२०८३ श्रावण २१

प्रधानमन्त्री कार्कीबाट एनपीएलको दोस्रो संस्करणको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण उद्घाटन गरेकी छन् ।

सोमबार त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा उनले लिग सुरु भएको घोषणा गरेपछि उद्घाटन खेलमा काठमाडौँ गोर्खाज् र जनकपुर बोल्टसबीचको खेल शुरु भएको थियो । प्रधानमन्त्री कार्कीले केहीबेर उद्घाटन खेलको अवलोकन पनि गरेकी थिइन् ।

उद्घाटन खेलमा जनकपुरले टस हारेर पहिला ब्याटिंग गर्दै काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ । प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्दैछ ।

Read More

जनकपुरले काठमाडौँलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ६ विकेट गुमाउदै १३० रन बनाएको हो ।

जनकपुरका लागि आसिफ शेखले सर्बाधिक ५४ रन बनाए भने मयन यादवले अविजित ३४ रन बनाएका छन् । त्यस्तै काठमाडौँ गोर्खाजका बलर मिलिन्द कुमारले ३ विकेट लिए भने सन्तोष यादवले एक विकेट लिएका थिए ।

Read More

एनपीएल: काठमाडौँले टस जित्यो, जनकपुरले पहिला ब्याटिंग गर्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ ।

योसँगै काठमाडौँले पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै जनकपुर बोल्ट्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

नेपाली क्रिकेट इतिहासमा पहिलो पटक कुनैपनि खेल स्टेडियमको फ्लडलाइट्समा हुन लागेको छ ।   

Read More

डिशहोम गो एपमा एनपीएल हेर्न समस्या: पैसा काटियो, सब्सक्रिप्सन भएन 

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को ओटीटी प्लेटफर्ममा प्रशारण अधिकार पाएको डिशहोम गो को सब्सक्रिप्सन लिन समस्या देखिएको छ ।

धेरै जसो प्रयोगकर्ताले भुक्तानी गर्दा पनि सब्सक्रिप्सन नभए पछि क्रिकेटप्रेमी अन्योलमा परेका छन् । खेल शुरु हुन एक घण्टा भन्दा कम समय बाँकी हुदा डिश होमले क्रिकेट प्रेमीलाई धोका दिएको भन्दै आक्रोशित भएका छन् ।

सामाजिक सञ्जालमा कैयौं प्रयोगकर्ताले पैसा काटिएर पनि सब्सक्रिशन नभएको गुनासो गरेका छन् । यस विषयमा डिशहोमका प्रतिनिधिलाई कुरा गर्न खोज्दा उपलब्ध भएका छैनन् ।

आजदेखि शुरु हुने एनपीएल स्टार स्पोर्ट्स र कान्तिपुर म्याक्स टिभीबाट पनि प्रशारण हुदै छ ।

Read More

एएफसी यू-१७ एसियन कप छनोट खेल्ने राष्ट्रिय फुटबल टिमको बिदाई, यस्तो छ खेल तालिका

काठमाडौँ । एएफसी यू-१७ एसियन कप छनोटमा भाग लिन म्यानमार प्रस्थान गर्ने राष्ट्रिय यू-१७ टोलीलाई एन्फाले बिदाई गरेको छ ।

खेलाडीलाई एन्फाका महासचिव किरण राई, पूर्व सह-सदस्य विकास नारायण श्रेष्ठ र पुरुषोत्तम थापा, सीईओ इन्द्रमान तुलाधर र प्रवक्ता सुरेश शाहले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा टोलीलाई बिदाई गरेक हुन् ।

नेपाललाई छनोटको समूह जी मा सिरिया, ओमान, अफगानिस्तान र आयोजक म्यानमारसँगै राखिएको छ । नेपालले नोभेम्बर २२ मा सिरियासँग, नोभेम्बर २४ मा म्यान्मारसँग, नोभेम्बर २६ मा ओमानसँग र नोभेम्बर २८ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ । 

Read More

टिकट नहुने टियु क्रिकेट मैदान वरपर नजान प्रहरीको आग्रह

काठमाडौं । प्रहरीले आजदेखि शुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका खेलमा टिकट नलिएका खेलप्रेमीलाई टियु क्रिकेट मैदान वरपर भिड नगरिदिन अनुरोध गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँले एनपीएलको दोस्रो संस्करणका उद्घाटन खेलको सबै टिक बिक्री भएको जानकारी आएकोले टिकट नभएका खेलप्रेमीहरुलाई मैदान वरपर भिड नगर्न अनुरोध गरेको हो ।

परिसरले भनेको छ- ‘नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका क्रिकेट खेलहरू आज मिति २०८२ मंसिर १ गतेदेखि २७ गतेसम्म कीर्तिपुर स्थित टियु खेल मैदानमा सञ्चालन हुने कार्यक्रम अन्तर्गत आजको खेलका सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी सम्बन्धित संस्थाबाट जानकारी प्राप्त हुन आएकोले टिकट नभएका सम्पूर्ण खेल प्रेमी महानुभावहरू आफ्नो अनुकूल स्थानमै रहेर हेर्न, खेल स्थलको बाहिर भिड नगरिदिनुहुन र सुरक्षा व्यवस्थापन गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्ने नागरिक दायित्व निर्वाह गरिदिनुहुन सम्पूर्णमा हार्दिक अनुरोध गरिन्छ ।’

आजदेखि मङ्सिर २७ गतेसम्म हुने एनपीएलको उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज दिउसो ४ बजेदेखि खेल्दैछन् ।

Read More

दोस्रो संस्करण खेल्ने एनपीएलका आठ फ्रेन्चाइजीमा कुन कुन खेलाडी छन् ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुदैछ ।

क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज खेल्दैछन् । किर्तिपुरस्थित टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुने छ । यस सिजनको एनपीएलका धेरै जसो खेल नवनिर्मित टियु क्रिकेट मदानको फ्लडलाइटमा हुने छ ।  

आठ फ्रेन्चाइजीका खेलाडीको सूची यस्तो छ:  

चितवन राइनोज
कुशल मल्ल (कप्तान), रिजन ढकाल, कलमसिंह ऐरी, अमरसिंह रौटेला, दीपक बोहरा, गौतम केसी, देव खनाल, अर्जुन साउद विपिन रावल, विपिन आचार्य, रन्जीत कुमार, सौगात ढकाल, रवि भोपारा, सोहेल तनवीर, सैफ जैब, डेविड मलान र अल्पेस रामजानी ।

लुम्बिनी लायन्स
रोहित कुमार पौडेल (कप्तान/मार्की), विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी, समीर अली, अभिषेक गौतम, दिलिप नाथ, बिशाल पटेल, शेर मल्ल, सुमित महर्जन, दुर्गेस गुप्ता, आदील खान, थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन् ।  

सुदूरपश्चिम रोयल्स
दिपेन्द्रसिंह ऐरी (कप्तान/मार्की), अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, नरेन साउद, हेमन्त धामी, टेक बहादुर रावत, दिपेन्द्र थापा, दीपक बोहोरा, मिलन बोहोरा, हिम्मत महरा, जोश ब्राउन, स्कट कुगेइलिन, क्रिस लिन र हर्मीत सिंह ।

विराटनगर किंग्स
सन्दीप लामिछाने (कप्तान), लोकेश बम, प्रतिश जिसी, बशीर अहमद, सुवास भण्डारी, नरेन भट्ट, सुर्य तामाङ, साहिल पटेल, नारायण जोशी, श्रवण किस्कु, शंकर राना, जर्ज मुन्सी, मार्टिन गप्टिल, शुभम सुबहस रंजने, मर्चेन्ट डी लंगे, फाफ डु प्लेसिस, साम्युएल डाली हीजलेट र आयुस न्यौपाने ।

काठमाडौँ गोर्खाज
करण केसी (कप्तान), भीम सार्की, शाहब अलाम, रशिद खान, दीपेश कँडेल, प्रतिक श्रेष्ठ, उत्तम थापा मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी, मोहमद आदील आलम, सोनु देवकोटा, रिकार्डो भासकोनसलोज, मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार, सन्नी पटेल र बेन चार्लेजवोर्थ ।

जनकपुर बोल्ट्स 
अनिलकुमार शाह (कप्तान), आसिफ शेख (मार्की), ललित राजवंशी, किशोर महतो, रुपेश कुमार सिंह, शुभ कंशाकर, तुलबहादुर थापामगर, सचिन भट्ट, आदित्य महता, मयन यादव, विकास आग्री, पप्पु यादव, लाहिरु मिलन्था, जान निकोल लोफ्टी एटोन, वाने प्रनिल, संजय कृष्णामुर्थी, संगीथ कूरे र इमार ताहिर ।

कर्णाली याक्स
सोमपाल कामी (कप्तान), गुलशन झा, नन्दन यादव, अर्जुन घर्ति, दिपेन्द्र रावत, युनिशबिक्रम सिंह ठकुरी, पवन सराफ, इमरान सेख, दीपक डुम्रे, युवराज खत्री, जयकिशन कोलसावाला, म्याक्स ओ’डाउड, प्रियांक पञ्चाल,  मार्क वाट र नाजिबउल्लाह जद्रान ।

पोखरा एभेन्जर्स
कुशल भुर्तेल (कप्तान), सागर ढकाल, आकाश चन्द,  किरण कुमार ठगुन्ना, बिपिन खत्री, त्रितराज दास, दिनेश खरेल, अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल, सन्दीप खत्री क्षेत्री, डान डाउथवेट, जिम्मी निशाम, रेमन राइफर, एडम रोसिङ्टन र जेसन रोय ।

Read More

पोर्चुगल फिफा विश्वकपमा छनौट

काठमाडौँ । पोर्चुगल फिफा विश्वकपमा छनौट भएको छ । गएराती सम्पन्न समुह चरणको अन्तिम खेलमा पोर्चुगलले अर्मेनियालाई ९-१ गोल अन्तरले पराजित गरेसँगै समुहमा शिर्ष स्थानमा रहदै फिफा विश्वकपमा छनौट भएको हो ।

आफ्ना नियमित कप्तान क्रिस्टियानो रोनाल्डो बिना खेलेको पोर्चुगलका लागि ब्रुनो फर्नानडेज र जोआओ नेभेजले ह्याट्रिक गरेका थिए । त्यस्तैरेनाटो भेइगा, गोन्कालो रामोस र फ्रान्सिस्को कोन्सेइकाओले एक एक गोल गरेका थिए ।

त्यसैगरी अर्मेनियाका लागि एक गोल एडुआर्ड सपेर्ट्सयानले गरेका थिए ।

यो जितपछि पोर्चुगलको समुह एफ मा ६ १३ अंक भएको छ र शिर्ष स्थानमा छ भने आयरल्याण्ड ६ खेलमा १० अंकसहित दोस्रो र हंगेरी ६ खेलमा ८ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै अर्मेनिया ६ खेलमा ३ अंकसहित पुछारमा रहेको छ ।

Read More

एनपिएलको दोसो संस्करण आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुदैछ ।

क्यानले सार्बजनिक गरेको खेल तालिका अनुसार आज उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज खेल्दैछन् । किर्तिपुरस्थित टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ४ बजेदेखि शुरु हुने छ । यस सिजनको एनपीएलका धेरै जसो खेल नवनिर्मित टियु क्रिकेट मदानको फ्लडलाइटमा हुने छ ।  

आजदेखि शुरु हुने एनपीएलको लिग चरणको अन्तिम खेल डिसेम्बर ७ को आइतबार कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुने छ । त्यस्तै प्लेअफका खेलहरु डिसेम्बर ९ मा पहिलो क्वालिफायर खेल हुने छ भने डिसेम्बर १० मा इलिमिनेटर र डिसेम्बर ११ मा दोस्रो क्वालिफायर खेल हुने छ । त्यस्तै मङ्सिर २७ अर्थात डिसेम्बर १३ शनिबार एनपीएलको फाइनल खेल हुने छ ।

क्यानले सबै खेलहरु बिहान ११: १५ र दिउसो ४ बजेको समय तोकेको छ । दुई खेल हुने दिन यस समयमा खेल हुने छन् भने एक मात्र खेल हुने दिन खेल दिउसो ४ बजेदेखि शुरु हुने छ । त्यस्तै क्यानले लिग चरणका चार खेल भने दिउसो साढे ३ बजे शुरु हुने उल्लेख गरेको छ । त्यस्तै फाइनल खेलपनि साढे ३ बजेदेखि नै शुरु हुने छ ।

क्यानक सचिव पारस खड्काले दोस्रो सिजनमा ३५ देखि ४० करोड रूपैयाँ सम्म आम्दानी हुने बताएको छ । एनपीएलमा ३५ देखि ४० करोड रूपैयाँसम्म आम्दानी हुनसक्ने अनुमान रहेको बताएका हुन् । खड्काले प्रयोजकबाट १५ करोड ३० लाख, सहभागी टिमहरूबाट ९ करोड, ओटीटीबाट पाँच करोड ३० लाख र टिकटबाट ८ देखि १२ करोडसम्म उठ्ने अनुमान क्यानको रहेको उनले जानकारी दिएका छन् ।

क्यानले यस सिजन पुरस्कार रकमलाई गतबर्षकै कायम राखेको छ । जसअनुसार विजेता टोलीले १ करोड १० लाख पुरस्कार पाउने छ भने उपविजेताले ५१ लाख, तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने छन् । 

टिकटदर: 

क्यानले एनपीएल खेलका टिकटलाई दुई श्रेणीमा विभाजन गरेको छ, जसमा साधारण र प्रिमियम रहेका छन् । उद्घाटन दिन र शनिबारका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १५०० राखिएको छ । साताका अन्य दिन (आइतबारदेखि शुक्रबार) हुने खेलहरूका लागि साधारण टिकट ५०० र प्रिमियम टिकटको मूल्य १००० तोकिएको छ । प्लेअफ र फाइनल खेलका लागि भने टिकटको साधारण टिकटको १००० र प्रिमियम टिकटको २००० राखिएको छ । प्रतियोगिताका सबै खेल हेर्न चाहने दर्शकका लागि क्यानले सिजन पासको पनि व्यवस्था गरेको छ, जसको मूल्य १५,००० तोकिएको छ ।

प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनरका रूपमा ‘खल्ती बाई आइएमई’ रहेको छ भने दर्शकहरूले खल्ती एपमार्फत सहजै आफ्नो टिकट किन्न सक्ने क्यानले जनाएको छ । साथै क्यानले प्रतियोगिताको पहिलो ६ दिनका खेलहरूका लागि टिकट बिक्री खुला गरेको छ । विहिबार टिकट खोलेको २४ घण्टामै उद्घाटन खेलको सबै टिकट बिक्रि भएको क्यानले जनाएको छ ।

Read More

विश्वकप छनौट: जर्जियाविरुद्ध स्पेनको शानदार जित

काठमाडौँ । स्पेन फिफा विश्वकप छनौटको नजिक पुगेको छ । युरोप छनौट अन्तर्गत गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा स्पेनले जर्जियालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

स्पेनको जितमा मिकेल ओयारजबालले २ गोल गरेका थिए भने मार्टिन जुबीमेन्डी र फेरान टोरेजले एक एक गोल गरेका थिए ।

यो जितपछि स्पेनको समुह इ मा ५ खेलमा १५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । स्पेन विश्वकपमा छनौट हुने लगभग निश्चित रहेको छ ।

यस समुहमा दोस्रो स्थानमा रहेको टर्कीको ५ खेलमा १२ अंक रहेको छ भने जर्जियाको ५ खेलमा ३ अंक रहेको छ । त्यस्तै बुल्गेरियाको ५ खेलमा शुन्य अंक रहेको छ । स्पेनले अब अर्को खेल नोभेम्बर १९ मा टर्कीविरुद्ध खेल्ने तालिका रहेको छ ।

Read More