२०८३ श्रावण १८

टी-२० वरियतामा भारतको दबदबा

काठमाडौँ । आईसीसीको नयाँ टी-२० वरियतामा, भारतीय खेलाडीहरूले ब्याटर, बलर र अलराउन्डर गरी तीनै विधामा शीर्ष स्थानमा रहेअका छन् । टी-२० टोली वरियता पनि शीर्ष स्थानमा छ । कुनै एकल टोली र यसका खेलाडीहरूले एउटै ढाँचामा चारै विधामा नम्बर-१ स्थान हासिल गरेको यो पहिलो पटक हो ।

वरुण चक्रवर्ती पहिलो पटक शीर्ष बलर बनेका छन् । उनी टी-२० वरियतामा नम्बर-१ वरियता हासिल गर्ने तेस्रो भारतीय खेलाडी हुन् । उनीभन्दा पहिले जसप्रीत बुमराह र रवि बिश्नोईले यो उपलब्धि हासिल गरेका छन् ।

त्यस्तै ब्याट्सम्यान अभिषेक शर्मा आफ्नो करियरको उच्चतम रेटिङका ​​साथ नम्बर-१ मा कायम छन् । यसैबीच, हार्दिक पाण्ड्या अलराउन्डर वरियतामा शिर्ष स्थानमा रहेका छन् ।

३४ वर्षीय स्पिनरको प्रभावशाली प्रदर्शन एसिया कपमा जारी छ। उनले युएई विरुद्ध दुई ओभरमा केवल ४ रन दिएर १ विकेट र पाकिस्तानविरुद्ध चार ओभरमा २४ रन दिएर १ विकेट लिए । उनले वरियतामा तीन स्थान माथि उक्लिएका छन्, न्युजिल्याण्डका फास्ट बलर ज्याकब डफीलाई उछिनेका छन् ।

ब्याटिङमा अभिषेक शर्मा शीर्ष स्थानमा नै छन्। उनले सेप्टेम्बर १४ मा पाकिस्तान विरुद्धको खेलमा ३१ रन बनाएका थिए । इङ्गल्याण्डका ओपनर फिल साल्ट दोस्रो स्थानमा र जोस बटलर तेस्रो स्थानमा पुगेका छन्। दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिस दुई स्थान माथि उठेर ११ औं स्थानमा र एडेन मार्कराम १० स्थान माथि उठेर ३० औं स्थानमा पुगेका छन् ।

भारतीय स्टार हार्दिक पाण्ड्या टी-२० अन्तर्राष्ट्रिय अलराउन्डरको वरियताको शीर्ष स्थानमा कायमै छन् ।

त्यस्तै नेपाली अलराउण्डर दीपेन्द्र सिंह ऐरी भने अल\राउण्डरको वरियतामा एक स्थान तल झरेर चौथो स्थानमा पुगेका छन् ।  त्यसैगरी टी-२० बलरको वरियतामा नेपालका ललित राजबंशीले ५ स्थानको सुधार गरेर ५८औं स्थानमा उक्लिएका छन्  

Read More

च्याम्पियन्स लिगमा लिभरपुलको विजयी शुरुवात

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत लिभरपुलले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा लिभरपुलले एटलेटिको म्याड्रिडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा एन्ड्रू रोबेर्टसन, मोहमद सलाह र भिर्गिल भान डाइकले एक एक गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि मार्कस लियोरेन्टेले दुई गोल गरेका थिए ।

Read More

नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टिमको घोषणा

काठमाडौँ । वेस्ट इन्डिजले नेपालविरुद्ध युनिटी कप टी-२० खेल्ने टिमको घोषणा गरेको छ । वेस्ट इन्डिजले अकील होसेनको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

वेस्ट इन्डिजको टिममा अकिल हुसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयू, अकिम अगस्टे, नविन बिदाइसे, जेदिया ब्लेड्स, केसी कार्टी, करीमा गोरे, जेसन होल्डर, अमिर जांगो, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमन्ड्स र शमर स्प्रिंगर रहेका छन्  ।  

नेपाल र वेस्ट इन्डिजबीच सेप्टेम्बर २७, २९ र ३० मा युएईको शारजाह क्रिकेट स्टेडियममा टी-२० सिरिज हुदैछ ।

नेपालले यसअघि नै आफ्नो टिम घोषणा गरिसकेको छ । क्यानले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऎरि (उपकप्तान), कुशल मल्ल, आसिफ सेख, कुशल भुर्तेल, आदील आलम, लोकेस बम, करण केसी, नन्दन यादव, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, सोमपाल कामी र साहब आलम रहेका छन् । 

Read More

भारतसँगै पाकिस्तान पनि एशिया कपको सुपर फोरमा

काठमाडौँ । पाकिस्तानले संयुक्त अरब इमिरेट्स (युएई) लाई ४१ रनले पराजित गर्दै एसिया कप २०२५ को सुपर फोरमा छनोट भएको छ । 

गएराती सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४६ रन बनाएको थियो । जवाफमा युएईले १७.४ ओभरमा केवल १०५ रन मात्र बनाउन सक्यो र अलआउट भयो । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदी, हरिस रौफ र अब्रार अहमदले दुई-दुई विकेट लिए भने साम अयुब र सलमान आघाले एक-एक विकेट लिए ।

समूह ए बाट भारत र पाकिस्तान सुपर ४ मा पुगेका छन् । भारतले आफ्ना दुवै खेल जित्यो र चार अंक र +४.७९३ को नेट रन रेटका साथ शिर्ष स्थानाम छ भने पाकिस्तान ३ खेलमा २ खेल जितेर दोस्रो स्थानमा रहेको छ । भारतले आफ्नो अन्तिम खेल ओमानसँग भोलि खेल्ने तालिका रहेको छ । यसैबीच, पाकिस्तानले आफ्ना समयः चरणका तिनै खेल खेलेको छ । पहिलो खेलमा ओमानलाई ९३ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा भारतसँग पराजित भएको थियो ।

समूह ए बाट युएई र ओमान भने बाहिरिएका छन् ।

एशिया कप अन्तर्गत आज अफगानिस्तान र श्रीलंकाबीच खेल हुदैछ ।

Read More

साफ यू-१७ च्याम्पियनसिपमा आज नेपाल र बंगलादेश खेल्दै

काठमाडौँ । साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

कोलोम्बो रेसकोर्स स्टेडियममा हुने खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुदैछ ।

नेपालले यसअघि खेलेको खेलमा श्रीलंकालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।  

सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।

त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले अब दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली टिममा गोलकिपर पेम्बा नोर्बु भोटे, राम बोहर र विशेष बानिया रहेका छन् भने डिफेन्डरमा प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य राना मगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का रहेका छन् । त्यस्तै मिडफिल्डरमा प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्टा भण्डारी, प्रतिश थापा मगर, भूपेश लामा, नसिब हेन्जन, सुशन मगर र सुजन स्याङ्तान रहेका छन् भने फरवार्डमा समीर कुमार, डिआईजी विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका छन् ।

Read More

च्याम्पियन्स लिगमा टोटनह्याम र आर्सनल विजयी शुरुवात

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत टोटनह्याम र आर्सनल विजयी भएका छन् ।

गएराती सम्पन्न खेलमा टोटनह्यामले ला लिगा क्लब भिल्ला रियललाई १-० गोल अन्तरले पराजित गरेको हो । टोटनह्यामको जितमा भिल्ला रियलका लुइज जुनियरले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै अर्को खेलमा आर्सनलले ला लिगा क्लब एथलेटिक बिल्बाओलाई २-० गोल अन्तरले पराजित गरेको छ ।  आर्सनलको जितमा गाब्रियल मार्टिनेली र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए ।      

Read More

रियल म्याड्रिडको च्याम्पियन्स लिगमा विजयी शुरुवात

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडले विजयी शुरुवात गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले फ्रेन्च क्लब मार्सेलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा किलीयन एम्बाप्पेले दुवै गोल पेनाल्टी मार्फत गरेका थिए । रियल म्याड्रिडले १-० ले पछि परेको अवस्थामा खेलमा कमब्याक गरेर जित हासिल गरेको थियो । त्यस्तै मार्सेलीका लागि एक गोल टिमोथी वीहले गरेका थिए ।

यस खेलमा खेलको ७२औं मिनेटमा डानी कारभाजलले रातो कार्ड पाउदा रियल म्याड्रिड १० खेलाडीमा सिमित भएको थियो ।

Read More

अफगानिस्तानमाथि बंगलादेशको ८ रनको जित

काठमाडौँ । बंगलादेशले जारी एशिया कपमा अफगानिस्तानलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बंगलादेशले अफगानिस्तानलाई ८ रनले पराजित गरेको हो ।

बंगलादेशले दिएको १५५ रनको लक्ष्य पछाएको अफगानिस्तानले २० ओभरमा अल आउट हुदै १४६ रन बनाएको थियो ।

अफगानिस्तानका लागि रह्मनुल्लाह गुर्बाजले सर्बाधिक ३५ रन बनाए भने अज्मतुल्लाह ओमरजाईले ३० रन बनाएका थए ।

त्यसैगरि बंगलादेशका बलर मुस्ताफिजुर रहमानले ३ विकेट लिए भने नासुम अहमद, तास्किन अहमद र रिशाद होसैनले २-२ विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो । बंगलादेशका लागि तानजिद हसनले सर्बाधिक ५२ रन बनाए भने सैफ हसनले ३० र टोवविड हृदोयले २६ रन बनाएका थिए ।

यो बंगलादेशको तेस्रो खेलमा दोस्रो जित हो । ३ खेलमा ४ अंक रहेको बंगलादेश समुह बी मा दोस्रो स्थानमा छ । त्यस्तै अफगानिस्तानको २ खेलमा २ अंक रहेको छ । अब अफगानिस्तानलाई सुपर फोरमा पुग्न अन्तिम खेलमा श्रीलंकालाई पराजित गर्नै पर्ने अवस्था बनेको छ ।

एशिया कप अन्तर्गत आज पाकिस्तान र युएईबीच खेल हुने तालिका रहेको छ ।

Read More

भारतीय क्रिकेट टिमको प्रमुख प्रायोजक बन्यो अपोलो टायर्स

काठमाडौँ । ड्रीम ११ को बहिर्गमनपछि अपोलो टायर्स भारतीय क्रिकेट टोलीको नयाँ प्रायोजक बनेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार बोर्डले अहिलेसम्म यसबारे कुनै आधिकारिक घोषणा नगरेपनि अपोलो टायर्स मुख्य प्रायोजक बनेको बताएको छ । 

मिडिया रिपोर्टका अनुसार, अपोलो टायर्सको बीसीसीआईसँग २०२७ सम्मको सम्झौता भएको छ । नयाँ सम्झौता अन्तर्गत, अपोलो टायर्सले बीसीसीआईलाई प्रति खेल ४.५ करोड भारु तिर्ने सहमति गरेको छ । जुन यसअघि ड्रीम ११ को पहिले प्रति खेल ४ करोड भारुको सम्झौता थियो । रिपोर्टमा भनिएको छ, अपोलो टायर्स बाहेक, क्यानभा र जेके टायर्स बोली लगाउने अन्य दुई कम्पनीहरू थिए । यसबाहेक, बिर्ला अप्टस पेन्ट्स लगानी गर्न इच्छुक देखिए पनि उनीहरु प्रक्रियामा सहभागी नभएको बताइएको छ ।

सेप्टेम्बर २ मा, बीसीसीआईले भारतीय टोलीको मुख्य प्रायोजक अधिकारको लागि आवेदनहरू आमन्त्रित गरेको थियो र बोली प्रक्रिया मंगलबार भएको थियो । नियमहरूको व्याख्या गर्दै, बीसीसीआईले गेमिङ, बेटिंग, क्रिप्टो र तंबाकू ब्रान्डहरूलाई बोली प्रक्रियामा भाग लिन अनुमति नदिने बताएको थियो । यस्तो अवस्थामा, आगामी समयमा, अपोलो टायर्स अब भारतीय जर्सीमा लेखिएको देखिनेछ ।

आगामी समयमा भारतको व्यस्त अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डरलाई ध्यानमा राख्दै, यो साझेदारीले अपोलो टायर्सलाई विश्वव्यापी स्तरमा ठूलो मान्यता दिनेछ । यो सम्झौतालाई हालका वर्षहरूमा भारतीय क्रिकेटको सबैभन्दा ठूलो र सबैभन्दा लाभदायक प्रायोजन सम्झौताहरू मध्ये एक मानिएको छ ।

भारतीय पुरुष क्रिकेट टोलीले कुनै जर्सी प्रायोजक बिना नै युएईमा जारी एसिया कप खेलिरहेको छ, जबकि महिला टोलीले अष्ट्रेलिया विरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा पनि कुनै प्रायोजक बिना नै खेलिरहेको छ । 

भारतीय क्रिकेट नियन्त्रण बोर्ड र अपोलो टायर्स बीचको सम्झौता त्यस्तो समयमा भएको हो जब बिसिसीआईले ड्रीम ११ सँगको आफ्नो सम्झौता समाप्त गरेको थियो । ड्रीम ११ सट्टेबाजीसँग सम्बन्धित गेमिङ एप हो, जुन हालै भारतसरकारले कानुन बनाएर प्रतिबन्धित गरिएको थियो । यसका कारण बोर्डसँगको ३५८ करोडको सम्झौता समयपूर्व समाप्त भएको थियो ।

Read More

भारत जारी एशिया कपको सुपर फोरमा

काठमाडौँ । भारत एसिया कपको आफ्नो अन्तिम लिग खेल अघि नै सुपर-४ मा पुगेको छ । सोमबारको पहिलो खेलमा युएईले ओमानलाई ४२ रनले पराजित गरेपछि समुह ए बाट भारत सुपर फोरमा पुगेको हो ।

यो नतिजाले पाकिस्तानको बाटो कठिन बनाएको छ । अब पाकिस्तानले सेप्टेम्बर १७ मा युएई विरुद्ध कुनै पनि हालतमा जित्नुपर्ने भएको छ ।

भारतीय टोलीले आफ्ना दुवै लिग खेल जितेको छ र ४ अंकसहित समूह ए को अंक तालिकाको शीर्ष स्थानमा छ । टोलीले सेप्टेम्बर १९ मा ओमानविरुद्ध आफ्नो अन्तिम लिग खेल खेल्नु पर्नेछ । यहाँबाट पाकिस्तान र युएई मध्ये केवल एक टोलीले ४ अंक पुग्न सक्छ ।

पाकिस्तानले २ लिग खेलहरू मध्ये एक जितेको छ र एउटा हारेको छ । टोलीको २ अंक मात्र छ। यदि टोली युएईसँग हारेमा, युएई टोली ४ अंकसहित सुपर-४ मा पुग्नेछ ।

युएईले चालू सिजनको पहिलो खेल जितेको छ । जबकि, ओमानले लगातार दोस्रो हार बेहोरेको छ । यस्तो अवस्थामा, पहिलो पटक एसिया कप खेलिरहेको ओमान टोली लगभग बाहिरिसकेको छ । यदि ओमानले भारतविरुद्ध जित हासिल गरे पनि, केवल २ अंक मात्र प्राप्त गर्न सक्नेछ ।

Read More