ कछलागा द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, शरद ऋतु, मंसिर कृष्ण द्वादशी, चन्द्रमा कन्या राशिमा, हस्त नक्षत्र,  विश्कुम्भ, कौलव करण ।

आज नेपालमा सुर्योदय बिहान ०६ बजेर २५ मिनेटमा र सूर्यास्त साँझ ०५ बजेर १२ मिनेटमा हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज अन्तर्राष्ट्रिय सहनशीलता दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
शारीरिक थकान र बेचैनीको समय हो, ससाना कुरामा चिन्ताग्रस्त भइने छ, सानातिना विषयमा चिन्ता गर्ने हुँदा आफूमात्र होइन, आफन्त र सँगीसाथीको तनावमा समेत बृद्धि हुने समय छ । कार्यालयमा सहयोगी साथीहरू र घरमा परिवारका सदस्यहरूले तपाईंका कुरा नबुझिदिंदा दिक्क मान्न सक्नुहुन्छ, तर आज रिस र आवेगमा नियन्त्रण गरेको असल हुन्छ । एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अरुको भरमा पर्दा काममा बाधा र धोका हुने समय छ । विगतका कमजोरी सुधार गरी कुनै काम दोहोर्याउने परिस्थितिसमेत बन्नसक्छ । छोराछोरीले काममा सघाउनेछन्, दैनिक कामबाट फाइदा नै हुनेछ, थोरै भए पनि दिगो लाभ हुने कुनै कामको थालनी हुनसक्छ । बाल्यावस्थाको स्मृतिमा वा पुराना सँगीसाथीको भेटघाटमा आजको केही समय बित्नसक्छ । आफ्नै वा छोराछोरीका माध्यमबाट कुनै लाभमूलक काम बन्ने समय छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
सोच्ने शक्ति र निणर्यात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । शरीर त स्वस्थ रहने छ, तर चिन्तामा बृद्धि हुने दिन हो । आफन्तको व्यवहार देखेर दिक्क लाग्नसक्छ, तथापि नौला व्यक्तिहरूसँग सम्पर्क बढ्ने र लाभ पाउन सकिने समय छ । परिस्थिति अनुकूल देखिए पनि भौतिक सुविधा बढाउन थप व्ययभार थपिने दिन हो, त्यस्तै मनोरञ्जनात्मक क्रियाकलापमा अलमलिंदा गर्नैपर्ने काममा बिलम्ब हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्धलाई सुदृढ बनाउन सम्बन्ध÷सम्पर्क राख्ने दिन हो, कार्यक्षेत्रमा खटेबमोजिम लाभ पाउन सकिने छ । सार्वजनिक क्षेत्र, सेवामूलक काम, ढुवानी र निर्माण सामाग्रीका कारोबारीले राम्रो गर्नसक्ने दिन हो, तर सामाजिक काम वा सँगीसाथीका कारण केही बाधा हुनसक्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । अभिव्यक्ति, कला र मनोरञ्जनसम्बद्ध विषयमा रुचि जाग्ने समय हो, अझ स्पष्टसँग मानसिक धारणा व्यक्त गरेमा आफ्नो सही पहिचान कायम गर्न सकिने छ । कला÷कविता र साहित्यमा रुचि बढ्नसक्छ । नचिताएको धन हातमा आइपुग्ने अथवा रोकिएको धनले गति समात्ने समय हो । स्थिर कारोबारका माध्यमबाट ठोस लाभ हुने दिन भएकाले लगानी बढाउन सक्नुहुन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आत्मविश्वास जाग्नेछ, नयाँ कुरो जान्ने उत्सुकता बढ्नेछ, आलस्य नगरी लक्षप्रति उन्मुख भएमा उच्च सफलता हासिल गर्ने दिन हो । नयाँ उत्साह र उमङ्ग जाग्ने समय हो, खुसी र प्रसन्नताको सीमा हुनेछैन । विजय र सफलताले जताततै पछ्याउन सक्छ तर रिसराग, घमण्ड र अहङ्कारबाट टाढा रहनु ठीक हुन्छ । मिहिनेतका बलमा सम्मान र प्रतिष्ठा कमाउन सकिने राम्रो समय छ, प्रतिस्पद्र्धीहरू पछि पर्नेछन्, लगनशील बन्नसके दायित्व र जिम्मेवारीसमेत बढ्ने छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
खर्चमा अचानक बृद्धि हुने समय छ, जोखिम मोलेर कुनै पनि काम नगर्नु होला, धैर्य र संयमता आजका मित्र हुन् । सफलता हासिल गर्न प्रतिस्पद्र्धामा जानुपर्ने समय छ, कारोबारमा पनि लगानी बढाउनुपर्ने परिस्थिति देखिन्छ, तथापि अहिलेको लगानीले पछिलाई फाइदा पुग्नेछ । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जीर्णोद्धार वा मर्मतसम्भार सम्बन्धी कार्यका लागि योजना बनाइने छ । अर्काको सहयोगका लागि केही समय प्रदान गर्नुपर्ने हुन्छ, तर प्रयास गरेमा अड्किएको वा फँसेको धन हात पर्ने दिन हो । सेवाग्राही र वरिष्ठ कर्मचारी खुशी हुनेछन् । स्थिर प्रयोजनमा धन लगानी गर्न सक्नुहुन्छ । पुराना सहकर्मीसँगको भेटघाटले मनलाई ताजा बनाउनेछ । आन्तरिक सम्बन्ध सुदृढ हुने तथा एकआपसमा राम्रो समझदारी कायम हुने दिन हो, कुरा काट्ने, खिसीट्युरी गर्ने वा प्रतिस्पद्र्धीहरू आफैं तर्किएर हिँड्नेछन् । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धन, मान र प्रतिष्ठा बढ्ने दिन हो । चाहेको जिम्मेबारी पाउनुका साथै प्रशंसा र पुरस्कार प्राप्तिको योग छ । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । अद्भूत क्षमताको उपयोग गरी ठोस उपलब्धि लिन सकिने राम्रै समय छ, तर पनि आर्थिक पक्ष र घरायसी वातावरणमा केही उतारचढाव देखा पर्नसक्छ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । ज्ञानको भण्डार पूणर् हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
परिस्थिति विपक्षमा रहेकाले यति वेला कुनै पनि नयाँ निणर्य लिनु हुँदैन, बरु व्यवस्थापन पक्ष र कामदारहरूका बीचमा सन्तुलन कायम राख्ने प्रयास गर्नुहोला । झिनामसिना काम र घरेलु काममा अलमलिंदै दिन बित्नसक्छ, तर भान्साको काममा वा आगो र हातहतियारको प्रयोगमा निकै सचेतता अपनाउनु होला । मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
नयाँ कामतर्फ अग्रसर भइने छ, आफ्नो पुरुषार्थ बढ्नाले प्रतिद्वन्द्वीको मनोबल कमजोर बन्नेछ, आजको केही समय आफन्त वा घरपरिवारका लागि छुट्याउनुपर्ने हुन्छ । लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । क्रूरता र कडापन देखिने छ, परिवारभित्रका वादविवाद, झैझगडा र समस्याहरूमा संयम हुनुहोला ।

Read More

निर्वाचनमा उछाल: एकैदिन २३ हजार, कुल २ लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि २ लाख ८१ हजार १२९ नयाँ मतदाता थपिएका छन् ।

निर्वाचन आयोगको कार्यालयले दिएका जानकारी अनुसार आज मात्रै १२ हजार ६०१ पुरुष र ११ हजार ९ महिला गरी २३ हजार ६१४ नयाँ मतदाता थपिएका छन् ।

यसैबिच आयोगले मतदाता नामावली संकलनमा देखिएको उत्साह र चापलाई ध्यानमा राख्दै नामावली संकलनका लागि पाँच दिन थप गरेको छ ।
यसअघि आयोगले मतदाता नामावली संकलनका लागि नयाँ नाम दर्ता गर्न कात्तिक ३० गतेसम्मको म्याद तोकेको थियो ।

Read More

मन्त्री-सचिवलाई प्रधानमन्त्रिको निर्देशन: जनताको अपेक्षा पूरा गर्नुस्, होइन भने ठाउँ खाली गरिदिनुस्

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै गति बढाएर काम गर्न निर्देशन दिएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेटको कार्ययोजना कार्यान्वयनको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले पछिल्लो राजनीतिक परिवर्तन र नयाँ पुस्ताको भावनाअनुसार कार्यशैली परिवर्तन गर्नुपर्ने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

“आमजनताको असन्तुष्टि व्यक्त हुनुको प्रमुख कारण देशमा व्याप्त विभिन्न प्रकारको भ्रष्टाचार र देशको विकासमा देखिएको गतिहीनता र सुस्तता नै हो”, प्रधानमन्त्री कार्कीले भनिन्, “सरकारी संयन्त्रमा रहेको अनियमितता र भ्रष्टाचार नियन्त्रणका लागि माननीय मन्त्रीहरू र सचिवहरूलगायत प्रशासनिक नेतृत्वको अहम् भूमिका हुन्छ । आफू स्वच्छ रहन र आफ्नो निकायमा स्वच्छता प्रवर्द्धन गर्न जिम्मेवार भएर लाग्न म यहाँहरूलाई निर्देश गर्न चाहन्छु ।”

उनले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रर्दशनबाट सिर्जित असामान्य परिवेश, मनसुनजन्य विपद् र चाडपर्वका लामा सार्वजनिक बिदा जस्ता विविध कारणका बाबजुद केही न केही काम भएकामा सबैलाई धन्यवाद व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले भनिन्, “म यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छु, मन्त्रालयहरूबाट सम्पादित कार्यहरूको प्रगतिको समीक्षा गर्ने कार्य केवल प्रशासनिक प्रक्रिया मात्र होइन, यो जवाफदेहिताको एक उत्तम अभ्यास हो । यस प्रकारको अभ्यासबाट सरकारको काम र त्यसप्रति जनताको विश्वास र आस्थाको अभिवृद्धि गर्ने अवसर हो ।”

सरकारले आफ्नो प्रशासनिक प्रक्रिया सञ्चालन गरिरहने तर त्यसबाट जनताको आकांक्षा सम्बोधन नहुने, सार्वजनिक हितका लागि सरकारी स्रोतसाधन परिचालन भइरहेको उनको भनाइ छ । “जनताले महसुस गर्न तथा गराउन नसकेका कारण आमनागरिक र विशेषगरी नवयुवा पुस्ताको आक्रोश विध्वंसात्मक रूपमा विष्फोट भएको हामी सबैले प्रत्यक्ष रूपमा देखेका छौँ, यसबाट समग्र सरकारी संयन्त्रले गहिरो पाठ सिक्नुपर्ने देखिएको छ”, उनले भनिन् ।

उनले मन्त्री र सचिवलगायत सबै जिम्मेवार अधिकारीहरूलाई जनताको अपेक्षा सम्बोधन हुने गरी काम गर्न, आफ्ना मातहतका निकायहरूलाई प्रभावकारी रूपमा परिचालन गरी जनतालाई परिवर्तन र सुधारको महसुस हुनेगरी नतिजा निकाल्न आह्वान गरिन् ।

भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा क्षति हुन पुगेका सार्वजनिक संरचनाको पुनःनिर्माण र मर्मत, सार्वजनिक सेवा सुचारू, निर्वाचन खर्च व्यवस्थापन, आर्थिक पुनरूत्थान र राहतसमेतका लागि आयोजनाको पुनः प्राथमिकीकरण, अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सम्बन्धमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको बैठकको निर्णयअनुसार सबै मन्त्रालय तथा निकायहरूबाट वार्षिक कार्ययोजना संशोधन हुने क्रममा रहेको प्रधानमन्त्रीको भनाइ छ ।

Read More

काँग्रेसको केन्द्रीय समितिको बैठक सर्यो

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यस अघि शनिबार दिउँसो २ बजे बस्ने भनिएकोमा उक्त बैठक सोमबार मंसिर १ गते सोमबार दिउँसो २ बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

कांग्रेस बैठकमा महाधिवेशन कहिले गर्ने भन्नेमा विभाजित भएका छन् । संस्थापन पक्षका केन्द्रीय सदस्यहरुले चुनावपछि महाधिवेशन गर्नुपर्न धारणा राखिरहेका छन् भने संस्थापन इतर पक्षले महाधिवेशन गरेर चुनावमा जानुपर्ने बताउदै आएका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको गत असोज २८ मा प्रारम्भ भएको अझै जारी रहेको छ र निर्णयमा पुग्न सकिरहेको छैन । 

Read More

विहार विधानसभा निर्वाचन: एनडीए गठबन्धनलाई दुई तिहाई बहुमत

काठमाडौँ । भारतको बिहारको विधान सभा निर्वाचनमा भारतीय जनता पार्टी नेतृत्वको गठबन्धन एनडीए दुई तिहाई बहुमततर्फ अगाडी बढेको छ ।

पछिल्लो मतगणनाको अपडेट अनुसार एनडीएले २४३ सिट मध्ये १३७ सिटमा जित हासिल गरिसकेको छ । एनडीएले बहुमतका लागि आवश्यक १२२ सिटको आँकडा पार गरिसकेको छ भने अझै ६४ सिटमा अगाडी रहेको छ । पछिल्लो अपडेट अनुसार एनडीएले २४३ मध्ये २०१ सिटमा जित हासिल गर्नसक्ने देखिएको छ ।

त्यस्तै राष्ट्रिय जनता दलसहितको महागठबन्धनले अहिलेसम्म केवल २० सिटमा जित हासिल गरेको छ भने १४ सिटमा अगाडी रहेको छ । त्यस्तै अन्य एक स्थानमा अगाडी छन् भने प्रशान्त किशोर नेतृत्वको जनसुराज पार्टी कुनै सिट जित्न सकेन । त्यस्तै असाउद्धीन ओवैसीको दल एआईएमआइएमले ५ सिटमा जित हासिल गरेको छ ।   

दुई चरणमा नोभेम्बर ६ र ११ मा भएको निर्वाचनको मत गणना आज बिहान ८ बजेदेखि शुरु भएको हो । निर्वाचनपछि सार्बजनिक गरिएका एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको एनडीएलाई बहुमत आउने संकेत गरेपनि चुनावको नतिजा एनडीएको पक्षमा त्यो भन्दा राम्रो आएको छ । १३ एजेन्सीहरूको सर्वेक्षणले एनडीएलाई १५४ सिटको जितको भविष्यवाणी गरेका थिए । 

गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए । यसको अर्थ एनडीएले यस पटक लगभग २९ सिट बढी जित्ने अनुमान गरिएको छ भने महागठबन्धनले २८ सिट गुमाउने अनुमान गरिएको छ ।

राज्यमा २४३ सिटका लागि दुई चरणमा चुनाव भएको थियो । पहिलो चरणमा १२१ सिटका लागि ६५ प्रतिशत मतदाता मतदान भएको थियो भने दोस्रो चरणमा रेकर्ड ६७ प्रतिशत मत देखिएको थियो ।

Read More

धनुषाको मिथिला बिहारी-९ का वडा अध्यक्षको गोली हानी हत्या

जनकपुर । धनुषाको मिथिला बिहारी नगरपालिका-९ का वार्ड अध्यक्ष विन्देस्वर यादवको गोली हानी हत्या गरिएको छ ।

शुक्रबार साँझ करिब ६ बजेको समयमा अज्ञात समुहले गोली हानेर फरार भएको थियो । प्रहरीले उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More