२०८३ श्रावण २०

एम्बाप्पेको गोलमा रियल म्याड्रिडको महत्वपूर्ण जित

काठमाडौँ । रियल म्याड्रिडले स्पेनिस ला लिगा अन्तर्गत गेटाफेलाई पराजित गरेको छ । 

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले गेटाफेलाई १-० गोल अन्तरले पराजित गरेको हो ।  रियल म्याड्रिडको जितमा खेलको ८०औं मिनेटमा किलीयन एम्बाप्पेले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । 

यस खेलमा एलान नियोम र एलेक्सिस सानक्रिसले रातो कार्ड खाएपछि गेटाफे ९ खेलाडीमा सिमित भएको थियो । 

यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ ।  रियल म्याड्रिडको ९ खेलमा २४ अंक भएको छ ।  त्यस्तै बार्सिलोना ९ खेलमा २२ अंकसहित दोस्रो स्थानमा रहेको छ ।  त्यसैगरी गेटाफेको भने ९ खेलमा ११ अंक रहेको छ र हाल १२औ स्थानमा छ ।

Read More

एस्टन भिल्लासँग टोटनह्याम स्तब्ध

काठमाडौं । एस्टन भिल्लाले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाले टोटनह्यामलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

एस्टन भिल्लाको जितमा मोर्गन रोजर्स र एमी बुएनडियाले एक एक गोल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि एक गोल रोड्रीगो बेनटानकरले गरेका थिए ।

यो जितपछि एस्टन भिल्लाको ८ खेलमा १२ अंक भएको छ र ११औं स्थानमा उक्लिएको छ । त्यस्तै टोटनह्यामको भने ८ खेलमा १४ अंक रहेको छ र हाल छैटौं स्थानमा रहेको छ ।

Read More

भारतलाई हराउदै इङल्याण्ड महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा

काठमाडौं । इङल्याण्ड जारी महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

आइतबार राति सम्पन्न खेलमा इङल्याण्डले भारतलाई ४ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

इङल्याण्डले दिएको २८९ रनको लक्ष्य पछाएको भारतले ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनाएको थियो । यसअघि इङल्याण्डले पहिला ब्याटिंग गरेर ५० ओभरमा ८ विकेट गुमाउदै २८८ रन बनाएको थियो ।

योसँगै इङल्याण्डको ५ खेलमा ९ अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ । इङल्याण्ड अस्टेलिया र दक्षिण अफ्रीकासँगै सेमिफाइनलमा पुगेको छ ।  त्यति भारतको भने ५ खेलमा ४ अंक रहेको छ र चौथो स्थानमा रहेको छ । 

अब विश्वकप अन्तर्गत आज श्रीलंका र बंगलादेशबीच हुदैछ ।

Read More

फेलिक्सको ह्याट्रिकमा अल नासरको शानदार जित

काठमाडौँ । अल नासरले साउदी प्रो लिगमा अल फतेहमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल फतेहलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्सले ह्याट्रिक गरेका थिए । त्यस्तै क्रिस्टियानो रोनाल्डो र किंग्सले कोम्यानले एक एक गोल गरेका थिए । त्यसैगरी अल फतेहका लागि एक गोल सोफियान बेनडेबकाले गरेका थिए ।

यो जितपछि अल नासर साउदी प्रो लिगमा अपराजित रहदै शिर्ष स्थानमा कायम रहेको छ । अल नासरको ५ खेलमा १५ अंक रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अल हिलालको ५ खेलमा ११ अंक रहेको छ ।

त्यसैगरी अल फतेहको ५ खेलमा १ अंक रहेको छ र लिगमा १६औं स्थानमा छ ।

Read More

हलाण्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिग अन्तर्गत एभर्टनलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिङ हालाण्डले दुवै गोल गरेका थिए । हलाण्डले खेको ५८ र ६३औं मिनेटमा गोल गर्दै सिटीलाई जिताएका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा रहेको छ । सिटीको ८ खेलमा १६ अंक रहेको छ । त्यस्तै ८ खेल्दै १९ अंक रहेको आर्सनल शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी एभर्टनको ८ खेलमा ११ अंक रहेको छ र हाल लिगमा १०औं स्थानमा झरेको छ ।

Read More

जिरोनामाथि बार्सिलोनाको रोमाञ्चक जित

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा जिरोनालाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रोनाल्ड अराउजोको अन्तिम मिनेटको गोलमा बार्सिलोनाले जिरोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

यसअघि बार्सिलोनाका लागि पेड्रीले एक गोल गरेका थिए भने जिरोनाका लागि एक्सेल विटसेलले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोना ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको ९ खेलमा २२ अंक रहेको छ । त्यसैगरी एक खेल कम खेलेको रियल म्याड्रिडको ८ खेलमा २१ अंक रहेको छ ।

त्यसैगरी जिरोनाको ९ खेलमा ६ अंक रहेको छ र हाल १९औं स्थानमा रहेको छ ।

Read More

दक्षिण अफ्रिका महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । दक्षिण अफ्रीका जारी महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

गएराती पाकिस्तान र न्यूजील्याण्डबीचको खेल बर्षाका कारण पुरा हुन नसकेर अंक बाँडेपछि अंकतालिकामा दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो । दक्षिण अफ्रिकाको ५ खेलमा ८ अंक रहेको छ ।

त्यस्तै अस्ट्रेलिया यसअघिनै सेमिफाइनलमा पुगिसकेको छ । अस्ट्रेलियाको ५ खेलमा ९ अंक रहेको छ र शिर्ष स्थानमा छ ।

अब सेमिफाइनलका दुई स्थानका लागि अन्य देशको लडाई रहेको छ । हाल इङल्याण्ड ४ खेलमा ७ अंकसहित तेस्रो, भारत ४ खेलमा ४ अंकसहित चौथो, न्यूजील्याण्ड पनि ४ अंकसहित पाँचौं स्थानमा रहेका छन् ।

त्यसैगरी बंगलादेश, श्रीलंका र पाकिस्तान २-२ अंकसहित क्रमश: छैटौं, सातौं र आठौं स्थानमा रहेका छन् ।

Read More

बंगलादेशको वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात

काठमाडौँ । बंगलादेशले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजमा विजयी शुरुवात गरेको छ । गएराती सम्पन्न सिरिजको पहिलो खेलमा बंगलादेशले वेस्ट इन्डिजलाई ७४ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको २०८ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले ३९ ओभरमा अल आउट हुदै १३३ रन मात्र बनाएको थियो । वेस्ट इन्डिजका लागि ब्राण्डन किंगले सर्बाधिक ४४ रन बनाए भने एलिक अथानाजले २७ र कप्तान शाइ होपले १५ रन बनाएका थिए ।

त्यसैगरी बंगलादेशका बलर रिशाद होसैनले सर्बाधिक ६ विकेट लिएका थिए । उनले ९ ओभरमा ३५ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै मुस्ताफिजुर रहमानले २ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको बंगलादेशले ४९.४ ओभरमा अल आउट हुदै २०७ रन बनाएको थियो । बंगलादेशका लागि टोवहिड हृदोयले सर्बाधिक ५१ रन बनाएका थिए भने   महिदुल इस्लाम एनकोनले ४६ रन बनाएका थिए । त्यसैगरी वेस्ट इन्डिजका बलर जयदेन सील्सले ३ तथा रोस्टन चेज र जस्टिन ग्रीभ्सले २-२ विकेट लिएका थिए ।

यो जितपछि बंगलादेशले ३ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २१ मा हुने छ ।

Read More

आइसीसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरेको छ । शनिबार क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपालले अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म अमेरिका र युएईसँग त्रिकोणात्मक सिरिज खेल्दैछ । एक दिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट हुने यस लिगमा नेपाल हाल १६ खेल खेल्दै १२ अंकसहित सातौं स्थानमा रहेको छ । त्यस्तै युएई १६ खेलमा ६ अंकसहित पुछारमा छ भने अमेरिका २० खेलमा २८ अंक सहित दोस्रो स्थानमा रहेको छ । यस सिरिजको पहिलो खेलमा नेपालले अक्टोबर २६ मा अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

यस सिरिजका लागि छानिएको नेपाली टिममा रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), असिफ सेख, सन्दीप लामिछाने, कुशल भुर्तेल, अनिल कुमार शाह, सोमपाल कामी, आरिफ सेख, भीम सार्की, करण केसी, गुलशन झा, साहब आलम, नन्दन यादव, कुशल मल्ल र ललित राजबंशी रहेका छन् ।

Read More

सामाओले टस जित्यो, नेपालले पहिला ब्याटिंग गर्दै

काठमाडौँ । सामाओले नेपालले विरुद्धको खेलमा टस जितेको छ ।

ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गतको सुपर सिक्सको अन्तिम खेलमा सामाओले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले यस खेलमा पहिला ब्याटिंग गर्ने भएको छ । 

नेपाल अंक तालिकामा शिर्ष स्थानमा छ भने विश्वकपमा छनौट भइसकेको छ । नेपालले आजको खेलमा समाओलाई पराजित गरेर छनौट प्रतियोगिताको ट्रफी जितेर घर फर्किने लक्ष्यका साथ आज खेल्ने छ ।

त्यस्तै सामाओले भने विश्वकपको दौडबाट बाहिरिइसकेको छ । सुपरसिक्समा सामाओले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

नेपालले आज कुशल मल्ल र सोमपाल कामीको स्थानमा आरिफ सेख र ललित राजबंशीलाई खेलाएको छ ।

Read More