२०८३ श्रावण २०

जापानमाथि ओमानको सहज जित, नेपाल शिर्ष स्थानमा कायमै

काठमाडौँ । ओमानले आफ्नो सुपर सिक्सको अन्तिम खेलमा जापानलाई ९ विकेटले पराजित गरेको छ ।

जापानले दिएको १०४ रनको लक्ष्य पछाएको ओमानले १७ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । यसअघि पहिला ब्याटिंग गरेको जापानले १८.२ ओभरमा अल आउट हुदै १०३ रन मात्र बनाएको थियो ।

यो जितपछि ओमानको ५ खेलमा ८ भएको छ र अंकतालिकामा दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेपाल ८ अंकसहित रनरेटका आधारमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै जापानले भने सुपर सिक्सका ५ खेलमा केवल एक जित र ४ हारसहित २ अंकसहित पाँचौं स्थानमा रहेको प्रतियोगिता सकेको छ ।

अब प्रतियोगिताको अन्तिम खेल आजै दिउसो ४; १५ बजेदेखि नेपाल र सामाओबीच शुरु हुदै छ ।

Read More

सामाओविरुद्ध जितेमा हरेक खेलाडीले १९ लाख ५० हजार नगद पुरस्कार पाउने

काठमाडौं । आइसीसी टी २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत नेपालले सुपर सिक्सको अन्तिम खेल आज सामाओविरुद्ध खेल्दैछ ।

ओमानको अल अमेरत क्रिकेट स्टेडियममा नेपाल र सामाओबीचको खेल नेपाली समयअनुसार दिउँसो ४:१५ मा सुरु हुदैछ । सुपर सिक्स्का दुई खेल अघि नै विश्वकपमा छनोट भएको नेपालले आजको खेल जितेमा पहिलो पटक आइसिसीको प्रतियोगिताको उपाधि जित्नेछ ।

अहिले नेपाल ४ खेलमा ८ अंकसहित शिर्ष स्थानमा रहेको छ । नेपाल प्रतियोगितामा पराजित रहेको छ । त्यस्तै सामाओले भने सुपरसिक्समा खेलेका तिनै खेलमा हार बेहोरेको छ । 

यो उपाधि जितेमा सरकारी पुरस्कार ऐनको विधान अनुसार हरेक खेलाडीले १९ लाख ५० हजार पाउनेछन् । राष्ट्रिय खेलाडी विकास नियमावली २०७९ अनुसार महादेशीय क्रिकेट प्रतियोगिता वा डिभिजनबाट विश्वकपमा छनौट भएमा हरेक खेलाडीलाई १९ लाख ५० हजार नगद पुरस्कार दिने व्यवस्था गरिएको छ । त्यस्तै प्रशिक्षकलाई ६ लाख २५ हजार, सहायक प्रशिक्षक, व्यवस्थापक, फिजियो वा चिकित्सकलाई ३ लाख २५ हजार र खेल संघलाई ६ लाख ५० हजार पुरस्कार दिने व्यवस्था गरिएको छ ।

Read More

अस्ट्रेलिया जारी महिला क्रिकेट विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया महिला एकदिवसीय विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

टोलीले बिहीबार राति विशाखापट्टनममा सम्पन्न खेलमा बंगलादेशलाई १० विकेटले पराजित गरेसँगै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । बंगलादेशले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १९८ रन बनायो भने जवाफमा अस्ट्रेलियाले २४.५ ओभरमा विकेट नगुमाई लक्ष्य हासिल गरेको थियो ।

यो जितपछि डिफेन्डिङ र ७ पटकको च्याम्पियन अष्ट्रेलिया फेरि एक पटक सेमिफाइनलमा प्रवेश गरेको छ । यो प्रतियोगितामा ५ खेलमा टोलीको चौथो जित थियो, श्रीलंकाविरुद्धको खेल अनिर्णीत रहेको थियो । अर्कोतर्फ, बंगलादेशले ५ मध्ये ४ खेल हारेको छ, यदि बंगलादेशले अर्को एउटा खेल हारेमा, नकआउट पुग्ने आशा लगभग समाप्त हुनेछ ।

Read More

सुपर सिक्सको अन्तिम खेलमा नेपालले आज सामाओविरुद्ध खेल्दै

काठमाडौँ । नेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गतको सुपर सिक्सको अन्तिम खेलमा आज सामाओविरुद्ध खेल्दैछ । यो खेल आज दिउसो ४: १५ बजेदेखि शुरु हुदैछ । 

यसअघि आजै बिहान ११: ४५ बजेदेखि सुपर सिक्सको खेलमा जापान र ओमान खेल्दैछन् ।

नेपाल अंक तालिकामा शिर्ष स्थानमा छ भने विश्वकपमा छनौट भइसकेको छ । नेपालले आजको खेलमा समाओलाई पराजित गरेर छनौट प्रतियोगिताको ट्रफी जितेर घर फर्किने लक्ष्यका साथ आज खेल्ने छ ।

त्यस्तै सामाओले भने विश्वकपको दौडबाट बाहिरिइसकेको छ । सुपरसिक्समा सामाओले अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।

विश्वकप छनौट खेल्न रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली ओमानमा रहेको छ । टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेश बम, कुशल मल्ल, आसिफ सेख, मोहम्मद आदिल आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित राजवंशी, गुल्शन झा र सोमपाल कामी रहेका छन् ।

Read More

ओमानलाई हराउदै नेपाल शिर्ष स्थानमा उक्लियो

काठमाडौँ । नेपालले ओमान पराजित गरेको छ । आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्सको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो ।

नेपालले दिएको १५२ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ९ विकेट गुमाउदै ११३ रन बनाएको हो । ओमानका लागि विनायक शुक्लाले सर्बाधिक ३२ रन बनाएका थिए भने मोहमद नदीमले २५ रन बनाएका थिए । त्यस्तै कप्तान जतिन्दर सिंहले १४ रन र आर्यन बिष्टले ११ रन बनाएका थिए । त्यस्तै नेपाली बलर गुलशन झाले सर्बाधिक ३ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामी र नन्दन यादवले २-२ तथा सन्दीप लामिछानेले एक विकेट लिएका थिए ।      

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । नेपालका लागि कुशल भुर्तेलले सर्बाधिक ६९ रन बनाएका थिए । त्यस्तै आसिफ सेखले २४ रन बनाए भने गुलशन झाले १८ रन बनाएका थिए । त्यस्तै मोहमद आदीलले १६ रन बनाएका थिए । त्यस्तै ओमानका बलर नदीम खानले ४ विकेट लिए भने सुफयान मेहमूद र जितेन रमानान्दीले २-२ विकेट लिएका थिए ।

यो जितपछि नेपालको ४ खेलमा ८ अंक भएको छ र शिर्ष स्थानमा उक्लिएको छ । त्यस्तै ओमानको ४ खेलमा ६ अंकसहित दोस्रो स्थानमा रहेको छ । नेपाल र ओमानले टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन् । अब नेपालले सुपर सिक्सको अन्तिम खेल शुक्रबार सामाओविरुद्ध खेल्ने तालिका रहेको छ ।

Read More

नेपाल र ओमान टी-२० विश्वकपमा छनौट

काठमाडौँ । नेपाल र ओमान आइसीसी टी-२० विश्वकप २०२६ को लागि छनोट भएका छन् ।

सुपर सिक्स अन्तर्गत आज सम्पन्न खेलमा युएईले सामाओलाई पराजित गरेसँगै नेपाल र ओमान विश्वकपमा छनौट भएका हुन् ।

अब नेपाल र ओमान भारत र श्रीलंकामा आगामी माघ २४ देखि फागुन २४ सम्म आयोजना हुने विश्वकपमा सहभागी हुने छन् । एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रबाट छनौट हुने तेस्रो देशको टुंगो भोली हुने युएई र जापानबीचको खेलबाट लाग्ने छ । त्यस्तै कतार र सामाओ भने विश्वकपको छनौट दौडबाट बाहिरिएका छन् ।

आज केहीबेरपछि सुपर सिक्सको खेल अन्तर्गत नेपाल र ओमान भिड्दैछन् ।   

Read More

दक्षिण अफ्रीकाविरुद्ध पाकिस्तान ९३ रनले विजयी, टेस्ट सिरिजमा १-० ले अगाडी

काठमाडौँ । पाकिस्तानले जारी टेस्ट सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिकालाई ९३ रनले पराजित गरेको छ ।

टेस्टको चौथो दिन २७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका १८३ रन बनाएर अल आउट भएको थियो । यसअघि पाकिस्तानले पहिलो इनिंगमा ३७८ र दोस्रो इनिंगमा १६७ रन बनाएको थियो । त्यस्तै दक्षिण अफ्रिकाले पहिलो इनिंगमा २६९ रन बनाएको थियो ।

दुवै इनिंगमा गरि १० विकेट लिएका पाकिस्तानका बलर नोमान अली खेलको प्लेयर अफ द म्याच बनेका छन् । यो जितपछि पाकिस्तानले दुई खेलको टेस्ट सिरिजमा १-० को अग्रता हासिल गरेको छ ।

अब सिरिजको दोस्रो खेल अक्टोबर २० देखि रावलपिन्डीमा शुरु हुने छ ।

Read More

सुपर सिक्समा जापानमाथि कतार ३ विकेटले विजयी

काठमाडौँ । कतारले जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको खेलमा जापानलाई ३ विकेटले पराजित गरेको छ ।

बुधबार सम्पन्न खेलमा जापानले दिएको १४० रनको लक्ष्य पछाएको कतारले १९.४ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गर्दै जापानले २० ओभरमा ४ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

यो जितपछि कतारको ४ खेलमा २ अंक भएको छ । यो सुपर सिक्समा पहिलो जित हो । त्यस्तै जापानको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ ।

सुपर सिक्स अन्तर्गत आज सामाओ र युएइ तथा ओमान र नेपालबीच खेल हुदैछ ।

Read More

यस्तो छ नेपाल र ओमानबीचको हेड टू हेड

काठमाडौँ । नेपालले ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनौट प्रतियोगिता अन्तर्गत आज सुपर सिक्सको तेस्रो खेलमा आज आयोजक ओमानविरुद्ध खेल्दैछ । नेपाल र ओमानविरूद्धको यो खेल नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि शुरु हुदैछ ।

नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छ । सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित हासिल गरेको थियो भने कतारविरुद्ध ५ रनको जित हासिल गरेको थियो । त्यस्तै ओमानले सुपर सिक्समा युएई र कतारलाई नै पराजित गरेको छ । हाल अंकतालिकामा ओमान रनरेटको आधारमा शिर्ष स्थानमा छ । ओमानको ३ खेलमा ६ अंक रहेको छ भने १.०२४ रनरेट रहेको छ । त्यस्तै नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालको ३ खेलमा ६ अंक रहेको छ र रनरेट०.३५७ रहेको छ ।

त्यस्तै सुपर सिक्समा युएईको ३ खेलमा २ अंक छ भने जापानको २ खेलमा २ अंक रहेको छ । त्यसैगरी सामाओ र कतार अंकविहिन रहेका छन् ।    

नेपाल र ओमानबीच अहिलेसम्म ८ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने ओमानले ३ खेल जितेको छ । दुवै देशबीच पछिल्लो पटक २०२४ को अक्टोबरमा खेल भएको थियो, जुन खेल नेपालले ५६ रनले जितेको थियो ।

आजको खेल जित्ने देश विश्वकपका लागि छनौट हुने छ । सुपर सिक्सका खेलपछि शिर्ष तीन स्थानमा रहने देश २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनौट हुने छन् ।

Read More

बंगलादेशविरुद्धको एकदिवसीय सिरिजमा अफगानिस्तानको क्लीन स्वीप

काठमाडौँ । अफगानिस्तानले बंगलादेशविरुद्धको एकदिवसीय सिरिज क्लीन स्वीप गरेको छ ।

युएईको आबुधाबीमा गएराती सम्पन्न सिरिजको तेस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई २०० रनले पराजित गरेको हो । अफगानिस्तानले दिएको २९४ रनको लक्ष्य पछाएको बंगलादेश २७.१ ओभरमा केवल ९३ रन बनाएर अलआउट भएको थियो । बंगलादेशको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा अफगानिस्तानका बलर बिलाल सामीले ५ विकेट लिए भने रशिद खानले ३ विकेट लिए । त्यस्तै बंगलादेशका लागि केवल सैफ हसनले ४३ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यस अघि पहिला ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाएर २९३ रन बनाएको थियो ।

अफगानिस्तानले यस सिरिजको पहिलो खेल ५ विकेटले जितेको थियो भने दोस्रो खेल ८१ रनले जितेको थियो । योसँगै अफगानिस्तानले बंगलादेशविरुद्धको एक्दिवासिय सिरिज ३-० ले जितेको छ ।

Read More