२०८३ श्रावण २१

टेस्ट क्रिकेट: दक्षिण अफ्रिका १५९ रनमा अलआउट, बुमराहले लिए ५ विकेट

काठमाडौँ । दक्षिण अफ्रिका भारतविरुद्धको पहिलो टेस्टको पहिलो इनिंगमा १५९ रन बनाएर अल आउट भएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको दक्षिण अफ्रीका ले ५५ ओभर खेल्दै १५९ रन बनाएर अल आउट भएको हो । दक्षिण अफ्रिकाका लागि एडेन मार्क्रमले सर्बाधिक ३१ रन बनाए भने वीआन रिकेलटन र टोनी डे जोर्जीले २४-२४ रन बनाएका थिए ।

त्यस्तै भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ५ विकेट लिए भने कुलदीप यादव र मोहमद सिराजले २-२ विकेट लिए । टेस्टको पहिलो दिन भारतले आफ्नो पहिलो इनिंगको ब्याटिंग शुरु गरेको छ ।      

Read More

आइपीएलको मिनी अक्सन डिसेम्बर १६ मा अबुधाबीमा हुने

काठमाडौँ । आईपीएल २०२६ को लागि खेलाडी अक्सन डिसेम्बर १६ मा अबुधाबीमा हुने भएको छ ।

क्रिकइन्फोले आइपिएलको मिनी अक्सन डिसेम्बर १६ मा आबु धाबीमा हुने जानकारी दिएको छ । आईपीएल २०२४ को लागि अक्सन दुबईमा आयोजित गरिएको थियो, जुन भारत बाहिर पहिलो पटक आयोजित गरिएको थियो । यसपछि, आईपीएल २०२५ को लागि मेगा अक्सन जेद्दामा दुई दिनमा आयोजित गरिएको थियो । यस पटक, मिनी-अक्सन आयोजित गरिनेछ र सधैं जस्तै, यो एक-दिनको हुने छ ।

लिलामी अघि, सबै फ्रान्चाइजीहरूले नोभेम्बर १५ सम्म रिटेन गरिएका र रिलिज गरिएका खेलाडीहरूको सूची पेश गर्नुपर्नेछ । त्यसपछि खेलाडीहरूको दर्ता गरिएको पूल पेश गरिनेछ, जसबाट खेलाडीहरूलाई सर्टलिस्ट गरिनेछ । त्यसपछि यो लामो सूचीबाट खेलाडीहरूलाई सर्टलिस्ट गरिनेछ जसले गर्दा आइपीएल लिलामी पूललाई अन्तिम रूप दिइनेछ ।

आइपिएल २०२५ सिजन पछि खुल्ने ट्रेडिंग विन्डो लिलामी हुनुभन्दा एक हप्ता अघि र त्यसपछि आइपिएल २०२६ सुरु हुने मिति भन्दा एक महिना अघिसम्म जारी रहनेछ । १० फ्रेन्चाइजीहरूले २०२६ लिलामीमा खरिद गरिने कुनै पनि खेलाडीलाई व्यापार गर्न सक्ने छैनन् । बिहीबार, पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्सले शार्दुल ठाकुर र शेर्फेन रदरफोर्डलाई ट्रेड गरेको छ ।

मुम्बईले शार्दुल ठाकुरलाई लखनऊ सुपर जायन्ट्सलाई २ करोड भारुमा किनेको छ । शार्दुल आईपीएल २०२५ मेगा लिलामीमा बिक्री भएका थिएनन्, तर लखनऊले उनलाई घाइते मोहसिन खानको स्थानमा पछि किनेको थियो । शार्दुलले घरेलु क्रिकेटमा मुम्बईको प्रतिनिधित्व गर्छन् र अब आईपीएलमा मुम्बई फ्रान्चाइजीको लागि खेल्नेछन् । यसैबीच, मुम्बईले गुजरात टाइटन्सबाट शेर्फेन रदरफोर्डलाई पनि किनेको छ । गुजरातले अनुभवी वेस्ट इन्डिजका अलराउन्डर रुदरफोर्डलाई २ करोड भारुमा बेचेको छ ।

Read More

एनपीएलको कमेन्ट्री गर्न आकाश चोपडा आउने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको कमेन्टेटर प्यानलमा भारतका चर्चित कमेन्टेटर आकाश चोपडा जोडिएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) एनपीएलको यस सिजनका लागि आकाश चोपडा कमेन्ट्री टिममा जोडिएको जानकारी दिएको छ ।

भारतका पुर्व खेलाडी रहेका आकाश विश्व क्रिकेटमा अहिलेका उत्कृष्ट कमेन्टेटर मानिन्छ । आकाशले सामाजिक सञ्जालमा आफु पहिलो पटक नेपाल आउन लागेकोमा निकै उत्साहित रहेको बताएका छन् ।

क्यानले यस सिजनको एनपीएलका लागि चर्चित अस्ट्रेलियन प्रजेन्टर जेस क्रोलाई पनि अनुबन्ध गरिसकेको छ । 

यस सिजनको एनपीएल नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुदैछ । 

Read More

विश्वकप छनौटको खेलमा नर्वे र इटाली विजयी

काठमाडौँ । विश्वकप छनौट अन्तर्गतको खेलमा नर्वे र इटाली विजयी भएका छन् ।

गएराती सम्पन्न खेलमा नर्वेले इस्टोनियालाई ४-१ गोल अन्तरले पराजित गरेको हो । नर्वेको जितमा अलेक्जाण्डर सोरीओथ र इर्लिंग हालाण्डले २-२ गोल गरेका थिए । त्यस्तै इस्टोनियाका लागि रोबी सार्माले एक गोल गरेका थिए ।

त्यस्तै युरोप छनौटको समुह आइ मा नै रहेको इटालीले मोलडोभालाई २-० ले पराजित गरेको छ । इटालीको जितमा गियानलुका मान्चिनी र फ्रान्सेसको पियो एसपोसिटोले एक एक गोल गरेका थिए ।

यी खेलपछि समुह आईमा नर्वेको ७ खेलमा २१ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै इटालीको ७ खेलमा १८ अंक रहेको छ र समुहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै इस्टोनियाको ८ खेलमा ४ अंक छ भने मोलडोभाको ७ खेलमा एक अंक रहेको छ ।

अब यस समुहको अर्को खेल नर्वे र इटालीबीच नोभेम्बर १७ मा हुने छ ।

Read More

फ्रान्स फिफा विश्वकपमा छनौट

काठमाडौँ । फ्रान्स फिफा विश्वकपमा छनौट भएको छ ।

युरोपको छनौट अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले युक्रेनलाई ४-० गोल अन्तरले पराजित गरेसँगै फ्रान्स २०२६ को विश्वकपका लागि छनौट भएको हो ।

फ्रान्सको जितमा किलीयन एम्बाप्पेले २ गोल गरे भने माइकल ओलीस र हुगो एकिटिकले एक एक गोल गरेका थिए ।

समुह डी मा रहेको फ्रान्सको यो जित पछि ५ खेलमा १३ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै युक्रेनको भने ५ खेलमा ७ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

फ्रान्सले अब अर्को खेल नोभेम्बर १६ मा अजरबैजानसँग खेल्ने तालिका रहेको छ । 

Read More

पोचुगल आयरल्याण्डसँग पराजित, रोनाल्डोले पाए रातो कार्ड

काठमाडौँ । पोर्चुगल फिफा विश्वकप छनौट अन्तर्गतको खेलमा पराजित भएको छ । गएराती सम्पन्न खेलमा आयरल्याण्डले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गरेको हो ।

आयरल्याण्डको जितमा दुवै गोल ट्रोय प्यारोटले गरेका थिए । यस खेलमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि पोर्चुगल १० खेलाडीमा सिमित भएको थियो । रोनाल्डोले खेलको ६१औं मिनेटमा रातो कार्ड पाएका थिए । २२५ अन्तर्राष्ट्रिय खेल खेलेका रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा रातो कार्ड पाएको पहिलो पटक हो ।

युरोपको छनौटको समुह एफमा रहेको आयरल्याण्डले यो जितपछि ५ खेलमा ७ अंक भएको छ र समुहमा तेस्रो स्थानमा छ । त्यस्तै पोर्चुगलको ५ खेलमा १० अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । अब पोर्चुगलले अर्को खेल अर्मेनियासँग नोभेम्बर १६ मा खेल्ने तालिका रहेको छ ।

Read More

एनपीएलको टिकटदर सार्वजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुने नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि टिकटदर सार्वजनिक गरेको छ । क्यानले बिहीबार प्रतियोगिताको टिकटदर र बिक्रीबारे आधिकारिक जानकारी दिएको हो ।

क्यानले एनपीएल खेलका टिकटलाई दुई श्रेणीमा विभाजन गरेको छ, जसमा साधारण र प्रिमियम रहेका छन् । उद्घाटन दिन र शनिबारका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १५०० राखिएको छ ।

साताका अन्य दिन (आइतबारदेखि शुक्रबार) हुने खेलहरूका लागि साधारण टिकट ५०० र प्रिमियम टिकटको मूल्य १००० तोकिएको छ । प्लेअफ र फाइनल खेलका लागि भने टिकटको साधारण टिकटको १००० र प्रिमियम टिकटको २००० राखिएको छ ।

प्रतियोगिताका सबै खेल हेर्न चाहने दर्शकका लागि क्यानले सिजन पासको पनि व्यवस्था गरेको छ, जसको मूल्य १५,००० तोकिएको छ ।

प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनरका रूपमा ‘खल्ती बाई आइएमई’ रहेको छ भने दर्शकहरूले खल्ती एपमार्फत सहजै आफ्नो टिकट किन्न सक्ने क्यानले जनाएको छ । साथै क्यानले प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूका लागि टिकट बिक्री खुला गरेको छ ।

Read More

नेपालले आज बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेल्दै

काठमाडौं । नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । बंगलादेशको ढाकास्थित नेशनल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

नेपालले मलेसियासँगको एएफसी एशियन कप छनौट अन्तगतको खेल अघि यो मैत्रीपूर्ण खेल खेल खेल्न लागेको हो । नेपालले नोभेम्बर १८ मा मलेशियाविरुद्ध खेल्ने तालिका रहेको छ ।

नेपाल र बंगलादेशबीच अहिलेसम्म २५ खेल भएका छन् । जसमा नेपालले ८ खेल जितेको छ भने बंगलादेशले १३ खेल खेलेको छ । त्यस्तै ४ खेल बराबर भएका छन् ।  

मुख्य प्रशिक्षक हरि खड्काले दुवै खेलका लागि २३ सदस्यीय टिमको घोषणा गरेका छन् ।

नेपाली टिममा गोलकिपर किरण कुमार लिम्बु, दीप कार्की, विशाल सुनार अरिक बिष्ट,  मणिकुमार लामा, कुशल देउवा, अनन्त तामाङ, रोहित चन्द, सुमन श्रेष्ठ, सनिश श्रेष्ठ, अभिषेक लिम्बु, सुमित श्रेष्ठ, योगेश गुरुङ, लेकेन लिम्बु, मनिष डाँगी, रोहन कार्की, दिपेश गुरुङ, गिलेस्पी जंग कार्की, अन्जन विष्ट, आयुष घलान, दिनेश हेञ्जन, सुवास बम र आदित्य शाक्य रहेका छन् ।

Read More

टोकियोमा हुने समर डेफलिम्पिक्समा लक्की र सुष्माले भाग लिने

काठमाडौँ । जापानको टोकियोमा हुने समर डेफलिम्पिक्समा नेपाली जुडो खेलाडीले भाग लिने भएका छन् ।

नोभेम्बर १५ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६० केजीमा लक्की चौधरी तथा महिला ५२ केजीमा सुष्मा तामाङले भाग लिने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले समर डेफलिम्पिक्समा सहभागी हुने नेपाली जुडो टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

टोली प्रमुख धर्मकुमार श्रेष्ठ, व्यवस्थापक रोजिना श्रेष्ठ र प्रशिक्षक सन्जित डंगोल रहेका छन् ।

बिदाइका अवसरमा राखेप कार्यकारी समितिका सदस्यद्वय भानबहादुर चन्द र सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी र खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको उपस्थिति रहेको थियो ।

Read More

लिभरपुलमाथि म्यानचेस्टर सिटीको शानदार जित

काठमाडौं । म्यानचेस्टर सिटी विजयी लयमा फर्किएको छ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि ३-० को शानदार जित हासिल गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, निको गोन्जालेज र जेरेमी डोकुले एक एक गोल गरेका थिए ।

यो जितपछि महत्वपूर्ण तीन अंक हासिल गर्दै म्यानचेस्टर सिटी ११ खेलमा २२ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

त्यस्तै लिभरपुल भने ११ खेलमा १८ अंकसहित आठौ स्थानमा झरेको छ । प्रिमियर लिगमा आर्सनल ११ खेलमा २६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।

Read More