२०८३ श्रावण १८

रोनाल्डो र फेलिक्सको २-२ गोलमा अल नासर विजयी

काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत लगातार तेस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा अल नासरले अल रियादलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले २-२ गोल गरेका थिए भने एक गोल किंग्सले कोम्यानले गरेका थिए । त्यस्तै मामाडाउ सियाल्लाले एक गोल गरेका थिए ।

यो जितपछि अल नासरको ३ खेलमा ९ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ । त्यसैगरी अल रियादको यस सिजनमा यो दोस्रो हार हो ।

Read More

एशिया कप सुपर फोर: श्रीलंकामाथि बंगलादेश ४ विकेटले विजयी

काठमाडौँ । बंगलादेशले जारी एशिया कपको सुपर फोरमा श्रीलंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले श्रीलंकालाई ४ विकेटले पराजित गरेको हो ।

श्रीलंकाले दिएको १६९ रनको लक्ष्य पछाएको बंगलादेशले १९.५ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । बंगलादेशको जितमा सैफ हसनले सर्बाधिक ६१ रन बनाए भने टोवहिड हृदोयले ५८ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको श्रीलंकाले २० ओभरमा ७ विकेट गुमाउदै १६८ रन बनाएको थियो । श्रीलंकाका लागि दासुन शानकाले ६४ रन बनाए भने कुसल मेन्डिसले ३४ रन बनाएका थिए ।

यो जितपछि बंगलादेशले सुपर फोरमा महत्वपूर्ण २ अंक हासिल गरेको छ र फाइनलको सम्भावनालाई बलियो बनाएको छ । सुपर फोर अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुदैछ ।

Read More

मलेसिया खेल्न जाने नेपाली महिला क्रिकेट टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले मलेसियामा मलेसियन सुपर वुमन सिरिज र टी-२० सिरिज खेल्ने नेपाली महिला क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले नेपाली क्रिकेट टिमक खेलाडीहरुले फरक फरक पाँच टिमबाट सेप्टेम्बर २४ देखि ३० सम्म हुने मलेसियन सुपर वुमन सिरिजमा खेल्ने जानकारी दिएको छ ।

त्यस्तै नेपाली महिला टिमले अक्टोबर २ देखि ८ सम्म मलेसियाको राष्ट्रिय महिला क्रिकेट टिमसँग ५ वटा टी-२० सिरिज खेल्ने समेत कार्यक्रम रहेको छ ।

क्यानले मलेसिया टूरलाई नेपालको विश्वकपको ग्लोबल क्वालिफायरको तयारी स्वरूप लिएको जनाएको छ । 

मलेसिया जाने नेपाली महिला टिममा इन्दु बर्मा, पुजा महतो, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोद्दार, यशोदा विष्ट, सावित्री धामी, कविता कुँवर, रुबिना क्षेत्री र सीता राना मगर रहेका छन् ।

Read More

अल अहलीसँग बराबरीमा रोकियो अल हिलाल

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलाल र अल अहली साउदी बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा अल हिलाल र अल अहलीले ३-३ गोलको बराबरी खेलेका हुन् ।

३-० ले पछि परेको अल अहलीले खेलमा कमब्याक गर्दै खेलको अन्तिम समयमा तीन गोल गरेर खेल बराबरी गरेको थियो ।

अल हिलालका लागि मालकमले २ गोल गरेका थिए भने थियो हर्नानडेजले एक गोल गरेका थिए । अल अहलीका लागि इभान टोनीले २ गोल गरेका थिए भने मेर्लिन डेमिरलले एक गोल गरेका थिए ।

यो बराबरीपछि अल हिलालको ३ खेलमा ५ अंक भएको छ र सातौं स्थानमा रहेको छ । त्यस्तै अल अहलीको ३ खेलमा ५ अंक नै छ र आठौ स्थानमा रहेको छ ।

Read More

ओमानमाथि भारत २१ रनले विजयी, सुपर फोरका खेल आजदेखि

काठमाडौँ ।  भारतले जारी एशिया कपमा भारतले ओमानलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा भारतले ओमानलाई २१ रनले पराजित गरेको हो । भारतले दिएको १८९ रनको लक्ष्य पछाएको ओमानले २० ओभरमा ४ विकेट गुमाएर १६७ रन बनाएको थियो ।

ओमानका लागि आमिर कालिमले ६४, हमाद मिर्जाले ५१ र कप्तान जतिन्दर सिंहले ३२ रन बनाए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले सन्जु सामसनको ५६ रनको मद्दतले २० ओभरमा ८ विकेट गुमाएर १८८ रन बनाएको थियो ।

योसंगै एशिया कपको समुह चरणका खेल सकिएका छन् । समुह ए बाट भारत र पाकिस्तान तथा समुह बी बाट श्रीलंका र बंगलादेशले सुपर फोरमा स्थान बनाएका छन् । अब सुपर फोरका खेल आजदेखि शुरु हुदैछन् । आज पहिलो खेलमा बंगलादेश र श्रीलंका खेल्ने तालिका रहेको छ ।

Read More

साफ क्लब महिला च्याम्पियनसिप हुने, नेपालबाट एपीएफ खेल्दै

काठमाडौँ । दक्षिण एशियाली क्लब महिला च्याम्पियनसिप हुने भएको छ ।

दक्षिण एशिया फुटबल फेडेरेसनले डिसेम्बर ५ देखि डिसेम्बर २० सम्म साफ क्लब महिला च्याम्पियनसिप हुने जानकारी दिएको छ ।

फेडेरेसनका अनुसार नेपालको एपीएफ फुटबल क्लब, बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बङ्गाल एफसी र पाकिस्तानको कराची सिटी फुटबल क्लब खेल्ने भएका छन् ।

Read More

नापोलीमाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर सिटीले इटालियन क्लब नापोलीलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।

म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड र जेरेमी डोकुले एक एक गोल गरेका थिए । 

यस खेलमा खेलको २१औं मिनेटमा गिओभानी डि लोरेन्जोले रातो कार्ड पाएपछि नापोली १० खेलाडीमा सिमित भएको थियो ।

Read More

राशफोर्डको दुई गोलमा बार्सिलोना विजयी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले न्यूक्यासल यूनाइटेडमाथि जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले न्यूक्यासललाई २-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मार्कस राशफोर्डले दुवै गोल गरेका थिए । त्यस्तै न्यूक्यासलका लागि एक गोल एन्थोनी गोर्डनले एक गोल फर्काएका थिए ।

Read More

एशिया कपको सुपर फोरको समीकरण पुरा, भारत र पाकिस्तान फेरी खेल्दै

काठमाडौँ । जारी एशिया कपको सुपर फोरको समीकरण पुरा भएको छ ।  समुह चरणको एक खेल हुन बाँकी हुदानै सुपर फोरमा पुग्ने चार देशको टुंगो लागेको हो ।

जसमा समुह ए बाट भारत र पाकिस्तान तथा समुह बी बाट श्रीलंका र बंगलादेश सुपर फोरमा पुगेका हुन् ।  त्यस्तै समुह ए बाट युएई र ओमान तथा समुह बी बाट अफगानिस्तान र हङकङ समुह चरणबाट बाहिरिएका हुन् । 

गएराती सम्पन्न खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेसँगै श्रीलंका समुह बि मा अपराजित रहदै शिर्ष स्थानमा रहेको छ । त्यस्तै समुह बी मा बंगलादेश ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेको छ । 

अब सुपर फोरमा रहेका सबै देशले एक अर्काविरुद्ध एक अर्काविरुद्ध खेल्ने छन् र शिर्ष स्थानमा रहेने दुई देश फाइनलमा पुग्ने छन् ।  यसमा रोचक के छ भने सुपर फोरमा भारत र पाकिस्तानबीच फेरी खेल हुने भएको छ । दुवै देशको खेल आइतबार हुने भएको छ । 

एशिया कप अन्तर्गत आज भारत र ओमानबीच समुह चरणको अन्तिम खेल हुदैछ र यस खेलको नतिजाले सुपर फोरको समीकरणलाई कुनै फरक नपार्ने भएको छ ।

Read More

स्पेन फिफा वरियताको शिर्ष स्थानमा, नेपाल पुरानै स्थानमा

काठमाडौँ । नेपाल फिफा वरियतामा पुरानै स्थानमा कायम गरेको छ । फिफाले जारी गरेको नयाँ वरियतामा नेपाल १७६ औं स्थानमानै कायम गरेको हो । त्यस्तै छिमेकी मुलुक भारत ६ स्थान तल झर्दै १३४औं स्थानमा पुगेको छ ।

त्यस्तै फिफा वरियतामा अर्जेन्टिना दुई स्थान तल झरेर तेस्रो स्थानमा पुगेको छ । त्यसैगरी स्पेन फिफा वरियतामा शिर्ष स्थानमा पुगेको छ भने फ्रान्स दोस्रो स्थानमा उक्लिएको छ ।    इङल्याण्ड चौथो स्थानमा कायम रहेको छ भने पोर्चुगलले एक स्थान सुधार गर्दै पाँचौं स्थानमा उक्लिएको छ । त्यस्तै ब्राजिल एक स्थान तल झरेर छैटौं स्थानमा पुगेको छ । 

त्यस्तै नेदरल्याण्डस र बेल्जियम सातौँ र आठौँ स्थानमा कायम रहेको छ भने क्रोसिया एक स्थान सुधार गर्दै नवौं र इटालीले एक स्थान सुधार गर्दै दशौँ स्थानमा रहेको छ ।

त्यस्तै जर्मनी भने तीन स्थान तल झर्दै १२औ स्थानमा रहेको छ ।

Read More