२०८३ श्रावण ११

स्नो रिभर्सको आइपिओ बाँडफाँड

काठमाडौं । स्नो रिभर्स लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले कम्पनीको आइपिओ आज बाँडफाँड गरेको हो ।

कम्पनीको आइपिओमा २६ लाख १ हजार ८४८ जनाको आवेदन परेको थियो । जस मध्ये २५ लाख ५७ हजार ८५५ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी ४३ हजार ९९३ लगानीकर्ताको आवेदन रद्द भएको छ ।  

कम्पनीको आइपिओमा ७७ हजार ८१२ जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ५ जनाले ११ कित्ताका दरले सेयर हात पारेका छन् । कम्पनीले वैशाख २९ गतेदेखि जेठ १ गतेसम्म आम सर्वसाधारणका लागि ७ लाख ७८ हजार १२५ कित्ता सेयर निष्काशन गरेको थियो ।

आइपिओको नतिजा सीडीएससी, मेरो सेयर तथा सानिमा क्यापिटलको वेभसाइटबाट हेर्न सकिनेछ ।

Read More

नेप्से २७.८५ अंकले बढ्यो, करिब ६ अर्बको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज सोमबार नेप्से २७.८५ अंकले बढेर २७८६.३५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४२ कम्पनिका एक करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी थ्री स्टार हाइड्रोक्रो शेयर ९.०१ प्रतिशतले बढेको छ भने सुपर खुदीको शेयर ८.३२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी बुंगल हाइड्रोको शेयर १०.३२ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ६० करोड २० लाख बराबर कारोबार भएको छ भने रिढी पावरको ३० करोड १७ लाख बराबरको कारोबार भएको छ ।

Read More

एभरेष्ट कलरको सर्वसाधारणका लागि आइपिओ जेठ २२ देखि निष्काशन हुने

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले जेठ २२ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले जारी पूँजी ३० करोड रुपैयाँको २६.३३ प्रतिशत बराबरको ७ करोड ९० लाख रुपैयाँ मूल्यका ७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । त्यसमध्ये ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँट गरिसकिएको छ । साथै ३९ हजार ५०० कित्ता सामूहिक लगानी कोष र १५ हजार ८०० कित्ता कर्मचारीहरूका लागि छुट्याइएको कम्पनीले जनाएको छ ।

आइपिओमा आवेदन दिने अन्तिम मिति जेठ २७ गते तोकिएको छ । सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार  ५ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । 

आइपिओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस् नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

लगानीकर्ताले सी–आस्बा प्रणालीमार्फत स्वीकृत बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रयोग गरेर आवेदन दिन सक्नेछन् ।

Read More

नेप्से १६.३८ अंकले बढ्यो, ४ अर्ब ४९ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३६ कम्पनिका एक करोड ८ लाख ८८ हजार ७३९ कित्ता शेयर ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४.८१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआइएसी एशिया ब्यालेन्स फन्डको शेयर २.५९  प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ९५ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको २४ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।

Read More

कालंगा हाइड्रोको सर्वसाधारणका लागि आइपिओ आजदेखि खुला

काठमाडौं । कालंगा हाइड्रोले आजदेखि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको छ । 

कम्पनीले जारी पुँजी १ अर्ब ४० करोडको ३५ प्रतिशत अर्थात् ४९ करोड बराबर प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । यसमध्ये आयोजना प्रभावितलाई १४ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ५० हजार कित्ता बाँडफाँट गरिसकेको छ। कम्पनीले बाँकी सेयरमध्ये सामूहिक लगानी कोषलाई १ लाख ७५ हजार कित्ता र कम्पनीमा कार्यरत कर्मचारीका लागि १ लाख ५ हजार कित्ता सुरक्षित गरी बाँकी रहने २८ लाख ७० हजार कित्ता आइपिओ सर्वसाधारणमा निष्कासन गरेको हो ।

न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म माग गर्न सकिनेछ । जेठ १३ सम्म मागभन्दा कम आवेदन परेमा आवेदन अवधि जेठ २२ गतेसम्म थप हुने कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जानकारी दिएको छ ।

Read More

स्पेसएक्सको आइपिओ आउदै, मस्क संसारकै पहिलो खर्बपति बन्न सक्ने

काठमाडौँ । एलोन मस्क चाँडै संसारकै पहिलो खर्बपति बन्ने सम्भावना बढेको छ । उनको रकेट तथा उपग्रह कम्पनी स्पेसएक्स सेयर बजारमा सूचीकृत हुने तयारीमा पुगेको छ । यो प्रक्रिया सफल भए वाल स्ट्रिट इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन बन्न सक्ने अनुमान गरिएको छ ।

सूचीकरणपछि मस्कको कुल सम्पत्ति एक खर्ब अमेरिकी डलरभन्दा माथि पुग्न सक्ने बताइएको छ । फोर्ब्स अर्बपति सूचीअनुसार हाल मस्क ८०७ अर्ब अमेरिकी डलर सम्पत्तिसहित संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । कम्पनीले ‘एसपिसिएक्स’ संकेत चिह्नअन्तर्गत सूचीकृत हुने योजना सार्वजनिक गरेको छ । यससँगै कम्पनीको आर्थिक नेतृत्व र स्वामित्व संरचनासम्बन्धी जानकारी पहिलो पटक बाहिर आएको छ ।

स्पेसएक्सले आफ्नो मूल्यांकन १. २५ खर्ब अमेरिकी डलर गरेको छ । यस मूल्यांकनका आधारमा कम्पनीमा रहेको मस्कको बहुमत हिस्साको मूल्य ६०० अर्ब अमेरिकी डलरभन्दा बढी हुन सक्छ । अहिलेको सम्पत्तिसँग यो मूल्य जोडिँदा मस्कको कुल सम्पत्ति एक खर्ब डलर नाघ्न सक्ने अनुमान गरिएको हो ।

मस्क गत वर्ष ५०० अर्ब डलर सम्पत्ति पार गर्ने संसारकै पहिलो व्यक्ति बनेका थिए । उनी विद्युतीय सवारी निर्माण कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत पनि हुन् । स्पेसएक्समा साधारण र विशेष श्रेणीका सेयरमार्फत मस्कसँग ८५. १ प्रतिशत मतदान अधिकार रहेको छ ।

प्रारम्भिक सार्वजनिक निष्कासनसम्बन्धी कागजातमार्फत कम्पनीको नेतृत्व संरचना पनि सार्वजनिक भएको छ । मस्क कम्पनीका अध्यक्ष हुन् भने ग्विन सटवेल अध्यक्ष तथा प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत छन् । अन्य सञ्चालकमा प्रमुख वित्तीय अधिकृत ब्रेट जोनसन, लगानीकर्ता र्यान्डी ग्लेन, स्टिभ जर्भिटसन, लुक नोजेक, इरा एहरेनप्रेइस, एन्टोनियो ग्रासियस तथा गुगलका अधिकारी डोनाल्ड ह्यारिसन रहेका छन् । 

मस्कले सन् २०१९ देखि वार्षिक ५४ हजार ८० अमेरिकी डलर निश्चित तलब लिँदै आएका छन् । तर कम्पनीले मस्कलाई ६ करोड ६६ लाखभन्दा बढी सेयर १५ किस्तामा दिन सकिने जनाएको छ । त्यसका लागि कम्पनीको मूल्यांकन ७. ५ खरब डलर पुग्नुपर्ने र कम्तीमा १० लाख मानिससहित मंगल ग्रहमा स्थायी मानव बस्ती सफलतापूर्वक स्थापना हुनुपर्ने शर्त राखिएको छ । यी दुवै शर्त पूरा भए र मस्क कम्पनीमा कार्यरत रहे मात्र ती सेयर प्रदान गरिने कम्पनीले जनाएको छ । यसबाहेक यस वर्ष कृत्रिम बौद्धिकता कम्पनी एक्सएआईसँगको एकीकरणपछि मस्कको पुरानो पारिश्रमिक व्यवस्था हटाएर ३० करोड २० लाख सेयर बराबरको नयाँ सुविधा घोषणा गरिएको छ । यो सुविधा भविष्यको मूल्यांकन लक्ष्य तथा वार्षिक १०० टेरावाट क्षमता भएका तथ्याङ्क केन्द्र सञ्चालनसँग जोडिएको छ ।

मस्कले सन् २००२ मा स्पेसएक्सलाई रकेट कम्पनीका रूपमा स्थापना गरेका थिए । कम्पनीले सन् २०२१ मा स्टारलिंक उपग्रह इन्टरनेट सेवा सुरु गर्दै दूरसञ्चार क्षेत्रमा विस्तार गरेको थियो । कम्पनीले २७७ पृष्ठको विवरणपत्रमा कृत्रिम बौद्धिकता, उपग्रह सञ्चार र अन्तरिक्ष अनुसन्धानलाई दीर्घकालीन लक्ष्यका रूपमा अघि सारेको छ । कम्पनीले जीवनलाई बहुग्रहीय बनाउने र ब्रह्माण्डको वास्तविक स्वरूप बुझ्ने आफ्नो उद्देश्य रहेको जनाएको छ ।

स्पेसएक्सले स्टारलिंक सञ्जालका लागि तीव्र रूपमा उपग्रह निर्माण तथा प्रक्षेपण जारी राख्ने बताएको छ । साथै सूर्यको ऊर्जाबाट सञ्चालन हुने सत्य खोज्ने कृत्रिम बौद्धिकता विकास गरी वैज्ञानिक खोजलाई अघि बढाउने, चन्द्रमामा आधार केन्द्र निर्माण गर्ने तथा अन्य ग्रहमा शहर बसाउने योजना पनि सार्वजनिक गरेको छ । कम्पनीले सम्भावित बजार अवसर २८.५ खर्ब अमेरिकी डलर रहेको जनाएको छ । यसमध्ये अन्तरिक्षसम्बन्धी सेवामा ३७० अर्ब डलर, स्टारलिंकमार्फत सञ्चार सेवामा १. ६ खरब डलर र कृत्रिम बौद्धिकतामा २६. ५ खरब डलरको अवसर रहेको कम्पनीको दाबी छ ।

कृत्रिम बौद्धिकता क्षेत्रअन्तर्गत अन्तरिक्षमा तथ्याङ्क केन्द्र सञ्चालनबाट २. ४ खर्ब डलर, उपभोक्ता सदस्यताबाट ७६० अर्ब डलर, डिजिटल विज्ञापनबाट ६०० अर्ब डलर तथा व्यावसायिक प्रयोगबाट २२. ७ खर्ब डलर आम्दानी हुन सक्ने अनुमान गरिएको छ । स्पेस एक्सप्लोरेसन टेक्नोलोजिज नामक कम्पनीले गत वर्ष १८. ६ अर्ब डलर आम्दानी गरेको थियो । तर कम्पनीलाई ४. ९ अर्ब डलर खुद घाटा भएको थियो ।

सिएनएनका अनुसार यस वर्षको पहिलो तीन महिनामै कम्पनीले ४. ७ अर्ब डलर बिक्री गरे पनि ४. ३ अर्ब डलर घाटा व्यहोरेको छ । कम्पनीसँग रकेट तथा अन्य उपकरणसहित १०२ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ भने ६०. ५ अर्ब डलर ऋण रहेको बताइएको छ । कृत्रिम बौद्धिकता र उपग्रह सञ्चालन विस्तारका कारण कम्पनीको खर्च तीव्र रूपमा बढेको छ । गत वर्ष कम्पनीले २०. ७ अर्ब डलर खर्च गरेको थियो । त्यसमध्ये १२. ७ अर्ब डलर कृत्रिम बौद्धिकता पूर्वाधारमा खर्च गरिएको थियो । त्यस्तै ४. २ अर्ब डलर स्टारलिंकमा तथा ३. ८ अर्ब डलर रकेट र अन्य अन्तरिक्ष परियोजनामा खर्च गरिएको थियो । यो खर्च सन् २०२४ को तुलनामा झण्डै दोब्बर हो ।

यस वर्षको पहिलो त्रैमासिकमै कम्पनीले १०. १ अर्ब डलर खर्च गरिसकेको छ । त्यसमध्ये ७.७ अर्ब डलर कृत्रिम बौद्धिकतासम्बन्धी परियोजनामा खर्च भएको जनाइएको छ ।

Read More

नेप्से १२.३६ अंकले घट्यो, ३ अर्ब ८९ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज गिरावट आएको छ । आज विहिबार नेप्से १२.३६ अंकले घटेर  २७४२.११ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४८ कम्पनिका ८९ लाख ५५ हजार ५४५ कित्ता शेयर ३ अर्ब ८९ करोड ८४ लाख १८ हजार ३५८ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी प्रभु बैंक डिभेन्चरको शेयर ६.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयर १४.९५ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको १७ करोड ७२ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको १५ करोड कारोबार भएको छ ।

Read More

नेप्से ३० अंकले बढ्यो, ३ अर्ब ८२ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज बुधबार नेप्से ३०.०८ अंकले बढेर २७५४. ४८ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका एक करोड ६ लाख ६१ हजार ४७६ कित्ता शेयर ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार ९६६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने माउन्टेन हाइड्रोको शेयर ११.८८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १३.२६ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी कर्पोरेट विकास बैंकको १८ करोड ३५ लाखको कारोबार भएको छ भने अन्खु खोला जलविद्युतको १७ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।

Read More

टक्सार पिखुवा खोला जलविद्युतको आइपिओ बाँडफाँड

काठमाडौं । टक्सार पिखुवा खोला जलविद्युत् कम्पनी लिमिटेडको प्राथमिक सेयर (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ। बुधबार बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड सम्पन्न भएको हो ।  

कम्पनीले २३ वैशाखदेखि २८ वैशाखसम्म सर्वसाधारणका लागि २५ लाख १५ हजार ४५५ कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ रहेको छ। यसमध्ये ३५ दशमलव २६ प्रतिशत अर्थात् ४२ लाख ३० हजार ६६८ कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने योजना थियो। त्यसअनुसार १० प्रतिशत अर्थात् १२ लाख कित्ता सेयर आयोजना प्रभावित भोजपुरका स्थानीयका लागि छुट्याइएको थियो । बाँकी २५.२६ प्रतिशत अर्थात् ३० लाख ३० हजार ६६८ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको थियो। सो समूहअन्तर्गत १० प्रतिशत अर्थात् ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो ।

यसैगरी २ प्रतिशत अर्थात् ६० हजार ६१३ कित्ता कम्पनीका कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५१ हजार ५३३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो। बाँकी २५ लाख १५ हजार ४५५ कित्ता सेयर आज बाँडफाँट गरिएको हो।

बाँडफाँडमा कुल २७ लाख ७१ हजार २५२ योग्य आवेदनबाट ३ करोड २ लाख १२ हजार १४० कित्ताका लागि आवेदन परेको थियो । त्यसमध्ये ४३ हजार ४९ आवेदन अस्वीकृत भएका थिए। लक्की ड्रमार्फत २ लाख ५१ हजार ५४५ आवेदकले १०-१० कित्ता सेयर पाएका छन्। साथै ५ जनाले थप १–१ कित्ता पाउँदै कुल ११-११ कित्ता सेयर प्राप्त गरेका छन् । आइपिओको नतिजा सीडीएससी, मेरो सेयर तथा प्रभु क्यापिटलको माध्यमबाट हेर्न सकिनेछ ।

टक्सार पिखुवा खोला जलविद्युत् आयोजना भोजपुर जिल्लामा ८ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित परियोजना सञ्चालनका लागि स्थापना गरिएको हो।

Read More

नेप्सेमा आज पनि गिरावट, ३ अर्ब ८ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज पनि गिरावट भएको छ । आज मंगलबार नेप्से ६.५१ अंकले घटेर २७२४. ३९ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४६ कम्पनिका ७८ लाख १६ हजार ४७८ कित्ता शेयर ३ अर्ब ८ करोड ७७ लाख ३०  हजार ९६२ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स र निर्जीव वीमाबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सबैभन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १४.२६ प्रतिशतले बढेको छ भने नेपाल रिपब्लिक मिडियाको शेयर ६.४१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिटी होटलको शेयर ६.८४ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी सिटी होटलको २३ करोड ५३ लाखको कारोबार भएको छ भने साहस उर्जाको ९ करोड १६ लाख बराबरको कारोबार भएको छ ।

Read More