२०८३ श्रावण २१

च्याम्पियन्स लिगमा आर्सनल अपराजित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले बायर्न म्युनिखलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले बायर्न म्युनिखलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा जुरियन टिम्बर, नोनी माडूएके र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि लेनार्ट कार्लले एक गोल गरेका थिए ।

यो जितपछि आर्सनल यस सिजनमा अपराजित रहदै ५ खेलमा १५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै बायर्न म्युनिखको ५ खेलमा १२ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

Read More

ओलम्पियाकोसमाथि रियल म्याड्रिडको जित, एम्बाप्पेले गरे चार गोल

काठमाडौँ । युइएएफ च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले ग्रिसको क्लब ओलम्पियाकोस एफसीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले ओलम्पियाकोसलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले चार गोल गरेका थिए । त्यस्तै ओल्म्पियाकोसका लागि चिक्युन्हो, मेहदी टारेमी र आयुब एल काबीले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिडको ५ खेलमा १२ अंक भएको छ र अंक तालिकामा पाँचौं स्थानमा रहेको छ । त्यस्तै ओल्म्पियाकोसको ५ खेलमा २ अंक रहेको छ र अंक तालिकामा ३३औं स्थानमा रहेको छ ।

Read More

पीएसभीसँग लिभरपुल स्तब्ध

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गतको खेलमा लिभरपुल पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा नेदरल्याण्डसको क्लब पीएसभीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसभीको जितमा कोउहैब ड्रिओउचले दुई गोल गरेका थिए भने इभान पेरिसिक र गुस टिलले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि डोमिनिक स्जोबोसलाईले एक गोल गरेका थिए ।

यो जितपछि पीएसभीको ५ खेलमा ८ अंक भएको छ र अंक तालिकामा १५औं स्थानमा रहेको छ । त्यस्तै लिभरपुलको ५ खेलमा ९ अंक रहेको छ र अंक तालिकामा १३औं स्थानमा रहेको छ ।        

Read More

एसीसी पुरुष यू-१९ प्रिमियर कप: नेपालले आज हङकङको सामना गर्दै

काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत नेपालले आज हङकङको सामना गर्दैछ । एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगिता अन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ । 

प्रतियोगितामा नेपालले साउदी अरेबियालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ । त्यस्तै हङकङले पनि साउदी अरेबियालाई पराजित गरेर विजयी शुरुवात गरेको छ । समुह विजेता सिधै सेमिफाइनलमा प्रवेश गर्ने हुनाले दुवै देशका लागि यो खेल जित्नै पर्ने अवस्था रहेको छ । यो खेल जित्ने देश समुह विजेता हुदै सेमिफाइनलमा प्रवेश गर्ने छ ।

१४ देशले भाग लिएको यस प्रतियोगिताबाट शिर्ष तीन देश एसीसी पुरुष यू-१९ एशिया कपमा छनौट हुने छन् ।

नेपाल क्रिकेट संघ (क्यान) ले अशोक धामीको कप्तानीमा १४ सदस्यीय टिम यो प्रतियोगिता खेल्न युएई पठाएको छ । नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र भान्स क्षेत्री रहेका छन् ।

Read More

एनपीएलमा आज दुई खेल हुदै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज पहिलो खेल बिहान ११: ४५ बजेदेखि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुदैछ । लुम्बिनीले यस सिजनमा अहिलेसम्म खेलेका तीन खेलमा एक जित र दुई खेलमा हार बेहोरेको छ भने सुदूरपश्चिमले अहिलेसम्म तिनै खेल जितेर अपराजित रहेको छ ।

रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको  लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् । 

त्यसैगरी दिपेन्द्रसिंह ऐरी कप्तान रहेको सुदूरपश्चिम अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी सहितका राष्ट्रिय खेलाडी र जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह जस्ता विदेशी खेलाडीसहित यस सिजनको एनपीएल खेलिरहेको छ ।

त्यस्तै आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स दिउसो ४ बजेदेखि खेल्दैछन् । जारी प्रतियोगितामा जनकपुर र पोखरा दुवैले २-२ खेलमा दुवै खेलमा हार बेहोरेर पहिलो जितको खोजीमा रहेका छन् ।

अनिल शाहको कप्तानीमा रहेको जनकपुरमा आसिफ सेख, ललित राजबंशी जस्ता राष्ट्रिय टिमका खेलाडी छन् भने इमरान ताहिर, वाने प्रनिल, लाहिरु मिलान्था जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यसैगरी कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्समा सागर ढकाल, आकाश चन्द जस्ता राष्ट्रिय टिमका खेलाडी रहेका छन् भने डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय जस्ता विदेशी खेलाडी रहेका छन् ।

Read More

नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज इन्डोनेसियासँग खेल्दै

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टिमले त्रिदेशीय अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिता अन्तर्गत आज इन्डोनेसियासँग खेल्दैछ ।  नेपाल र इन्डोनेसियाबीचको यो खेल आज साँझ ६: १५ बजेदेखि शुरु हुदैछ । 

नेपालले यो प्रतियोगितामा चोटका कारण सावित्रा भण्डारी (साम्बा) र सविता रानामगर सहभागी हुने छैनन् ।

नेपाल फिफा वरियतामा हाल ८७औ स्थानमा छ भने इन्डोनेसियाको महिला टिम फिफा वरियतामा १०६औं स्थानमा रहेको छ ।

यस प्रतियोगितामा कप्तान एञ्जिला सुब्बाको नेतृत्वमा २२ सदस्यीय टोली हाल इन्डोनेसिया पुगेको छ । नेपाली टिममा अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ, हिरा कुमारी भुजेल, विमला विक, समीक्षा घिमिरे, सजनी थोकर, मनमाया दमाई, पूजा राना, प्रतिक्षा चौधरी, निशा थोकर, रेणुका नगरकोटे, प्रीति हम्बु दी, सरावा, लिम्बु शाह, लिम्बू, साहब राई। राणा मगर, अनिता बस्नेत, मीना देउवा, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र  पूर्णिमा राई रहेका छन् । 

नेपालले डिसेम्बर २ मा चाइनिज ताईपेइसँग खेल्ने तालिका छ ।

Read More

लिभरकुसेनसँग म्यानचेस्टर सिटी पराजित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत जर्मनी क्लब बायर लिभरकुसेनसँग प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी पराजित भएको छ ।

गएराती म्यानचेस्टर सिटी आफ्नै इथियाड स्टेडियममा बायर लिभरकुसेनले २-० गोल अन्तरले पराजित भएको हो ।

बायर लिभरकुसेनको जितमा अलेजान्द्रो ग्रिमाल्डो र प्याट्रिक शिकले एक एक गोल गरेका थिए ।

यो जितपछि बायर लिभरकुसेनको ५ खेलमा ८ अंक भएको छ र हाल १३औं स्थानमा रहेको छ भने म्यानचेस्टर सिटीको ५ खेलमा १० अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

Read More

भारतीय पूर्वकप्तान रोहित शर्मा टी-२० विश्वकपको एम्बासडर चयन

काठमाडौँ । पूर्व भारतीय क्रिकेट कप्तान रोहित शर्मालाई आईसीसी पुरुष टी- २० विश्वकप २०२६ को एम्बासडरको रूपमा घोषणा गरिएको छ ।

भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने टी-२० विश्वकपका लागि आइसीसीले रोहितलाई प्रतियोगिताको एम्बासडर बनाएको हो ।

आइसीसीले मंगलबार प्रतियोगिताको खेल तालिका सार्बजनिक समेत गरिसकेको छ ।

रोहितले आफुलाई प्रतियोगिताको एम्बासडर बनाइएपछि भारतमा प्रतियोगिता फिर्ता हुनु ठूलो कुरा भएको भन्दै यस पटक नयाँ भूमिकामा यससँग सम्बन्धित हुनु विशेष भएको बताएका छन् । उनले भने- ‘म सबै खेलाडीहरूलाई शुभकामना दिन्छु । मलाई आशा छ कि उनीहरूले राम्रो समय बिताउनेछन्, भारतको आतिथ्यको आनन्द लिनेछन्, र धेरै सम्झनाहरू घरमा लैजानेछन् ।’

रोहितको कप्तानीमा भारतले २०२४ को टी-२० विश्वकप जितेको थियो । विश्वकप जितेपछि रोहितले टी-२० अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका थिए ।   

Read More

च्याम्पियन्स लिग: बार्सिलोनामाथि चेल्सीको शानदार जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत चेल्सीले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न आफ्नै घरेलु मैदान स्टामफोर्ड ब्रिजमा चेल्सीले बार्सिलोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

चेल्सीको जितमा एस्टेभाओ र लियाम डेलेपले एक एक गोल गरेका थिए भने बार्सिलोनाका जुलेस कुण्डेले एक आत्मघाती गोल गरेका थिए । यस खेलमा रोनाल्ड अराउजोले खेलको ४४औं मिनेटमा रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि चेल्सीको ५ खेलमा १० अंक भएको छ र हाल पाँचौं स्थानमा रहेको छ । त्यस्तै बार्सिलोनाको भने यस सिजनको च्याम्पियन्स लिगमा यो दोस्रो हार हो । बार्सिलोनाको ५ खेलमा ७ अंक रहेको छ र हाल १५औं स्थानमा रहेको छ ।

Read More

एनपीएलमा आज विराटनगर र चितवन भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत  आज एक खेल हुदैछ । आज विराटनगर किंग्स र चितवन राइनोजबीच दिउसो ४ बजेदेखि खेल हुने तालिका रहेको छ । 

जारी प्रतियोगितामा विराटनगरले लगातार तीन खेल जितेर अपराजित रहेको छ । त्यस्तै चितवन राइनोजले भने दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरमा लोकेश बम, प्रतिश जिसी जस्ता राष्ट्रिय खेलाडी छन् भने जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै कुशल मल्लको कप्तानीमा रहेको चितवनमा रिजन ढकाल, कलमसिंह ऐरी, देव खनाल जस्ता राष्ट्रिय खेलाडी रहेका छन् भने रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी जस्ता विदेशी खेलाडी रहेका छन् ।

Read More