२०८३ श्रावण १२

नेप्से १३.१७ अंकले घट्यो, ५ अर्ब ४३ करोडको कारोबार

काठमाडौँ । नेप्से आज गिरावट आएको छ । आज सोमबार नेप्से १३.१७ अंकले घटेर २८२५.२३ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४९ कम्पनिका एक करोड १६ लाख ५३ हजार ३७० कित्ता शेयर ५ अर्ब ४३ करोड ४२ लाख ४०  हजार २७६ मा कारोबार भएको थियो । आज होटल्स क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सुर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनको शेयरमा १५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, पाल्पा सेन्ट र शिखर पावरको को शेयर १४.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी डोल्टी पावरको शेयर ५.३५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी होटल फरेष्ट इन्को ३६ करोड एक लाख बराबर कारोबार भएको छ भने सोलु हाइड्रोको २९ करोड ८१ लाख बराबरको कारोबार भएको छ ।

Read More

नेप्सेमा २४.४५ अंकको गिरावट, १५ अर्ब ९ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज बुधबार नेप्से २४.४५ अंकले घटेर २९३५.९४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४५ कम्पनिका ३ करोड ५८ लाख १९ हजार ८२९ कित्ता शेयर १५ अर्ब ९ करोड ४ लाख १६ हजार ८४६ मा कारोबार भएको थियो । आज उत्पादन र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स र सुपर खुदी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सोलु र भुजुङ हाइड्रो तथा होटल फरेस्ट इनको शेयर ९.९९ प्रतिशतले बढेको छ । 

त्यस्तै आज सबैभन्दा बढी अभियान लघुवित्तको शेयर ७.७४ प्रतिशत र सालपा विकास बैंकको शेयर ६.९९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी एनगाढी पावरको ५२ करोड ४७ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ५१ करोड ९६ लाख बराबरको कारोबार भएको छ ।

Read More

नेप्से २३.८३ अंकले बढ्यो, १४ अर्ब ८३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको वृद्धि भएको छ । आज मंगलबार नेप्से २३.८३ अंकले बढेर २९६०.४० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४१ कम्पनिका ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ मा कारोबार भएको थियो ।  आज होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा र अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स र सालपा विकास बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ भने , सोलु हाइड्रोको शेयर ९.९९ र हिमालयन पावरको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी फर्स्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर ६.५६ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी राढी जलविधुतको शेयर ६७ करोड ४३ लाख बराबरको कारोबार भएको छ भने अपि पावरको शेयर ५७ करोड ८४ लाख बराबरको कारोबार भएको छ ।

Read More

नेप्से ५४.५१ अंकले बढ्यो, २३ अर्ब ५९ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज आइतबार नेप्से ५४.५१ अंकले बढेर २९३१.५५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३६४ कम्पनिका ६ करोड १४ लाख ७ हजार ७४ कित्ता शेयर २३ अर्ब ५९ करोड ७७ लाख १२ हजार १८२ मा कारोबार भएको थियो ।  आज अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्मिनिंग मिल्स, सालपा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रो, भुजुंग हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । 

त्यस्तै होटल फरेस्ट इनको शेयर ९.९८ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फण्डको शेयर ५.७१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको शेयर ८५ करोड ९६ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको शेयर ७७ करोड ८७ लाख बराबरको कारोबार भएको छ । त्यस्तै शिभम सिमेन्टको शेयर ७५ करोड २६ लाख बराबरको कारोबार भएको छ ।

Read More

नेप्सेमा १३.५१ अंकको वृद्धि, १२ अर्ब ३ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा वृद्धि भएको छ । आज मंगलबार नेप्से १३.५१ अंकले बढेर २८१२. ३४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४० कम्पनिका ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर १२ अर्ब ३ करोड ४४ लाख ६ हजार ३२८ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, जीवन बीमा, माइक्रो फाइनान्स, निर्जीव बीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज रिलायन्स स्मिनिंग मिल्स र सोलु हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सालपा विकास बैंक र होटल फरेस्ट इनको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी एनआइसी एशिया ग्रोथ फण्ड २ को शेयर ४.७४ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबैभन्दा बढी रिढी पावरको ५६ करोड ३७ लाख, अन्खु खोला जलविद्युतको शेयरमा ५१ करोड ७५ लाख बराबरको कारोबार भएको छ भने नेशनल हाइड्रोको ४८ करोड ५ लाखको कारोबार भएको छ ।

Read More

शिखर पावरको आइपिओ बाँडफाँड सम्पन्न

काठमाडौं । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपिओको बाँडफाँड सम्पन्न भएको छ ।

कम्पनीको आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड गरिएको हो ।

कम्पनीका अनुसार आईपीओमा २६ लाख ८७ हजार ३४७ जना आवेदकबाट कुल २ करोड ८८ लाख १६ हजार ९९० कित्ताका लागि आवेदन परेको थियो । तीमध्ये ३६ हजार ५०० जना आवेदकले दिएको ४ लाख २२ हजार २०० कित्ताको आवेदन विभिन्न कारणले अस्वीकृत भएको थियो । 

स्वीकृत भएका आवेदनमध्ये गोलाप्रथाबाट १ लाख ८४ हजार २६० लगानीकर्ताले १०-१० मात्र शेयर प्राप्त गरेका छन् ।

आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने छ । 

Read More

शिखर पावर डेभलपमेन्टको आइपिओको बाँडफाँड आज हुदै

काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडको आइपिओको बाँडफाँड आज हुने भएको छ । 

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आइपिओको बाँडफाँड आज बिहान ८: ३० बजे हुने जानकारी दिएको छ ।

कम्पनीले फागुन १७ गतेदेखि फागुन २६ गतेसम्म आईपीओ निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई १८ लाख ४२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो । यस आइपिओमा ऐतिहासिक २७ लाख ६७ हजार ११४ जनाले आवेदन दिएका छन् । यो आइपिओको इतिहासकै सबैभन्दा धेरै लगानीकर्ताले आवेदन दिएको आइपिओ बनेको छ । 

कम्पनीलाई इक्रा नेपालले इक्राएनपी इस्युअर रेटिङ डबल बी प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Read More

नेप्सेमा तेस्रो सर्किट ब्रेक, आजको लागि कारोबार बन्द

काठमाडौँ । नेप्सेमा तेस्रो सर्किट ब्रेक लागेर आजको लागि शेयर कारोबार बन्द भएको छ।

दोस्रो सर्किट ब्रेक लागेको ४० मिनेटपछि १२ बजेर १ मिनेटमा खुलेको नेप्से ३८ सेकेन्डमा नै ६ प्रतिशत बढेर तेस्रो सर्किट लागेको हो । तेस्रो सर्किट लागेसँगै यस दिनका लागि शेयर कारोबार बन्द भएको छ । आज नेप्से १६२.९३ अंकले बढेर २८७५.४३ विन्दुमा पुगेको छ ।

चुनाव अघि अलमलमा देखिएको नेप्से चुनावको नतिजामा एक दलको स्पष्ट बहुमतको सरकार बन्ने भएपछि त्यसको शेयर बजारमा सकारात्मक प्रभाव परेको छ ।

Read More

नेप्सेमा दोस्रो सर्किट ब्रेक, कारोबार ४० मिनेटका लागि स्थगित

काठमाडौँ । नेप्सेमा दोस्रो सर्किट ब्रेक लागेर शेयर कारोबार ४० मिनेटको लागि स्थगित भएको छ ।

आज नेप्से खुलेको १ मिनेटमा नै परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको थियो । जसका कारण शेयर कारोबार २० मिनेटका लागि स्थगित भएको थियो । सोपश्चात ११ बजेर २१ मिनेटको खुलेको बजार, तिव्र गतिमा बढेर ११ बजेर २१ मिनेट १५ सेकेन्डमा नै नेप्से ५ प्रतिशत बढेपछि कारोबार पुनः ४० मिनेटको लागि स्थगित भएको छ ।

यस अवधिमा नेप्से परिसूचक १३५.७२ अंक बढेर २८४८.२२ विन्दुमा पुगेको छ ।

Read More

नेप्सेमा सर्किट ब्रेक, कारोबार २० मिनेटको लागि स्थगित

काठमाडौँ । निर्वाचनपछि खुलेको पहिलो कारोबारको दिन शेयर बजार १ मिनेटमा नै पहिलो सर्किट लागेर २० मिनेटको लागि स्थगित भएको छ।

प्रि ओपन सेसनमा १.६४ प्रतिशत बढेको नेप्से, बजार खुल्ने बित्तीकै तिव्र गतिमा बढेको थियो । त्यसपछि बजार खुलेको १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेर पहिलो सर्किट लागेको हो ।

सो अवधिसम्ममा नेप्से परिसूचक १०८.६० अंक बढेर २८२१.१० विन्दुमा पुगेको छ । अब बजार ११ बजेर २१ मिनेटमा पुनः खुल्ने नेप्सेले जनाएको छ ।

Read More