२०८३ श्रावण २१

टी-२० विश्वकपको खेल तालिका: समुह सी मा रहेको नेपालका सबै खेल मुम्बईमा हुने

काठमाडौँ ।  आइसीसी टी-२० विश्वकपको खेल तालिका सार्बजनिक भएको छ ।  आइसीसीले मंगलबार सार्बजनिक गरेको खेल तालिकामा नेपाल समुह सी मा परेको छ । नेपालको समुहमा इङल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली रहेका छन् ।

नेपालका विश्वकपका सबै खेल भारतको मुम्बईमा हुने भएका छन् । नेपालले पहिलो खेल फेब्रुअरी ८ मा इङल्याण्डविरुद्ध खेल्ने छ भने दोस्रो खेल इटालीविरुद्ध फेब्रुअरी १२ मा खेल्ने तालिका रहेको छ ।  त्यस्तै तेस्रो खेलफेब्रुअरी १५ मा वेस्ट इन्डिजविरुद्ध खेल्ने छ भने चौथो खेल फेब्रुअरी १७ मा बंगलादेशविरुद्ध खेल्ने छ । 

विश्वकपका समुह :
समूह ए: भारत, पाकिस्तान, अमेरिका, नेदरल्याण्ड्स र नामिबिया । 

समूह बी: श्रीलंका, अष्ट्रेलिया, आयरल्याण्ड, जिम्बाब्वे र ओमान । 

समूह सी: इङ्गल्याण्ड, वेस्ट इन्डिज, बंगलादेश, नेपाल र इटाली । 

समूह डी: न्यूजील्याण्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई । 

२०२६ को फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने यो टी-२० विश्वकप भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरिरहेका छन् । यस विश्वकपमा कुल २० देशले खेल्दैछन् ।

विश्वकपको एकै समुहमा रहेका भारत र पकिस्तानबीचको खेल फेब्रुअरी १५ मा कोलोम्बोमा हुने छ । त्यसै प्रतियोगिताको फाइनल खेल अहमदावाद र कोलोम्बो दुई मध्ये एक स्थानमा हुनेछ । पाकिस्तान फाइनलमा पुगेमा कोलोम्बोमा फाइनल हुने छ भने अन्यथा अहमदावादमा हुने छ । 

Read More

लुम्बिनीमाथि काठमाडौँको २२ रनको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । मंगलबार सम्पन्न खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले पराजित गरेको हो ।

काठमाडौँले दिएको १५८ रनको लक्ष्य पछाएको लुम्बिनीले १९ ओभरमा अलआउट हुदै १३५ रन  बनाएको थियो । लुम्बिनीका लागि शेर मल्लले सर्बाधिक २७ रन बनाए भने दिलिप नाथले २५ र डी आर्ची शर्टले २२ रन बनाएका थिए ।

त्यस्तै काठमाडौँका बलर मिलिन्द कुमार र गेरहार्ड इरासमसले २-२ विकेट लिए भने करण केसी, शाहाब आलम, सन्तोष यादव र राशिद खानले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाउदै १५७ रन बनाएको थियो ।

त्यस्तै काठमाडौँका लागि कप्तान करण केसीले ११ बलमा ३४ रन बनाएका थिए । त्यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिंद कुमार र जेरहार्ड इरासमासले १७-१७ रन बनाएका थिए । त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, गुलबदिन नैब र कप्तान रोहित पौडेलले २-२ विकेट लिएका थिए ।

यो जितपछि काठमाडौँको ४ खेलमा २ जित र दुई हारसहित ४ अंक भएको छ भने लुम्बिनीको ३ खेलमा एक जित र दुई हारसहित २ अंक रहेको छ ।

Read More

एनपीएल: काठमाडौँले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँले २० ओभरमा ८ विकेट गुमाउदै १५७ रन बनाएको हो ।

काठमाडौँका लागि कप्तान करण केसीले ११ बलमा ३४ रन बनाएका थिए । त्यस्तै आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिंद कुमार र जेरहार्ड इरासमासले १७-१७ रन बनाएका थिए ।

त्यस्तै लुम्बिनीका बलर रुबेन ट्रम्पेलम्यान, शेर मल्ल, गुलबदिन नैब र कप्तान रोहित पौडेलले २-२ विकेट लिएका थिए ।

Read More

एसीसी यू-१९ प्रिमियर कपमा नेपालले विजयी शुरुवात, साउदी अरेबियामाथि ८ विकेटको जित

काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत नेपालले विजयी शुरुवात गरेको छ । नेपालले साउदी अरेबियालाई ९ विकेटले पराजित गरेको हो ।

साउदी अरेबियाले दिएको २१९ रनको लक्ष्य पछाएको नेपालले ३०.३ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालका लागि निरज कुमार यादवले ११४ रनको शतकीय पारी खेलेका थिए भने निश्चल क्षेत्रीले अविजित ६६ त् वंश क्षेत्रीले ३० रन बनाएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको थियो ।

साउदी अरेबियाका लागि मोहमद जुबेर सुनासाराले ४८, मोहमद रेहान सिद्धिकीले ४१ रन बनाए भने ओमैर अहमद वहावले ३९ रन बनाएका थिए । त्यसैगरी नेपाली बलर अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, शुसिल बहादुर रावल, किब्रिन श्रेष्ठ र दर्शन सुनारले एक एक विकेट लिएका थिए ।

अब नेपालले अर्को खेल हङकङविरुद्ध नोभेम्बर २७ मा खेल्दैछ ।   

Read More

विश्वकपमा उपविजेता बनेको नेपाली दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानले दियो १० लाख

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले पहिलो महिला टी-२० विश्वकप २०२५ – दृष्टिविहीन क्रिकेटमा उपविजेता भएको नेपाली टिमलाई १० लाख नगद दिएको छ ।

मंगलबार टियु क्रिकेट मैदानमा नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई सम्मान गर्दै क्यानले १० लाख रकम हस्तान्तरण गरेको हो ।

सो अवसरमा आजको एनपीएल खेल्ने टिम लुम्बिनी लायन्स र काठमाडौँ गोर्खाजका खेलाडी र प्रशिक्षण टिमले समेत नेपाली दृष्टिविहीन महिला क्रिकेट खेलाडीलाई भेटेर बधाई दिएका थिए ।

नेपाली दृष्टिविहीन महिला क्रिकेट टिम श्रीलंकाको कोलम्बोमा भएको फाइनल खेलमा भारतसँग पराजित हुदै उपविजेता बनेको थियो ।

Read More

एसीसी यू-१९ प्रिमियर कप: साउदी अरेबियाले नेपाललाई दियो २१९ रनको लक्ष्य

काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत आज साउदी अरेबियाले नेपाललाई २१९ रनको लक्ष्य दिएको छ । 

टस हारेर पहिला ब्याटिंग गरेको साउदी अरेबियाले ५० ओभरमा ९ विकेट गुमाएर २१८ रन बनाएको हो ।

साउदी अरेबियाका लागि मोहमद जुबेर सुनासाराले ४८, मोहमद रेहान सिद्धिकीले ४१ रन बनाए भने ओमैर अहमद वहावले ३९ रन बनाएका थिए । 

त्यसैगरी नेपाली बलर अशोक धामीले २ विकेट लिए भने दयानन्द मण्डल, शुसिल बहादुर रावल, किब्रिन श्रेष्ठ र दर्शन सुनारले एक एक विकेट लिएका थिए ।

Read More

एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत आज नेपालले साउदी अरेबियासँग खेल्ने

काठमाडौं । एसीसी पुरुष यू-१९ प्रिमियर कप अन्तर्गत आज नेपालले साउदी अरेबियासँग खेल्ने तालिका रहेको छ । एकदिवसीय फर्म्याटमा हुने यस प्रतियोगिता अन्तर्गतको यो खेल नेपाली समय अनुसार बिहान १०: ४५ बजेदेखि शुरु हुने छ ।  

क्यानले अशोक धामीको कप्तानीमा १४ सदस्यीय टिम यो प्रतियोगिता खेल्न युएई पठाएको छ । नेपाली टिममा अशोक धामी (कप्तान), निरज यादव (विकेटकिपर), निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र भान्स क्षेत्री रहेका छन् ।

नोभेम्बर २१ देखि डिसेम्बर १ सम्म हुने यू-१९ प्रिमियर कपमा नेपाल समुह ए मा हङकङ र साउदी अरेबियासँग रहेको छ । यस प्रतियोगितामा १४ देशले भाग लिएका छन् भने शिर्ष तीन देश यू-१९ एशिया कपमा छनौट हुने छन् ।

Read More

एनपीएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुदै

काठमाडौँ । नेपाल प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदैछ । आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुदैछ । यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुदैछ ।

जारी प्रतियोगितामा काठमाडौँ गोर्खाजले ३ खेलमा एक जित र २ हार बेहोरेको छ भने लुम्बिनी लायन्सले २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको  लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।

त्यस्तै करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।

Read More

घरेलु मैदानमै एभर्टनसँग म्यानचेस्टर युनाइटेड पराजित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड तफोर्डमै एभर्टनले १-० गोल अन्तरको रोमाञ्चक जित हासिल गरेको हो ।

एभर्टनको जितमा खेलको २९औं मिनेटमा कियरम्यान डेवसबरी हलले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यसअघि खेलको १३औं मिनेटमा नै इड्रीसा गुएयले रातो कार्ड पाए पछि एभर्टन १० खेलाडीमा सिमित रहेको थियो ।

यो जितपछि एभर्टनको १२ खेलमा १८ अंक भएको छ र लिगमा ११औं स्थानमा उक्लिएको छ । त्यस्तै म्यानचेस्टर युनाईटेडको भने १२ खेलमा १८ अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।

Read More

एनपीएलमा सुदूरपश्चिमको लगातार तेस्रो जित, कर्णालीको लज्जास्पद हार

काठमाडौँ ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ ।  सोमबार सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ४५ रनले पराजित गरेको छ ।

सुदूरपश्चिमले दिएको १४० रनको लक्ष्य पछाएको कर्णालीले १९.२ ओभरमा अल आउट हुदै ९४ रन बनाएको हो । 

कर्णालीका लागि पवन सराफले सर्बाधिक २७ रन बनाएका थिए भने मार्क वाटले १७ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४ विकेट लिएका थिए भने हरमीत सिंह र अविनाश बोहोराले २-२ विकेट लिएका थिए ।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउदै १३९ रन बनाएको थियो । 

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ३९ रन बनाए भने आरिफ सेखले २७ रन बनाए ।  त्यस्तै हरमित सिंहले १९ र क्रिस लीनले १८ रन बनाएका थिए ।  त्यसैगरी कर्णालीका बलर कप्तान सोमपाल कामीले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यस्तै मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट लिए ।

यो जितपछि सुदूरपश्चिम रोयल्सले लगातार ३ खेल जितेको छ । सुदूरपश्चिमको ३ खेलमा ६ अंक भएको छ । त्यस्तै कर्णाली याक्सले भने ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

Read More